फलिराम सिर्पाली
हरेक वर्ष अङ्गे्रजी महिना फेबु्रअरि १४ का दिन प्रेम दिवश विश्वभर मनाईन्छ । प्रेमको लागी आफ्नो ज्यान बलिदान दिने सन्त भ्यालेन्टाईनको सम्झनामा यो दिवश मनाउन थालिएको हो । उनकै सम्झनामा मनाईने पे्रम दिवस लाई उनकै नाम बाट पनि भ्यालेन्टाइन्स डे को रुपमा चिनिन्छ । पछिल्लो चरणमा भ्यालेन्टाईन डे युवापुस्तामा निकै नै लोकप्रिय बन्दै गएको छ । प्रेम दिवसको दिन दुई विपरित लिङ्ग महिला र पुरुष बिच रातो गुलाब साटासाट गरिन्छ भने एकले अर्कालाई प्रेम गर्छन भन्ने बुझ्नुपर्छ । प्रायःजसो युवापुस्ताले यसलाई सकारात्मक रुपमा लिन्छन त कसैले विकृति हो भनेर पनि बुझ्ने गरेका छन । तर अरबौ युवापुस्ताको मनमा उमंग छाईदिने प्रेम दिवसको ईतिहास भने निकै दुःखदायी रहेको पाईन्छ ।

प्रेम दिवशको ईतिहास
संसारका अरबौ युवापुस्ता प्राय आफ्नो प्रेमि प्रेमीका सँग हुदा खुसि हुन्छन । तर हामी कल्पना पनि गर्न अप्ठ्यारो महसुस गर्छौ कि यदि माया पे्रममा बन्देज लगाएमा के होला ? प्राय युवा–युवतीको एउटै उत्तर हुनसक्छ कि लुकेर प्रेम गर्ने ,तर यदि पे्रम गर्नेलाई सजाए भएमा के होला त ? तब सबै युवा युवतीहरु मौन बस्न बाध्य हुनेछन । तर यस्तै बाध्यता थियो सन् २६९ तिर रोमनमा । रोमन सरकारले आफ्ना सेनाहरुलाई प्रेम र विवाहमा रोक लगाएको थियो । तर पनि रोमनका एक नगरिक सन्त भ्यालेनटाईनले त्यस नियमको उल्लंघन गरे ।
भ्यालेन्टईनले नियमको त्यहाँको नियमको उल्लंघन गरेको भन्दै त्यहाँको सरकारले उनलाई मृत्युदण्ड दिने निर्णय ग¥यो । उनले आफुलाई मृत्युदण्ड दिने कुरा पनि सहजै स्वीकार गरे तर उनले आफुलाई फाँसी दिनु अगाडि आफ्नी प्रेमीका दृष्टिबिहिन भएकाले आफ्ना दुवै आँखा दान गरेर फाँसीमा चढेका थिए । उनलाई सन् २६९ फेब्रुअरि १४ का दिन फाँसी दिईएको दिनकै सम्झनामा हिजो आज संसारका अरबौ युवा तथा युवतीहरुले प्रत्यक वर्ष फेब्रुअरि १४ का दिन प्रणय दिवस तथा प्रेम दिवसका रुपमा मनाउने गरेका छन ।

वर्तमान प्रेम दिवसको अवस्था
प्रेम दिवस एक प्रेमको सुरुवात गर्ने दिनको रुपमा प्रचलित छ । हुन त प्रेम प्रस्ताव राख्नलाई प्रेम दिवस नै पर्खनु पर्छ भन्ने बाध्यता पनि छैन । तर पनि प्रायः युवा युवतीहरु प्रेम प्रस्ताव राख्नका लागी प्रेम दिवस नै पर्खेर बस्ने गरेको पाईन्छ । पे्रमको लागी ज्यान बलिदान दिने व्यक्तिको सम्झनामा मनाईने प्रेम दिवस का दिन प्रेम प्रस्ताव राख्दा प्रेम दिगो हुने पनि कतिपयको विश्वास रहेको पाईन्छ । तर पछिल्लो समयमा प्रेम दिवस लाई एक विकृतीको रुपमा पनि व्याख्या गर्ने गरेको पाईन्छ । यस दिन कतिपय ठाउँमा प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै तेजाव आक्रमण भएका खबरहरु पनि सुन्ने गरेका छौ । र पे्रम दिवसमा जोडि हुनेहरुलाई भ्यालेन्टाईन जोडि नहुनेलाई भाले एण्ड वाईन (भालेको मासु र रक्सि) भन्दै कुलत तिर फस्नेहरु पनि भेटिन्छन । प्रेम दिवस विभिन्न रुपमा साप्ताहिक रुपमा मनाईन्छ ।

प्रेम दिवसका ७ दिनहरु

Feburary 7 –Rose Day

Feburary8–Propose Day

Feburary9–Chocolate Day

election adv.

Feburary10–Teddy Day

Feburary11–Promise Day

Feburary12–Hug Day

Feburary13–Kiss Day

Feburary14–Valentine Day

कसरी मनाउने प्रेम दिवस
भ्यालेन्टाईन डे मा प्रेमको सुरुवात गर्ने दिन हो यदि यो दिनमा विचार पु¥याउन नसकेमा घृणाको सुरुवात पनि नहोला भन्न सकिदैन । त्यसैले प्रेम दिवसलाई प्रेम दिवसकै रुपमा मनाउन तथा विकृती हुनबाट बचाउनका लागी यी कुराहरुमा ध्यान दिनुहोस् ।
१.चिन्ता नलिनुहोस्
प्रेम दिवसमा जोडि नहुनेहरु तथा आफुले मन पराएको व्यक्तिले आफुलाई मन नपराउदा प्रायः दुखी हुन्छन । तर यदि गोरो गए कालो आउछ कालो गएमा बल्ल मेरो पाला आउछ भन्ने सोच राख्ने हो भने चाहि खासै चिन्ता लिनुपर्ने आवश्यकता देखिदैन । तर पनि आफ्ना रहरहरुलाई कहिल्यै मार्नु हुदैन ।
२..मितव्ययी बन्नुहोस्
प्रेम दिवसका दिन धेरै खर्च गरेर होटेल रेष्टुरेण्टहरुमा धुमधाम रमाईलो गरेमा मात्र प्रेम सफल हुन्छ भन्ने छैन । प्रेम जिवन जिउने एक आधार हो तपाईलाई जिवन चलाउनको लागी साँचो मायाको आवश्यकता पर्दछ । यदि तपाईलाई पनि कसैले साँचो माया गर्छ भने उ यी सब अनावश्यक खर्च भन्दा टाढै हुन्छ । उसले यो चाहदैन कि आफ्नो लागी तपाईले धेरै खर्च गर्नुपर्छ,धेरै नै रमाईलो गर्नुपर्छ भन्ने बरु उसले जिवनभर खुसि रहने सपना सजाएको हुनसक्छ । बरु तपाईले उसको लागी उसलाई मनपर्ने परिकार आफ्नै हातले पकाएर खुुवाउन सक्नुहुन्छ । आफ्नो साथीलाई मन पर्ने कविता,मुक्तक,गजल कोर्न सक्नुहुन्छ । जसका कारण तपाई आफ्नो साथीसँग अँझ बढि मितव्ययी बन्न सक्नुहुन्छ ।
३, पुरा दिन साथीसँग बिताउनुहोस्
साथीसँग पुरा दिन बिताउने भनेको होटेल तथा रेष्टुरेण्टमा गएर बिताउने भनेको चाहि होईन । बरु त्यो दिन तपाई अफिसबाट छुट्टि लिएर तथा व्यापारलाइृ त्यस दिनका लागी थाँति राखेर पुरा दिन आफ्नो साथीसँग बिताएमा तपाईको साथीले तपाईले उसलाई माया गरेको आभास गर्न सक्छ । यदि तपाई ले त्यो दिन भेट्न भ्याउनु भएन भने फोन मार्फत तथा उपहार पठाउन पनि सक्नुहुन्छ । जसका कारण तपासँगको उसको विश्वास दिगो रहन्छ ।


४, अरुको देखासिकी नगर्नुहोस
पे्रम दिवस लाई प्रायः जसो व्यक्तिहरुले खर्चिलो बनाउने गरेको पाईन्छ,तर अरुले खर्चिलो बनाए भन्दैमा तपाईले पनि त्यसरी नै मनाउनु पर्छ भन्ने हुदैन । चाहे तपाईले त्यो भन्दा पनि खर्चिलो समेत गराउन सक्नुहुन्छ त्यो तपाईको सोच र क्षमतामा भर पर्ने कुरा हो तर प्रेम दिवसलाइ खर्र्चिलो बनाई विकृती युक्त बनाउनुु भन्दा विकृती मुक्त बनाउनु नै राम्रो होला ।
तर जे होस यो प्रेम दिवसलाई सभ्य बनाउनुहोस,भव्य बनाउनुहोस र तपाईको प्रेम सफल होस र पहिले नै प्रेम जालमा अल्झिएकाहरुको पनि जाल कहिल्यै नटुटोस् । माया प्रेम प्रगाढ बनोस्,कसैले धोका खानु नपरोस् । । सम्पुर्ण प्रेम जोडिहरुमा प्रेम दिवसको लाखौ लाख शुभकामना ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto