नेपालको कम्युनिस्ट आन्दोलनमा ६४ वर्षीय हस्तबहादुर केसी स्थापित नाम हो । वरिष्ठ माक्र्सवादी लेखक तथा माओवादी आन्दोलनका क्रान्तिकारी नेताका रुपमा समेत नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर केसी वैचारिक बहस र विभिन्न समयमा हुने राजनीतिक आन्दोलनमा पनि अग्रपंक्तिमा रहँदै आएका व्यक्तित्व हुन् ।
माक्र्सवादी चिन्तकका रुपमा स्थापित केसीले अध्ययन, चिन्तन मनन् र समाजमा घट्ने र भएगरेका विविध घटनाक्रमलाई निकै चासोकासाथ हेर्ने र आफ्नो धारणा व्यक्त गर्ने केसीको प्रमुख विशेषता बन्न पुगेको छ । उनै वरिष्ठ माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसीद्वारा लिखित “माक्र्सवाद ः विकासको इतिहास” नाम पुस्तक प्रकाशित भएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सो पुस्तक प्रकाशनमा ल्याएको हो । लेखक केसीका यस अघि माक्र्सवाद दर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व राजनीतिशीत सम्बन्धित झण्डै २ दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशनमा आइसकेका छन् । यस पुस्तकमा माक्र्सवादी धारा र संशोधनवादी धाराका विविध प्रवृत्तिहरुका बारेमा समेत चर्चा गरिएको छ । प्रस्तुत पुस्तकमा कार्ल माक्र्सले फ्रेडरिक एंगेल्सको सहयोगमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा तमाम खाले अवैज्ञानिक चिन्तन, प्रवृत्ति तथा मान्यताका विरुद्ध सैध्दान्तिक सहकार्य चलाउँदै विश्व सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय र सिंगो मानव जातिको मुक्तिको सिध्दान्तको रुपमा माक्र्सवादको प्रतिपादन गर्नुलाई विश्वको इतिहासमा एक अद्वितीय तथा युगान्तकारी कदम भनिएको छ ।
पुस्तक ४२० पृष्ठ भित्र समेटिएको छ । पुस्तक दर्शनको विकासको इतिहास, माक्र्सवादी दर्शन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, माओवाद, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन, वैज्ञानिक समाजवाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालमा माक्र्सवादको प्रयोग, रुस, चीन लगायतका देशहरूमा सम्पन्न भएका महान् जनवादी तथा समाजवादी क्रान्ति र प्रतिक्रान्तिका घटनाहरु, विश्व कम्युनिस्ट आन्दोलनमा चलेका महान् वैचारिक बहसहरु र सर्वहारा वर्गका महान् नेताहरुको योगदान, मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न, संशोधनवमदको जन्म र विकास, उत्तरमाक्र्सवाद, नवमाक्र्सवाद, नवसंशोधनवाद र त्यसले विश्व कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव, क्रान्तिकारी माक्र्सवादको ऐतिहासिक कार्यभार र माक्र्सवादी – लेनिनवादी – माओवादी सौन्दर्य दर्शन समेत गरी १२ खण्डमा विभक्त गरिएको छ ।
यो पुस्तक नेपालको माक्र्सवादी दर्शनशास्त्रको फाँटमा एउटा महत्वपूर्ण उपलब्धि हुने र उत्तरमाक्र्सवादी, नवसंशोधनवादी तथा नवमाक्र्सवादीको बिगबिगी बढिरहेको आजको सन्दर्भमा यस पुस्तकले माक्र्सवादको तमाम अध्येताहरुलाई नयाँ तरिकाले अध्ययन गर्न सहयोग पु¥याउने विश्वास समेत गरिएको छ । नेपाल र विश्व कम्युनिस्ट इतिहास बारेमा ज्ञान लिन चाहनेहरुका लागि पुस्तक पठनीय संग्रनीय रहेको छ । नेपाली र विश्व राजनीतिका प्रवृत्ति र विविध पात्रहरुकाबारेमा एउटै पुस्तकमा यति धेरै जानकारी लिन सफल नेपाली भाषामा लेखिएको यो पहिलो पुस्तक हो ।