हरि जिज्ञासु
प्राकृतिक विपतले मान्छेको जीवनलाई कहिले र कतिखेर दुःख दिन्छ भन्ने पत्तो हुँदैन । बि सं २०७२ पछि २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ः४ म्याग्नीच्युटको भुकम्पले जाजरकोट र रुकुममा ठूलो क्षति पु¥याएको छ । जाजरकोट र रुकुमका दर्जनौँ गाउँहरु शोकमा डुबे । सयौँ घरहरु पूर्ण रुपमा भत्किए । हजारौँ घरहरु चर्किए । धेरै जनाले ज्यान गुमाए । केहि बाँचेकाहरु अशक्त भए । धेरैको मन चर्कीएको छ तर पनि सहयोगी मन भएका नेपालीहरुले चर्किएको मनलाई सिलाउने प्रयास गर्दैछन् ।
काठमाण्डौँमा भुकम्पले क्षति गर्नु र कर्णालीको जनजीवनलाई भुकम्पले क्षति गर्नुमा धेरै फरक छ । कर्णाली त्यस्तो ठाउँ हो जहाँ सहयोगदाताहरुले पनि मोटरबाटोको सुविधा खोज्नुपर्छ । राजधानीबाट धेरै टाढा भएको र अन्य प्रदेशको तुलनामा विकासको दृष्टिकोणले पछि परेको कारण कर्णाली जान जो कोहीले सजिलै आँट गर्न सक्दैन । जसले आँट गरेर भुकम्प पीडितहरुको लागि राहात बोकेर जानुभएको छ उहाँहरुलाई सलाम छ । किनकि सहयोगी मनले सुविधा हेर्दैन मान्छेको समस्या हेर्छ । दिनदिनै चिसो बढ्दैछ । भुकम्प पीडितहरु त्रिपालमुनी ओत लागेका छन् । उनीहरु चिसोले रातभरी निदाउँदैनन् ।
कर्णालीका गाउँहरु शिक्षा, स्वास्थ्य, सञ्चार र यातायात देखि धेरै टाढा छन् । जसरी भुकम्पको समयमा धेरै मिडियाले दुःखद घटनाको खबर गरेका थिए । घटना पूरानो भएपछि मिडियाले पनि कभर गर्दैनन् । कर्णालीका गाउँहरु सञ्चारदेखि पनि टाढा छन् । भुकम्प पीडितहरु त्रिपालमुनीबाट घर कहिले पुनःनिर्माण गर्ने सपना देखिरहेका छन् । कतिपयको त घर ठड्याउने सपनासँगै चिसोले ज्यान गएको छ । त्रिपालमुनी रहेकी सुत्केरी महिलाले चिसोको कारण ज्यान गुमाएको समाचार हामीले सुन्यौँ । अबस्था निकै बेहाल छ । यस्तो सरकारका जिम्मेवारी निकाय र सहयोगदाताहरुले ध्यान दिनु जरुरी छ ।
एउटालाई समस्या पर्दा अर्काको मन दुःख्नु नेपालीहरुको पहिचान हो । जाजरकोट र रुकुममा भुकम्पले ठूलो क्षति पु¥याएपछि देश विदेशबाट सहयोगी मन भएका व्यक्ति तथा संस्थाहरु सहयोग सामग्री बोकेर दुर्गम गाउँहरुमा पुग्नुभयो । दुःखमा परेकाहरुलाई सहयोग गर्नु भनेको नेपालीहरुको महान पहिचान हो । यो पहिचान संधै जिउँदो राख्नुपर्छ र आपत विपतमा परेकाहरुलाई सहयोग गर्नुपर्छ । सहयोगदाताहरुले गरेको सहयोगले मात्र पनि भुकम्प पीडितहरुको समस्या समाधान हुँदैन तर पनि बाँच्नेको लागि आधार भने हुन्छ । भुकम्प पीडितहरुको नाममा संकलन भएको राहतमा घोटला गरेको खबरहरु पनि हामी बेलाबेलामा सुन्न पाउँछौँ । यस्ता पाखण्डीहरुलाई सरकारले तत्काल कार्बाही गर्नुपर्छ । सरकार भुकम्पबाट भत्केका घरहरुलाई पुनःनिर्माण गर्नको अग्रसर हुनुपर्छ ।
भुकुम्पले धक्का दिएका अधिकांस घरहरु बस्न नमिल्नेगरी चर्केका छन् । चर्केका घरहरुको व्यवस्थापन गर्नको लागि सरकारले कत्ति पनि ढिलो गर्नुहुँदैन । चिसो बढ्दै गएकोले पुनःनिमार्णको काम जति सक्दो छिटो गर्नुपर्ने हुन्छ । यदि सरकारले ढिलासुस्ती गर्ने हो भने अझै पनि भुकम्प पीडितहरुको ज्यान त्रिपाल मुनी नै जान सक्छ । पुनःनिर्माण मात्र नभएर तत्कालको लागि सरकारले भुकम्प पीडितहरुलाई चिसोबाट बचाउन पहल गर्नुपर्ने हुन्छ । यहाँ एकले अर्काको समस्या सुनीदिने फुर्सद नभएकोले मान्छेको आन्तरीक समस्याहरु अनगिन्ति हुन्छन् । त्यस्तै भुकम्प पीडितहरुको समस्याहरु पनि अनगिन्ति छन् ।
त्रिपालमुनी रहेकी सुत्केरी महिलाको अवस्थालाई ध्यान दिनु आवश्यक छ । कलिला बालबालिकाहरु पनि यसको मारमा परेका छन् । सबै भुकम्प पीडितहरुको आ आफ्नै समस्याहरु छन् । त्यस्ता जटि समस्याहरुको अबलोकन गरी सरकार समस्या सामाधानको लागि सरकार सक्रिय हुनुपर्ने हुन्छ । अहिले तत्कालको लागि चिसोबाट बच्नको लागि अस्थायी टहरा निर्माण गरी भुकम्प पीडितलाई सुरक्षित गर्ने सके पनि सरकार सफल देखिन्छ । यातायात र सञ्चारबाट टाढा रहेको ठाउँमा प्राकृतिक प्रकोपले क्षति पु¥याउँदा उद्धार गर्नको लागि कति मुस्किल हुँदोरहेछ भन्ने कुराको पनि स्थानीय तथा प्रदेश सरकारले अनुभव बुटुल्नुपर्छ ।
कुनै पनि समस्याको सामाधान गर्नको लागि जिम्मेवारी व्यक्ति अग्रसर हुुनुपर्छ । अहिले जाजरकोट र रुकुममा गाउँहरुमा भुकम्पले क्षति पु¥याएको विवरण संकलन गरी उचित बासस्थानको व्यवस्थापान गर्ने जिम्मा स्थानीय सरकारको हो । जिम्मेवारी निकाय भनेकै स्थानीय जनप्रतिनिधि भएको हुँदा जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नु आवश्यक छ । प्राकृतिक घटनाहरुबाट नागरिकलाई बचाउने जिम्मेवारी सरकारको हुनुपर्छ र सरकारले त्यसको व्यवस्थापन गर्नुपर्छ । भुकम्प पीडित नागरिकहरुलाई सरकारले समानरुपमा सेवासुविधा दिनुपर्छ । भुकम्पले रुवाएको बेलामा कतिपय व्यक्तिहरुले पीडामा राजनीति मिसाएको खबर पनि आएको थियो । यस्ता प्राकृतिक प्रकोपमा कुनै पनि व्यक्ति राजनीतिबाट पर रहेर सेवाका भावले अगाडि बढ्नु नितान्त आवश्यक छ । सुखमा राजनीतिक बिश्लेषण र प्रचार गरेको सुहाँउछ तर नागरिक पीडामा रहेको बेलामा राजनीतिक प्रचार गरेको सुहाँदैन । त्यसकारण राजनीतिबाट पर रहेर सबै राजनीतिक दलले सबै पीडित नागरिकहरुलाई समान रुपमा सहयोग वितरण गर्नुपर्छ ।
सबै भन्दा महत्वपूर्ण कुरा त के हो भने नेपालीहरु प्रकोपमा परेकाहरुको लागि सहयोग गर्न तयार हुन्छन् । जाजरकोट र रुकुममा भुकम्पले क्षति पु¥याउँदा धेरै जना सहयोग बोकेर जानु महत्वपूर्ण हो । भुकम्प पीडितिहरुले सबै सहयोगदाताहरुलाई धन्यवाद दिनुपर्छ । विपतमा पर्दा सम्झने व्यक्ति महत्वपूर्ण हुन्छ । सरकारले पनि आफ्नो क्षेत्रबाट भुकम्प पीडितहरुको समस्या समाधानको लागि विभिन्न गृहकार्य त गरिरहेको छ । सरकार कति सफल हुन्छ या हुँदैन भन्ने कुरा अझै हेर्न बाँकि नै छ । स्थानीय सरकार पुनःनिर्माणमा जुटिरहेको छ । तत्कालको अवस्थालाई हेर्ने हो भने स्थानीय सरकारले पुनःनिर्माण कार्यमा ढिला सुस्ती गर्नुहुदैन । पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिएर प्रदेश सरकार र संघीय सरकार निदाएर बसेमा पनि नागरिकहरुले सरकारले सहयोग गरेको महसुस् गर्नेछैनन् । त्यसकारण नागरिकहरु चिसोबाट बाँच्नुपर्छ र नागरिकहरुको भत्किएका घरहरु फेरि उठ्नुपर्छ र भत्किएका मनहरु निको हुनुपर्छ ।
