भीम बुढाथोकी
नेपालको राजनीति इतिहासलाई केलाउदा वडो कठिन, अस्थिर, अराजक, मनोगत, व्यक्तिवाद, गुटगत, समूहगत, कुटनैतिक अविश्वासका साथ कयन तिकड़म र जालझेलको कपटपूर्ण इतिहासको पेचिलो कालखण्ड शुरुभएर अहिले पनि निरन्तरता पाईरहेको छ । हिजो मल्ल काल देखि नै सिमित भूगोलमा राज्य संचालन गरिरहेकाराजा, काजी, भारद्वार विचमा राज्य विस्तार र पदको मोहमा विश्वास अविश्वासको खाडलले जगडिएको समाजमा हत्या, हिंसा जस्ता ठूल्ठूला नर संहारका श्रेंखलाहरु चुलिदै घटनाक्रमहरु घटिरहे । आधुनिक कालकाराजा पृथ्वीनारायण शाहले स–साना टुक्रे राज्यहरुलाई मिलाएर सिंगो नेपालको निर्माण गÞरे पश्चात पनिराजा, महारानी, भाईं भारद्वाजहरु बिच आपस–आपसमा वैमनस्य सिर्जना गराएर झनै ठूलो काटमार, हत्याहिंसाका विभिन्न पर्वहरु बढेर गए । राजनीतिक रुपमा अस्थिरताको बाटो पैदा हुदा त्यसको परिणाम देशको ढुकुटी रित्तो हुन गई आर्थिक तथा सामाजिक जीवन अस्त व्यस्त भयो । देश राजनीतिक हिसाबले आथिरता तिरमोडिदा सम्पूर्ण श्रोत साधन सिमित व्यक्तिको हातमा देशको अर्थतन्त्र जाँदा ३० वर्ष सम्मको पंचायती व्यवस्था सम्म आई पुग्दा सामन्तवाद र व्यक्ति धनाढ्य पूँजीवादको बोलाबोलको अवस्थाले देश पेचिलो बन्दै गयो ।
देश र जनताको लागि नागरिक समाजको तर्फबाट आम नागरिकहरुलाई राजनीतिक रुपमा सु–शिक्षित गराउदै गरीव तथा निमुखा जनताको जीवन स्तर बदल्ने हेतुले स्थापना भएका राजनीतिक दलहरू स्वयं व्यक्तिगत तथा दलगत स्वार्थका कारण निरंकुशताको जालोलाई चिर्न सक्ने अवस्थामा पटक पटक धोका भयो । खैर जे भएपनि विज्ञानको गतिशिल सार्वभौम नियमले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशमा आएको परिवर्तनमा खÞासखास अवस्थामा राजनीतिक दलहरूलाई धुर्वीकरणको एउटा विकल्पको बाटो पकड्न वाध्यकारी अवस्था आईलाग्दछ । यसैको परिणाम स्वरूप दलहरू मिलेरै भए पनि २०४६ र २०६२ को जन आन्दोलनबाट सिद्दान्त; नेपालको नयाँ राज्य प्रणालीको शासकीय स्वरूप बदल्न भने सफल रहे । खÞास गरी नेपालको इतिहासमै पहिलो पटक नै लामो शसस्त्र जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आएको माओवादी र सात राजनैतिक दल विच ०६२ को बृहत शान्ति सम्झौता इतिहासमै राज्य प्रणालीको ढाँचा र राजनीतिक स्थायित्वको लागि एउटा कोसे ढ़ूँगा हुने विश्वसनीय आधार बन्न पुग्यो ।
०६२ को बृहत शान्ति सम्झौताको जगमा टेकेर नै इतिहासको काल खण्डकको गर्भमा लुकाईएको तथा छिपाईएको संविधान सभालाई नेपालमा पहिलो पटक संविधान सभाबाट नयाँ संविधान बनाउने संकल्प र प्रतिवद्दता रहनु नेपाल र नेपालीको सुनौलो भविस्य संग गाँसिएको विषय थियो । यद्धपि संविधान निर्माण गर्नेक्रममा केहि राजनीति असमझदारी र नयाँ अनुभवको ढिलाई भए पनि देशमा दुईवटा संविधान सभा गरेरै भएपनि २०७२ सालमा नितान्त लोकतांत्रिक तथा समावेशी खालको संविधान जारी हुनु नेपाल र नेपालीको गौरवको कुरा हो । माओवादी र सात राजनीतिक दल विचको बृहत शान्ति सम्झौताबाट निश्चय पनि देशमा सिद्धान्त; गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, विभिन्न संवैधानिक आयोग, आवधिक निर्वाचन प्रणाली जस्ता राम्रा पक्षहरु संविधानमा लिपिबद्ध गराउन सफल रहनु अन्ततः नेपाली जनताको लामो त्याग–तपस्या र वलिदानीपूर्ण स्वर्णिम एक ऐतिहासिक सफलताको विजयको दिवसमान्नु पर्दछ ।
हरेक चिजको विकासमा दुईवटा पक्ष जोडिएको हुन्छ । एउटा सिद्धान्त र अर्कों व्यवहार । सिद्धान्तले विचार र दर्शनलाई नीतिगत रुपमा बलियो बनाउदछ । सिद्धान्त एउटा गोरेटो वा मार्ग चित्रको खाका हो । व्यवहार काम वा कार्य संग सम्बंधित हुन्छ । राज्यको नीति नियम भित्र व्यवहार कार्यान्वयनको विविध क्षेत्र संग गाँसिएको हुन्छ । व्यवहार कार्यान्वयन भने पछि राज्यको लगानी, समय र प्रतिफल संग साझेदार हुन्छ । त्यसकारण सिद्धान्त र व्यवहार विचको गुणात्मक सन्तुलन कÞायम हुन जरुरी छ । देशमा सबै तहको आम चुनाव सम्पन्न भए पछि सार्वभौम जनताको रगतले लेखिएको संविधानको मूल मर्म र भावलाई आत्मसाथ गरी ०४६ देखि ०६२ सम्मको उपलब्धिलाई सबैले अपनत्व ग्रहण गरी संस्थागत विकास गर्दै व्यवहारिक ढंगले जनताले प्रत्यक्ष जीवन संग गाँसेर अगाडि बढाउने कÞुरा नै सबैको संकल्प र प्रतिबद्दता थियो । आम निर्वाचनबाट जनताको अमूल्य भोटले एमाले र माओवादी पार्टी विच एकता गरेको नयाँ पार्टी नेपाल कम्यूनिष्ट पार्टीलाई करीव दुई तिहाईको नजिक पु¥याएर जनताले सत्ता र सरकार संचालन गर्न म्यान्डेट दिए । नेपाल कम्यूनिष्ट पार्टीलाई विकास र संबृद्धिको बाटोबाट देशलाई छोटो समयमै विकाशिल राष्ट्र हुदै विकसित राष्ट्रको हाराहारीमा पुर्याउने महत्वाकाँक्षी अब्बल सपना बन्यो । राम्रो संग सोचिन्थ्यो र गरिन्थ्यो भने असंभव पनि थिएन । भारतको इतिहासलाई नै बुझौकी बेलायतको पंजाबाट १९४७ मा स्वतन्त्र बनेको भारत अहिले विश्वकै विकास र संबृद्धिमा शक्तिशाली बन्दै आगाडÞि बढिरहेको छ । त्यसै गरी विशाल अर्थतन्त्र भएको शक्तिशाली चीनको इतिहास पनि हाम्रो भन्दा ३० वर्षमात्र अगाडीÞ छ । ति राष्ट्रहरूले गरेको प्रगतिको इतिहास त्यति लामो छैन । भनाईको मोफÞ्सत राजनीतिक दलको इच्छा शक्ति भयो भने विकास र प्रगति त्यति दूर छैन । विकास विचार र व्यवहारबाट अगाडि बढ़ने कुरा हो ।
राजनीति दलले जनताको सामु वाचाका साथ घोषणा गरेका राजनीतिक प्रतिवद्धता र जनताको जीवन संग गाँसिएका विकासको लागि जन जिविकाका सवालहरूमा जनताका आशाहरु आज बालुवाको पानी सरहभएका छन।सुन्दर कागÞजÞी लिखित दस्तावेजहरु जनताको जीवन भोगाई संग जोडÞिएन भने त्यो केवल खेलौना भन्दा के नै फरक रह्यो र ! समाजवाद उन्मुख राज्य व्यवस्थाको रटाई गर्ने बामपन्थको सरकार आज आफ्नो सत्ता उन्माद, पद र कूर्सिको लोलुपताबाट टाढ़ा रहन सकेन । सत्ता स्वार्थ, स्वेछाचारी, व्यक्तिगत हैकम, अराजक, गुटगत तथा समूहगत स्वार्थका कारण आफनै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विश्वासनगरी नियम कानूनको वर्खिलाप गर्दै विधि पद्धति मिचेर सत्ता चलाउनु जस्तो असंवैधानिक तथा अलोकतान्त्रिक विषम चरित्र अरु के हुन सक्दछ र ! देशको संविधान र कÞानून भन्दा माथि कोहि छैन । हिजोको ०४७ को संविधान र आज ०७२ को संविधानको लिखित रूप र व्याख्या किमार्थ एउटै होईन । शक्ति पृथकिकरणको न्यायिक सिद्धान्त अनुसार सर्वोच्व अदालतको फÞेसलाले निश्चय नै असल न्याय सम्पादन गरेको छ । हिजोको पंचायती तथा जंगी शासनको कोरा कल्पना गर्नु यो एकाइसौ शताप्दीको समाजलाई नै अबमूल्यन गरिएको आभास हो । निजी तथा आसेपासेको स्वार्थ सिद्धिका लागि सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थासंसदलाई बन्धक राखि एक पछि अर्कों निरन्तर अध्यादेशबाट सत्ता र शासन संचालन गर्नु जस्तो असंवैधानिक तथा अलोकतान्त्रिक चरित्र हुनु विडम्पना हो । यस खालको निन्दनीय कार्य आज पनि हुन सक्दैन र भोलिका दिनमा पनि किमार्थ हुन सक्दैन ।
वास्तबमा सत्ता र सरकार संचालन गर्न शक्तिको आवश्यकता अपरिहार्य छ । राज्यको शक्ति बलियो भएन भने राज्य कम्जोर तथा निकम्प हुन जान्छ । तर शक्तिलाई प्रतिशोध,दाउको आगो वा डढेलोको रुपमा प्रयोग होईनकी त्यो जनमत शक्तिलाई डायनामिक किसिमले विकास र संबृद्धिमा सिर्जनात्मक रुपमा प्रयोग गर्नु नैराज्यको असली शक्तिको ठूलो स्रोत ठहर्छ । अहिले पुनः ०६२ को १२ बुंदे बृहत शान्ति सम्झौताका हस्ताक्षर शक्तिहरु करीव डेढ दशक पछि शक्तिको रुपमा एक ठाउमा आएकाछन्। इतिहासको कुनै काल खण्डमा लुकेको प्रतिगमण सोच र चिन्तन बडो रहस्यमय तरीकाले उद्घाटित भई विचित्र ढंगले प्रकट हुदो रहेछ । साहेदयो विचित्रको अकल्पनिय पुरातन सोचले बृताकार बढाउला भनेर कुनै पनि नेपालीहरूको तन–मनमा ऊब्जÞिएको थिएन होला । ०७७ पौष ५ गते जनताको सार्वभौम संविधानमा जुन खालको अशोभनीय प्रतिगमन कÞदमको शुरूवाती भयो त्यति नै बेला बृहत शान्ति सम्झौताका हस्ताक्षर शक्तिहरु एक ठाऊमा आउन बाध्यकारी अवस्था थियो । यो कुनै व्यक्तिको मनोगत आकाँक्षा थिएन । यो कुनै सुनियोजित तथा अप्रत्याशित गठबन्धन पनि थिएन । यो नितान्त सार्वभौम संविधान र लोकतन्त्रको रक्षाको लागि राजनैतिक शक्तिहरुको एक गठबन्धनगर्न जरुरी थियो ।
कहिले काही खराव इतिहास दोहरिने क्रममा लोकतान्त्रिक शक्ति केन्द्रहरु राष्ट्रमा आई परेको विषम खालको परिस्थितिमा एक ठाऊमा कार्यगत एकता गर्न जरुरी हुन्छ । भलै रणनीतिक सवालहरू आ–आफ्नो ठाउमा होलान्। तर राजनीतिक रुपमा देशमा संकट आउदा संविधान तथा ऐन कÞानूनको मियोंलाई ठिक ठाऊमा ल्याउन राजनीतिक शक्तिको अहंम भूमिका हुन्छ । आज साँचो अर्थमा यहि सन्देश सर्व साधारणको बुझाई हुनसमेत जरुरी छ । निश्चय पनि संविधान सभाको चुनावबाट वा जन अनुमोदित निर्वाचनबाट गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र, आवाधिक निर्वाचन प्रणाली, स्वतन्त्र न्यायपलिका जस्तापक्षहरु व्यवहारिक रुपमा जनताको जीवनसंग गाँसिएर जाने कÞुरा नै प्राथमिकीकरण हो । बहूमत जनताले निर्माण गरेको सार्वभौम संविधानलाई कÞानूनी रुपमा जति बलियो बनाए पनि कहिले काही व्यक्तिकोसनक,अहंता र संवैधानिक परिषद तथा संवैधानिक आयोगÞहरूमा सत्ता साँठगाँठमा बलियो सेटिंग हुन गयो भनेशक्तिको मनोमालिन्य रहन जान्छ । त्यसकारण सरकारका अंग तथा संवैधानिक निकाय विचको शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्दान्तलाई सार्वभौम बनाउन जरुरी छ ।
अहिले भर्खर मात्र गठबन्धन सरकार सत्तारोहणको लागि विश्वासको मत पाएको छ । यो शक्ति भनेको ०६२ को नयाँ संविधान सभा मार्फÞत बनेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई अक्षरस पूर्ण रुपमापालना तथा कार्यान्वयन गर्ने जिÞम्मेवारी र दायित्व बहन गर्ने सुनौलो अवसर पनि हो । निकट भविस्यमा आमनिर्वाचन सम्पन्न गर्ने चुनावी सरकार पनि हो । अहिले देशमा कोरोना भाईरसले गर्दा लाखौ आम नागरिकहरु स्वास्थ्य संकटको घेरा भित्र निरीह बाँच्नु परेको छ । यति बेला जनताको स्वास्थ्यलाई पहिली प्राथमिकीकरण दिएए छिटो भन्दा छिटो खोपको प्रबन्ध मिलाएर स्वास्थ सुरक्षा दिन सरकार विलम्ब गर्नु हुदेंन । निवर्तमान सरकारले चुनावको लागि छुट्याएको सम्पूर्ण बजेटलाई कोरोना खोपको लागि खर्चिनु पर्दछ । खोप निर्माण तथा उपलब्ध बनाउन सक्ने क्षमता भएका देशहरुसंग कुटनीतिक पहल जारी राखी यथासिघ्र सबै नागरिकहरूलाई खोप अनुवार्य गर्नु जरुरी छ । सबैको लागि खोपको उपलब्धता र खोप सुशासन हुन जरुरी छ । विश्वका कतिपय साना देशहरुले समेत कुटनीतिक पहल गरी आफना नागरिकहरुलाई खोप कार्य पुरा गरी सकेका छन । तसर्थ सरकार यसतर्फ विशेष ध्यान दिनु नै महान कार्य हुने छ । त्यसै गरी देशको मेरुदण्डको रुपमा रहेको आर्थिक गतिविधिलाई संचालन गर्न विशेष प्याकेज ल्याउन सक्नु पर्दछ । बाढ़ी, पहिरो, रोग व्याधी आदिको विपदबाट बच्नका लागि वर्तमान सरकार बेलैमा योजना बनाउन सक्नु पर्दछ ।
अहिलेको गठबन्धन सरकारका सामु असाध्य ठूलो चुनौतिका वडेमान पर्खालहरु छन् भने त्यत्तिकै मात्रामा संभावनाहरु पनि छन । काम गर्न सजिलो छैन । तर पनि खरायो र कछूवाको गतिलाई हेरेर शक्ति सन्तुलनमा जानु हितकर हुनेछ । त्यसै गरी भ्यागुटाको हिड़ाई गति र कतिबेलाको उफ्रैरे अगाडीÞ जाने चाललाई सबै राजनीतिकदलहरूले बुझ्न आवश्यक छ । अन्यथा बाँदरको हातमा नरीवल जस्तो हुनेछ । सरकारले यथासिघ्र मन्त्रीमण्डलको पूर्ण आकार दिएर नियमित गतिविधिहरु अगाडीÞ बढ़ाउन तिर जोड दिनु पर्दछ । अहिले गठबन्धनसरकारले सके सम्म सर्व दलिय राष्ट्रिय सरकारको लागि पहल गÞर्नतिर ध्यान दिनु पर्दछ । उसो त खुकुरीकोदाबमा एउटा मात्र खुकुरीको लागि ठाऊ प्रशस्त हुन सक्दछ । यसो भनिरहदा गठबन्धन सरकारमा सहभागी हुने निश्चय पनि चुनौती हुनेछ । आखिर जे भए पनि अहिले संकटको घडिमा एक साथ जान सक्नुमा महानता हुनेछ । अहिले घुचपेचको राजनीति होईन । अति कसैको लागि स्वीकार्य हुदो रहेनछ भन्ने कÞुरा घटनाक्रमले छर्लँग दिनको घाम झै पारेको छ । अहिले कुनै पनि राजनीतिक दलहरूले जनतामा काम गर्न जाने सन्दर्भ वा विषयलाई निकट चुनावी नारा बनाउनु हुदैन । अन्यथा पौराणिक कथाको पात्र ईक्यारसको जस्तो हालत हुनेछ । त्यस खालको अज्ञानताबाट पाठ सिक्न राजनीतिक दलहरु सहिष्णुताको राजनीति देखि कोहि पनि टाढ़ा हुनुहुदैन । देशको राजनीति र जनताको आशा बाँदरको घाऊ हुन दिनु हुदैंन । दलको संख्या हेरेर होईंकी सरकारमा सामेल भएर जनताको काम गर्न सबै मन्त्रालयहरु सके सम्म बरावरीको भागबन्ड़ा गर्न सक्नु पर्दछ । यो नै सच्चा प्रतिगमन विरुद्धको विजय हुनेछ । काम गराइमा सबै मन्त्रालय र मन्त्रीहरुको पारस्परिक सामनजस्यता कÞायमगर्नु पर्दछ । Right man in right place को सिद्धान्त अंगिकार गर्न सकियो भने राजनीतिमा विश्वास कÞायम राख्न सजिलो हुन्छ । हरेक कपट, जालझेल, तिकड़म र धूरत्याईको जालबाट मुक्त हुनु पर्दछ । सबैलाई चेतना खुल्या ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto