अधिवत्ता रचना मल्ल
ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको पाइन्छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावलीतथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा नरहेकाभने होइन । कुल जनसंख्याको ८ दशमलव १३ प्रतिशत ज्येष्ठ नागरिक छन् । नेपाल सरकारले ज्येष्ठ नागरिकलाई मासिक रूपमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ तर त्यो पर्याप्तभने छैन । सरोकारवाला निकायबीच समन्वयकालागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति र सबै जिल्लातथा स्थानीयतहमा ज्येष्ठ नागरिक कल्याण समिति गठन भएका छन् । बेसहारा ज्येष्ठ नागरिकलाई आश्रयसहितको सेवाउपलब्ध गराउन पशुपति लगायतअन्यनगन्य स्थानमा सरकारी निकायका रूपमा वृद्धाश्रम सञ्चालन भएका छन् भने संस्थाहरूको साझेदारीमा विभिन्न स्थानमा केही वृद्धाश्रम सञ्चालन भएका छन् । रुकुमकै सन्दर्भमा मुसिकोट नगरपालिका वडा नं १ मठमागोकर्ण गिरी बृद्धाश्रम रहेको छ ।
६० भन्दामाथिको जेष्ठ नागरिकको तथ्यांक तपसीलमा देखाइएको छ । जुनयी संख्याका जेष्ठ नागरिकहहरू मध्ये ६०।६८ उमेर समूह अझैपनि निरन्तर बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको देखिएको छ । तथापि विभिन्न उत्पादनमूलककार्य संलग्नताका हकमानिजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृतिभने फरक फरक रहेको छ । हाम्रो मुलुकमानागरिकको अपेक्षितआयु हाल ६९ वर्ष रहेको पाइन्छ । मानिसको आयुलाईहावापानी, रहनसहन, गरिबी, उपलव्ध स्वास्थ्य सेवाआदिले असर पारेको हुन्छ ।

समयको फेरबदलको कारण देखाई आफूलाई जन्मदिई लालनपालनगर्ने आमाबाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खाना, लाउन, बस्नसमेत नदिई घरैबाट निकालिएको अवस्था र राज्यलाई सो समस्याहलगर्न ठूलो चुनौतीभएको छ । सो सम्बन्धीको नेपाल सरकारको प्रयास पनिआर्थिक अभावको कारण उचित सफलीभूत हुननसकेको अवस्थामा जेष्ठ नागरिकको स्वास्थ्य, हेरचाह, कल्याण, संरक्षण र पुनस्थापना सम्बन्धीअध्ययन गरी सो समस्याउचित किसिमबाट हलगर्न राज्यलाई जानकारी गराउनु समयको मागहो भन्नु अत्युक्ति नहोला ।

हाम्रो देशमा जेष्ठ नागरिकलाई विभिन्न समस्याहरू भोग्न बाध्यबनाइएको छ । भनाइ नै छ, एउटी आमाले १० सन्तान सम्हाल्न सक्छिन् तर दश सन्तानले बाबु आमा राम्रोसँग सम्हाल्न सक्दैनन् । यसको मुख्यकारण व्यक्तिवादीहुनु (म र मेरा सन्तानप्रतिमात्र मेरो जिम्मेवारीको धारणाको विकास), सहरी (काममाव्यस्तताको कारण देखाई बाबु आमालाई वास्तानगर्नु) तथा ग्रामीण (बुढाबुढीलाई गरिएको खर्च अनुत्पादन, केहीबुहारीले सासु ससुरालाई प्रतिशोधको धारणा) परिवेश आदिकारणले गर्दा बाबुआमालाई वृद्धाश्रमको जिम्मालगाएको प्रशस्तै उदाहरण छन् ।
नेपालमामात्र हैन ,विदेशमापनि ‘ओल्ड एजहोम’मा कयौं वृद्धा भेटिन्छन् । तिनै ‘ओल्ड एजहोम’मा नेपाली जनशक्ति पैसाका लागिविदेशी आमाबाबुको स्याहार, सम्हार गर्न जानेको लर्को छ । तर पैसा नपाइने हुँदाआफ्ना पूर्वजको सेवागर्ने धेरैलाई इच्छा छैन, केहीअपवाद छाडेर । आमाबाबुले पैसा, धेरै सम्पत्ति कमाएर आफ्नै नाममा राखेका छन् भने त्यसको लोभमात्यो नहडपेसम्म देखावटी सेवा गरेका हुन्छन अनिअपहेलना सुरु हुन्छ, केहीअपवाद छाडेर । संस्कृतमा ‘मातृ देव भवःपितृ देव भवः’अर्थात् ‘आमाबाबुलाई देउतासरह सम्मान गर’ भनिएको छ । समयले परिवर्तन ल्याउने रहेछ, सोचाइमा परिवर्तन यी बूढाबूढीलाई सँगै राख्दानिकै घाटा पो भयो हँ?व्यावसायिक लक्षण हो ( आमाबाबुको हेरचाहपनिनाफा र नोक्सानमा तुलनागर्ने परिस्थिति सिर्जनाभएको छ । एक उदाहरण प्रस्तुतगर्न सान्दर्भिक होला ।

