हरि जिज्ञासु
देशको अमिल्दो र अव्यवस्थित राजनीतिको दृष्यले बालकदेखि बृद्धसम्मको टाउको दुखेको छ । हरेक नेपालीको मनमा निराशाले बास गरेको छ । युवाहरु देशमा दुःख गर्नुभन्दा विदेशमा गएर दुःख गर्न रुचाउँछन् । केही वर्ष यता विदेशमा जाने प्रचलन पनि फेरिएको छ । कुनै समय एउटा गाउँको कुनै व्यक्ति मलेसिया गयो भने त्यसको महत्व धेरै हुन्थ्यो । तर विस्तारै सबै जना खाडी मुलुकहरुमा जान थालेपछि खाडी मुलुकहरुमा जाने व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण समेत फरक हुन थाल्यो । खाडी मुलुकहरुमा जाने युवाहरुको भन्दा युरोपतिर जाने युवाहरुको महत्व बढ्यो । अहिले धेरै युवाहरु जापान, कोरिया, क्यानडा, अस्टिलिया लगायतका विभिन्न युरोपियन देशमा जाने गर्छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेपछि त्यहाँ प्रत्येक दिन सयौँ युवाहरु हरियो पासर्पोट समातेर देश छोड्नको लागि लाइनमा बसेका हुन्छन् । आर्थिक अवस्था केही सुधार हुनेहरु खादा र माला लगाएर युरोपियन देशको यात्रामा हुन्छन् भने आर्थिक र शैक्षिक अवस्था कमजोर हुनेहरु परिवारको खर्च धान्न खाडीमुलुकतिरको यात्रा गर्छन् । कहिले काँही विमानस्थलमा देश छोड्नेहरुको लाइन देख्दा, लाग्ने गर्छकी अब केही दिनपछि देश रित्तो हुँदैछ । यस्तो खालको दुःखद दृष्यले मन भावुक हुन्छ । त्यहाँ मध्ये धेरैलाई किन विदेश जाँदै हुनुहुन्छ भनेर प्रश्न गर्ने हो भने उनीहरुको जवाफ हुन्छ रहर हैन यो हाम्रो बाध्यता हो भन्ने उत्तर आउने गर्छ ।

लामो समयदेखि पत्रकारिताबाट जनताको सेवामा कार्यरत रवि लामिछानेले देशको विकराल समस्याहरुलाई पत्रकारिताको आँखाले अबलोकन गरी अब देशको विकराल अवस्थाको सुधार गर्न राजनीतिक आँखाले हेर्ने योजनामा छन् । शरुमा न्यूज ट्वाईटीफोर र पछि ग्यालेक्सी टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर जनताको मनमा बस्न सफल भएका रवि लामिछानेले देशको राजनीतिक नेतृत्व गरोस भन्ने चाहाना जनतासँग थियो र छ नै । तर बास्तवमा राजनीति र पत्रकारिता एउटै जस्तो देखिएता पनि फरक छन् । पत्रकारितामा राम्रो छवि बनाएको व्यक्तिले राजनीतिमा सफल हुन्छ नै भन्ने ग्यारेन्टी गर्न सकिदैन् । अन्य देशको तुलनामा नेपालमा त झन गाह्रो छ । हुन त कम्यूनिष्टका पिता भनेर चिनिने जर्मनका कार्ल माक्सको राजनीति पनि पत्रकारिता पछि सुरु भएको हो । उनी पनि एउटा पत्रिकाको सम्पादक थिए । हामीले नेपालको सन्दर्भमा हेर्ने हो भने पनि प्रायः धेरै नेताहरु आफ्नो जीवनकालमा कतै न कतै पत्रकारितामा जोडिएको कुरा थाह पाउँछौँ ।
वास्तवमा भन्ने हो भने नेपालका राजनीतिक दलहरुमा रहेका नेताहरुको कार्यशैली जनतालाई मन नपर्ने छ । एउटा टेलिभिजनमा कार्यक्रम चलाएर जनताको अगाडि लोकप्रिय बनेको व्यक्तिलाई राजनीतिक रुपमा चुतुरहरुले अनेक रोल खेलेर पछि पार्न सक्छन् । रवि लामिछानेको जनतासँगको लोकप्रियतालाई तल झार्नको लागि अनेक तानाबाना बुन्न सक्छन् । मेरो व्यक्तिगत विचारलाई प्रष्ठ रुपमा राख्नुपर्दा रवि लामिछाने पत्रकारिता अर्थात ग्यालेक्सी फोके टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाएर जनताको लोकप्रिय पत्रकारको रुपमा चिनिएका थिए भने राजनीतिक रुपले लोकप्रिय नेता बन्न सक्छन् सक्दैनन ? भन्ने प्रश्न हो । चतुर राजनीतिज्ञहरुले देश सञ्चालन गरेको अवस्थामा रबि लामीछाने जस्तो सामाजसेवीहरुले राजनीतिलाई कसरी सन्तुलनात्मक रुपले अगाडि बढाउन सक्छन् भन्ने हो ।

जनताले सबै राजनीति दलहरुले गर्ने कामको मुल्याङ्कन गरिसकेको छ । शिर्ष स्थानमा रहेका राजनीति दलका नेताहरुलाई देशका नेतृत्व गर्ने स्थानमा जनताले पु¥याएकै हुन् । परिवर्तनका लागि भनेर रोल्पा र रुमुकबाट जनुयुद्ध सुरु गरी दश वर्षसम्म संघर्ष गरेका तत्कालीन माओवादीलाई जनताले २०६४ सालको पहिलो संविधानसभाको चुनावमा शिर्ष स्थानमा पु¥याएको हामीले देखेकै हो । वास्तवमा जनताले धेरै राजनीति दलको कार्यशैलीको अवलोकन गरिसकेका छन् । पछिल्लो अवस्थामा राजनीति भनेको चतुरहरुको लागि कमाउने भाँडोको रुपमा चिनिने गरेको छ । अझ सजिलो भाषामा भन्नुपर्दा चतुरहरुले खेल्ने एउटा फराकिलो खेलमैदान राजनीति हो भन्दा फरक नपर्ला । यस्तो फोहरी राजनीतिबाट वाक्कदिक्क जनता भएपछि काठमाण्डौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह र धरान उपमहानगरपालिकामा कार्यरत नगरप्रमुख हर्क साम्पाङ लगायतका स्वतन्त्र उम्मेदवारको जन्म भएको हो । जनता अब विस्तारै शिक्षित हुँदैछन् भन्ने संकेत पनि गत स्थानीय निर्वाचानले प्रष्ट पारेको छ । केही चतुर राजनीतिज्ञहरुले बालेन शाह र हर्क साम्पाङले जित्नुको पछाडी आफ्नो ठूलो योगदान रहेको उद्घोष गर्छन् । आफूले बलिदानी गरेर ल्याएको लोकतन्त्रमा बालेनहरु जस्ता व्यक्ति खुल्ला रुपमा बोल्न र जनताबाट चुनीने मौका पाएको भनेर हारपूर्ण तर्क गर्छन् । वास्तवमा उनीहरुले ल्याएको लोकतन्त्रबाट भन्दा स्वतन्त्र उम्म्ेदवारहरु जनताले असल राजनीतिज्ञको खोजी गर्दा भेटिएका पात्रहरु हुन् । अझ सजिलोसँग भन्नुपर्दा फोहरी राजनीतिको दृष्य देखेर दीकदारीको समयमा नयाँ व्यक्ति खोजेका हुन् ।
अब फेरि कुरा गरौँ चर्चित टेलिभिजन प्रस्तोता रवि लामीछानेले राजनीतिमा टेकेको पाईलाको विषयमा । नेपालमा स्थापित राजनीतिको बाटो अलि नमिल्दो छ अर्थात अफ्ठेरो देखिन्छ । पत्रकारिताको माध्यमबाट जनताको मन जित्न सफल भएका व्यक्ति राजनीतिको बाटोमा पाईला टेक्ने साहस गर्नु धेरै राम्रो हो । अर्को कुरा जनता राजनीतिबाट वितृष्णको जीवन विताईरहेको बेलामा नयाँ व्यक्ति राजनीतिमा अघि सर्नु सुनौँलो अवसर पनि हो । जनताले पक्कै पनि साथ दिन्छन् । किनकि मान्छेहरुले नयाँ कुरा खोजिरहेका छन् । तर मेरो व्यक्तिगत विचार के हो भने, चतुर राजनीतिज्ञहरुले यात्रा गरीरहेको अफ्ठेरो बाटोमा रविलामीछाने भाँती पु¥याएर हिड्न सक्छन् सक्दैनन् भन्ने कुरा हो । फोहरी राजनीतिलाई सफा गरी जनताको सेवा गर्छु भन्ने विचार भनेको रवि लामिछानेको महान विचार हो । यस्तो महान विचारको कदर जनताले गर्छ नै तर अफ्ठेरो राजनीतिक बाटो हिड्न गाह्रो पर्ने भएकाले रवि लामिछानेलाई कतै समस्या नपरोस् ।

विविसीमा कार्यरत चर्चित पत्रकार रविन्द्र मिश्रले पनि आफ्नो पत्रकारिताको जीवनलाई थाँती राखेर परिवर्तन हाम्रै जीवनकालमा भन्ने मुल नारा अगाडी सारेर राजनीतिमा होमीए । सुरुमा रविन्द्र मिश्रबाट पनि जनताले केही आशा गरेकै हुन् । त्यस पत्रकारिता जीवनबाट आफूलाई जनतासामु चिनाएका रविन्द्र मिश्र राजनीतिमा गएर केही समय चर्चामा रहेता पनि हाल उनको राजनीतिक अस्तित्व विस्तारै हराउँदै गईरहेको छ । किनकि नेपालको राजनीतिको बाटो भनेको चतुरहरुले यात्रा गर्न लायक छ । यस राजनीतिक बाटोमा जोकोही सजिलै हिड्न सक्दैन । हिड्न चाहानेहरुलाई पनि चतुरहरुले लडाउन प्रयास गरिरहन्छन् । रविन्द्र मिश्रले चतुरहरु हिड्ने बाटोलाई परिवर्तन गर्न सकेनन् । नत उनले बाटो परिवर्तन गर्न सके नत उनले चतुरहरु हिड्नेबाटो भन्दा फरक बाटोमा हिड्न सके । अन्तमा उनले आफ्नै पार्टीबाट राजीनामा समेत दिनु प¥यो । उनले पनि जनताको आशालाई खरानी बनाइदिए ।

देशको नेतृत्व गर्नु र पत्रकारिताबाट सामाजिक सेवा गर्नु विल्कुल फरक कुरा हो । रवि लामिछानेले कार्यक्रम सिधाकुराबाट जनताको आवाज आफूले बोलिदिनु जस्तो सजिलो जनताको नेतृत्व गर्नु सजिलो पक्कै छैन । तर पनि जनुसुकै माध्यामबाट भएता पनि जनताको मन जितेका व्यक्तिहरु राजनीतिमा आउनैपर्छ । एक पटक पाईला टेक्नैपर्छ भन्ने मेरो विचार हो । आजको समयमा नेपालको गन्जागोल राजनीतिलाई देख्दा नयाँ अनुहार र युवा नेतृत्वपंतीले देशको नेतृत्व गर्नुपर्छ भन्ने चाहना सबैको छ । रवि लामिछानेले पत्रकारिताको यात्रालाई थाँती राखेर राजनीतिक यात्रा सुरु गर्नु सबैको लागि सौभाग्यको कुरा हो । जनताको चाहाना भनेकै राम्रो व्यक्ति राजनीतिमा आवस र देशको नेतृत्व गरोस् भन्ने हो ।
हुन त म राजनीतिक विश्लेषक होइन । तर पनि नेपालको राजनीतिक बनावट र कार्यशैलीलाई भने देखिएको छ । मेरो चाहाना यति मात्रै हो कि पत्रकारिता र राजनीति भनेको एउटै जस्तो देखिएता पनि यी दुई वटै विषय विल्कुल फरक छन् । पत्रकारितामा सफल भएको व्यक्ति राजनीतिमा पूर्ण रुपमा सफल हुन्छ नै भन्न सकिदैन ।

पत्रकारितामा राम्रो पहिचान बनाएका धेरै पत्रकारहरु देश छोडेर प्रदेश गएको कुरा हामीले थाह पाएकै छौँ । पत्रकारितामा आफ्नो राम्रो पहिचान बनाएका प्रेम बानीया लगायत अन्य पत्रकारहरुले देश छोडेका छन् । तर यस्ता कुरालाई थाँती राखेर रवि लामिछानेको राजनीतिलाई जनताले पक्कै साथ दिन्छन् । तर उनले कस्तोखालको राजनीति पार्टीलाई आफ्नो खेल्ने मैदान बनाउँछन् त्यो पनि महत्वपूर्ण छ । धरानका हर्क साम्पाङ र काठमाण्डौँका बालेन्द्र शाहको चर्चाले अहिलेका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु तर्सीएका छन् । यस्तो अवस्थामा रवि लामीछानेले चर्चित टेलिभिजन ग्यालेक्सी फो के को कार्यक्रम सिधा कुरा अर्को व्यक्तिलाई हस्तान्तरण गरी राजनीतिको यात्रा सुरु गरेपछि त झन कार्यकर्ताहरु नतर्सीने कुरै भएन । भ्रष्टचारमा लिप्त कर्मचारीहरु तर्सीएका छन् । त्यसकारण सबै भन्दा ठूलो कुरो रवि लामीछानेलाई राजनीति कति फलिफाप हुन्छ र कस्तो खालको नेतृत्व गर्न सक्छन् भन्ने कुरा महत्वपर्ण छ । जनताको चाहाना भनेको रवि लामिछानेको राजनीति सफल होस् भन्ने छ तर दिनदुःखी र गरिब जनताको आवाज टेलिभिजनबाट बोले जस्तो दिनदुःखी र गरिबहरुको नेतृत्व गर्नु त्यति सजिलो छैन् । तर पनि रवि लामिछानेको राजनीतिक यात्रा सफल रहोस् मेरो शुभकामना ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto