टिकाराम विष्ट
शिक्षा ऐनले कुनै पनि मुलुकको सुदृढ शिक्षा प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । शिक्षा ऐनले देशमा शिक्षा नीति निर्माण गर्ने, शैक्षिक अभ्यासहरू गर्ने, विभिन्न शैक्षिक मापदण्डहरू निर्माण गर्ने, शैक्षिक क्षेत्रलाई नियन्त्रण तथा नियमन गर्ने कानुनी ढाँचाको रूपमा काम गर्नुका अतिरिक्त यसले विद्यार्थी, शिक्षक र शैक्षिक संस्थाहरूको अधिकार र जिम्मेवारीहरूलाई स्पष्ट रूपरेखा प्रदान गरि देश विकास र सम्वृद्दिको जग निर्धारण गर्दछ ।
शिक्षालाई संरचनागत र नियम सम्मत ढङ्गले सम्पूर्ण शैक्षिक गतिविधिहरूको नेतृत्व प्रदान गर्ने सुनिश्चित गर्दछ । शिक्षालाई व्यवस्थित तथा गुणस्तरीय बनाउन शिक्षा ऐनको अहम् भूमिका रहेको हुन्छ । गुणस्तरीय शिक्षा राष्ट्रको समग्र विकासका लागि आवश्यक हुन्छ । झन्डै पचास वर्षपछी आएको शिक्षा ऐनले सामाजिक न्याय प्रवद्र्धन र शिक्षामा असमानता हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दथ्यो । परिवर्तनशील सामाजिक आवश्यकताहरू र प्राविधिक विकाससँग तालमेल राख्न शिक्षा प्रणालीको आधुनिकीकरणलाई सक्षम बनाउन शिक्षा ऐनले प्रोत्साहन गरेको हुनु पर्दथ्यो । शिक्षा ऐन शिक्षा प्रणालीको आधारशिलाको रूपमा आउनु पर्दथ्यो, जसले शिक्षामा गुणस्तर, समावेशिता र सान्दर्भिकता सुनिश्चित गर्नका लागि नीति र अभ्यासहरूलाई अवलम्बन गर्न सक्दथ्यो । यसको महत्व शैक्षिक परिदृश्यलाई आकार दिने, असमानता हटाउने र २१ औँ शताब्दीका चुनौती सामना गर्न विद्यार्थीलाई तयार पार्ने क्षमतामा आधारित भएर ऐन आयो भने मात्र सर्व स्विकार्य हुन सक्दथ्यो तर संघिय शिक्षा ऐन अभिभावक, विद्यार्थी, शिक्षक लगायत देशैकै शैक्षिक धरातल अस्तब्यस्त गराउने गरि ल्याइयो

यस शिक्षा ऐनले शिक्षा शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौती दुवैलाई साबधान गर्ने नदेखिएपछी नेपाल राहत शिक्षक केन्द्रिय समितिको बलबुतामा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलन बाटै आम शिक्षकका मागमुद्दा लगाएत २१ औं शताब्दी अनुकुलको शिक्षा ऐन ल्याइनुपर्ने भन्दै २०८० असोज तीन गते देखि काठमान्डौ केन्द्रीकृत सडक आन्दोलन घोषणा ग¥यो । दुई दिनको प्रदर्शनमै सरकार समक्ष घुडा टेकेर सबै खाले शिक्षकका मागमुद्दाहरू सडकमै छोडिदियो ।

त्यसपछी एउटा जिउदो मान्छे खेमराज आधिकारि रहेछन । उनले त्यो काइते सहमतिमा हस्ताक्षर गरेनन् र आन्दोलनको मोर्चाको नेतृत्व गरे ।

आन्दोलित शिक्षकहरू सडकमा ८ औं दिनसम्म शान्तिपुर्ण प्रदर्शन गरिरहेका थिए तर राज्यले बर्बरतापुर्ण दमन र आक्रमण ग¥यो । दुई दर्जन भन्दा बढी शिक्षकहरू घाइते छन। हिजोसम्म उमावी, राहत, इसिडि, विध्यालय कर्मचारिहरू आफ्ना माग र मुद्दाहरू ऐन मार्फत स्थापित गर्न शान्तिपुर्ण सडक आन्दोलन गरिरहेका थिय तर जब राज्यले प्रहरी दमन शुरू ग¥यो त्यसको परिणाम राज्यलाई भारी पर्ने देखिएको छ । अब हुने आन्दोलन सबै खाले शिक्षकका मागमुद्दा सम्बोधन गराउने मात्र नभै अस्तित्वको लडाई शुरू भएको छ । प्रहरी दमनबाट शिक्षकहरू पछाडी हट्ने कुनै छाटकाट छैन । प्रदर्शन झनझन बलियो बन्दै गएको छ । प्रहरी दमनबाट उत्पन्न परिस्थिति पछि बसेको केन्द्रिय समितिको बैठक पछि केन्द्रिय समिती सदस्य खिम बहादुर खड्काका अनुसार जबसम्म सबैखाले शिक्षकका मागमुद्दाहरू सम्बोधन हुदैनन, घाइतेहरूको उपचार हुदैन तबसम्म सडक आन्दोलन नछोड्ने थप शिक्षक काठमान्डौ ओराल्ने र आन्दोलनलाई झन शशक्त बनाउने निर्णय भएको बताउनु भएको छ ।
यो देशको सुदृढ शिक्षा प्रणालिको विकास नचाहानेहरू सामाजिक सन्जालमा आन्दोलनलाई कमजोर बनाउन उद्दत छन । स्वतः स्थायीको माग गलत छ भनेर अपबाह फैलाइएको छ । उमावी अनुदान, राहत, भ्ऋम्, विध्यालय कर्मचारी कोहि कसैको स्वतः स्थायिको माग गरेका छैनन। उनिहरूको एउटै माग छ सुदृढ शिक्षा प्रणाली र सबैखाले शिक्षकहरूको पेशागत स्थायित्वका लागि ऐनमा सम्बोधन गरिनुपर्छ ।

को हुन त आन्दोलित शिक्षकहरू
उमावि, राहत, विद्यालय कर्मचारी र इसिडि शिक्षकहरूको सयुक्त सडक आन्दोलनमा छन । आज यिनिहरूको अनुपस्थितिमा कुनैपनी विद्यालय सञ्चालन हुने अवस्था छैन । यी शिक्षकहरू सेवा अवधी दुई दशक पुगिसकेको छ । पेन्सन पाउने अवस्थामा रित्तो हात घर फर्कने अवस्था छ । २० औ वर्ष राज्यलाई सेवा गरेका शिक्षकलाई गैरजिम्मेवार ढंगले अयोग्यताको ट्याग लगाउन उद्दत देखिन्छ ।

यदि यी शिक्षकहरू अयोग्य हुन भने यी शिक्षकहरू नियुक्त गर्नेहरू के हुन ? यि हजारौ अयोग्य शिक्षक भर्ना गरेर लाखौ विध्यार्थिको भविष्य बर्वाद बनाउने यो राज्य सयन्त्रका मान्छे को हुन ? यसतर्फ बहस पैरवि गरेको पाइदैन । आम प्रश्न हा, अर्को प्रश्न यो २० वर्षमा कति दरबन्दी सिर्जना गरि आयोगबाट शिक्षक पदपूर्ति गरियो ?

ती विसौं वर्ष सेवा गरेका साथीहरूलाई शिक्षण अनुभवसंग कतै तारतम्मे नमिल्ने प्रश्नहरू सोधेर असक्षमताको ट्याग लगाउदै रित्तो हात घर फर्काउने कति न्यायोचित हुन्छ ? राज्य सयन्त्रले गराएको अस्तब्यस्त शिक्षा प्रणालिको दोष यी राहत शिक्षकहरूले टाउकोमा बोकेर हिड्नुपर्ने हो ? राहत शिक्षक अध्यापन अनुमती प्राप्त शिक्षकहरू हुन कि होइनन ? यदि हुन भन, शिक्षक सेवा प्रवेशका लागि सक्षम ब्यक्तिलाई पहिलो चरणमा विश्व ईतिहास भुगोल आदि इत्यादि प्रश्न सोधी मैले जानेका विषयवस्तुमै प्रवेश गर्न नदिने पाठ्यक्रम कति वैज्ञानिक छ ? म अग्रेजी विषयको शिक्षक ती विषयवस्तु मैले कुन कक्षाको कुन पाठमा पढाउनुपर्छ ? फेरि यो पनि बुझ्न जरूरी छ कि यस आन्दोलनमा सबै थरिका शिक्षकहरूको ऐक्यबद्धता रहेको र एक थरिका शिक्षक वाहेक सबैको उपस्थिती रहेको आन्दोलन हो । त्यसकारण अनावश्यक टिप्पणी नगरिदिन सबैमा हार्दिक अनुरोध छ । यो आन्दोलनको मक्सद एउटै छ त्यो हो सुदृढ शिक्षा प्रणाली देशमा स्थापित होस । सबै खाले शिक्षकका मागमुद्दा पूरा नभय जन आन्दोलनको झझल्को दिनेखालको आन्दोलन पनि हुनसक्छ । लेखक विष्ट नेपाल राहत शिक्षक समिती रूकुम पश्चिमका अध्यक्ष हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds