भीम बुढाथोकी
देश विकासको लागि सरकारको दूर दृष्टीले मात्र उदेश्य तथा लक्ष्य प्राप्त गर्न सक्दछ । सरकारले वि.स. २०१३ साल देखि योजनावद्द रुपमा विकासको शुरूवात गर्दा आ.व.२०७३÷०७४ देखि आ.व.२०७५÷०७६सम्मका लागि चौधौ योजना कार्यान्वयन भई अब पन्ध्रौ योजनाको उकालोमा लाग्दै गर्दा सन २०१६ देखि सन२०३० सम्मको योजनावद्द विकासको चरणको रुपमा दिगो विकासको लक्ष्यलाई कार्यान्वयनमा ल्याउदाकतिपय सूचक र कार्यान्वयनका रणनीतिहरू बनाउन अझ बाँकी रहेको अवस्था छ। दिगो विकासको लक्ष्यलेबृहत् महत्वाकाँक्षा बोकेर सन २०३० सम्म नेपाललाई समावेशि,समतामूलक तथा मध्यम आययूक्त संवृद्दशालीकल्याणकारी राज्यको रुपमा स्थापित गराउने ठूलो लक्ष्य बोकेको छ ।

देशको गरीवी, भोकमारी, शिक्षा, स्वास्थ, खाध्य सुरक्षा, पोषण, स्वस्थ जीवन, लैंगिक समानता, खानेपानी, कृषि, पर्यटन, रोजगारी, पूर्वाधार निर्माण,दिगो पर्यावरणीय प्रणालीको संरक्षण आदि जस्ता जनताका साझा सवालहरुलाई मजबूत बनाउदै विश्वव्यापी साझेदारीलाई सन्निकट बनाउने ध्येयमा राज्यको जूनखालको कार्यनीतिक तथा रणनैतिक योजना छ त्यसमा राज्यको जिम्मेवारी र दायित्वमा भरपूर निर्भर गर्दछ । देश विकासको लागि सहि व्यवस्थापन भित्र योजना, बजेट व्यवस्थापन, संगठन, कर्मचारीव्यवस्थापन, निर्देशन, समन्वय र प्रगति विवरण जस्ता पक्षहरुलाई खÞयाल गरिएन भने कुनै पनि योजना अलपत्रबन्न सक्दछन । देशको बजेट तथा जनशक्ति देश विकासको मेरुदण्ड हो।देश विकासको लागि सरकारको दूरदृष्टी, योजना, बजेट व्यवस्थापन, कार्यक्रम कार्यान्वयन चरणको समयावधि, अनुगमन निरीक्षण, मूल्याँकन जस्ता कÞुराहरुले निर्धारण गर्ने गर्दछ । अहिले केन्द्र, प्रदेश तथा स्थानीय तहको सरकारको नीति तथा कार्यक्रमहरु अगाडि बढिरहेको छ।नीति तथाकार्यक्रम र बजेटको सन्दर्भमा वर्षे अधिवेशनहरु बस्ने सन्दर्भ जोडिएको छ । खÞासगरी केन्द्र देखि स्थानीय तहसम्म स्वास्थ्य, शिक्षा, कृषि लगाएत अन्य क्षेत्रलाई प्राथमिकीकरण गरेर बजेट निर्माण गरिएको अवस्था छ।योकÞुरा गरिरहदा रहदा एकातिर देशमा कोरोना भाईरस महामारीको जटिल संकट पैदा हुनुका साथै आर्थिक तथा सामाजिक क्रियाकलापहरुमा ठूलो असर परिरहेको विषम परिस्थिति छ भने अर्कोंतिर राजनीतिक रुपमा सरकार तथा दलहरूको कार्यशैलीले देशमा अस्थिरताको सिर्जना गरेको छ । सरकारको नीति तथा कार्यक्रमका साथ अधिवेशन मार्फÞत शीर्षकगत बजेट पारित भै सके पश्चात विनियोजित बजेट रकम प्रत्येक चौमासिक रूपमा नियमित खर्च हुन आवश्यक हुन्छ । चौमासिक रुपमाविनियोजित बजेट सहि समयमा उपयोग हुन सक्यो भने त्यसको उपायदेयता पनि राम्रो छ । विडम्पना थातीरहेका बजेटहरु आर्थिक वर्षको अन्तिममा आएर ओईरो लागÞ्नु राम्रो होईन । ति संचालन गरिएका कार्यक्रमहरु समयमा सम्पन्न हुन पनि सक्दैनन । एकातिर समय सीमा छोटो हुनु र अर्कों वर्षाको कारण प्रभावित हुन पुग्दछन । वास्तबमा हाम्रो व्यवस्था बदलिए पनि काम गराईको तौर तरिका भने पुरानो संस्कारलाई छोड्न सकिएको छैन । अझै पनि उहि परम्परागत विधि पद्दतिलाई अंगालेर जाने परिपाटी हुँदा निश्चित समयमा बजेट खर्च हुन नसक्दा वजेट खर्च नभएर जाने गरेको छ ।

वास्तबमा प्रत्येक चौमासिकगत रुपमा पुरा गर्न छुट्याइएका योजनाहरु समयमै संचालन भएर तोकिएकोसमयावधिमा सम्पन्न हुनु पर्दछ।जसले गÞर्दा हरेक योजनागत कार्यक्रमहरु निश्चित समयमै सम्पन्न हुन गए भनेसामाजिक रुपमा विश्वसनियता कायम हुन गई एक आपसको सामाजिक सद्भाव समेत कायम हुन सक्दछ भनेअर्कोंतिर आर्थिक हिसाबले पनि जिम्मेवारी र दायित्वमा आर्थिक पारदर्शिता आउदछ।जसले गर्दा असलसुशासनको प्रत्याभूतिले देशमा शान्ति,स्थायित्व र स्थीरता छाउँछ । आज हामी सबै कुरा बुझेर पनि यसको ठिक उल्टो बाटोमा विपरीत दिशातिर हिडिरहेका छौ।हाम्रा सोच–विचारहरु र कार्यशैलीहरुमा परिवर्तन गर्न सकिरहेका छैनौ। हाम्रा महत्वकाँक्षी योजनाहरू खरायोको गतिमाद्रुत रूपमा गतिवान हुन्छन् भने काम गराईको ढाँचामा भने नितान्त कछुवाको धिमा गतिमा निष्क्रिय जस्तो भईहिडिरहेको देखिन्छ। हामी कहाँ कतिपय चौमासिकगत खर्च बजेटहरु हिम नदीले थुपारेर बनाएको हिमोढजस्तो भएर अन्तिम चौमासिकमा असारे बजेटमा गएर थुप्रिन्छन।जहाँ वित्तिय रुपमा प्रगति त देखिने तर भौतिकप्रगति भने खासै नदेखिने खालको हुन जान्छ । हाम्रो काम गराईको ढंगमा खराव संस्कार, विचार र व्यवहारको फलाम भित्र खिया लागेको छ।त्यसलाई रंगरोगन ,पालिस तथा जलपले चिटिक्क खिया नदेखिने पारिए जस्तो छ।जहाँ अन्तर्यमा लुकेको खराव चिजकोवास्तविकता कसैलाई थाह हुदैन।थाह हुन्छ त केवल मिलोमतोमा गोप्य साइनों गाँसेकाहरुमा मात्र सिमित हुन्छ । एउटा गज्ज्वको उखान यस्तो छकी”जब पर्यो राती तब बूढी ताती”भने झै जब आर्थिक वर्षको अन्तिमतथा असारे झरीको शुरूवात हुन थाल्छ तब हाम्रा योजनागत कामहरु थालनी गरिन्छन्। ठेक्कापट्टाका कामहरुद्रुत गतिमा रातारात अगाडÞि बढ़ाइन्छन । यसरी हतारमा गरिएका कामहरु टिकाउ,मजÞबूत तथा दिगोपन हुन पनिसक्दैनन। जसोतसो निर्माण सम्पन्न भएको कामको फÞर्चोट र भूक्तानी लागि कार्यालयमा विल भरपाईहरुचागँका चाँग पेश गर्नेको भिड़भाड़ हुन्छ।अन्ततः हतारमा छिटो छिटो सम्पन्न गरिएका तथा निर्माणाधिन कामहरूलाई हावा हुरी,बतास,बाढ़ी पहिरो,भू–क्षय आदि अनावरणिय प्रकोप जस्ता कारणले क्षत विक्षत हुनजान्छन।

यसरी सम्पन्न गर्न खोजिएको काम पुरा हुन नसक्नु वा उपलब्धि हात नपर्नु भनेको असारे वजेटको चटारोमा योजनाहरु अलपत्र भएर विकासमा गम्भिर असर पर्नु हो । यो भनेको हात्ती आयो,हात्ती आयो फÞूस्साजस्तो खिस्सा हाँसी मजÞाकÞ र रुवाई हुन जान्छ । अहिले भर्खर मात्र देशमा कयौ भू–भागहरुमा पुल पुलेसा,बाटोघाटों, खेती जग्गाहरु, मानव वस्ती,भीर पाखाहरुवर्षाले ठूलो क्षति बनाएको छ।त्यसै गरी जहाँ खोलाको किनारी भागमा भएको अव्यवस्थित शहरीकरण तथाबजारीकरण छ त्यो ठाऊमा वर्षाका कारण ठूलो मानव संहार हुन गएको छ ।एक साता अगाडि पूर्वी सिन्धुपालचोकमा भएको ठूलो धनजनको अपूरणीय क्षति लगाएत देशको अरु कयन भू–भागहरुमा वर्षालेपुर्याएको क्षतिले विर्सन नसकिने घाउ बनाएर गएको छ।विगत २०७२ सालको भूकम्पले निमत्याएको कहालीलाग्दो संकट अझ पनि ताजै छ,ति घाऊहरू पुरिएका छैनन। यि सबैक खालको संरचाहरु पुनर्निर्माण एवंविकास गर्न दशकौ लाग्न सक्दछ।त्यसै गरी गतसाल देखि देशमा महामारीको रुपमा आएको कोरोनाभाईरसले झनै मानव जीवनको स्वास्थ्यमा गम्भिर आघात पुर्याएको छ भने मानिसको आर्थिक तथा सामाजिकक्रियाकलापहरुमा असाध्य ठूलो असर पुर्याएको छ ।

आज हामी नयाँ व्यवस्थामा आई पुग्दा पनि जीवन परिवर्तनमा अवस्थाको कÞुरा गÞर्दा हाम्रा विचार र कार्यशैलीउहि नितान्त पुरानोलाई फगत आंगिकार गर्दछौ भने हामी कहाँ परिवर्तन हुन सक्यौ त।सिद्दान्तः जसरीसमाजवाद निर्माणको बाटोमा निर्माताको भूमिका निभाउने बाचा कसम गरिएको छ त्यसरी नै अबको दुनियामाव्याख्याता होईनकी दूर दर्शिताको अन्तर चक्षुले कार्यशैलीमा परिवर्तन गर्र्दै रूपान्तर हुन नसके देश विकासकोगति यथास्थानमा नै रहने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto