• लाल बहादुर केसी

नेपाली काँग्रेस पाटी नेपालको सबैभन्दा पहिलो र पुरानो पाटी हो भन्ने कुरामा निसन्देह र निर्बिरोध छ । नेपाली जनताले वर्गीय राजनीती गर्न रुचाउँछन् । कुन राजनीतिक पाटीले गरिबिका रेखामुनि रहेका गरिब तथा सर्बहारा जनताको पक्षमा मुद्दा उठाई त्यस्ता नेपाली जनताको जीवनस्तर माथि उठाई शिर ठाडो पारेर बाँच्ने बचाउने खालको सर्बहारा बर्गको पक्षमा रणनिती अपनाई निती नियम बनाई नेपालमा लागु गरी सर्बहारा बर्गको हित, उत्थान र कल्याण गर्न सक्दछ भन्ने कुराको नेपाली जनताले मात्र नभई अन्य अल्पविकसीत तथा गरीब राष्टका जनताले पनि त्यसको विकल्प खोजिरहेका हुन्छन् भन्ने कुरा निर्बिवादित पक्ष हो ।

समाजमा २ प्रकारका वर्ग हुन्छन् । एक प्रकारको वर्ग भनेको कामकाज गरी खाने र अर्को प्रकारको वर्ग भनेको अर्कालाई कामकाज गराई खाने अथवा हुँदा मात्र खाने र हुनेखाने वर्ग । यस मानेमा नेपाली जनताले हुँदा खाने र हुने खाने, गरेर खाने र गराएर खाने वर्गको मक्सद बुझ्न सकेका थिएनन् ,कसैकसैले त अझै पनि बुझ्न सकेका छैनन् । अझै पनि लहै लहैमा र एक अर्कासँग रिसाएर, चिप्लिएर केही कुरा नबुझेर पनि आफ्नो हैसियतको बर्ग छोडेर अर्को बर्गमा समाहित भएका हुन्छन् र त्यस्तो भासमा डुबेर उत्रिन सकिरहेका हुँदैनन् र वर्गीय राजनीति गर्न सकिरहेका हुँदैनन् । यो कुरो सत्य हो । केही मानिसहरु वर्गीय राजनीति गर्नबाट चुकीरहेका हुन्छन् । किन भने केही लोभ लालचमा फसिरहेका हुन्छन् । केही नातावाद र कृपावादमा फसेका हुन्छन् भने केही त रिसरागले बिछुटिएका पनि हुन्छन् । २०७४ सालको आम निर्वाचनमा समाहित भई भोट हाल्ने जनताले वर्गको पहिचान गरी एकदम सुझबुझका साथ सोचाई राखी आफ्नो वर्ग बिशेषको पहिचान गरी नेपाली काँग्रेस पाटी देशकै पुरानो पाटी भएता पनि यो पाटी त सर्वहारा बर्गको नेतृत्व गर्ने पाटी नभई बुर्जुवा बर्गको नेतृत्व गर्ने पाटी पो रहेछ भनी नेपालमा बसोबास गर्ने नेपाली जनता ले आफ्नो बर्गको मुद्दा उठान गर्ने पाटीको पहिचान गरी बाम गठबन्धनलाई भोट हाली सहयोग गरी ठूलो पाटी बनाएका छन् ।

election adv.

नेपाली जनताले गरेको सहयोग र देखाएको सद्भावको गुणको रिन तिर्न सक्नु पर्दछ बाम गठबन्धनले । यो कुरा सत्य कुरा हो । हाँसी मजा र ठट्टा होईन । २०७४ सालको चुनावबाट जनताले दिएको म्यान्डेड अनुसार देशमा खड्किएर रहेका राष्टिय सवालहरुलाई उठान गरी ती मुद्दा हरुलाई सम्बोधन गर्न सक्नुपर्दछ । अहिले आएर नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले आफै भन्न थालेका छन् । नेपाली काँगे्रस पाटीले राष्ट्रिय सवालका मुद्दाहरुलाई उठान गरी सम्बोधन गर्न नसक्दा हारेको हो भन्दै हिडिरहेका छन् भने नेपाली काँग्रेसका सभापति तथा नेपाल सरकारका निबर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा भन्दै हुनु हुन्छ, पार्टी हारेको होईन उम्मेदवारहरु हारेका हुन् । हुदा पनि हो एक किसिमले गहिरिएर सोच्ने हो भने जुन प्रत्यक्ष निर्वाचनबाट नेपाली काँग्रेसले २३ सिट जित्यो भने समानुपातीकमा ४० सिट जित्यो । यस दृष्टिकोणबाट हेर्दा त पार्टी हारेको छैन । यो कुरा लाई सबै तह र तप्का पक्षबाट सहमती, सहकार्य र समझदारी गर्दै अगाडि बढेमा सकारात्मक बन्दै जान्छ र पछि गएर सफलता हात पर्दै जान्छ । एक अर्कामा आरोप प्रत्यारोप, दोषारोपण तानाखिचि, मनमुटाव गर्दै जाने हो भने त्यसले नकारात्मक रुप लिँदै जान्छ र छिन्न भिन्न भई पार्टी ,फुटको सँघारमा पुग्छ ।

