राजनीति

दोस्रो पटक पनि आर्थिक प्रस्ताव पारित भएन

आर्थिक प्रस्ताव पारित नभएरै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको साधारण सभा सम्पन्न गरिएको छ । विहिबार सदरमुकाम खलंगा स्थित जिल्ला…

देशको समृद्धि र विकासमा  क्रोनीकल क्यापिटालिज्मको झ्याउ

भिम बुढाथोकी संसारका अधिकांश मूलुकहरु पूँजीवादी  र साम्यवादी धारको खेमाको आफ्नो वर्चोस्वको दार्शनिक,वैचारिक,अर्थ-राजनीतिक तथा सांगठनिक कार्य दिशाको विचलनको धरातालिय बाटोलेकेहि दशक अगाडिदेखि क्रोनिकल क्यापिटालिज्मलाई अंगिकार गरेको प्रस्ट देखिन थालेको छ।यद्दपि अझै पनि आफ्नो दर्शन,विचार र सिद्दान्तको कोरा माकुरे आवरणीय  ब्राण्डको खोल भने त्याग्नसकिरहेका छैनन्।विशेष गरी उदीयमान शक्ति रास्ट्रहरु विभिन्न विकासे परियोजनाहरु मार्फ़त अन्तरदेशिय सम्झौता गरेर रानीतिक प्रभाव र अपार प्राकृतिक साधन स्रोतहरुको दोहन गर्ने साम्राज्यकोदाउमा रणनैतिक योजनामा अगाडि रहेको अवस्था देखिन्छ। ख़ासगरी विज्ञान र प्रविधिको पहूचमा नभएका अथवा विकासको जगबाट माथि उठ्न र उक्सिननसकेका निर्धन तथा गरीव रास्ट्रहरु यो मारमा परिरहेकाछन्। यस्ता खालका तमाम अपाच्य गम्भीरहस्ताक्षरित छापका सन्धी तथा  सम्झौताका अदूर दृष्टीका सहमतिहरुले दशकौ देखि आश्रित वापराधिन हुन वाध्यता पारिएको छ। दशकौ देखि कयौ शक्तिहीन रास्ट्रहरु शक्ति रास्ट्रहरुको अधिनमारहेर अन्यायपूर्ण सम्झौतामा टाँसिएर आफ्नो रास्ट्रिय स्वाधिनतालाई  धरापमा पार्नु परेको तितोयथार्थ ताज़ा छदै छ।अन्तत: देशको सार्वभौमिकता,अखण्डता,रास्ट्रीय स्वाधीनता जस्ता पक्षलाईदीर्घकालीन असर निस्चय नै पार्दछ।आज पूँजीवाँदको विकासमा उदार पूँजीवादले वैक्तियस्वतन्त्रताले खुला बजारमा उत्पादन र उपभोग्य वस्तुमा एकाधिकारको तरंगीय आकार ग्रहणगरिरहेको छ भने अर्कोंतिर साम्यवाद भित्रको राज्य केन्द्रित सामाजवादी पूँजीवादको सामूहिकविकासको समानताको अर्थ-राजनीतिमा उत्पादन र वितरणमा नितान्त नविन क्रोनिक क्यापिटालिज्मको बाक्लो ग्रहण लागेको छ। हाम्रो भू-जडित धरातालक़ो दुई छेउतिरका शक्तिशाली छिमेकी रास्ट्रहरुको विचमा हुदा माथिउल्लेखित पक्षले हाम्रो यस खालको भौगोलिक बनोटको कारणले पनि राजनीतिक,आर्थिक,सामाजिक-सांस्कृतिक जस्ता प्रणालीमा प्रभाव पार्ने गर्दछ।जुन दशकौ देखिछेमेकी रास्ट्रहरु विच नेपालले पररास्ट्र विचको मैत्रीवत असंलग्नताको नीति र  भाईचाराकोसम्बन्धलाई जोड्दै,बोल्दै आएको छ। मानवीय स्वभाविक इच्छा,चाहना,सामर्थ्य आवश्यकता र समयसापेक्ष जागृत भावनाले यूग बदलिदो आजको एक्काईसौ शताप्दीको ज्ञान विज्ञान र प्रविधिकोउकासले आफ़नो चेतना र कार्य शैलीलाई समेत उजागर गरी संबृद्दीतर्फ उन्मुख गराउदै छ।यसकारणपनि देशको राज्य व्यवस्थामा राजनीतिक प्रणाली मार्फ़त देशको बृहत्तर विकास र संबृद्दीको लागिआर्थिक,सामाजिक सांस्कृतिक, विज्ञान आदिमा अन्तरास्ट्रिय स्तरमा अंगालिएका राम्रा पक्षहरुलाईदेशको विकासमा जोड्दै लिने र थप ज्ञान-विज्ञान,खोज पड्ताल, अनुसंधान तथा अन्वेषणको लागिसक्षम जनशक्ति तयार पार्ने रणनीति नै देश विकासको नीति हुनुपर्दछ।तथापि हाम्रो सापेक्षतामा  चेतनाको उकास,प्रविधिको विकास र अरु स्वभावजन्य प्राकृतिक घटनाहरुको विकासक्रमलाई भनेव्यक्ति,संस्था तथा राज्यले आ-आफ्नो तरीकाले बुझ्ने र परिभाषा गर्ने आद्दतमा परिणत भएकछन्। वास्तवमा देशको शासकिय नयाँ संरचना सहित व्यवस्थापकिय परिवर्तनले लोकतान्त्रिक शासनप्रणालीलाई बलियो बनाउदछ। नेपाली जनताको त्याग तपस्याको बलशाली ठूलो वलिदानीमा २०४६सालको पहिलो जनआन्दोलन,२०५२ सालको जनयुद्द,२०६२/०६३ को दोस्रो जन आन्दोलन, मदेशतथा थरुहट जस्ता ऐतिहासिक जन आन्दोलनबाट देशमा संघीयता,गणतन्त्र,धर्म निरपेक्षता,समावेशीलोकतान्त्रिक संविधान प्राप्त भएको हो। यद्दपि कतिपय क़ुराहरु अपुरो भए पनि जनताले आशागरेको राजनीतिक परिवर्तन पश्चात शान्ति,स्थायित्व र स्थीरतामा सुशानन ,संबृद्दी र विकास  हो।त्योक़ुराको संस्थागत विकास  र आचरणगत परिवर्तन हुन सक्यो कि सकेन, त्यो नै महत्वपूर्ण पक्ष हो। देश र जनताको बृहत्तर हित, कल्याण र विकासको मार्गलाई चौडा बनाउन घोषित घोषणा-पत्र मार्फ़तव चा कसम वा सपथ खाएका  राजनीतिक दलहरु आज किनारा लागिरहेकाछन्।करीव २/३ को भारीवहुमत प्राप्त समाजवाद उन्मुख वर्तमान सरकार ग़ैरसंवैधानिक,अलोकतान्त्रिक,निरंकुश एवंस्वेच्छाचारी नाँगो चरित्रले जनताको सार्वभौम संसद विघटन गरी अन्तरास्ट्रिय स्तरमा बदनाम भएकोछ। साहेद यो घड़ीमा राणाकालका जंगवहादुर राणा हुन्थे भने यस खालको दुश्चरित्रको प्रयासदेखाउने हिक्कमत गर्दैनथे होला, किनकी आजको जनता राणा राज्य कालको रैती होईनकि आजजनता सार्वभौम शक्तिको रुपमा छ भन्ने क़ुरा दिनको घाम झै छर्लँग छ। तर पनि सत्ता विवेकलेनभएर सत्ता मोहका कारण अराजक इतिहासकै कालो पर्व भएको छ। यतिवेला राज्य वा सत्तासिन सरकार शासकको रुपमा नभएर सेवकको रुपमा विकास निर्माणकोअभियानमा सबैलाई केन्द्रित गर्नुपर्ने बेला हो ।जनताको कहालि लाग्दो दैनिकी जीवनलाई हेरेरगास,बास, कपास,शिक्षा,स्वास्थ्य,सुरक्षा र रोज़गारीको अवसरहरु सिर्जना गर्नु पर्ने हो।यो क़ुरामासरकारको ध्यान जाँदैन। वरू सरकार सत्ताको बलमा आफू निकटतम नेता कार्यकर्ता, नातेदार,घरपरिवार,ठूला घरान व्यापारी ,पूँजीपति, नोकरशाह, दलाल पूँजीपति,ठेक्काबाल आदिकोसंलग्नतामा भ्रस्टाचार,कमिसन,घुसखोर आदिले  देशको अथाह ढुकुटी वा सम्पत्ति दोहन गरिरहेकायथार्थ देखिएको छ।देशको महत्वपूर्ण संवैधानिक अंगमा भागबन्डाको जुहारीमा आफ्नो निकटमव्यक्तिको क़ुरा चल्दछ। देश विकास निर्माणको काममा ठेक्का प्रणालीको बोलाबोल हुन्छ।…

इतिहासमा चाकरिवाज र गुलामीमा रम्न पल्केकाहरु

रमेश जि.एम. आजभोली कोभिड १९ को सन्त्रासमा राजा आउ देश बचाउ भन्ने आवाज प्राय गुन्जिरहेका छन। कति उपयुक्त कति नाजायज…

शासनसत्ता सम्बन्धी केही पक्ष र तिनको समिक्षा

बिनाराम खड्का राजनीतिक दार्शनिक पक्ष  राजनीतिक दर्शन¸ सिद्धान्त¸ आदर्श¸ मुल्य¸ मान्यता विहीन राजनीति । दार्शनिक रुपमा विगतमा स्थापित भौतिकवाद¸ अध्यात्मवाद…

दार्शनिक विचार संकटको भूमरीमा राजनीति

भीम बुढाथोकी अहिलेको ज्ञान विज्ञानमा आएको सामाज विकासको परिवर्तनमा विश्व जगत नै बढ़दो भूमण्डलीकरणको क्षेत्रमा अगाडि बढिरहेको बेला हिजोको समाज…

के तत्काल मन्त्रिपरिषद् परिवर्तन होला ?

बर्तमान मन्त्रीपरिषदमा केहि मन्त्रीहरु फेरबदल हुने हल्का बिच प्रधानमन्त्री केपी शर्मा ओलीले भने मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन । शुक्रबार…

यस्ता छन कर्णाली प्रदेश सरकारका ९ निर्णय

कर्णाली प्रदेश सरकारले पछिल्लो पटक बिभिन्न ९ वटा निर्णयहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णयरु गरिएको हो…

कोभिड– १९ को महामारी र यसले दिएका शिक्षाहरु

बसन्त शर्मा ‘कुशल’ अहिले विश्व कोभिड– १९ को माहामारीले आक्रान्त छ । यो लेख तयार पार्दा सम्म विश्व भरीमा २…

खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन । उनले शुक्रबार बेलुका राजीनामा दिएका हुन ।…

मुख्य राजनीतिक दलबाटै कोरोना महामारीमा हेलचक्क्राई

मेगराज खड्का रुकुम कोरोना भाइरस महामारीका कारण अहिले बिश्व नै समस्या छ । बिश्वका शक्तिराष्ट्रहरु कोरोना भाइरसको औषधी र खोप…