सल्यानमा गजल महफिल

Byआहा सञ्चार

२०७५ असार ११, सोमबार ११:११

  • डिल्लीबहादुर खत्री

उ चिल्ला गाडीको रहर गर्छ,
आफ्नो भने पैतलाले चप्पलको रहर गर्छ
हाम्रो उन्नतिको स्रोत जाँगरमा पनि हुन्छ
पाखुरा चलाउ केही गाउँघरमा पनि हुन्छ

election adv.

आइतबार सल्यानको श्रीनगरमा रहेको होटल युनाइटेडको सभाहल यी र यस्तै जस्ता गजलका सेयरहरुले गुन्जायमान भयो । सल्यान कला साहित्य परिषदको आयोजना रहेको गजल महफिल कार्यक्रममा वाहवाह मच्चिएको हो । नयाँ र पुराना गजलकाहरुको सम्बन्ध बढाउन र साहित्यको पाठ सिकाउन कार्यक्रम गरिएको हो । साहित्य अनुरागी दर्शकहरुले खचाखच भरिएको गजल महफिलमा गजलकारहरू पोष्टराज चापागाई,पुष्प अधिकारी अञ्जली र लोकेश जलन लगायतको उपस्थिति रहेको थियो । गजलकार एक्सन आरसीको अध्यक्षता कार्यक्रममा डा.कृष्णराज डिसी को प्रमुख आथित्यता र कृष्ण कञ्जनको स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रममा गजलका अतिरिक्त कविता, गीत, साहित्य र जिवन दर्शनका बारेमा साहित्यकार पूर्ण भण्डारी पङ्कज र डा.कृष्णराज डिसीले मन्तब्य राखेका थिए । गणेश डाँगी गगन र गणेश समीप ढकालको सञ्चालन रहेको कार्यक्रममा राजनीतिक दलका नेता र कलाकारहरु लगायतको उपस्थिति रहेको थियो

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto