कर्णबहादुर नेपाली
१. पृष्ठभुमीः
“विकास” लाई प्रष्ट्याउनु पर्दा मानिसको आफ्नै प्रयासबाट व्यतिm वा समाजमा प्राकृतिक, आर्थिक, भौतिक, सामाजिक र मानवीय शक्तिमा हुने सकारात्मक परिवर्तनलाई नै “सन्तुलित विकास” भन्न सकिन्छ । विकास भनेको निरन्तर चलिरहने समष्टिगत, सकारात्मक र सन्तुलित परिवर्तनको प्रक्रिया हो । यसले व्यक्ति वा समुदायलाई क्रमशः स्वावलम्बनतर्पm उन्मुख गराउँदै लैजानु पर्छ । यो निरन्तर चलिरहने सामूहिक प्रक्रिया हो । त्यसकारण विकास भनेको रुपान्तरण हो । व्यक्तिको जीवन वा जीवनयापन पद्धतिमा आउने फरकपन हो । हिजो ढुंगे युगबाट आजको २१ औं शताब्दी सम्म आईपुग्दा मानिसले गरेका नयाँ, अनौठा तथा चमत्कारिक गतिविधिहरुलाई विकास भन्न सकिन्छ ।
२१ औं शताब्दीको विकास भनेको सूचना तथा प्रविधिको अधिकम प्रयोग हो जसले विश्व एक घरको (global village) रुपमा रुपान्तरित गरिदिएको छ । त्यसकारण विकासका लागि ३ कुराहरुको आवश्यक पर्ने देखिन्छः Dissatisfaction (असन्तुष्टि), Dedication (लगाव) तथा Destination (गन्तव्य), यिनै कुराहरुको सही र उपयुक्त संयोजनबाट आज अमेरिका, चीन, जापान लगायतका देशहरु विकासको उच्चतम विन्दुमा पुगेका छन् । यस सन्दर्भमा दीगो विकास लाई सार्थक तुल्याउनका लागि अर्थतन्त्र कस्तो खालको छ भन्ने विषयलाई ध्यान पु¥याउन पर्छ वा राज्यको अर्थतन्त्र कस्तो खालको छ । राज्यद्धारा नेतृत्व गरिएको, नीजि क्षेत्रद्धारा नेतृत्व गरिएको वा अन्य कुनै संस्थाद्धारा । त्यसकारण पनि यस आलेखमा नेपालको अर्थतन्त्र मिश्रित खालको भनेतापनि खासमा नीजि क्षेत्रको नेतृत्व छ भने कहिलेकाँही यस्तो लाग्छ कि राज्यको अर्थतन्त्र कसरी चलेको छ भनी द्धिविधा हुनुपर्ने वाध्यता रहन्छ । त्यसकारण यस सन्दर्भमा पनि दीगो विकासका लागि दीगो विकास र नीजि क्षेत्र बीच साझेदारी सहकार्य र समन्वयलाई ध्यान दिँदै नीजि क्षेत्रको लगानीलाई पनि थप प्रशंसायोग्य बनाउने कुराहरुको परिपाटीहरुको संयन्त्रको कसरी निर्माण गर्ने भन्ने कुरालाई यस आलेखमा उल्लेख गर्न खोजिएको छ ।
सुशासनका आधारभुत खम्बाहरुमा नीजिक्षेत्र एक महत्वपुर्ण खम्बा वा पक्ष हो । हाम्रो देशमा नीजि क्षेत्रले मुनाफा मात्र लिन खोजेको देखिने वा नीजिक्षेत्रबाट राज्यले करमात्र उठाउने माध्यमका रुपमा लिँदा खासमा दिगो विकास र नीजिक्षेत्रको भुमिकामा खाडल देखिन्छ । सरकार र राजनीतिक दल एवं नागरिक समाजले समेत नीजिक्षेत्रलाई दलाल वा व्यक्तिगत लाभका लागि मात्र काम गर्ने क्षेत्रका रुपमा लिन्छ भने नीजी क्षेत्रले पनि आफुले सामुदायिक विकासमा योगदान भन्दा पनि निश्चित दल वा व्यक्तिसँग हिमचिम गरी व्यक्तिगत फाईदा लिनेकुरामा नै केन्द्रित भएको पाईन्छ । खासमा उनीहरुले सामुदायिक तथा दिगो विकास जस्ता पक्षमा कसरी योगदान पु¥याउन सकिन्छ भन्ने कुरामा अनविज्ञ वा कम जानकार रहेको यथार्त हो । नत सरकारसँग नीजि क्षेत्रलाई कसरी परिचालन गर्ने भन्ने विशिष्ट योजना नै छ वा यदि न कुनै पनि नीजिक्षेत्रले राम्रो र दिगो काम गर्छ भने त्यसलाई कसरी सम्मान वा प्रशंसा दिने भन्ने कुरा पनि बुझेको छैन । त्यसैले नीजिक्षेत्रको समुचित परिचालनको अभाव देखिएको छ र अर्कोतिर नीजिक्षेत्रलाई रणनैतिक तवरले परिचालन नगर्दा दिगो विकास प्रभावकारी बन्न सक्दैन ।

२. दीगो विकास र नीजि क्षेत्र
विकास प्रक्रियालाई दीगो बनाउनका लागि समाजका सबै समुदायको अर्थपुर्ण सहभागीता आवश्यकता छ, त्यसकारण हरेक विकासका प्रयासहरु दीगो विकासको सिद्धान्तमा आधारित हुनुपर्छ भन्ने मान्यतालाई विश्वस्तरमै सबैले स्वीकारेको अवस्था छ Development that meets the needs of the present without compromising the ability of future generations to meet their own needs.” Our Common Future (Oxford: Oxford University Press, 1987). । पृथ्वीलाई मानवका लागि बस्न र बाँच्न योग्य बनाईराख्न पनि दीगो विकासको मर्म र सिद्धान्त बमोजिम कार्य गर्न जरुरी छ । विद्यमान अवस्थामा भईरहेका विभिन्न प्राकृतिक प्रकोपले के देखाईरहेको छ भने यदि हामीले बेलैमा सोच नपु¥याउँदा, हामीले हाम्रा लागि गरेको विकास नै अभिसाप सिद्ध हुन सक्छ । हामी जो सबै विकास भनेर रातदिन लागि रहेका छौ, केही गरौं भनेर सोचिरहेका छांै, तर हाामीले यस पृथ्वीलाई सदासदा सुरक्षित मानवको घर बनाउने चेष्टा गर्नु आवश्यक छ । हाम्रा जस्ता अविकसित देशहरुले त झन् बढी जिम्मेवार र गम्भीर भएर छलफल तथा बहस गर्न आवश्यक छ र प्रत्येक व्यक्तिले दीगो विकास के हो ? र कसरी गर्ने ? के कुरा दीगो विकाससँग जोडिएका छन् भन्ने कुराहरुलाई मिहिन तरिकाले बुझेनौ भने त्यसको मार पनि हामीले खेप्ने कुरामा दुईमत हुन सक्दैन । समाजमा पछाडी पारिएका वर्ग, क्षेत्र, लिंग, जातजाति, अल्पसंख्यक सबै व्यक्तिहरुको साझा बुझाई, समानुपातिक तथा समाबेशी र अर्थपुर्ण सहभागीताको जरुरी छ ।
हामीले खासमा विकासको कुरा ग¥यौं भने सरकारले प्रत्येक वर्ष नीति कार्यक्रम र बजेट ल्याउँछ, खासमा त्यसको कार्यान्वयन, ठेकेदार वा परामर्श गर्ने फर्म वा कम्पनीले गरिरहेको हुन्छ । त्यो फर्म वा कम्पनीलाई हामी नीजिक्षेत्र भन्न सक्छौं । त्यसकारणले दिगो विकासको बारेमा खासमा उदाहरणको लागि डोजरको चालकले बुझ्नुपर्छ किनकि भौतिक विकासका लागि डोजरले धेरै काम गर्ला, त्यसै गरी कम्पनीमा कार्यरत विभिन्न ओहोदाका व्यक्तिहरुले वा संचालकले बुझ्नुपर्ला कि दिगो विकास के हो ? यसको जरुरी के छ ? किन यसमा सबैले योगदान गर्न आवश्यक छ लगायतका विषय, । हामीले हरेक क्षेत्र वा विकासका गतिविधिहरुमा नीजिक्षेत्रलाई योजनावद्ध तथा सशक्त रुपमा संलग्न गराउने आवश्यक छ । उनीहरुले लगानी गर्न सक्छन् , त्यसबाट रोजगारी श्रृजना हुन्छ तथा राज्यलाई कर पनि आउँछ र त्यसले व्यक्तिलाई उद्यमशील बनाउँछ साथै यसको योगदान कुल ग्राहस्थ उत्पादनका साथै राष्ट्रिय आयमा प्रत्यक्ष योगदान पुग्न जान्छ ।
नेपाल सरकारले विद्यमान समयमा सार्वजनिक नीजि साझेदारी सम्बन्धी रणनीति ल्याएको र नेपालको अर्थतन्त्र पनि तीन खम्बे अर्थ नीति छ । यसमा नीजी क्षेत्रको मूख्य भुमिका छ । यदि शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई दीगो रुपमा विकास गरी लिने हो भने यसले दूरगामी विकासमा महत्वपुर्ण भूमिका खेल्न जरुरी छ । अहिले हेर्दा के देखिन्छ भने राज्यले के काम गरिरहेको छ वा नीजि क्षेत्रले के काम गरिरहेको छ भन्ने कुराको बीचमा सार्थक समन्वय र सहकार्य नभएको देखिन्छ । हाल पनि नीजि क्षेत्रले थुप्रै कार्यहरु गरिरहेको छ भने अर्कातिर राज्यले लक्षित गरेका लक्ष्यहरु पुरा गर्न सकिरहेको छैन । यस्तो खालको खाडललाई पुरा गर्न गैरसरकारी तथा नीजि क्षेत्रको योगदानले मात्र सम्भव छ । यसकारण पनि राज्यले यस सम्बन्धमा तार्किक भुमिका प्रदर्शन गर्न वा मूल प्रवाहीकरण गर्नु अहिलेको आवश्यकता हो । साथै नीजिक्षेत्रको प्रभावकारी परिचालन मार्फत स्थानीय आर्थिक वृद्धिमा जोड दिनुपर्छ । स्थानीय सरकारले प्रतिस्पर्धी वा तुलनात्मक लाभका क्षेत्रकाहरुको पहिचान गरी नीजिक्षेत्रको समेत सहकार्यमा एक घर एक रोजगारीमा ध्यान दिनैपर्छ र प्रत्येक व्यक्तिलाई उद्यमशील बनाउने अभियान सशक्त रुपमा लिनुपर्छ ।
३) उपसंहार
अहिले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा सहित विभिन्न नीति कार्यक्रम, बजेटहरु परिचालन भईरहेका छन् । त्यसका लागि स्थानीय सरकारले स्थानीय आर्थिक वृद्धिमा जोड नदिई सम्भव छैन । त्यसका लागि सम्भावना, प्रतिस्पर्धी बस्तु वा तुलनात्मक लाभका वस्तुहरुको उचित पहिचान गरी सार्वजनिक नीजि साझेदारीका मर्म अनुसार परिचालन भएमात्र सम्भव छ समृद्धि । त्यसकारण राज्यले दीगो विकासका लागि नीजि क्षेत्र, यूवा शक्ति र दीगो विकासलाई तालमेल मिलाउन आवश्यक छ साथै नीजि क्षेत्रले गरेको कार्यलाई समेत राज्यको लक्ष्यमा समाहित गर्नु जरुरी छ तर यस कार्यलाई समय मै गर्न सकिएन भने भविष्यमा पछुताउनु वाहेक अरु केही हुने छैन किनभने त्यतिबेला धेरै ढिला भईसकेको हुनेछ । विकास प्रक्रियामा दीगो विकास अनिवार्य शर्त हो किन भने अव आफ्ना लागि विकास मात्र गरेर हुँदैन कि भावी पुस्ताका लागि हुने आवश्यकतालाई ध्यान पु¥याएर विकास गर्नु जरुरी छ । नत्र त विकास गर्ने सबै आफैले सक्ने र त्यही फेरि हाम्रैलागि विनाश हुने कुरा पनि अहिले नै सोचौं र यदि विकास प्रक्रियालाई दीगो बनाउने हो भने समावेशी, समानुपातिक र समविकासको सिद्धान्त अनुरूप नीजि क्षेत्र तथा यूवाहरुको सशक्त, प्रभावकारी र अर्थपुर्ण सहभागीताको जरुरी छ, अहिल्यै सोचौं, हामीले नै गरौं, यही गरौं र भविष्यमा नपछुताऔं त्यतिबेला धेरै ढिला भईसकेको हुनेछ ।
जय होस् ।। सल्लाह तथा सुझाव karnanepali777@gmail.com

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds