मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता लिनुभएको छ । शुरुवाती चरणमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएपछि पछिल्लो विवरण अनुसार नेकपा उम्मेदवार शर्माले अग्रता लिनुभएको हो ।

हालसम्मको मतगणना अनुसार नेकपा उम्मेदवार शर्माले ७ हजार २ सय ७२ मत प्राप्त गरेका छन । त्यस्तै प्रलोपा शर्माले ५ हजार १ सय ६०, नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले ४ हजार ८ सय ४२ र रास्वपाका उम्मेदवार मानबहादुर शाहीले १ हजार २ सय ५१ मत प्राप्त गरेका छन । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको सक्काएर बाँफिकोट गाउँपालिकाका विभिन्न वडाहरुको अहिले मतगणना भैरहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...