रुकुम पश्चिमका ५० प्रतिशत बढी मत खस्यो

Byआहा सञ्चार

२०८२ फाल्गुन २१, बिहीबार १४:३५ गते

मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पश्चिममा दिउसो २ बजेसम्म ५० प्रतिशत बढी मत खसेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसहिंता अनुगमन अधिकृत केशव प्रसाद ओलीका अनुसार जिल्लाभर ५०.६१ प्रतिशत मत खसेको हो ।

जसमा महिला २९ हजार ५ सय ८४ जना र पुरुष २४ हजार ४ सय २ गरी जना गरी जम्मा ५३ हजार ९ सय ८४ मतदाता रहेका छन । जिल्लामा १ लाख ६ हजार ६ सय ६० कुल मतदाता रहेका छन । जिल्लाका १ सय ४० मतदान केन्द्रका शान्तिपुर्ण तरिकाले मतदान भैरहेको बताईएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...