सर्जना कार्की
स्व. नविन श्रेष्ठ र अनिता प्रधान श्रेष्ठ दुइ श्रीमान श्रीमती हुनुहुन्थ्यो । उहाँहरु दुवैजना प्रहरी निरीक्षक हुनुहुन्थ्यो । २०७० चैत्र ९ गते प्रहरी निरीक्षकमा नियुक्ति भइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नविन २०७४ मङ्सिर २ गते जिल्ला ट्राफीक प्रहरी कार्यालय प्रमुख भइ सुर्खेतमा आउनुभएको थियो ।

अनिता २०६९ साल श्रावन ४ गते सहायक प्रहरी निरीक्षक पदमा नियुक्ति भइ इलाका प्रहरी कार्यालय रानी मोरङमा काम गर्नुभएको थियो । २०७२ असोज १ मा प्रहरी निरीक्षकमा नियुक्त भइ संघिय प्रहरी इकाइ कार्यालय चन्द्रगढी झापामा र्कारत अनिता केहि समयको लागी काजमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुनुहुन्थ्यो ।

राष्ट्रसेवक कर्मचारी रुकुम (पूर्व) का नविन र खोटाङमा जन्मिएर सुनसहरीमा बसोबास भएकी अनिताको प्रहरी निरीक्षको तालीमले २०७४ श्रावनमा प्रहरी तालिम केन्द्र काठमान्डौमा भेट गराइदिएको थियो । उहाँहरुको यो भेटघाट सहकर्मि, मिल्ने साथी हुदै जिवनसाथीमा परीणत हुन पुग्यो । उहाँहरु दुवैजनाको २०७४ मङ्सिर ५ गते सुनसहरीको इटहरीमा विवाह सम्पन्न भयो ।

६ गते विहान इटहरीबाट हिडेको त्यो जोडी ७ गते साझ रुकुम (पूर्व) घरमा पुग्यो । नविन र अनिताको त्यो जोडी घरमा पुग्दा घरपरीवार र छरछिमेकको खुसीको सिमा थिएन । सबैजनाले गीत गाइरहेका थिए । नाचिरहेका थिए । कोही स्वागत सत्कारमा लागीरहेका थिए । त्यहाँ उपस्थित भएका सबैजनाले नविन र अनिताको जोडीलाइ राधा कृष्णको जस्तो मिलेको जोडी भनेर पनि तारीफ गरेको सुनिन्थ्यो । त्यस रात सबैको नाचगान रमाइलोमै बित्यो ।

उताबाट प्रदेश र संघको चुनावले समय मिच्दैमिच्दै ल्याएको थियो । उहाँहरु जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो । ८ गते बिहानैबाट सबैसँग भेटघाटमा व्यस्त हुनुभएका नविन र अनिताले त्यसै दिन अपराहन्न ४ बजे आ–आफ्नो कार्यक्षत्रको लागि यात्रा तय गर्नुभयो ।

election adv.

साझकोे ७ बजेको थियो । घरबाट खुसीखुसीका साथ बिदाइ भएर कर्मथलोतिर लागेको त्यो जोडी जीप दुर्घटनामा परी अब संसारमै नरहेको भन्ने खबर आयो । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका ७ साखमा जिप दुर्घटनामा परी उहाँहरु दुवै जनाको मृत्यु भयो । उक्त दुर्घटनामा उहाँहरु लगाएत सात जनाको ज्यान गएको थियो । जसमा पाँच जना श्रेष्ठ परीवारका नै हुनुहुन्थ्यो ।

एक्कासी सबै खुसीहरु शोकमा परीणत भए । सबैले रुकुम (पूर्व) मा अन्धकारको बादल मडारीरहेको आवास गरे । रुकुम (पूर्व) मात्र होइन देश नै शोकमा डुब्यो । बिहे गरेको चार दिनमै एकसाथ एकै ठाउँमा दम्पति मात्र नभइ दुइदुइ जना राष्ट्रसेवक कर्मचारी गुमाएको थियो देशले । भर्खरै विबाह गरेका नव जोडीका र घरपरीवारका सारा सपना र खुसीहरु एकै पलमा खोसीए । सुन्दाखेरी सपना जस्तै अपत्यारीलो लाग्ने त्यो घटना सबैले स्विकार्नुपर्ने भयो । किनकी त्यही नै सत्य थियो । यस घटनाले महिनौसम्म सबैको मनमुटु हल्लाइरहयो । त्यस्तो अवस्थामा यस घटनाले परीवारमा के बितिरहेको छ भनेर त हामि सजिलै कल्पना गर्न सक्छौ ।

अहिले उहाँहरुको मृत्यु भएको एक वर्ष बितेको छ । उहाँँहरुकै सम्झनामा परीवारले सिस्ने गाउँपालिका ६ रुकुमकोट आलामा राधा कृष्णको मन्दिर निर्माण गरेको छ । परीवारद्धारा निर्मित उक्त मन्दिरमा आज र भोली धार्मिक अनुष्ठानका कार्यव्रmमहरु हुने बताइएको छ ।

नविन श्रेष्ठका बुबा टेक बहादुर श्रेष्ठका अनुशार राधाकृष्ण मन्दिरमा मुल घरबाट मन्दिरसम्मको बाजागाजा भजन किर्तन, स्वस्थि शान्ति सहित राधाकृष्णको रथयात्रा गरीने छ । धार्मिक प्रवचन सहित भजन कृतन र लाखबत्ति प्रज्वलन लगाएत भक्तजनबाट राधाकृष्णको दर्शन र पुजाको काम हुने छ । उहाँले भन्नुभयो, मन्दिर मात्र होइन, छोरा बुहारीको सम्झनामा उनिहरुको सालिक पनि बनाएका छौ । रु ९ लाख पचास हजारको लागतमा मन्दिर र सालिक निर्माण गरेका हौ ।

यस मन्दिरमा दैनिक पुजापाठको लागि मासिक तलबको व्यवस्था गरी एकजना ब्राहमन पनि राख्ने उहाँले बताउनुभयो । भक्तजनहरुको लागि यो मन्दिर सधै खुला रहने छ, उहाँले भन्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto