डिल्ली परियार
आज थप १ बर्ष थपियो अर्थात मेरो जन्म दिन । जन्मदिनको विशेष घडीमा मलाइ जन्म दिने मेरा बाआमा प्रती हार्दिक नमन साथै आजसम्म सम्म मलाइ साथ, सहयोग र माया गर्ने सम्पुर्नमा आभार ब्यक्त गर्न चाहान्छु । जन्मदिनको अवसरमा जीवनका केहि अनुभुतिहरु स्मरण गर्न चाहान्छु ।
प्रिय जीन्दगी केनै रहे छौर तिमी । हरेक पलपलमा जीन्दगी तिमिलाइ भोग्दै दिन, महिला र बर्षहरु बित्दै गएका छन । नत फुर्सदमा थिए नत ब्यस्त नै । खै कतिखेर बिते जीन्दगीका अबिरल निरन्तर पानाहरु पत्तै भएन । तर थाहा छ मलाइ जीन्दगी तिमालाइ भारी छ, अनि बोज छ । सुन्छौ जीन्दगी बताउ तिमिलाइ ।
“ …. हो म मान्छे हुँ फेरि भन्छु म मान्छे हु । तैपनी सयौ बर्षदेखि म मान्छे हु भन्न नपाएको इतिहास र ज्युदो प्रमाण छ म सङ्ग । जीन्दगी केही बितेका अनुभुती छन केही प्रेम र भावनाका अनुभव छन ,केही यो भौतिक शरीरलाइ चलायमान पार्ने र बाँचुन्जेल हुनै पर्ने बस्तु र प्रकृतिको आभास छ । कि तिमिले बिगार्यौ जीन्दगी कि म आफै जानिन । कि चलन यस्तै छ यहाँको । कि मलाइ मात्रै हो यात सबैलाई । यो देशमा नामको पछाडी भएको थरको कारण धेरै बिभेद भएको छु म । अनि प्रमुख यहि कारण मानिसको मनसपटलमा पर्न गएको पुरातनबादी सोच ।
न कसै सङ्ग प्रेम गर्दा मान्छे सरहको ग्रहन मिल्यो नत साथ अझै भन्नू पर्दा बिगतमा समाज भएको कु–सस्कार कारण जीन्दगीभरी यो छाती पोलिरह्यो र पोलिराखेको छ । नत कसैले प्रेम स्वीकार गरे नत गर्नेनै छन । नत आर्थिक हिसाबले माथिनै उठ्न सके अब उठ्ने बाकी एउटा कल्पना मात्रै सिमित छ । जीन्दगीका हरेक हन्डर ठक्कर बाट गुज्रिएको यो जीन्दगी मेरो केवल साहस मात्रै बाँकि छ । त्यहि सहास पनि तिम्रो हातमा छोड्ने नै छु । अझै कसरि चलाउन सक्छौ म हेर्नेनै छु ।
ढुंगे युग बाट सुरु भएको मानव सभ्यता धेरै कालखण्डहरूमा धेरै तन्त्रहरू आए–गए । यी कालखण्डहरूमा युगौँदेखि मानवले मानवलाई नै दास बनाए । भेदभाव गरिरहे । अहिलेको युग गणतन्त्र जहाँ समानता विगुल फुकिएको छ तर यथार्थ उही छ–उस्तै छ । कहिले आउँछ होला साँच्चै त्यो सुनौलो विहानी हँ ? जहाँ हामी सबैको जात एउटै हुन्छ “मानव“..? यहाँ नेतृत्वकर्ताहरूबाट पनि हामीलाई भर्याङ बनाएर ठाउँमा पुगेपछि यस्तै विभेदको कता कता गन्ध आएको पाउँछु कठैबरा यो गन्ध कहिले सुगन्ध बन्छ होला ? कहिले समानताको घाम लाग्छ होला ? म यस्तै सोचिरहेछु, जीउनको लागि संघर्ष गरिरहेछु, कहाँ सम्म पुग्छ जीन्दगीको यात्रा म आफैलाई थाहा छैन । तर पनि समाजमा भएका गलत सोच र विचारलाई हटाउन म प्रयत्नशिल हुनेछु । हामी सबै मिलेर नराम्रा प्रवृत्तिलाई टाढा राखौ । अनि मात्र सबै मान्छे सबैले समान ढङ्गबाट बाच्न पाउने छन ।