देश, दुनियाँ र अन्तराष्ट्रिय बजारमा लागी त परको कुरा भयो हामीसँग आफ्नै पेट भर्न अनाज उत्पादन गर्ने चेतना पनि विकास भएको छैन । आफ्नै जीन्दगी सहज बनाउन कुनै स्वदेशी डिजाइन मा बनाईएको प्रविधि छैन । हामीले प्रयोग गर्ने सामान्य भन्दा सामान्य वस्तु पनि युरोप र अन्य छिमेकी देशबाट आउँछन् । हामी शिक्षा आर्जन गर्दै छौं कि अहंकार ? पाखुरीमा वल हुँदाहुँदै कृषि उपज उत्पादन तथा देश विकासमा नचल्ने शरिर, चेतना हुँदाहुँदै पनि राम्रो कार्य गर्न पछि पर्ने विवेक कोबाट सिकिउँ हामीले ? हाम्रो भान्सामा नियमित पाक्ने हरेक कुरा के त्यो हाम्रै श्रमको उत्पादन हो ? हामीले कहिल्यै प्रश्न गरेनौं त्यो गास मुखमा राख्नुभन्दा पहिले । त्यसैले त आज १७ खर्ब व्यापार घाटा हुन्छ । अरबौं को गहुँ, कोदो, टमाटर देशमा आयात हुन्छ, अनि कसरी बढ्छ देशको पूँजी र कहाँबाट आउँछ देशको विकासमा लगानी गर्ने पैसा ? हामीलाई महँगीले पीडा दिएको होईन बरु देशको माटोले आफ्नो शक्तिलाई प्रयोग गर्न हामीसँग गुहार मागेको हो । हामी संकटमा पर्दै गर्दा अब अझै अहंकारी नबन्न र माटोको ईज्जत गरी आत्मसम्मान जोगाउन संकेत पठाएको हो ।
देश कसरी चलेको छ ?
जुन रेमिट्यान्स देशमा आउँछ त्यहि रेमिट्यान्स होईन हामीले विभिन्न देशबाट खाद्यान्न, तेल, र लत्ताकपडा आयात गर्ने ? प्रदेशमा बगाएको युवाको श्रम मुल्य चाहेको क्षेत्रमा खर्च गरेर जिविका मात्र चलाउन सक्छौं । त्यसैले क्षणिक सुख र सपना बुनेर प्रदेशमा होइन, दीर्घकालीन र उत्पादनमूलक व्यावसायिक पेशाको शुरुवात आफ्नै देशमा प्रत्येक गाउँबाट युवाले गर्न जरुरी भइसकेको छ । अनि मात्र हामी हाम्रो उत्पादन विक्री गरेर विदेशिपुजी पनि देशमा भित्र्याउन सक्छौ । अलिकति भएपनि देशको मुद्रा विदेशिनबाट रोक्न सक्छौं।
त्यसपछि देशभित्रको आन्तरिक करबाट जम्मा हुने करले देश चलाउन पनि सकिन्छ । एक जना राजनीति गर्ने व्यक्तिले भन्दै थिए देशमा उत्पादन गर्न थाल्यो भने भन्सार कर सङ्कलन मा कमी आउँछ र देश चलाउन गाह्रो हुन्छ । यस्ता तल्लोस्तरको सोच भएका व्यक्तिले राजनीति गरेको देशमा कसरी हुन्छ विदेशी मुद्राको संचिति र देश समृद्ध ? जब देशभित्र उत्पादन बढ्छ तब करपनी बढ्छ । के त्यसो हो भने विश्वका धनी र विकसित देशहरू आयातित सामानको भन्सार करले समृद्ध भएका हन्छन?
मैले धेरै समय पहिलादेखि भन्दै आएको छु, जब देशमा भोकमरी आउने छ, सबभन्दा पहिला त्यसको मारमा उत्पादन गर्नेवाला होइन उपभोग गर्नेवाला पर्नेछ । सरकारी जागीर र विदेश मात्रै हामी स्वाभिमानी नेपाली को विकल्प होईन। हामित बुद्धको देशमा जन्मिएका मान्छे, हिमालदेखि तराई भएको स्वर्गजस्तै मातृभूमि पाएको मान्छे, तेसैले हामीले गर्नुपर्छ उत्पादन र विश्वलाई निर्यात । सरकारी जागीर र व्यावसायिक व्यक्तिमा यही फरक छ, उनीहरूले कमाएको पैसा तपाईंले नै उत्पादन गरेको वस्तु खरिदमा प्रयोग गर्छन्। त्यसैले घुम्दै पैसा तपाईँकै पछि आउँछ । पैसाको पछि लागेर धनी भइँदैन तर पैसा पछि लगाउन व्यवसायिकता अपनाउन सक्नुपर्छ । जहाँ उत्पादन हुन्छ त्यहाँ पैसा नआइजा भन्दा पनि आउँछ। त्यसैले प्रतिष्ठाको जीन्दगी त उत्पादन गर्ने वालाकै हो । छिमेकी राष्ट्रले उखरमाउलो गर्मीमा उत्पादन गरेका विषादीले भरिएका वस्तुको प्रयोग गर्नुपरेको छ महंगी बढ्ने र घट्ने कुरा पनि हामीले निर्धारण गर्न सक्दैनौं। महँगी घटाउने विकल्प उत्पादन बढाउने हो । हामी विद्युतिय गाडी र mबअजष्लभचथ को प्रयोग गरौं त पेट्रोलको मूल्य घाटोस् बढोस् हामिलाई केही फरक पर्नेवाला छैन।
हामी त खाली विरोध गर्न, नेताको पछि लाग्न मात्र जन्मेका पक्कै होईन होला। आज कुनै कुराको विरोध गर्नुपर्यो भने हामी सयौँ युवा चोकमा जम्मा हुन्छौं तर राम्रो योजनामा सहकार्य गरौं, देशको आर्थिक विकास गरौं, आम्दानी बढाउँ यसको लागि हामी सबै सहकार्य गरेर अगाडि बढौ भन्दा त्यो कुरा गफ मात्रै हुन्छ । नराम्रो कुराको विरोध गर्नु राम्रो पक्ष हो तर राम्रो कार्य नगर्नु त्यो भन्दा सय गुणा खराब कार्य हो ।
देशको उत्पादनमा वृद्धि नहुनु, आर्थिक संकट आउनु, दिनहुँ हजारौं युवा विदेशिनु, समयमा पूर्वाधार विकास नहुनु, युवा शक्तिलाई भरतपुर उपयोग गरेर आर्थिक स्थिरता कायम गर्न नसक्नुमा सरकार र राजनीति दलका कमजोर भिजन र नियत खराब हुनुनै मुख्य कारक तत्व हो तर यी सबै कुराको मूल्यांकन गर्दा हामीले हाम्रो तर्फबाट आफूलाई, आफ्नो परिवारलाई, देशलाई समृद्ध बनाउन के गरिऊ त्यसको आत्मसमीक्षा गर्न जरुरी छ।
परिस्थिति कहिल्यै अनुकूल हुँदैन, त्यसको बदलामा आफूलाई परिस्थिति भन्दा बलियो बनाउँदै लैजानु हाम्रो एक मात्र विकल्प हो । मलाई कसैले सोध्यो भने, तपाईँ संसारमा सबैभन्दा बढी सम्मान कसलाई गर्नुहुन्छ ? मेरो उत्तर हुनेछ किसानलाई । “उपभोग गर्नेभन्दा उत्पादन गर्ने कयौं गुणा महान हुन्छ।“
लेखक डाँगी सानीभेरी गाउँपालिका ९, रुकुम पश्चिम घरभै हाल काठमाण्डौमा अध्ययनरत छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto