हरि जिज्ञासु
नेपाली राजनीतिको कार्यशैलीको विषयमा एउटा सामान्य गाउँमा खेतीकिसान गर्ने आमालाई सोध्ने हो भने, नेताहरुको सत्यश्राप बाहेक अरु सुन्न पाइदैन । पछिल्लो अवस्थामा सफा राजनीति गरेर देश परिवर्तन गर्छु भनेर राजनीतिको यात्रा सुरु गर्ने भन्दा पनि अगाडीका नेताहरुको पछि लागेपछि नेताहरुले आफ्नो पक्षमा बोलिदिन्थेकी भनेर जीन्दावाद भन्दै उफ्रिने युवाहरुको लहर छ । अन्य सर्वसाधरण जनताहरुमा त नेपाली राजनीप्रति ठूलो बितृष्ण छ । कोही नेता सुखिलो मुखिलो अनुहारमा गाउँ पस्यो भनेपनि त्यसको वास्था छैन ।
तत्कालिन माओवादीलाई रुकुमबाट धकेलेर देशको राजधानी काठमाण्डौंसम्म पु¥याउन बलिदान गर्ने एक रुकुमेली नेता हुन् लोकेन्द्र विष्ट । रुकुम र रोल्पाबाट पूर्व मन्त्री लोकेन्द्र विष्ट सहित उनका केही सहकर्मीहरु जनताका सपनाहरुलाई माओवादको नाम्लोले बोकेर काठमाण्डौँ पु¥याए । दुःखी गरिब अर्थात सर्वाहारा वर्गको भारी बोकेको प्रचण्डपथले बाटो विराएपछि त्यो बाटोबाट फर्केर हाम्रा रुकुमेली नेता पूर्वमन्त्री लोकेन्द्र विष्टले दाङको भूमीमा सिउँडी प्रजातिको ड्रागनफुड (रातकी रानी) फुलाएर फलाएको बताउछन ।
जनताका सुख निर्माण गर्नका लागि लामो समय राजनीति जीवन विताएका लोकेन्द्र विष्टको तत्कालिन माओवादी जनयुद्धमा धेरै ठूलो योगदान रह्यो । दश वर्षे लामो युद्धको कारण धेरै व्यक्तिले आफ्नो शरीर बलिदान गरेतापनि तत्कालिन माओवादीलाई जंगलबाट राजधानी पु¥याउने काम नेपाली जनताले गरेकै हो । तर जनताले माओवादी नेताहरुबाट देखेका सपना र माओवादी नेताहरुले देखेका जनताका सपना बीच तालमेल मिलेन । पार्टीले सपना विर्सेपछि पार्टी टुक्रा– टुक्रा भयो ।
जनताका सपना बोकेर राजधानी पुगेका पूर्व मन्त्री लोकेन्द्र विष्ट एकपटक पर्यटन मन्त्री र अर्को पटक स्वास्थ्य मन्त्री गरि दुई पटक उनी मन्त्री बने । नेपाली राजनीतिमा होमिएका नेता ज्यूहरुलाई पदको माया कति छ भन्ने कुरा तपाईँ हामीलाई थाहा भएकै छ । जनताको हितको लागि काम गर्ने भन्दा पनि सत्ता कसरी हात पारेर मन्त्री बन्ने होडबाजी चलिरहेको छ । सबैलाई जनताका आँसु पुछ्ने भन्दा पनि मन्त्री पद कसरी प्राप्त गर्ने भन्ने कुराको तिर्खा नेताहरुलाई लागि रहेको छ । केही नेताहरु एक हप्तासम्म मन्त्री पदमा नियुक्त हुन्छन् अनी एक हप्ता पछि राजनीतिले कोल्टो फेर्छ त्यसपछि विचरा मन्त्रीहरुको पद नै चट हुने गर्छ । पूर्व मन्त्री लोकेन्द्र विष्टको हालत पनि त्यस्तै नै भएको हो । त्यति थोरै समयको मन्त्रीले जनताको लागि गर्न सक्छ के ?
किचलो राजनीतिमा मन्त्री पदलाई ढुकेर बसे पश्चात प्राप्त गरेको मन्त्री पदले जनताको सपना पूरा गर्न सकिन्न भन्ने विचारले लोकेन्द्र विष्ट राजधानी छोडेर दाङमा पुगी कृषि क्रान्तिको यात्रा सुरु गरेको देखिन्छ । उनको यो यात्रा कहाँसम्म पुग्ने हो त्यो त हेर्न अझै बाँकि नै छ । दाङ जिल्लाको तुलसीपुरमा उनले १५ वर्षको लागि ६६ कट्ठा जमिन भाडामा लिएर सिउँडी प्रजातिको ड्रागनफ्रुट खेती गरिरहेका छन् । तीन जनाको लगानी रहेको यो खेति विस्तारै फस्टाउँदै गईरहेको छ ।
रुकुम पश्चिमको मुरुमा जन्मेर तत्कालिन माओवादी पार्टीमा रही लामो राजनीतिक यात्रा गरिरहेका विस्टले यात्रा थाँती राखेर पहिलो पटक कालो धान खतीबाट आफ्नो कृषियात्रा सुरु गरे । हामीले उनले राजनीतिमा रहेर के गरे भन्दा पनि अब कृषिखेतिको यात्रा तय गरेर के गरे भनेर बुझ्नु नितान्त आवश्यक छ । यो संसारमा प्राया धेरैले अरुले गरेको कुरा हेरेर अथवा अरुको जीवनी पढेर सिक्ने हो । उदारणको लागि राजनीतिक भ्रमणमा चीन पुगेका लोकेन्द्र विष्टले ड्रागनफुटको स्वाद चाखेर नेपाल फर्केपछि त्यसको खेती गर्ने योजना बनाई भेयतनामबाट ड्रागनफुट ल्याएर दाङमा लगाए । उनले अरुले गरेको भन्दा धेरै फरक काम गरे । भताभिङ्ग भएको राजनीतिबाट बाहिरिएर एउटा मन्त्रीले कुटो, कोदालो समातेपछि युवाहरुलाई प्रेरणा मिल्यो ।
राजनीतिलाई फोहरी खेल भन्नेहरुले अहिले लोकेन्द्र विष्टबाट धेरै प्रेरणा पाएका छन् र उनीहरु कृषि खेतीमा लाग्नु पर्दोरहेछ भन्ने चेत खुलेको छ । धेरै युवाहरुलाई आफ्नै देशमा कृषि खेती गरेर देशको अर्थतन्त्र मजबुत बनाउनुपर्छ भनेर सिकाउनु भन्दा ठूलो राजनीति धर्म अरु देख्दिन म । अहिलेको राजनीतिको कुरा गरी साध्य छैन । पूर्ब मन्त्री लोकेन्द्र विष्टकै सहकर्मीहरु जंगलबाट काठमाण्डौँ पुगेपछि ठूला घर, गाडी, अनी पदलाई बाहेक अरु कसैलाई माया गर्दैनन् भन्ने कुरा हामीलाई थाहा भएकै त छ ।
संसारमा मरेरलाने केही छैन भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । पूर्व मन्त्री लोकेन्द्र विष्टले कृषिखेती गरेर कति कमाए ? कति धनी भए ? भन्दा पनि उनले आम नेपाली युवाहरुलाई कस्तोखालको सन्देश दिए भन्ने कुरा ठूलो कुरो हो । नेताहरु श्रम गरेर खाँदैनन्, भ्रष्टचारी हुन्छन्, पदको भोगी हुन्छन् भन्ने कुराको केही थोरै भ्रम लोकेन्द्र विष्टले चिर्न खोजेको छन् । अझ सजिलोसँग भन्नुपर्दा पदका भोगी नेताहरुको इज्यत बचाउन प्रयास गरेका छन् ।
नेपाली समाजमा मन्त्रीले कुटो र कोदालो बोकेर खेतमा गएको देख्नलाई राती सुतेको बेला सपना देख्नुपर्छ तर बास्तविकरुपमा कुटो र कोदोलो समातेर खेतमा खनीरहेका पूर्व मन्त्री लोकेन्द्र विष्टलाई हामी देख्छौँ । देख्नेहरु छक्क पर्छन र उनले गरेको कामबाट आफूलाई कृषिमा सक्रियरुपमा लाग्नका लागि तयार पार्छन । वास्तविक हामीले दिनुपर्ने सन्देस नै यही हो । हामी गर्न खोजेको क्रान्ति नै यही हो । किचलो राजनीतिमा रहेर कुुुर्सी ढुकेर बस्ने हैन ।
नेपालको कृषि प्रणालीलाई माथी उठाएर त्यसलाई तिब्र बजारीकरण गरेपछि मात्र हामी समृद्धिको बाटोमा हिड्न सक्छौँ । यदी लोकेन्द्र विष्टले अपनाएको बाटो जति पनि नेपाली राजनीतिमा सक्रिय नेताहरु छन् उनीहरुले गरे भने जनताले सहि पाठ सिक्न सक्छन । सत्तामा रहेर मन्त्रीपदका प्यासीहरुले युवाहरुलाई पद ढुकेर बस्नुपर्छ भन्ने सन्देश दिएका छन् भने विष्टले युवाहरुलाई पौरखी बन्न र आफू जन्मेको देशको माटोमा आफैले पसिना बगाउनुपर्छ भन्ने सन्देश दिएका छन् ।
त्यसकारण नेपाली राजनीतिमा धेरै नेताहरु जनताको सपना पूरा गर्ने भन्दापनि आफ्नो व्यक्तिगत स्वार्थको लागि पद ढुकेर बसेको देखिन्छ । नेपालको पछिल्लो राजनीति कुरा गरिसाध्यै छैन । सरकार ढाल्ने र निर्माण गर्ने अनी मन्त्रीमण्डल भत्काउने र निर्माण गर्ने मात्रै भएको छ । सरकार कति समय पछि ढल्छ भन्ने कुरा थाहा हुँदैन र मन्त्री पद पनि कति दिनलाई टिक्छ भन्ने कुरा पनि थाहा हुँदैन । तर पनि मन्त्रीपदका लागि मरिहत्य गर्छन् नेताहरु । यसरी पदकै भोगी भएर पछिल्लो पुस्तालाई नकारात्मक सन्देश प्रस्तुत गरेर घृणित बन्नुभन्दा माओवादी नेताहरु आफ्नो सहकर्मी पूर्व मन्त्री लोकेन्द्र विष्टले दाङमा फुलाएको ड्रागनफुट हेर्न गए हुन्छ । अनी विष्टबाट सिकेहुन्छ कृषिमा लागेर आफ्नो इज्यत बचाउने अचुक सुत्र । जनताले लोकेन्द्र विष्ट मगरबाट केही सिक्ने प्रेरणा पाएका छन । सिंहदारबार र संसद भवनहरुमा कराउनेहरुबाट जनताले के सिकेको छ भन्ने कुरा मलाई पनि अलिअलि थाहा छ त्यसकारण एक पटक सिंहदरबार छोडेर दाङमा प्रवेश गरी लोकेन्द्र विष्ट मगरबाट सिक्न आवश्यक छ । त्यसोगरे तिमीलाई आउने पुस्ताले नमुना नेतृत्वको रुपमा जयजयकार गरिरहनेछन । त्यहि फोहोरी राजनीतिको हिलोमा डुब्यौँ भनेत तिमीलाई जनताले थुकिरहने छन ।