एक्कवहादुर केसी
। भनिन्छ, ‘केटी मान्छेको रुपमा नै कहिलेकाँहि उसकै निम्ति घातक बनिदिन्छ रे’ । सानोमा छँदा बाबु आमाको लारप्यारमा पलकित हुँदै हुर्किएकी बुदी त्यस्तै पहाडि हरियाली चिसो हावापानी खुल्ला सोच्छ र एकान्त परिवेश संगै हलक्क बढेकी उसको आङठाङ, रुपरंग हरेक कोणबाट सिगारिएकी । एकताका टोलका साथी संगिनीहरु संगसंगै भएर साँखको बैरिदह जंगलमा हरेक विहान स्याउलोपात दाउरा ठुटा आदी कामले जाने गर्दथ्यी । सुरिलो मिठो स्वरले जंगलको पातले झाँडिमा गीत रन्काउथी । सुनीरहुँ जस्तो लाग्थ्यो ।
कालो गौनको धोती, चुरीगाँठा भन्दा थोरै माथी सिमल्नथाली भन्देखी तिरिसको जस्तो चम्चमाउदो हात्तिको सुड आकारका पिडौला, आँखा नझिम्काई हेरिराहु जस्तो लाग्दथ्यो । यसरी फक्रिसकेको सयपत्री फुलझै जोवानमा एकताका बुदीले त्यो स्यानो बुकिडाँडाको बस्तीलाई रामैैगरि ससिलो तुल्याएकी थिईन ।
तर के लाग्छ र ? प्याउलीको फुल र केटी मान्छेको रुप धेरै लामो समय टिक्दैन भन्छन । फुल पनि त एकवार झकाझुर भै फुल्दछ र तुरुन्तै मुर्झाउछ । मुर्झाइसकेको फुलको डाँडमा कुन झमरा झुनझुनाउछ र !
कुर्कुरे उमेरमा बुदीले आफ्नो जोवन थाम्न सकिन । विपरित लिंगी संगको सहवासमा उसको ध्यान केन्द्रीत भयो । त्यसैको नतिजा थियो भगते कुवरको अवैध गर्भ बोक्नु । त्यतिले मात्रै उसको यौन आवेग मेटिएन । अरु नजानीदो कतिका अंगालोमा बेरिन पुगी, कतिको ! भगतेबाटको छोरोलाई बाआमा संगै छोडेर काम्ले मेल्चौर भन्ने गाउँतीर पोईल हिडि । यसको गनाउने चरित्रको घरजहानले छेद पाएर घरबाट निकाला गरिदिए । फेरी चौखाबांङ कतातीर अर्को एक घरमा कुकुर भुगाउन पुगी । त्यहाँ पनि बुदीका चरित्रको खिसिटिउरी गरि थोत्रा गाला बजाउनेहरुको कमी भएन । त्यहाँ देखि पनि फर्कि आई । घर विग्रे माईत भन्ने त उखानै पनि छ । बुदी जावस कहाँ ?
एकदिन नाप्चाखोला नजिक चौतारागाउँको भगते कुँवर संग अप्रत्यासित जम्काभेट भयो । हँसिलो पारा देखाउदै, एकान्तको लाभ उठाउदै बुदीले भवते कुँवरसंग यस्तो आग्रह गरि ।
बुदी ः उती वेला हजुर संग मैले आफ्नो रुपको अहंकारले घरजम गरि बस्न मानिन । दोस्रो कुरो सरासर सौतामा गएर दुख खेप्न डर पनि मानेकै थिए । उतीखेर हजुरले भन्नै भएको हो । एक ठाउँतिको घरबास दिन्छु गएर बस । ठुलो गल्ती भएछ, भन्ने अहिले मलाई पश्चाताप लागेको छ । तरपनि बिग्रीएको त अझै केहि छैन । बासस्थान दिनु भयो भने छोरो पनि पाली बस्ने छु र हजुरको पनि सेवा गर्नुछ ।
भगते कुँवर ः दुई ठाउँ चहारी कुकुर भुगाई सकियो, अव अरु पाँच ठाउँ कुकुर भुगाएपछि विचार गरौंला । आँखिर लोभलाच पचाएपछि के पो भयो र ? नाच्दै ननाचेको भए हुन्थ्यो, पातर्नी । एक वार नाँची सकि अब धुलै उडाएर जति वार नाच्छेस नाँच ।
मुखभरीको जवाफ पाईसकेपछि बुदी केहि बोल्न सकिन । आँखिर बोलोस पनि के ! ‘बोल माछा मुखभरी पानी ।’ बाँकी अर्को अंकमा ।