भाग्यको बक्ररेखा (नाटक, भाग ८)

Byआहा सञ्चार

२०७८ कार्तिक १०, बुधबार ०९:१२

एक्कबहादुर केसी
भाग ८ । समय बषौं अघिको हो । जुन बखद कुष्टरोगको कुनै उपचार थिएन । जसरी पशुको बथानमा कुनै एउटोलाई खोरेत (सरुवा रोग) ले भेट्यो भन्देखि घरका मान्छेले त्यस पशुलाई अरुलाई सर्न नपाओस भनेर जंगलमा लिई बाँधिने गरिन्थ्यो । बाघले खाओस भन्ने मनसायले त्यसरी जंगलमा एक्कै बाँधेर राखिन्थ्यो । त्यतिबेला पशुमा लाग्ने सरुवा रोग खोरेतको पनि कुनै उपचार भ्याक्सिन पत्ता लागीसकेको थिएन । एवम रितले मान्छेमा लाग्ने कोर अर्थात कुष्ठरोगको पनि कुनै ओख्तो (औषधी) पत्ता लागिसकेको थिएन र कुष्ठरोग लागेको मान्छेलाई समुदायमा फैलिन नपाओस भनेर कुनै आढारमा भयो या गाउँदेखि बाहिर एकान्त पाखोमा झुपडि बनाई राखिन्थ्यो ।

election adv.

हो त्यसैकारणबाट बुदीपनि गाउँसमाज देखि डराएकी थिई । आफुलाई कुष्ठरोग लागेको र छिमेकीले यो थाहा पाएदेखि गाउँका बिचमा बस्न दिने छैनन् । बुदी घरमा एक्कै थिई । बुवाआमाको परलोक भैसकेको थियो । दाजुको परिवारले आफुलाई साथमा नलिई दाङ कतातिर बसाईसराई गरि गैसकेका थिए । त्यहि भएर मानसिक उत्पीडन बुदीमा थियो । त्यसैमा पनि दैवले अर्को थप्पड हान्यो । कुष्टि जगाईदिएर ! शुरुमा शरिरका अनेक भागका लाटा फुस्रा धब्बाहरु थोरैथोरै देखिए । जस्तो कानको लोतीमा,नाकको पोरामा, हात खुट्टाका औलामा अल्ली पछि फेरी ती भाग बढि राता, कानका लोतीहरु गदान्याखाले पिप भरिएको जस्तो देखिने भयो । मान्छेहरु मुखामुख गर्दै बुदीका नजिकमा बस्न तर्सिन थाले । त्यहि भएर अव बुदी आफु गाउँबाट लखेटिनु पर्ने भएले ग्रसित थिई ।
कुनै एकदिन संभवत विहानको आठ÷नौं बजेको समय हुँदो हो । बुदी घरभित्रै थिई–घरदेखि माथीपट्टी केहि मान्छेहरुको कल्याङबल्याङ बुदीले सुनी । उसको घर नजिकैबाट साँख देखि चौतारागाउँ जाने बाटो थियो । घरकै करासो बाटो भएर बाटो गएकोले मानिसहरु बोलेको सजिलै बोल्न सकिन्थ्यो ।
बिरपत बुढा ः– म बोलाउन्न । दाईकी छोरी भतिजी परि । तिमिहरु आफै बोलाउ । मैले भने पिर मान्ले । कान्छाबाले यस्तो भन्न आए भनेर ।
जीतु गिरी ः नाई ! यसमा पिर मान्ने त सवाल नै भएन, आफ्नै बालबच्चा भएपनि यस्तो अवस्थामा कसरी साथमा राख्न सकिन्छर ? मान्छे पो आफ्नो हुने भो, रोग त आफ्नो हुन सक्दैन । के गर्ने कसैले बोकाएको भारी होईन यो, दैवले बोकाएको भोरी हो । दुःख त हामीलाई पनि लागेको छ । घरबार बिग्रियो, बुवाआमा रहेनन्, दाजुको परिवार बसाई सरेर जाँदा घरमा एक्कै छोडेर गए यसरी हुन त कहानी लाग्ने कुरो नै थियो । झन त कोरले पनि छोयो ! यो त छिटै अरुमा सरीहाल्छ । त्यो भएर जानजान मान्छेको विचमा राख्न मिलेन । परम्प्ररावाट चल्दै आएको चलन प¥यो अलग्याउनु नै पर्ने ।
बिरपत बुढा ः अब के भनम त ! गाउँदेखि हटाएपनि कतै पाखोमा एक कुनानीर ओत लाग्ने छाप्रो त सबै मिलिजुली बनाईदिनु नै पर्ने भयो ।
जीत गिरी ः त्यो त बनाईदिनु नै प¥यो । किनकी मान्छेभै मान्छेजस्तो व्यवहार गर्नेपर्ने हुन्छ । त्यतिमात्र होईन चारोपानी पनि त बिहान बेलुका पु¥याउनै पर्ने हुन्छ ।
भागीमान गिरी ः यसौ गरौ न त, उ परको त्यो लाखुरी चौतारी बाटोमुनी पट्टी एक कुनामा खरको छाप्रो बनाईदिउ, त्यहि गएर बस्छे । नजिकै खोला पनि छ । पिउने पानीको निम्ती सजिलो । फेरी यताउती हिड्नेघुम्नेले मुठिचिम्टी केहि खाने बस्तु दिनलाई पनि सजिलै हुने ।
जीतु गिरी ः ऐ ! बुदी नानी । ऐ नानी, कि निदाएकी छे हँ यो यतिबेला सम्म पनि ?
माथी तालमा अगाडिपट्टी दलान गरेको घर थियो बुदीको । निक्लिएर बुदी दलान तिर आइ, मुट्कोमा आड लागेर उभिई, अन्वारलाई घीनलाग्दो कालोमैले च्यादरले केहि भागले छोपेको देख्न सकिन्थ्यो । त्यति भएपछि जीतु गिरीले फेरी भन्दै गयो । नानी तिम्रो अवस्था देखेर हामी सबैलाई चित्त दुखिराखेको पनि छ, रोग लुकाई पनि गर्छो के र ? फेरी औषधी मुलो हुने देखि हामी सबै मिलि त्यो उपचार गर्न पट्टी पनि लाग्दा हौं । तर यसको कुनै उपचार हुन्न हेर ! अर्को कुरो यो रोग फेरी छिटै अरुलाई पनि सर्ने सरुवा रोग भएकोले रोगीलाई नजिक राख्न नमिल्ने भयो । जे होस टोल छिमेकी मिलि तिमिलाई बस्नखान अफ्ठेरो नपर्ने गरि व्यवस्था मिलाईदिन्छौं । पर पाखोको एक कुनामा सानो छाप्रो बनाईदिन्छौं । त्यहि भएर बस्नु पर्ने भयो । अरु के गरौं त ?
बुदीले स्वीकारोक्ति झलक बुझिने गरि टाउको हल्लाई मात्र, मुखले केहि बोलिन अनी घर भित्र छिरी, गाउँले छिमेकी पनि आआफ्नो घरतिर लागे । बाँकी अर्को अंकमा ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto