हरि जिज्ञासु
सफलता मेहनतपछि मात्रै मिल्छ भन्ने कुरा कहिले काहिँ हामीले भुलिदिदारहेछौँ । यदि तपाईँ र मेरो सफल हुने चाहना छ भने आफूलाई मन परेको काममा ठूलो मेहनत गर्नुपर्दोरहेछ । आफूले गरिरहेको काममा आफ्नो खुसीका भावहरु मिसाएर स्थिर रहने साहास पनि सफल हुनको लागि चाहिदोरहेछ ।
केही समय अगाडी एउटा काम परेको कारण काठमाण्डौँ बाहिर गएको थिएँ । मान्छेको जीवन भनेको अन्तिम सास् रहुन्जेलसम्म चलिरहने जीवन हो । यहाँ हरेक मान्छेहरु बाँच्नको लागि बाँचुन्जेलसम्म चलिरहन्छन् । अरु मान्छे जस्तै म पनि बाँच्नकै लागि चलिरहन्छु । कहिले पूर्व पुगेको हुन्छु, कहिले पश्चिम पुगेको हुन्छु । समय, परिस्थिति र काम अनुसार कहिले कतिखेर कहाँ पुग्छु पत्तो हुँदैन ।
भ्यालिबाहिरको काम सकाएर काठमाण्डौँ फर्किएँ । समय छोटो भएकाले गाडीले काठमाण्डौँ राती पु¥यायो । दिनभरी बाँच्नका लागि यता न उता गरिरहेका काठमाण्डौँका मान्छेहरु सुस्ताइसेका थिए । दिनभरीको तनावको भारी विसाइसकेका थिए । मतलब रात छिप्दिै थियो । मान्छेहरु आराम गर्दै थिए । काठमाण्डौँमा तपाईँसँग पैँसा हुनुपर्छ, जीवन र मृत्यूको फैसला बाहेक अरु सबथोक पाईन्छ । रातिको करिब ११ बजिसकेको थियो । मलाई बसपार्कबाट किर्तीपुर पुग्नुथियो । सार्बजनिक यातायातको सुविदा राति ११ बजे पाउने कुरा भएन । मेरो विकल्पमा थियो अहिलेको पठाओ सेवा । मोबाइलमा लोकेसन टाइप गरेर सर्च गरेर अडर गरेँ । मोबाइलमा पठाओ एपले जतिकति पठाओ ड्राइभरहरु देखाउँछ । जुन नजिक देखिन्छ उसलाई अडर गर्ने वित्तिकै उसैले फोन गर्छ ।
अडर गर्ने वित्तिकै उताबाट फोन आयो । मैलै फोन रिसिव गरेर भने, लोकेसनमै आउनुहोस् न ।, एभ्यनजर मोटरसाइकलमा एकजना व्यक्ति छेओइमा आएर भने तपाईँ नै हो ? मैले हजुर मै हो भने । हामी दुबैजनाको सहमती भएपछि म उनको मोटरसाइकलको पछाडी बसेँ । हामी दुबै जना किर्तिपुरतिर लागियौँ । उनले हेलमेट लगाएको कारण कपाल देख्न सकेन तर उनको दारीजुंगा भने फुलेर सेताम्मे भएका थिए । कपाल पनि त पक्कै फूलेकै हुनुपर्छ ।
यात्रा अलि टाढाकै भएको कारण दुबै जना चुप रहेर यात्रा गर्दा मज्जा पनि नआउने । ती पठाओवाला सुरुमा बोले कहाँ पुगेर आउनुभयो सर ? मैले सटिक जवाफ दिएँ, एउटा कामले भ्याली बाहिर गएको थिएँ । फेरि उनले अर्को प्रश्न गरे, यता के गर्नुछ सर ? मैले छोटोमा जवाफ दिएँ, यता म खासै केही गर्दैन । पढ्दैछु । पाटन क्याम्पसमा । सुरुमा मलाई सर भनेर सम्बोधन गरेका उनले मलाई सर नभनेरै अनेक प्रश्न गर्न थाले मास्र्टस् गर्दैहुनुहुन्छ ?, कुन विषयमा ? अहिले कुन सेमिस्टार ? यस्तै यस्तै । मैले उनको जवाफ सबै दिएपछि, उनले भने, मलै पनि तपाईले नै पढ्ने विषय पढाउँछु । म अलि झसँग भएँ । त्यसपछि मैले उनलाई सर भनेर सम्बोधन गरेँ । मेरो जिज्ञासा सुरु भयो, कहाँ पढाउनुहुन्छ सर ?, कति बर्ष भयो पढाउन थाल्नुभएको ? घर कुन ठाउँ हो हजुरको ?, मलाई उनको बारेमा जान्न मन लाग्यो । उनले मेरो जिज्ञासा मेटाइदिए । उमेरले ५८ पुगेका उनले कलेज पढाउन थालेको २० वर्ष पुगेछ । उनको घर हाल काठमाण्डौँ मै रहेछ । उनको व्यक्तिगतरुपमा असर पर्ला भनेर उनले पढाउने कलेजको नाम यहाँ खुलाएन ।
सायद उनले कलेज पढाउने शिक्षकले पनि पठाओ राइडर गर्दोरहेछ भन्ने सोच्छ होला भनेर मिठो तरिकाले भने, घरमा बसिरह्योे भने जीवन अल्छीमय होला भनेर विहान कलेज पढाउँछु बेलुकातिर पठाओ राइडर गर्छु । स्वास्थ्यका लागि पनि राम्रो हुने, पैँसा पनि आउने,। उनले फेरि थपे,कहिलेँकाँहि आफैले पढाइरहेका विद्यार्थीहरुले नै झुक्केर अडर गर्छन त्यतिखेर चाहिँ अलि लाज लाग्छ ।”
मेहनत गर्नेहरुलाई उच्च पदले पनि रोक्दैन भन्ने कुरा मैले ती सरबाट सिकेँ । उनले आफू वार्थीहरुलाई भ्रमणमा विभिन्न देशहरुमा लगेर गएको समेत अनुभव सुनाएँ । देशमा युवाहरुले भविश्य देख्दैनन् । सबै युवाहरु देश छोड्छन् । तर विदेशमा गर्ने मेहन त नेपालमै गर्ने हो भने नेपालमा सुन्दर भविश्ष्य छ । उनको त्यो मेहनत र सकारात्मक सोचले म प्रावित भएँ । हामी यस्तै कुरा गर्दागर्दै मेरो रुममा पुगियौँ । पठाओ एपले २०० रुपैँया देखाएको थियो । मैले ५० रुपैँया थपिएँ दिएँ । मैले उनलाई थ्यांक्स सर भनेर विदा गरेँ उनले मलाई वइलकम भाई भने, । ती सरसँगको पठाओ यात्राले मलाई केही उर्जा मिल्यो । नेपालमा पनि गर्नेहरुका लागि अनगन्ती अबवसरहरु छन् ।