मनलाल ओली
हो तो आँनी, लुक्नु पनि लर्तरो लुकाई हुँदो र ? मनुख्या कानै फुट्जाउन । कोर्रियौं जार कोन्र्या नाउँ तमाँइका झिङा, पिउँसा, उप्याँ, उरिस, साङ्ला, सुङ्ली, छोट्खुट्या, लाम्खुट्या, आठखुट्या, माकुरा, माकुरी, चरा, मुसा, साप, छेपारा, झिम्री, बारुला, अरिगाँल, बच्छिउँ, बिच्छि, गङ्ङटा, माछा, भ्यागुता, पशुपंछी कल्ले देख्दो र ? उत्तिया नाउँ तमाँइका बोक्सा, बोक्सी, भुतभँयार, दैदेउतैले नदेख्नेरी गुर्रियाउ थ्याँ हेर्नोई । यस्ता बन्दा ट्याम्नु तमाँइका घर भाइर निक्लिने कुरै भइन । हो होइन्तो ? साक्कै आफ्नै घरा भित्र भन्दा पनि आँज भित्रौं गोप्या मैरानु चोच्क्याउ थ्याँ हेर्नोई । कत्नाम्रो कोइले नदेख्नेरी हाइसुक्यासित लुग्या मान्सलाई फुना ठाँराले भेटाल्ने ठ¥यो ।
“अहिले कोरोनाको नयाँ भ्यारेन्ट सहितको संक्रमण तीब्र गतिले बढिरहेकाले अति आवश्यक नपरी घर बाहिर ननिस्कौं ! अति आवश्यक काममा जानै पर्ने भएमा नाक, मुख राम्रोसँग छोपिने गरी मास्क लगाऔं ! भिड्भाड्बाट टाढा रहौं ! साबुन पानी वा सेनिटाइजले नियमित रुपमा हात सफा राखौं ! अन्य व्यक्तिबाट दुई मिटरको दुरी कायम गरौं ! कोरोनाबाट आँपूm बचौं र अरुलाई पनि बचाऔं ! नेपाल टेलिकम । राष्ट्रको सञ्चार ।” अरुवाले क्या भन्चन् मेराले फुनजाँदारी जैलै त्यै सुनाउँत्यो हेर्नोई । त्यस्तो सुन्दारी आगा भुप्रानु हातखुट्टा झोस्नु ता भइन क्यारै । हो होइन्तो ?
त्यो डरौमर्नु सनेस पाउदारी ता झन जामाँजा हुनाए नि ? लुक्नु क्या लुक्नु ? उइता हो आँनी, तमाँइकी बिरालीले गुई लुकाइनी भन्नुहुन्च । त्यख्न काँबाट धौंस्या हुन दे ? उइछारी कोइले चाइनाबाट, कोइले चिनबाट पैदा भ्याउ हो भन्ने हौकान गर्छन क्यारै । पछिल्लो चोटी कालापारबाट आयाउ हो भन्ने बयान पनि सुनिन्च क्यारै । त्यख्खा बाउको च्यान । उइलफुर्नु कालापा¥या आउँदारी गुराडल्ला मस्काउन पाइने भनिकन खुशीले तीन बित्ता उछ्र्याउ ज्यान यई हो । त्यत्ति मात्रै होला र ? तमाँइका बिरीया, सिग्रेटा ठुटाठाटी कान्जरानु ठोसीकन रमाउँदै तमाँइका मुख्नु मुख जोरिकन सुनिह्रनेस्ता दुख्खन सुख्खनका गफ्या लाउँथियौं । अइचेल ता क्यार्न भन्ने हो र ? उइता हो आँनी मान्सदेखि मान्स जल्किने । कुरै गर्न पनि लाजौंमर्नु भन्नुहुन्च ? उइछारी, तमाँइका बाँद्रौं छ्याल देख्दारी पनि छेर्दै सात काल्ना भाग्नु पर्ने हेर्नोई ।
यस्तै यस्तै ठेल्ला न टुप्पा मनगन्त्या कुराकानीसित खेलाँची गरिकन ट्याम पास गर्न लाउथ्याँ हेर्नोई । तमाँइको गौंरो फाल्नेस्तो भइकन घरा खोपानु लुक्याउ त्यो बड्डो फुन्या थोरतो पनि तन्नेरी जा¥यास्तो जोस निकालिकन तमाँसैसित रन्किन लाइगो । क्या भाउन्ने भो तो ? अरु दिन सासै नकार्ने त्यो थोत्रो आज क्यार्न मच्चियो तो ? जोत्ता होला होला भनिकन कान्जरानु बज्जाले भन्नुहुन्च । “ह्याँ घरै बसिबसिकन ज्यान उकुसमुकुस भइग्याउँछ । आज हामी माथि लेखपाई घुम्न गइजाऊ होई ज्वानौ ?” कत्नाम्रो मीठो मुखलाइकन बड्डाले सुनाल्या । क्यार्न ढाँट्ने हो र ? एक छिन अक्कनबक्क प¥याता पनि भित्रभित्रै ज्यानलाई सित्ति सल लाउथेन हेर्नोई । “हो तो आँनी, दुई जनाले भौतिक दूरी कायम गरिकन ढक्किदै ढक्किदै हर्जाउला क्यारै । कोइले देखेल्ने हुन कि ? ज्यात्ता होला आँन्नौ तो । बरु काँतिरै भेट्निे ठकान गर्ने हो तो ?” मले पनि उनलाई घुम्न जाने समर्थन जनालेँ । “सिज्यारी खोला आस्पास्नु भेटिम्ला होई ?” भेट्टिने ठेकानौं परिपन्जा मिलाइकन बुडाले खपर सुनाल्या हेर्नोई ।
साइत ता उनले पनि हेरेकै हुँदान । मले पात्रो च्याउदारी आज अठहत्तर साल जेठा बीस गत्या बिबारौ दिन ह्रच । म वनपाई घुम्न जाने कुरा घरपरेललाई पनि सोचना ता दिनै प¥यो । भन्ने सोचाई पनि आइगो हेर्नोई । “अई लख्यानेई जेई, यता सुन तो ? आज म एक घरी वनपाई घुम्न जान्चु होई ? उनी पनि जानेई हुन गरे ।” कत्नाम्रो मेस्सैसित फक्काले हेर्नोई । “क्या गरे ? को उनी ?” सग्लै निल्नेस्तोरी उनी चटारिन हेर्नोई । “हो तो आनी, क्यार्न जल्किन्चौं ? उनी केउ उनी सात्या ।” मुख लट्पट्किन सात्यानी भन्यास्तो भ्या गासा नाउ बासै पाइन्त्यो होला । “उइता नत्र…?” उनको रिसौं करक घट्यास्तो लाग्च । “हो तो आँनी, अइचेल भाइरपाई डुलफिर नग¥याउ पनि धेरै दिन भइग्या । उइछारी, ज्यान कुज्जिकन ब्वाइल¥या चल्लाइनी भइगो हेर । एक घरी तान्निमुन्नि गरिकन अल्लै आइन्चु होई ?” ढुक्कसित फिरी फस्ट्याले भन्नुहुन्च ।
“क्याक्यान होला भन्याउ ता त्यस्तो सवाल प ह्रच नि ? त्यतिकाउ वन बाँनीकन हाम्लाई क्यार्न सुनाउचौ ? आफै जान्ने सुन्ने, अरुलाई सम्जाउने मान्सले यस्तोबेला क्यार्नुपर्च ? आँफैलाई था होला क्यारै ।” उनीले पनि मुखभरीयौं जवाक देलिन । मक्न ता, क्या भन्चन नाई “हुत्तु न तुत्तु ….क्या जत्या” भन्दाइनी भइगो हेर्नोई । मुुख्नु बुजो लायापची केई गर्नु न केई गर्नु ? “म गइगे होई तो ? तमेरु भाइरपाई नगइकन नाम्रोसित घर भित्रै बस्या होई ?” हातौ इसाराले सम्जाउर्दैै फुत्त निक्ल्यिाँ हेर्नोई । “हाम्लाई तुथा, ऐस्यालु, काफल, चुथ्रा, घुयाला मस्तै ल्याईद्या होई बाबै ?” कत्नाम्रो सस्वर्त गर्दै केराटीले उतैनु नासो मगाउँछन् ।
मन्टी ढक्काउदै म बन्द भित्रौं यात्रानु लम्क्यिाँ पूर्व दिशापार्ई । घरा मुल धेलाबाट तेह्र सय तेह्र पाइता चलाएपछि सात्यासित ठक्कानैति भेट भइगो । “नै क्या ढिलो गरेऊ बड्डौ ? मेरा ता लाई तमी आउने बाटापाई च्याई च्याइकन आँखै प्याल्लिग्या क्यारै ।” बुडाले पनि मलाई मुखा भर पार्रेल्या । “हो तो आँनी, तल्थी बाट्नु ठूलै सापसित भेट भइगो हेर । ह्वाँपची धौ धौका तिनीलाई बाटो छार्न पठाइकिन आएँ क्यारै बड्डौं ।” जोग्गिने बाटो तमाँइको डिम्याक ता लाउनै प¥यो । हो होइन्तो ?
”दिउँसो तीन बजे एउटा जुम बैठक छ । म ता त्यो बेला नआई नहुँने काम प¥याउछ ?” उनले पाइता उचाल्दै सुनाउँछन् । “हो तो आँनी, काम प¥या नाआई तो ? हाम्रा पाइता प काँसम्म पुग्ने हुन ? कुनै टुङ्ङो लाउछैन । सब्यारै फर्किने भ्या ता धेरै टारा जाने कुरै भैन क्यारै । हो होइन्तो ?” मले पनि पच्काले । “आज धैरै टारा नजाउला होई ज्वानौं ? बरु कुनै दिन छक्कालैबाट दिनैभरी मस्तै घुमौला ।” उनले मलाई फस्ट्याउँथ्या । “हो तो आँनी, तमी फक्र्यापची म एक्ल्या बाँद्रैनी एक्लै फन्फनी घुम्ने ता कुरै आइन क्यारै । हो होइन्तो ?” उनको कुरालाई सई थाप्दै मले सुनाउँछु । हाम्रो घुमाई ज्याम डाँरा हुँदै अगारी बढ्छ ।
हाम्रो देश नेपाल देवोभूमी, ज्ञानोभूमी, तपोभूमीया रुपमा ह्रयाउ कुरा उइलै केराटी छँदारी सुन्याउथ्याँ । हामी हर्दै गर्दा बीच बाटैनु ठ्याक्कै त्यस्तै पवित्र भूमी देखिन्छ । साइत यस्तै ठाउँनु बसिकन उइला मनुख्याले ज्ञान आर्जन ग¥याउ ठर्च । मले अड्कलेँ । वरिपरि ठूलाठूला भवन घर, माँज्जैनु बरोबरो मानाउ पिप्लौं रुख गजधुम्म परिकन बस्याउ । अक्सिजन जति पनि भोग्न पाइने । जात्तेरीया हुनाए नि ? कति सप¥याउ ठाउँ हो ? गुरुकुल शिक्षा प्रणालीया ताक्नु माज्जैनु गुरु, वरिपरि चेलाहरू बस्या हुन्त्या गरे । त्याँतिरौं ठाउँ साक्कै त्यस्तै मानिन्थ्यो । “त्यतानु पर्ने केराटीहरू सित्ति भाग्यामानी होइनन नि तो ?” चित्तिदै मले सुनाउँछु ।
“त्यो ता तम्ले ठिकै भनेउ हेर बड्डौ । माल पाइकन चाल पाया पो हुन्छ क्यार । ह्याँको विद्यालय ता मर्ज भइगित्यो गरे ।” बुडाजीले सुनाउचन् । म ता छक्कै परिग्याँ हेर्नोई । “अहो, कस्तो दुर्भाग्य ! टिठ लाग्दो, त्यस्तो पवित्र ठाउँती बसिकन पर्न पाउने केराटियौं भाग्या खोस्से छ ।” मले दुखेसो पोखेँ । “धेरै चिन्ता नगर्दा हुन्छ बड्डौं । बज्ने घाँरो उकाल्नु पनि बज्जेल्च, ओराल्नु पनि बज्जेल्च । पर्नेले जाँगइकन पनि पर्रेल्चन् हेर ।” बुडाजीयौं त्यो भनाइले मक्न नहुनै चित्त बुजाल्यो हेर्नोई ।
हाम्रा पाइता रोक्यिा हुँदैनन् । केई कदम पर पुग्दारी दरबारास्तो घरबारले हाम्रो ध्यायन तान्छ । त्यो हवेली मुसिकोट्या राज्खलकौ हुन पनि सक्छ । मेरो अनुमान हुन्छ । “हाम्ले बजारनु बसिकन पनि च्याट्ट प¥या घर बनाउन सक्या छैनौं । मुल्कले गाउँवइनु यस्ता दरबारास्ता घरबार बनाल्याछन्् । त्यो घरा मालिक कि ठेक्दार, या साउ पार्टीया नेता या ता कुनै मोटो संस्थाका कर्मचारी हुनुपर्छ ।” उनले ग¥या अनुमानहरू सत्या हुन्छन् । हर्दै गर्दा हाम्रा सामुन्ने ररामर्ना पानीया छरा देखिन्थ्या । तिनी बुडाले आँफू छरानु बसिकन मक्न फुटा खिच्ने मिस्त्री बनाउछन् । सात्या पनि उस्तै माफिया हुँदान र ? सबैतिर नजर लाउने, खोज अनुसन्धान गर्ने, सबै कुराउ हेक्का ह्राक्ने मध्या थ्या । उनले खोला माँज्जैनु भँयारे घरास्तो ओराल देख्खेल्या छन् । “तमी त्यो ओराल्नु गइकिन उभिने गर । म तम्रो च्याटटै प¥याउ फुटो खिच्दिउला होई ?” उनले मलाई ओरालभित्र उभिन पठाल्या ।
त्यतानु भरेली प¥या चुथ्राले हाम्रा मुखभित्र पस्न तछारमछार गथ्र्या । डाङ्डुङ्याबाट काम्ल्याउ गाउँ चुम्ने गो¥याटाले पक्की मुहार देखाउन प्रधानमन्तीयौं स्वरोजगारी रकमलाई पख्र्याउ देखिन्थ्यो । हाम्रा वरिपरिबाट बग्ने पानीया कल्कले अवाजले नहुँनै ससिलो बनाउथ्यो । “हिँत्तिरै बसिकन तमी ठारीभाका गीत गाऊ । म रेकर्ड गर्दिन्छु होई तो ?” बुडाले मक्न गीद गाउन जोस्याल्या । म पनि जोस्यिाँ भन्नुहुन्च ।
डाङ्डुङेको पक्की पुल, कति नाम्रा बुट्टा
घर भित्रै बस्दा बस्दै, दुःख्ने ह्रचन खुट्टा ।
म पनि सुर्रिदै ठारीभाका घन्काउन लाइग्याँ भन्नुहुन्च । उइछारी, गीदौं भाका सुन्ने सबै प्राणीया ज्यानले कम्मर हान्न लाइत्याई क्या हो ? त्याँबाट हामी अगारी लम्किदै गर्दा बुडा नजरले सुत्याउ रुख देख्खेल्याछन् । “लौ होई, अब तमी त्यो रुखमा बसिकन गीदा रन्का लाऊ होई ? म भिडियो रेकर्ड गर्दिन्छु ।” उनले मलाई रुख्नु चराल्या भन्नुहुन्छ ।
कोइ¥याल पूmल्यो टाटे पाटे, मेल फुल्यो झपक्कै
कोरोना मास्सियो भन्त्या, गाउँगाउँमै छपक्कै ।
चुथ्रा फल्या लटरम्मै, हाँगी नै लत्तक्कै
सबै मिलि कोरोनालाई, पार्रेलौं भत्तक्कै ।
मेरो पालो तमाँइको तेर्छी रुख्नु बसिकन ठारी भाका गर्कालेँ हेर्नोई । यदि लकडाउन नहुँत्यो भन्या काम्ले गाउन्वा मुल्कले चारैतिरबाट घेरिकन हाम्लाई हेरिकन एउटो साक्का होइन्थ्योई क्या हो । “हाई, क्या साक्का हो ? उतापाई च्याउतै ? काँका ह्रचन हँ ? त्यस्ता जाक्ता मान्स ? लाई यस्ता डरामर्ना दिनबार्नु पनि ह्याँनु आइकन त्यस्तोरी गीदा कल्की लाउने दैबौं ?” काम्ल्याई बैनाले धेला खापबाट च्याउदै स्यानस्यानो डाकोलाइकन अरुलाई सुनाउथिन् । हाम्लाई देख्दारी, कोइकोई तस्र्यास्तो, डरास्तो र सातोपुत्लो हरास्तो मानिकन हामी दुई चुभ्यान गर्दै कुद्देलियौं भन्नुहुन्च । माथि बसिवाङ्या पुच्र्छानु भुइँचिर्वाउ क्वाटक्वाटे अवाजले हाम्लाई कोर्नाउ भन्दा तीन खन्नी बर्ता तर्साल्यो भन्नुहुन्च ।
उनी बड्डाले दुइटा हात्ले टाउको छल्दै उकाल्नु पनि मृग कुद्यास्तै गरिकन कुद्देल्या । पाल्नो पाखा सुरक्षित ठाउनु पुगिकन मलाई कत्ता आयो होला ? भनिकन खुप्पै नियाल्याउ देखिन्थ्यो । मलाई देख्दारी उनको मुटुुट्वा गतिले आफ्नो चाललाई स्वभाविक तालमा फर्काउछ । तल्लो थर्पुवा चौर्नु उभिकन पूर्वतिर च्याउदारी खर्चिवाङ, गैरीनेटा, बाँदरपानी, मसान्यागैरी, हलहल्या, गलमपाटी, जिलाधुरी, टिलाधुरी, तीन बैनी, बुराँस्या लगाइता शिखर आँखाभित्र अटाइकन हाम्लाई मस्तै स्वागत गथ्र्या । दख्खिणतिर च्याउदारी त्रिवेणी गाउँपालिकाउ जम्मै अँन्न्वार तथापुर देखिन्थ्यो । उइछारी, त्यल्ले मलाई टारैबाट चिन्नेले छ । कत्नाम्रो मलाई समातिकन काखमा खेलाउदै म्वाई खाने इरादाले बिमैचा र कुर्लबाट हात पसार्दै ग¥याउ दृश्यले “चरी भए आउँथे उडेर…” गीदौं याद गराल्यो भन्नुहुन्च ।
त्रिवेणीया मायाले मलाई पछ्याउदै ग¥याउ देखिन्छ । “अहो ! मेलचौरौं गाउँ, त्यो नागबेली सडक ता कस्तो रमाइलाग्दो ह्रच । नि तो बड्डा ?” बुडाउ भनाइले मेरो ध्यान भङ्ग गराउँछ ? “त्याँनु देखिने गाउँका नाउँ क्या होलान हाँ ? मग्न चिनाल्नोई ?” उनलाई मले जिज्ञासा तेस्र्याले । “मैले ता जान्याउ छैन तो । यइबेला ह्याँका कोई मान्स भेटिया पची । नि तो ?” उनले मोबाइलतिर आँखा कुदाउदै बोल्छन् । तत्काल एकजना मान्स खिर्रिदै हामीतिर लम्क्यास्तो लाग्यो । “तमेरु काँका हौं ? अइचेल यस्तानु क्यार्न डुल्चौं हँ ?” यस्तै भनिकन तिनीले हाम्लाई हप्काल्चन् क्या हो ? मले भित्रभित्रै यस्तै अट्कल्तेँ । जति जति तिनी मुस्काउदै हाम्रा नजिक पुग्छन् उति उति मेरो आशङ्का परपर भाग्छ ।
“दाइ नमस्कार, काँ जान लाग्नु भो त ?” बुडाले दुई अञ्जुली जोर्दै अभिवादन गर्छन । “नमस्कार भाइ नमस्कार । म ता घरतिर जान लाउछु भाइ । बरु तपाई पो कताबाट आउनु भो ?” उनले आफ्नो उद्देश्य सहित प्रति प्रश्न गर्न थाल्छन् । “हामी ता यसो प्रकृतिसित मितेरी गाँसौं कि भनेर डाङ्डुङ्या हुँदै आइयौ । अब घर फर्किन लाग्या छौं दाइ ।” सात्याले पनि छर्लङ्ङै पार्रेल्या । “तपाइँको घर कत्ता हो दाइ ?” विषय वस्तुतिर डो¥याउदै बुडाले उनलाई प्रश्न गर्छन । “मेरो घर ऊ तित्तिरै ठूलो घुम्म प¥या रुखा उतापटियौं रातो छानो ग¥याउ र यतापट्टियौ हर्यो रङलायाउ छ नि ? हो तिनी दुइटा घर मेरै हुन भाइ ।” माइलो औटोले देखाउदै उनले आफ्नो घर चिनाउछन । “ए, तित्तिरै ह्रच तो नि तमाइँको घर ? हामी ता तितिरैबाट उक्ल्या हौं । पैलै चिन्यास्तो भ्या कति बस्दाम नि तो ?” हाँस्दै बुडाले सुनाउछन् । त्यति मात्रै होइन उनले त्यो पाखान्वा प्रत्येक मान्सौं नाउँ कार्दै “ऊ त्यो फलाँनाउ घर हो, त्यो हलानाँउ घर हो ।” भन्दै सप्पै घरमुलीया नाउँ भट्याउँछन् ।
मक्न पनि त्याँन्वा रमाइला गाउँठाउँन्वा नाउँ चिन्ने मस्तै रहर लाइगो हेर्नोई । “अब त्याँन्वा अरु गाउँँघरा नाउँ पनि चिनाल्नोई ?” मले प्रश्न उठाउछु । “ऊ त्यो सितलपोखरीया माथिपाइको ठार्ढुङ्ङाउ गाउँ हो । त्यो भण्डारी काँडा, त्यो काम्ल्या, त्यो मेलचौर, त्यो भिरजरा, त्यो बसिवाङ, त्यो घुँयालपानी, त्यो माथिल्नो थर्पु र यो तल्लो थर्पु हो ।” उनले कत्ति पनि लोभ नमानिकन त्याँका मात्रै नभै अन्ता गाउँठाउँका नाउँ पनि सिकाइदेल्या । “हाम्रा आँखानु अट्या गाउँघरौ जम्मै नाउँ चिनाल्नु भो । तमाँइलाई मस्तै धन्यावात छ होई ?” मले उनलाई भने । “त्यस्तो जाबो कामलाई पनि क्यार्न धन्यावाद खर्च गर्नु प¥याउ होला ?” उनले सुनाउत्या । “हो तो आँनी, तमाँइलाई जाबो लाग्या पनि हाम्लाई गज्जप लाइगो । उइछारी, फिरी पनि तमाँइलाई धन्यवात छ ।” मले यस्तो भन्दारी तिनले मुसुमुसु गथ्र्या । “मलाई मस्तै आल्जाल छ । लौ तो अब फाटाफाट होइजाउ होई भाई ?” बुडातिर नजर सोज्याउदै बुढाका छिमेकी (कृष्ण विक्रम सेन) पूर्वतिर डुक्रिए । हामी दुई पच्छिमतिर लम्कियौं ।
“बन्दभित्र आजौं घुमाई तम्लाई कस्तो लाग्यो हँ बड्डौ ?” बाट्नु हर्दाहर्दै बुडाले मक्न अन्तरवार्ता सोद्येल्या । “हो तो आँनी, तमीसित हर्दारी कैलै पट्यार लाक्छ र ? आज लाग्दो ? कुरा गरी साद्य होला र ? आज ता झन सित्ति गज्जप भैन क्यारै ।” मले पनि जवाक फर्काल्याँ । ह्वाँपची मेलचौरे गाउँनु डुल्दैफिर्दै थियौं । त्यो गाउँवा कुनातीया टाकुरीमा एउटो च्याट्टै प¥याउ मन्दिर देख्खियो । त्यो मन्दिर ओरिपरी रिङ्दै बाख्राहरूले पूजा गर्नलाउ अनौठो दृश्य देख्खियो हेर्नोई । कोर्नाले मान्सभरी घर्नु हुल्याउछ । तेई हुनाले बाख्राहरूले कोर्नो धपाउने भाकल ग¥या हुन या आफ्ना पुत्रहरूऔं जीवन रक्षा गराई पाउ भन्या हुन उनै जानुन । हामी त्याँबाट चाँर्रै लरा भिजाउने खोलानु पुइयौं । “ह्याँतिर बसिकन एकघरी धुप मारेलौं होई ज्वाँनौं ?” बुडाले प्रस्तव ह्राक्चन् । “हुन्छ” मले पनि समर्थन जनालेँ ।
कत्नाम्रो छायल्नु बसिकन चराचुरुङीया गीत सुन्न लाथियौं । बुडा जुरुक्कै उठिकन वनपाई पस्सिया । विष्ट्याउन गया हुनन् भन्ने अनुमान क्यार्न मिल्दो ? यिनी बड्डाले त कोेबेला चमेराउ, कोबेला बाँद्रौं, कोबेला चराउ, कोबेला बागौं, कोबेला वन मान्सौं नक्कल गर्दै मक्न छक्क पार्दै फुटा खिचाउन पठाल्चन् । मले पनि खुप्पै सल मानिकन उनको फुटो खिच्दिन्थ्याँ । वन्नु रिङ्याघुम्या मान्स ता भइग्या आँनी । “यो यस्ताउ ओक्तो, त्यो उस्ताउ ओक्तो हुन्छ ।” भन्दै पात्लन्वा विभिन्न झारपात मलाई चिनाउथ्या । म पनि खुप्पै ध्यान दिइकन चिन्न खोज्थ्याँ । उनीबाट सन्जीवनी बुटी पाइने नेपाली वन जङ्गल्न्वा अनेक थरिया जरीबुटी चिन्ने मौका पाउँछु ।
मस्तै जरीबुटी खोजिकन हामी घरपाई फर्किन लाथियौं । फाट्टफुट्ट बाट्नु भेट्टिने मान्सहरू हाम्लाई देख्दारी जल्किन्थ्या । “मान्सदेखि मान्स जल्काउने त्यो गराचारी कैल माँस्सिने होला ?” मले जिज्ञासा तेस्र्याएँ । “मान्सौं अस्तित्व ह्रँदासम्म यस्ता महामारी, रोगव्यधी, प्राकृतिक प्रकोप आदि भइरहन्चन् । मान्सले यस्ता महामारी ता कति जित्यो कति ? एउटोलाई जित्यो फिरी अर्को जाइन्च । इतिहासमा सब्बै कुरा लेख्याउ भेटिन्च । आँज कैलै तमी पनि प¥या होई तो ? ह्याँ कोई पनि अजमरी छैन । अइचेऔं कोरोना महामारी पनि छिट्टै मास्सिन सक्छ । त्यो मास्सिया पनि फिरी अर्को आइन्च । तमी हाम्रा पुर्खाहरूले पैला पैला दादुरा, ठेउला, लुतो, कुस्ट्या, औलो, अगनी, हैजा लगाइत धेरै रोव्याधीसित लरन्त ग¥या हुन गरे । त्यसैले तमी हामी सब्बैले जैलै सचेत, सतर्क र होस्यिारी अपनाउन आवश्यक हुन्छ ।” बुडाले मक्न मस्तै कुराकानी सुनाल्या ।
लकडाउनौं सात सय बीस घण्टे गोप्या बासले ज्यान खुब्बै कुज्याउथ्यो भन्नुहुन्छ । ह्याँती गर्ने कुरा, “एक घरी भाइरपाई गइकन बखुताउन पाया ?” कैलै–कैलै मन्नु यस्तै सोचाई नआउ पनि काँ हो र ? तर निक्लिने दाप्को आया भन्नु ? काँतिबाट यिनी बड्डाले होस ग¥या छन र ? आज बन्द भित्रौै पाँच घण्टे डुक्राइले पन्द्र हजार पाँच सय पच्पन्न पल्ट तमाँइका पाउदासी कुदाउदारी राउलबा¥या छेओइती ठक्रक्कै पु¥याल्या हेर्नोई । यिनी बड्डा रोसिला, जोसिला र होसिला अरु कुराकानीहरू सुन्ने रर मानी क्यार्ने ? दोबाटाले गिरीप्रसाद बुढालाई बागबजारपाई र मलाई स्यारीगाउँतर्र्फ डो¥याल्त्या । समाप्त