भीम बुढाथोकी
आज नेपालको तरलिकृत राजनीति वृतमा सरकारको अपूर्णतावा सत्ता साझेदार दलहरुको सत्ता गठन बन्धनले पूर्ण आकारग्रहण लिन नसकिरहेको अवस्थामा अमेरीकी सहयोग परियोजना एमसिसी MCC-Millennium challange corporation परियोजनाको बारेमा खुवै चर्चा हुन थालेको छ । जसलाई पररास्ट्र मन्त्रालय मार्फÞत परिमार्जनको लागि आग्रहसहित अमेरीकी दूतावासमा पुग्दा उसले सतहि आवरणको सकारात्मक प्रतिक्रिया दिए पनि अन्तर्य कुरा भने बाँकी नै छ । आज अफगानिस्तानमा हमित कारजाई र असरफÞ घानीको कारण अमरिकाले सबै क्षेत्र तहस नहस बनाएर छोडेकÞो केहिसमय मात्र भएको छ । लामो समय सम्म सत्ता, सरकार, कुर्सिलाई साथ दिएको अमेरिकाले आफ्ना सेना तथा नागरिकहरु फिर्ता लिदा करोडौ डलर बोकर घानी विदेशी भूमिमा शरण वस्न पुगको आरोप लागिरहँदा उनी घरको न घाटको हुन पुगेका छन ।
साहेद उनी आफ्नो देशको समस्या आफैले बुझेर तालीवानी संगको सम्बन्ध कुटनीतिक तरिकÞाले सुधारेको भए आज अफगानिस्तानको दयनिय हालत हुदैंन थियो होला । अहिले अफÞगÞानिस्तानमा ठूलो बेरोजÞगारी, भोकमारी, भय र त्रासले संकट निम्तिएको छ । विकासको नाममा करिव दुई दशक सम्म परियोजना मार्फत अमेरीकाले अफगनिस्तानका मूल्यवान यूरोनियम, प्लेटनियमतथा तेल उत्पादनको क्षेत्रमा अब बाँकी केहि छोड़ेको छैन । विकासको नाममा अमेरिकाले २सय ३८ खर्व खर्च गर्यो । करीव साढ़ेदुई लाख मानिसहरुको जÞ्यान गयो । ५० लाख मानिसहरु विस्थापित भए भने १० लाख मानिसहरु घाईते भए । आजअफगानिस्तानको अवस्था कहाली लाग्दो भएर घाउ निको हुनगाह्रो भएको छ । आज अफगानिस्तान त प्रत्यक्ष आँखाले देखिने तत्कालको संकटको प्रतिनिधिमूलक देश मात्र हो । आज अरु कयन मूलुकहरु अमेरिकाको प्रत्यक्ष निगरानीको अधिनमा वाँच्नविवस छन । समयमै ति मूलुकहरुले भविस्यलाई आँकलन गर्नसकेनन भने ढिलो चाँडो ति देशहरुको पनि अफगानिस्तानको जस्तै हालत हुन बेर हुने छैन ।
नेपालको सन्दर्भमा अमेरिकी सहयोग एमसिसी परियोजनाको कार्यान्वयनको कÞुरा गर्दा अरु देशको तुलनामाभन्दा झनै खÞतरानाक रास्ट्रघाती कदम हुनेछ । हिजो मात्रै पूर्ववर्ती प्रतिगमनकारी, अलोकतान्त्रिक, असंवैधानिक तथा स्वेच्छाचारीको रुपमा दर्ज हुदाको करीव दुई तिहाईको नजिकको सरकारहुदा पनि स्वयं सत्ता घटक भित्रैबाट पनि यथास्थितिमा एमसिमी पारित गरिनु देशद्रोही तथा रास्ट्रघाती कदम होभनेर संसद र सडकमा नारा जुलूस, धर्ना जस्ता विरोध भएको सत्य हो।कोरोना कÞहर विचको आचारसंहितालाई समेत तोडियो । त्यतिबेला प्रतिपक्षको भूमिकामा रहेका वर्तमान गठबन्धन साझेदार दलहरुले समेत महाकाली, कोशि, गणडकी जस्ता विगतका असमान सन्धि सम्झौताका विषय वस्तुहरु उठान गरेर एमसिसी परियोजनाको खुव चर्को विरोध गरे ।
आज पुनः वर्तमान सरकारले विगतका सरकारहरुले अमेरीका संग गरेको एमसिसी परियोजनालाई लिएर सर्वत्र बहसको विषय चुल्याएको छ । खÞासगरी अमेरीकी परियोजना एमसिसी इन्डोप्यासिफिक अन्तर्गतको सर्लक्क अगाडी हेर्दा विकासका स–सानाज छिटारूपी संकेत देखिने तर पछाडीÞ लुकेको ईण्डोप्यासिफिक रणनीति अन्तर्गतको अमेरीकी सुरक्षा रणनीतिको सैन्यबल सहितको देश विकास र संवृद्धिमा देशको रास्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता जस्तो विषयमा देशको गम्भिर अहित हुने खालको ठूलो दीर्घकÞालीन तथा दूरगामी असर पार्ने विषय हो । यो कुरा माथि उल्लेखित दृष्टान्तले समेत पुस्टी देखाएको छ । वास्तबमा कुनै ठूला, धनी तथा दातृ देशहरूले सहयोग गर्ने भनेको निःशर्त सहयोग, अनुदान वा ऋणकोसहयोग हुन्छ । अहिले नेपालले विभिन्न मूलुकहरुबाट लिने गरेको सहयोग पनि गरीव रास्ट्रहरुलाई दिईएको सहयोग हो । अहिले जसरी अमेरीकाले एमसिसी परियोजना सहयोगलाई नेपालको विकासको लागि संसदबाट पारित गर्ने जुन खालको रणनीति लिएको छ त्यो हाम्रो संविधान र कÞानून विपरित छ । संसदबाट पारित गर्ने सवाल भनेको कÞानून बनाउने कÞुरा हुन्छ । त्यो विषयमा हाम्रो संविधानमा बाझिने कÞुराले देशको रास्ट्रियता, सार्वभौमिकता, स्वाधीनता तथा शान्ति सुरक्षामा खलल पुग्ने कÞुरा हो ।
जव हाम्रो देशको संविधान भन्दा एमसिसी परियोजनाको कार्यक्रम माथि रहन गयो भने देश र जनताको अवस्था के होला ? यो सवालमा देशका राजनेता तथा बुद्धिजीवीहरुले बेलैमा सोच्न जरुरी छ । हाम्रो छिमेकी देश श्रीलंकाका तत्कालिन प्रधानमन्त्री रणेल विक्रम सिंहले अमेरीकी परियोजना एमसिसी अनुदानलाई स्वीकार गरे पनि त्यहाँका रास्ट्रपतिले पछि चुनावबाट आउने सरकारले निर्णय गर्ने भनेर पन्छाएका थिए । त्यहाँका जनताको व्यापक विरोध र जनताको अभिमतलाई बुझेर श्रीलंकाले अन्ततः उक्त अमेरीकी परियोजनालाई खारेज गरेको थियो । आज श्रीलंका आफ्नो देशको साधन स्रोतको सदुपयोग गरेर विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको छ । सानो मूलुक भए पनि आफ्नो स्वाधिनिताको लागि अडिक रह्यो । त्यसै गरी हाम्रो छिमेकी देश भूटानमा पनि अमेरीकाले आफ्नो पक्कड जमाउन परियोजना लागू गर्न चाह्यो । तर भूटानी सरकारले त्यो सहयोग लिन चाहेंन । आज भूटान आत्मनिर्भरताको बाटोमा स्वाबलम्बी र आवश्यकताको आधारमा वैदेशिक सम्बन्ध कÞायम गर्न सफल भएको छ । सानो देश तर विकास र समृद्धिको पथमा लागेको भूटान र श्रीलंका जस्ता मूलुकको रास्ट्रिय स्वाधिनताको कÞुरामा हामीले सोच्नेकी या पराधिनताले गजटिएको मानसिकताबाट उम्किने या जन्जÞिरमा माछा झै सित्तैमा पासोंमा थापिने ? सवाल यहि हो । स्मरण रहोसकी हालैमात्र कोरोना कÞहर विच पनि भूटानले करीव तीन लाख कोरोना विरुद्दको खोप नेपाललाई उपलब्ध बनाएको छ । यस किसिमको पाठ नेपालले सिक्न कोशिस गर्नु पर्लाकी,नपर्ला? नेपालमा अहिले वर्षाका कारण बाढ़ीपहिरो तथा दुवानले जनजीवन कस्टकर बनेको छ । कयौ मानिसहरुको मृत्यु तथा कयौ घरवार विहीन भएका छन । पूर्वको मेल्मचि, कोशी लगाएत पश्चिमका धेरै भूभागहरुका ठाऊ वस्तिहरु जोखिममा परेका छन । भर्खरैमात्र महाकाली नदीमा भारतीय सुरक्षाकर्मीबाट तुइन(तार) काटिदिदा अनाहकमा एक नेपालीको मृत्यु हुदाँ नेपाल सरकारले सोधखोजमा अकर्मन्यता जस्तो देखाएको छ । सूदुर पश्चिममा नेपाली सैनिक अखड़ाको आकासमा भारतीय हेलिकप्टरहरु दिन दहाडै हवाई गस्ति गर्छन। कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अखड़ा जमेर बन्दरवस्त मोटरगाड़ीहरु नेपालको भूमी मिची मानसरोवर सम्म हुइकिदा हामी मौन छौ । त्यति मात्र कहाँ होर,दक्षिणी तथा उत्तरी सीमा नाकाहरुमा छिमेकीहरुको कÞब्जÞा बन्दै जंगी पिलरहरु हराएरकाछन । देशमा आयात तथा निर्यातका दैनिकी उपभोग्य आवश्यक सामानहरुमा सहजता छैन ।
यसरी हेर्दा हाम्रो सदियौ पुरानो ऐतिहासिक रुपको सामाजिक–सांस्कृतिक तथा आर्थिक सम्बन्ध जोडÞिएको मित्रबत छिमेकी देशहरुबाट समेत यस खालको हेपवा प्रवृति देखा पर्दछ भने विश्व राजनीतिमा हरेक क्षेत्रमा साम्राज्य कÞायम राखेंको शक्तिशाली मूलुक अमेरीकाको दृष्टि कस्तो होला? निश्चय पनि नेपालले राखेका ेसदा सयताको अपेक्षा कहिल्यै पनि सकारात्मक हुने छैन । अहिलेको विज्ञान र प्रवधिको क्षेत्रमा चीन विश्व जगतमा नयाँ फड़को मारेर अगाडी बढ़दै छ । विज्ञानमा आएको चीनको आधुनिक प्रगतिमा अमेरीकाको ठूलोचासो छ । अमेरीका कसरी चीनको अग्रमनलाई पछार्ने भन्ने रणनीतिमा छ । गरीव तथा निर्धन रास्ट्रहरुलाई विकासको नामबाट आफ्नो अभिस्टता कसरी पुरा गर्न सकिन्छ भन्ने कÞुरामा अमेरीका धेरै चनाखो छ । तसर्थ अमेरीकाले उक्त परियोजना मार्फत विकासको नाममा नेपाललाई क्रीड़ाभूमी बनाएर चीनको पिंछा गर्नेदाउमा ठूलो रणनीति बनाउदै छ । यो उसको पहिलो रणनीति हो र उसले भारतलाई पनि साथ लिएर परियोजनामा नेपाल सरकारलाई लाभको जालमा फँसाउन भारतसंग कूटनीति पहल गरिरहेको छ ।
अहिले जसरी हिजो पहिलो र दोस्रो विश्व युद्धमा धुरी रास्ट्रहरु र मित्र रास्ट्रहरु विच अल्पकलिन र स्वार्थले प्रेरित भएरकहिले धुरी र कहिले मित्र रास्ट्रको पक्षधरता कÞायम हुन्थ्यो त्यसै गरी अवको राजनीति पनि हिटलर र मूसोलेनीको सम्बन्ध भएर अर्कों रास्ट्रमा संयूक्त प्रहार गर्ने शितयुद्दको श्रृंखला पनि हुन सक्दछ । दोस्रो कÞुरा अमेरीकाले नेपालको अपार प्राकृतिक स्रोत साधनलाई गहन नजÞर लगाएको छ जसरी हिजो अंगÞ्रेजहरुले पनिगिद्दे नजर लगाएका थिए । उसो त वास्तबमा अमेरीका स्वयं पनि लोकतन्त्रको पक्षधर देश हो । यसैले पनिसाच्ची अमेरीका लोकतन्त्रमा विश्वास गर्ने मूलुक हो भने नेपाली जनताको आफ्नो देशको स्वाधिनता र स्वाभिमानलाई बूझ्ने कोशिस गर्नु पर्दछ । तर जबरजस्त रूपमा यस परियोजना लागु गर्न वाध्य पार्नु अन्तरास्ट्रिय कÞानूनको समेत उलंघन गर्नु हो । यो नेपाल र नेपालीहरुले मात्र स्वयं फैसला गर्ने कÞुरा हो । यसविषयमा सरकारले पनि देश भित्र नागरिकहरुलाई एक आपसमा पक्ष विपक्षको मत विभाजन गराएर तर्कवितर्क बनाउनु खेदजनक कुरा हो । यसर्थ एमसिसी परियोजनाको बारेमा सतहमा आएका कुरालाई सरकारले सत्य तथ्य सूचना दिन जरुरी छ । नेपाल सदियौ देखिको स्वतन्त्र तथा असंलग्न पररास्ट्र नीति अपनाउदै आएको सार्वभौमिक मूलुक हो । नेपाल अरु कसैको मिनिमाइक्रो व्यवस्थापनको अपेक्षाको बाटोमा जानु देशको हितकरहुदैन । त्यसकारण यदि एमसिसी जस्ताको तस्तै अहिलेकै अवस्थामा संसदबाट संकल्प प्रस्ताव गÞरेर होस् याअध्यादेशबाट जारी गर्ने बल मिचाईले पारित गराउन कोशिश गरियो भने यो परियोजनाले हाम्रो पूर्खालेआर्जेको इतिहासको विरासत त सिध्याउने नै भयो । अर्कोंतिर देशमा संघियता, लोकतन्त्र, गणतन्त्रको स्थापनाको लागि नेपाली जनताको अदम्य ठूलो त्याग, तपस्या, रगतको वलिदानी र शहिदको रगतलेलेखिएको सार्वभौम संविधानको कार्यान्वयनमा संकट ल्याएर नेपालको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र देशको सुरक्षा प्रणालीमा जटिल हुन सक्ने छ । अन्ततः देश अहिलेको अफÞगÞानिस्तानको कहाली लाग्दो पिडामारोएर घानीले देश छोडेको सत्य त तितो इतिहास हुनेछ । तर त्यो इतिहास हाम्रो नबनोस । सहि र उपयूक्त निर्णयका साथ निकास दिएर देशलाई सबल बनाउने राजनीतिमा सबैको बुद्धि विवेक रहोस । (लेखक बुढाथोकी रुकुम पश्चिमका शिक्षक हुन )