जुन पार्टी अगाडि आए पनि देश र जनताको हितका लागि काम गर्ने हो । राष्ट्र र राष्ट्रियता जोगाउने हो । नेपालमा बिकास र सम्मृद्धिको लागि काम गर्ने हो । अहिले नेपाली जनताले जुन खालको आदेश दिएका छन् त्यही अनुरुप नेपालका राजनीतिक पार्टीहरु सुझ बुझ र बुद्धिमतापूर्वक चलायमान भै चल्न सक्नुपर्दछ । जे जति काम गर्ने नेपाली जनताले हैसियत वाँडफाँड गरी दिएका छन् त्यही हैसियत मा हिंड्न सक्नुपर्दछ र आफ्ना पार्टीका नेता तथा कार्यैकर्ताहरुलाई पनि हिडाउन सक्नुपर्दछ । यो नै ठूलो सुधारात्मक कार्य हुन सक्छ । सडकमा गई जनताका जुता पालिस गर्देमा यो कार्य सुधारात्मक र सुदृढ कार्य हुन सक्दैन । यसमा ठूलो विचार पूर्याई ध्यान दिन सक्नुपर्छ । यो कार्यले कतातिर मोड्यो सकारात्मक तिर कि नकारात्मक तिर त्यसको पनि सही मूल्याङ्कन गर्न सक्नुपर्दछ । नेपाली काँग्रेसले अझै पनि हामिले हारेका छौं अथवा २०७४ सालको राष्ट्रिय आम निर्वाचनबाट हामी दास्रो पार्टी भएका छौं र निश्चित रुपले हाम्रो पार्टी सानो त भएकै हो भन्ने कुरा स्वीकार्न सकेको देखिएन ।

अझै पनि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले सबैभन्दा ठुलो पार्टी हो भन्दै हिँडिरहेको देखिन्छ । कमसेकम आफ्नो हैसियत बुझेर स्विकार्न सक्नु नै ठूलो बुद्धिमानि हुन जान्छ । गाउँघरमा एउटा उखान छ, मेरा बाले घिउ खाएर मेरा जँगा चिल्ला, यो सधैभरि लागु भईरहन सक्दैन । यो कुरामा ठूलो विचार पुर्याउन सक्नुपर्दछ । अर्को उखान पनि के छ भने, जहिले खायौं खिरैखिर गैयो उतैतिर, यो भनाईलाई गहिरिएर सोचविचार गरी मनन् गर्नुपर्ने हुन्छ ।
निष्कर्ष ः जुन पार्टीले जिते पनि वा हारेपनि नेपाल राष्ट्र र नेपाली जनताको हितमा उन्नति प्रगति र नेपाल र नेपाली जनताका लागि विकास तथा सम्वृद्धिका लागि काम गरी नेपाललाई विश्वकै अति सुन्दर र विकसित राष्ट्रको रुपमा बदली चिनाउन सक्ने बनाउनु र गरिबिका रेखामुनि रही दुख तथा कष्टको जीवन बिताई रहेका गरिब नेपाली जनताका लागि गास, बास,कपास, शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गरी नेपाली जनतालाई नेपालमा सानो स्केलमा भएपनि समाजवादको स्थापना भएको आभाष तथा अनुभव गराउनुका साथै सुख सुविधा दिलाउनु नै हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto