खलंगा, युद्धका ती दिन र व्यवसाय

Byआहा सञ्चार

२०७८ श्रावण ७, बिहीबार १४:४९

हेमराज श्रेष्ठ
मुसिकोट खलंगा प्रशिद्ध नाम नेपालको इतिहासमा प्रचलित छ । राणा काल, पञ्चायत काल यो ठाउलाई प्रशासनको केन्द्र बनेर पहिचान भयो । यो ठाँउमा खासै स्थानीय जनताको घनत्व छैन ।

यहाँका बाईसे चौविसे राजाहरु अधिकांस नेपालगञ्ज, कैलाली, राजापुर, माहादेउली, टिकापुर, काठमाण्डौतिर बसाईसराई गरिसकेका छन र यहाँ रहेका पनि सिमित मात्र हुनुहुन्छ । यहाँका स्थानीय जनता थापा, नेवार, क्षेत्री, कामी, दमाई छन । खलंगा भनेको जुम्ली राजा बस्ने र राजाका सेवक माछिमी, छेरा, गाउँका जनताले खेती गरी अनाज राजाका दरवारमा प¥याउनु पर्ने अवस्था थियो । खलंगाका जनताले अनाज कुटान पिसान गरी खाना पकाएर खुवाउने, रातामाटा गाँउले कसैलाई पक्राउ गर्नु परेमा कसैलाई बोलाउनु परेमा प्रयोग गरिन्थ्यो ।
सल्ले गाउँका जनताले राजाकी दुलहीलाई असोज महिनामा डोला ताम्दानीमा हालेर डोले काममा सल्यान, दाङ, नेपालगंज, टिकापुर मदेश तीर ससुरालमा पु¥याउने काम गरिन्थ्यो । शासकिय व्यवस्था यस्तो थियो र हामी त्यहि शासनमा थियौं । जग्गाको तिरो ठालु मुखियासापले उठाउथे कसैलाई अन्याय परे दरवारमा ल्याएर वास्तविक कुरा बुझेर निसाप हुन्थ्यो । परापूर्व कालदेखि खलंगामा भएको (कोट) पञ्चात कालको केन्द्र प्रजातन्त्र कालको केन्द्र अर्थात नगरपालिकाको केन्द्र हाल खलंगाको मुख्य कार्यालय नगरपालिकाको कार्यालय सेरीगाउँमा सार्ने काम भएको छ । जनप्रतिनिधीहरुले मनोमानी गरेका छन । इतिहासलाई नामेट पार्ने काम भएको छ ।
हामी नेपाली जनताका छोरा छोरीलाई जनयुद्धको नामबाट झण्डै सकिने थियौं । कतिका कोख रित्तिय, कतिका सिंदुर पुछिए, कतिको ढोकामा ताल्चा लगाईयो । कति अपाङ्ग भए कतिजना घरवार विहिन भए यो कसले बनाएको हो ? यो नेपाली जनताले सोच्नु पर्ने कुरा हो । जनयुद्धको समय या हामी जनता द्वन्द्वको चपेटाले धौ–धौ बाँचेका हौं । २०५९ को माघ महिनामा मैले दाङ बाट हार्डवेयरको सामान ट्याक्टरमा ल्याउदै गर्दा तत्कालिन माओबादीले सल्यानको जलेखर्कमा लुटेका थिए । त्यसपछि पनि मेरो सरसमान पटक पटक लिएका थिए । केहि दिन पछि माओबादी नेताहरुलाई भेटेर कुरा गर्दा पछि आधा सामान फिर्ता गरिदिएका थिए । मलाई ३÷४ पटक अपहरण गरी रकम असुल गरियो । उक्त रकम तिरेको कागजात कताबाट नेपाली सेनाले फेलापरेछ । त्यो कागज जिल्ला प्रशासन कार्यालयमा आयो छ र हामी १० जना कागजमा सहि गरेका रुपैयाँ तिरेका सबै साथीहरु सरकारद्धारा पक्राउ परियो म आफ्नो निजिकामको सिलसिलामा घरमा नभएको कारणले अरु साथी भन्दा ५ दिन पछाडी एक जना घुमुवा प्रहरीले सेरीगाऊँबाट बोलाएर ल्याए अरु साथीहरु दाङ्ग तुल्सीपुर कारागारमा फेला पर्नुभयो ।
म मुसिकोटको जिल्ला प्रहरी कार्यालयमा २०६२ सालको असार २ गते थुनुवामा परे । अरु साथी २ महिना जेलबाट मुक्त हुनु भएर आएपछि ५ दिन पछाडी म पनि प्रहरी कार्यालयको हिरासतबाट मुक्त भए यी साथीहरुले हामीलाई झण्डै संसारबाट मुक्त बनाउने थिए । यो समय सम्झदा आज पनि निकै दुख लागेर आउछ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds