हरि जिज्ञासु
‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराकासाथ केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ सुरु गरी असौज १८ गतेसम्म घरपरिवार सूचीकरण कार्य सकाएर कार्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना कार्य सुरु गरिएको छ । नेपालमा दश वर्षको अन्तरपछि गरिने राष्ट्रिय जनगणना सर्बप्रथम वि.स. १९६८ मा गरिएको थियो । जनगणनाको थालनी राणा प्रधानमन्त्री जंगबहादुरले गरेका थिए । वि.स.२०६८ सालमा राष्ट्रिय तथ्याङ्क विभागले गरेको ११ औँ जनगणनाबाट आएको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या (२,६४,९४,५०४) दुई करोड, चौसठ्ठी लाख, चौरनब्बे हजार, पाँच सय, चार रहेको छ ।
देशमा बस्ने सम्पूर्ण नागरिकको घरदैलोमा गएर प्रत्येक घरधुरीमा बसोबास गर्ने नागरिकहरुको नाम थर, जाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, जन्म, मृत्यु, पेशा, बसाईसराइ लगायतको विषयमा सरकारले विवरणहरु संकलन गर्ने प्रणालीलाई राष्ट्रिय जनगणना भनिन्छ । राष्ट्रिय जनगणनाले देशमा बसोबास गर्ने नागरिकहरुको संख्यात्मक अवस्था साथै नागरिकहरुको बास्तविकताको एकिन गर्ने गर्छ ।

नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको समिश्रण रहेर बनेको देश हो । त्यसकारण जनगणनाबाट तथ्याङ्क प्राप्त गर्नको लागि पनि त्यहि प्रकारकारले प्रश्न निमार्ण गरिएको हुन्छ । तथ्यपूर्णरुपमा तथ्याङ्क संकलन गर्नको लागि तथ्याङ्क संकलक कति जिम्मेवारीपूर्ण छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । जनगणनामा आउने त्रुटीलाई कम गर्न सबै भन्दा महत्वपूर्ण जिम्मेवारी तथ्याङ्क विभागले खटाएका कर्मचारीको हुनेगर्छ । नेपाल बहुसंख्यक हिन्दु धर्मालम्बीहरको बसोबास भएको देश भएकाले जनगणनामा सबै भन्दा त्रुटी गणकले धर्मको मामिलामा गरेको पाइन्छ र त्रुटी गर्ने सम्भावना पनि छ ।

पछिल्लो अबस्थामा धर्मलाई विशेष प्राथामिकतामा राखेर जनगणनालाई अगाडि बढाउन आग्रह गर्दै विभन्न धर्ममा आस्थावान प्रतिनिधिहरुले तथ्याङ्क विभागमा गएर ध्यानाआकर्षण गराएका छन् । यो भन्दा अघिल्लो जनगणनामा गणकले सबैको धर्म हिन्दु त होला भन्ने आशंकामा नागरिकलाई धर्म के हो ?, भन्ने प्रश्न व्यवाहारिक रुपमा नसोधेर संकाको भरमा टिक लगाएको भन्ने गुनासो अल्पसंख्यक धार्मिक समुदायमा आएको छ । यो बास्तविकता पनि हो । अस्ती भर्खरै मेरो राष्ट्रिय परिचय पत्र बनाउने क्रममा जिल्ला प्रशासनका एक कर्मचारीले धर्म कुन भन्ने फारममा मलाई धर्म के हो ?, भनेर नसोधी हिन्दु टिक लगाई दिए । अनी पछि मैले मेरो धर्म त ख्रीष्टियन हो भनेपछि त्यसलाई मेटाएर ख्रीष्टियन लेखिदिए ।
वि.स २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ८१.३ प्रतिशत हिन्दु रहेको छ भने विश्वमा हिन्दुहरको संख्या ९० करोड रहेको छ । त्यस्तैगरी नेपालको कुल जनसंख्याको ९ प्रतिशत बौद्ध धर्म रहेको छ भने विश्वमा बौद्धधर्मालम्बीको संख्या ३७६ करोड रहेको छ । त्यस्तैगरी नेपालको कुल जनसंख्याको ४.४ प्रतिशत मुस्लिम धर्ममा आस्थावान संख्या छ भने विश्वमा १.३ अरब मुस्लिमहरुको संख्या रहेको छ । विश्वमा सबै भन्दा बढि २.१ अरब ख्रीष्टियन धर्मालम्बीहरुको संख्या छ भने नेपालमा ख्रीष्टियहरुको संख्या जम्मा कुल जनसंख्याको १.४ रहेको छ ।

election adv.

नेपालमा ख्रीष्टियन धर्ममा आस्था राख्नेहरुको जमात विशेषगरी तिव्र रुपमा बृद्धि भएको छ । तर २०६८ सालको जनगणना अनुसार ख्रीष्टियन धर्मालम्बीहरुको १.४ प्रतिशत तथ्याङ्कमा त्रुटी रहेको ख्रीष्टियन समुदायका जिम्मेवारी निकायका व्यक्तिहरु बताउछन् । त्यतिखेर गणकले धर्मको बारेमा नसोधी शंकाको भरमा हिन्दुमा टिक लगाएको कुरा देखिन्छ । नेपालमा बहुसंख्यक हिन्दु धर्मलम्बी भएका कारण गणक पनि हिन्दु धर्ममा आस्थावान व्यक्ति पर्ने भएकाले उसले सरासर धर्मको ठाउमा हिन्दु टिक लगाएको देखिन्छ । जनगणनामा मात्र नभएर कतिपय धर्म लेख्नुपर्ने ठाउँमा कतिपय संस्थाका व्यक्तिले हिन्दु लेखेको मेरो आफ्नै आँखाले देखेको छु ।

त्यसकारण सबै भन्दा पहिला नेपाल बहुभाषी र बहु धार्मिक, अनी बहु संस्कार र संकृतिले बाँधीएको देश भएका कारण कुनै पनि जाति र समूदायको मनमा चोट नपुग्ने गरी केन्द्रीय तथ्याङ्क विभागले तथ्याङ्क निकाल्नुपर्छ । आफूले खटाएका पदाधिकारीहरुलाई तालिम दिँदा धर्मको कुरालाई विशेष जोड दिन आग्रह गर्नुपर्नै हुन्छ । सम्पूर्ण नागरिकहरुले आफूले अंगालेको धर्मको विषयमा निडरसाथ भन्नु पर्ने हुन्छ । जसले जुन धर्ममा आस्था राखेको छ त्यहि धर्मको नाम प्रत्येक नागरिकले भन्नु आवश्यक छ ।
नेपालमा ख्रीष्टियन समुदायको इतिहास लामो रहेपनि जनगणनाको रुपमा निकै थोरै देखिन्छ । तर ख्रीष्टियन समुदायका जिम्मेवारी निकायहरु भने नेपालमा करिब ३० लाख बढि ख्रीष्टियनहरुको संख्या रहेको आँकलन गर्छन । यो मात्र आँकल हो तर एकिन छैन । नेपालमा इसाई समुदायको बास्तविक संख्या पत्ता लगाउनको लागि अब इसाई समुदायका जिम्मेवारी निकायहरु सक्रिय हुनुपर्ने देखिन्छ । त्यस्तैगरी बुद्धिष्ट समुदायको जनसंख्या वास्तविक पत्ता लगाउन बुद्धिष्ट समुदाय अग्रसर हुनुपर्छ ।
यो समयमा विभिन्न धर्ममा आस्थावान समुदायले आफूले मान्दै आएको धर्मको बारेमा गणकलाई राम्रोसँग जानकारी नदिएसम्म एकिन तथ्याङ्क हात पर्दैन । र अर्को अल्पसंख्यक धार्मिक समुदायका जिम्मेवारी व्यक्तिहरु पनि १२ औँ राष्ट्रिय जनगणना २०७८ मा नजिकिएर सहयोग गर्नुपर्ने आवश्यक छ । अन्य प्रश्न भन्दा धर्म कुन भन्ने प्रश्नमा गणकले त्रुटी गर्ने सम्भावना भएकाले सम्पूर्ण नागरिक आफ्नो धार्मिक आस्थाको कदर गरी आफुले अंगालेको धर्मको नाम भन्नुपर्ने हुन्छ । धन्यवाद

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto