मुख्य समाचार

तुलसीपुर उवासंघको निर्वाचनमा पवनको उम्मेदवारी

आगामी फागुन १ गते हुन गइरहेको तुलसीपुर उघोग बाणिज्य संघको निर्वाचनमा व्यवसायी पवन केसीले पनि सदस्यमा उम्मेदवारी दिएका छन ।…

शैक्षिक गुणस्तर सुधारको लेखाजोखा र अवको बाटो

भिम बुढाथोकी शैक्षिक गुणस्तर सुधार र विकासको बाटोमा विभिन्न शिक्षा आयोगहरु,बेला बखतमा विज्ञविद्द्वतहरुका राय सल्लाह सुझाव र विभिन्न प्रतिवेदनहरुले औल्याएका…

दोस्रो पटक पनि आर्थिक प्रस्ताव पारित भएन

आर्थिक प्रस्ताव पारित नभएरै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको साधारण सभा सम्पन्न गरिएको छ । विहिबार सदरमुकाम खलंगा स्थित जिल्ला…

आयोगले माग्यो भूमिहीन बसोबासीबाट निवेदन

भूमि सम्वन्धी समस्या हल गर्न गठन भएको भूमि सम्वन्धी समस्या समाधान आयोगले भूमिहीन बसोबासीहरुलाई निबेदन दिन आह्वान गरेको छ ।…

कृषि सहकारीको साधारणसभा सम्पन्न

मुसीकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम सदरमुकाम मुसीकोटमा साधारणसभा सम्पन्न भएको हो…

हाम्रो संस्कार, संस्कृति र मौलिकता कसरी विस्थापन हुदैछ

नेपाल र नेपालीहरुको आफ्नो मौलिक परम्परागतगत संस्कार तथा संस्कृतिमा विचलन आउदा सबै आम नेपालीहरुको मान सम्मान, प्रतिस्ठा र ईज्जतमा आँच…

धमिलो पानीमा माछा मार्नेहरु (नाटक)

एक्कबहादुर केसी अन्तिम भाग । ८ बैशाख २०३०, समय दिनको १० बजे आसपासमा–महेश बुढाथोकीको पार्थिव शरिरलाई सफेत कोरा कपडा ओढाएर…

देशको समृद्धि र विकासमा  क्रोनीकल क्यापिटालिज्मको झ्याउ

भिम बुढाथोकी संसारका अधिकांश मूलुकहरु पूँजीवादी  र साम्यवादी धारको खेमाको आफ्नो वर्चोस्वको दार्शनिक,वैचारिक,अर्थ-राजनीतिक तथा सांगठनिक कार्य दिशाको विचलनको धरातालिय बाटोलेकेहि दशक अगाडिदेखि क्रोनिकल क्यापिटालिज्मलाई अंगिकार गरेको प्रस्ट देखिन थालेको छ।यद्दपि अझै पनि आफ्नो दर्शन,विचार र सिद्दान्तको कोरा माकुरे आवरणीय  ब्राण्डको खोल भने त्याग्नसकिरहेका छैनन्।विशेष गरी उदीयमान शक्ति रास्ट्रहरु विभिन्न विकासे परियोजनाहरु मार्फ़त अन्तरदेशिय सम्झौता गरेर रानीतिक प्रभाव र अपार प्राकृतिक साधन स्रोतहरुको दोहन गर्ने साम्राज्यकोदाउमा रणनैतिक योजनामा अगाडि रहेको अवस्था देखिन्छ। ख़ासगरी विज्ञान र प्रविधिको पहूचमा नभएका अथवा विकासको जगबाट माथि उठ्न र उक्सिननसकेका निर्धन तथा गरीव रास्ट्रहरु यो मारमा परिरहेकाछन्। यस्ता खालका तमाम अपाच्य गम्भीरहस्ताक्षरित छापका सन्धी तथा  सम्झौताका अदूर दृष्टीका सहमतिहरुले दशकौ देखि आश्रित वापराधिन हुन वाध्यता पारिएको छ। दशकौ देखि कयौ शक्तिहीन रास्ट्रहरु शक्ति रास्ट्रहरुको अधिनमारहेर अन्यायपूर्ण सम्झौतामा टाँसिएर आफ्नो रास्ट्रिय स्वाधिनतालाई  धरापमा पार्नु परेको तितोयथार्थ ताज़ा छदै छ।अन्तत: देशको सार्वभौमिकता,अखण्डता,रास्ट्रीय स्वाधीनता जस्ता पक्षलाईदीर्घकालीन असर निस्चय नै पार्दछ।आज पूँजीवाँदको विकासमा उदार पूँजीवादले वैक्तियस्वतन्त्रताले खुला बजारमा उत्पादन र उपभोग्य वस्तुमा एकाधिकारको तरंगीय आकार ग्रहणगरिरहेको छ भने अर्कोंतिर साम्यवाद भित्रको राज्य केन्द्रित सामाजवादी पूँजीवादको सामूहिकविकासको समानताको अर्थ-राजनीतिमा उत्पादन र वितरणमा नितान्त नविन क्रोनिक क्यापिटालिज्मको बाक्लो ग्रहण लागेको छ। हाम्रो भू-जडित धरातालक़ो दुई छेउतिरका शक्तिशाली छिमेकी रास्ट्रहरुको विचमा हुदा माथिउल्लेखित पक्षले हाम्रो यस खालको भौगोलिक बनोटको कारणले पनि राजनीतिक,आर्थिक,सामाजिक-सांस्कृतिक जस्ता प्रणालीमा प्रभाव पार्ने गर्दछ।जुन दशकौ देखिछेमेकी रास्ट्रहरु विच नेपालले पररास्ट्र विचको मैत्रीवत असंलग्नताको नीति र  भाईचाराकोसम्बन्धलाई जोड्दै,बोल्दै आएको छ। मानवीय स्वभाविक इच्छा,चाहना,सामर्थ्य आवश्यकता र समयसापेक्ष जागृत भावनाले यूग बदलिदो आजको एक्काईसौ शताप्दीको ज्ञान विज्ञान र प्रविधिकोउकासले आफ़नो चेतना र कार्य शैलीलाई समेत उजागर गरी संबृद्दीतर्फ उन्मुख गराउदै छ।यसकारणपनि देशको राज्य व्यवस्थामा राजनीतिक प्रणाली मार्फ़त देशको बृहत्तर विकास र संबृद्दीको लागिआर्थिक,सामाजिक सांस्कृतिक, विज्ञान आदिमा अन्तरास्ट्रिय स्तरमा अंगालिएका राम्रा पक्षहरुलाईदेशको विकासमा जोड्दै लिने र थप ज्ञान-विज्ञान,खोज पड्ताल, अनुसंधान तथा अन्वेषणको लागिसक्षम जनशक्ति तयार पार्ने रणनीति नै देश विकासको नीति हुनुपर्दछ।तथापि हाम्रो सापेक्षतामा  चेतनाको उकास,प्रविधिको विकास र अरु स्वभावजन्य प्राकृतिक घटनाहरुको विकासक्रमलाई भनेव्यक्ति,संस्था तथा राज्यले आ-आफ्नो तरीकाले बुझ्ने र परिभाषा गर्ने आद्दतमा परिणत भएकछन्। वास्तवमा देशको शासकिय नयाँ संरचना सहित व्यवस्थापकिय परिवर्तनले लोकतान्त्रिक शासनप्रणालीलाई बलियो बनाउदछ। नेपाली जनताको त्याग तपस्याको बलशाली ठूलो वलिदानीमा २०४६सालको पहिलो जनआन्दोलन,२०५२ सालको जनयुद्द,२०६२/०६३ को दोस्रो जन आन्दोलन, मदेशतथा थरुहट जस्ता ऐतिहासिक जन आन्दोलनबाट देशमा संघीयता,गणतन्त्र,धर्म निरपेक्षता,समावेशीलोकतान्त्रिक संविधान प्राप्त भएको हो। यद्दपि कतिपय क़ुराहरु अपुरो भए पनि जनताले आशागरेको राजनीतिक परिवर्तन पश्चात शान्ति,स्थायित्व र स्थीरतामा सुशानन ,संबृद्दी र विकास  हो।त्योक़ुराको संस्थागत विकास  र आचरणगत परिवर्तन हुन सक्यो कि सकेन, त्यो नै महत्वपूर्ण पक्ष हो। देश र जनताको बृहत्तर हित, कल्याण र विकासको मार्गलाई चौडा बनाउन घोषित घोषणा-पत्र मार्फ़तव चा कसम वा सपथ खाएका  राजनीतिक दलहरु आज किनारा लागिरहेकाछन्।करीव २/३ को भारीवहुमत प्राप्त समाजवाद उन्मुख वर्तमान सरकार ग़ैरसंवैधानिक,अलोकतान्त्रिक,निरंकुश एवंस्वेच्छाचारी नाँगो चरित्रले जनताको सार्वभौम संसद विघटन गरी अन्तरास्ट्रिय स्तरमा बदनाम भएकोछ। साहेद यो घड़ीमा राणाकालका जंगवहादुर राणा हुन्थे भने यस खालको दुश्चरित्रको प्रयासदेखाउने हिक्कमत गर्दैनथे होला, किनकी आजको जनता राणा राज्य कालको रैती होईनकि आजजनता सार्वभौम शक्तिको रुपमा छ भन्ने क़ुरा दिनको घाम झै छर्लँग छ। तर पनि सत्ता विवेकलेनभएर सत्ता मोहका कारण अराजक इतिहासकै कालो पर्व भएको छ। यतिवेला राज्य वा सत्तासिन सरकार शासकको रुपमा नभएर सेवकको रुपमा विकास निर्माणकोअभियानमा सबैलाई केन्द्रित गर्नुपर्ने बेला हो ।जनताको कहालि लाग्दो दैनिकी जीवनलाई हेरेरगास,बास, कपास,शिक्षा,स्वास्थ्य,सुरक्षा र रोज़गारीको अवसरहरु सिर्जना गर्नु पर्ने हो।यो क़ुरामासरकारको ध्यान जाँदैन। वरू सरकार सत्ताको बलमा आफू निकटतम नेता कार्यकर्ता, नातेदार,घरपरिवार,ठूला घरान व्यापारी ,पूँजीपति, नोकरशाह, दलाल पूँजीपति,ठेक्काबाल आदिकोसंलग्नतामा भ्रस्टाचार,कमिसन,घुसखोर आदिले  देशको अथाह ढुकुटी वा सम्पत्ति दोहन गरिरहेकायथार्थ देखिएको छ।देशको महत्वपूर्ण संवैधानिक अंगमा भागबन्डाको जुहारीमा आफ्नो निकटमव्यक्तिको क़ुरा चल्दछ। देश विकास निर्माणको काममा ठेक्का प्रणालीको बोलाबोल हुन्छ।…

इतिहासमा चाकरिवाज र गुलामीमा रम्न पल्केकाहरु

रमेश जि.एम. आजभोली कोभिड १९ को सन्त्रासमा राजा आउ देश बचाउ भन्ने आवाज प्राय गुन्जिरहेका छन। कति उपयुक्त कति नाजायज…

शिक्षण प्रविधि बारे जानकारी दिन १० दिने तालिम

सल्यान । शिक्षामा आएका नवीनतम् प्रयोग, बाल मनोविज्ञान र वर्तमान समय अनकूलको शिक्षण प्रविधिको बारेमा जानकारी दिन सल्यान कपुरकोटका शिक्षकहरुको…