अंग्रेजीमा भनाइ छ ‘प्रयोग गर अनि फ्याँक’लाई नयाँ पुस्ताले व्यवहारमै देखाएका छन् । उदाहरणका लागिमध्यमवर्गीय परिवारकायुवा पुस्ता पढ्ने निहुँमाविदेश जान्छन् । त्यहाँउनीहरूको विवाह भएपछि सन्तान जन्मँदाको पहिलो चरणमा स्याहार सुसार गर्नेको जरुरत पर्छ, अनि नेपालवाट आमाबाबुलाई झिकाउँछन् । तीआमाबाबुहरू पनि छोरा वा छोरीले बोलाएभनेर फुकेको बेलुनजस्तो नाकपारेर जान्छन् । जब केटाकेटी ५।६ महिनाको हुन्छ, उनीहरूलाई डे केयर सेन्टरमा राखेपछि आमाबाबु उल्टै घाँडो हुन पुग्छन्, हेलाको मात्रा बढ्दै जान्छ । उनीहरू निन्याउरो मुखलगाउँदै आफ्नै घरमाफर्कन्छन् ।
यही कुरालाई मध्यनजर गरी नेपाल सरकारले चौंधौ योजनामा (आ.व. २०७३÷७४( २०७५(७६) हिंसा तथादुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई संरक्षण, उपचार र मनोविमर्श तथाकानुनी सहायता उपलब्ध गराइने, दुव्र्यवहार गर्नेलाई कानुनीदायरामाल्याउन आवश्यक नीतिगत तथा कानुनी व्यवस्थागरिने, राज्यबाट प्रदानगरिने सार्वजनिक सेवा सुविधाको मापदण्ड निर्धारण गरी त्यस्तो सुविधा प्राथमिकताका साथ उपलब्ध गराउन निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने, गैरसरकारी संस्थाहरू एवम् समुदायसमेतको साझेदारीमा प्रत्येक प्रदेशमा स्वास्थ्य उपचार सुविधासहितको कम्तीमा एकएक वृद्धाश्रम सञ्चालनगरिने कार्यक्रम अघि सारेको छ ।

election adv.

हाम्रो देशमा जेष्ठ नागरिकलाई विभिन्न समस्याहरू भोग्न बाध्य बनाइएको छ । भनाइ नै छ, एउटी आमाले १०सन्तान संहाल्न सक्छिन, १० सन्तानले बाबु आमा राम्रोसँग संहाल्न सक्दैनन् । सन्तानहरू व्यक्तिवादीबन्दै जानुको परिणाम हो यो
यसैगरी गैरसरकारी संस्थामार्फत ज्येष्ठ नागरिक समूहतथाक्लब गठन र दिवा सेवाकेन्द्र सञ्चालनगर्न प्रोत्साहनगरिने, हिंसापीडित, परित्यक्त, शारीरिक एवम् मानसिक रूपले अशक्त भएकाविशेष जोखिममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी विशेष राहत तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिने, वृद्धाश्रम तथादिवासेवा केन्द्रहरूको नियमन र अनुगमनलाई प्रभावकारी बनाइने, ज्येष्ठ नागरिकप्रति सम्मान अभिवृद्धि गर्न समुदाय स्तरसम्म सचेतनाकाकार्यक्रम सञ्चालनगरिने, पूर्वीय दर्शनअनुसार बाबुआमालगायत ज्येष्ठ सदस्यको हेरचार तथापालनपोषण गर्ने परिवारका सदस्यलाई साथै सङ्घसंस्थालाई सम्मानगरिने, मरणोपरान्त आफ्नो सम्पत्ति इच्छाअनुसार हस्तान्तरण गर्न पाउने इच्छापत्रको व्यवस्थागर्न कानुनी व्यवस्था गरिने आदि व्यवस्था गरिने कार्यनीति बनाएको पाइन्छ ।

निष्कर्षमा जेष्ठ नागरिकका लागि परिवार, समुदाय र राज्यले विशेष ध्यानदिन सक्नुपर्छ । घर परिवारका सदस्यले यथोचितमायाममता, प्रेम र समय दिनुपर्छ । स्वास्थ्य सेवामाविशेष सहुलियत, बेसहारा र अशक्त जेष्ठ नागरिकलाई विशेष भत्तावालालनपालनको व्यवस्था, जेष्ठजनको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्यउपचारजन्यविषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतनाकार्यक्रम सञ्चालन हुनुपर्छ । घरेलु एवं परम्परागत स्याहार र उपचार पद्दतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थामाकार्यरत चिकित्सकतथा स्वास्थ्यकर्मीलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मकप्रवन्धकालागि घर परिवार वरपरको भौतिकवातावरण, व्यवहार वृद्धमैत्रीतुल्याउने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामाकार्यरत जनशक्तिलाई परम्परागतएवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्दतिबारे प्रशिक्षितगर्ने व्यवस्था हुनुपर्छ । स्थानीयस्तरमाकार्यरत गैरसरकारी संस्थालाई जेष्ठ नागरिकको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाकाविषय समावेश गर्न प्रोत्साहितगर्ने, मानसिक स्वास्थ्य सबलताकालागिध्यान, सत्संग, सरकारले कानूनी संरक्षण, परिवारले कामएको केहीप्रतिशत आमाबाबुको नाममा अनिवार्य छुट्याई दिनुपर्ने सबल कानूनी व्यवस्था पनि तर्जुमागरिनुपर्छ ।

आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सबलताकालागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासकाविधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमता अनुसारका कार्यमा क्रियाशील रहने बानीको विकास गराउने, महिला जेष्ठ नागरिक एवं एकल महिलाका लागि विशेष स्वास्थ्य सेवाएवं परामर्श सेवा संचालनगर्नेजस्ता कुरामाविशेष ध्यानदिनु आवश्यक देखिन्छ । साथै, सधैँ निरन्तर रूपमातन, मन, धनले जेष्ठ नागरिकको हेरचाहगर्नु नै राज्य र परिवारको दायित्व हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto