भीम बुढाथोकी
कुनै पनि सार्वभौम मूलुकको संप्रभूता शक्ति (sovereignty power) त्यस देशको जन निर्वाचित प्रतिनिधि मार्फत राज्यले शासन गर्ने अधिकार ( authority of a state to govern) हुन्छ । राज्यको सर्वोपरी शक्ति नै संप्रभूता (sovereingty) हो । देशको राज्य व्यवस्थाको जगमा रास्ट्र,राष्ट्रियता, अखण्डता, स्वाधीनता महत्वपूर्ण अवयबहरु हुन् । यि आयामहरुको धराताललाई सब्बल तथा बलियोबनाउने नीति भनेको राजनीति हो ।
राजनीति दर्शनले देशमा कस्तो खालको राज्य व्यवस्था रशासकिय स्वरुप खडा गर्ने कÞुरा प्राथमिकतामा राख्दछ । हिजो रूसों, जÞोन ला‘क,एरिस्टोटल,डिवे आदिसमाज शास्त्रीहरुले तत्कालीन समाज बनोटको गहिरो अध्ययनमा पनि आ–आफ्नो तर्क तथाविवेकमा राज्यको परिकल्पना सम्म गरेका थिए । आजको एक्काईसौं शताप्दीको दुई दशक सम्मआई पुग्दा विभिन्न विचारहरुको प्राथमिकतामा बहूदलिय शासन व्यवस्थापकीय प्रणालीमा आधारित लोकतान्त्रिक पद्दतिलाई अबलम्बन गर्ने शासन व्यवस्था रुचाईएको छ । अहिले सम्म विश्वस्तरमा राज्य व्यवस्थाका विभिन्न मोडेलहरु लागु गरिएको भए पनि अधिकाँस मूलुकहरूले दलिय लोकतान्त्रिक प्रणालीलाई अवलम्बन गरेको देखिन्छ ।
हाम्रो देशको प्राग् ऐतिहासिक कालमा मन्जÞुश्रीको इतिहासकाल देखि आधुनिक काल सम्म शासनव्यवस्थाका विभिन्न शासकीय प्रणालीहरु प्रशस्त भेंटाउन सकिन्छ । कुनै बेला प्रकृतिको साभानफाँटमा कन्दमूल तथा फलफूलको खोजीको निर्भरताको जीन्दगीमा महिसपाल तथा गोपालपालहरुघुमन्ते तथा फिरन्ते हुदै पछि पशुपालन तथा कृषिकालीन यूगको चरणमा प्रवेश गरेको इतिहास थियो । त्यस पछिको इतिहासमा आभिर वंशीहरुले आफ्नो जीवनलाई सरल र सहज बनाउदै अगाडÞिबढ़े । तत्कालीन राज्य व्यवस्थामा पहिलो राजाको रुपमा एलम्बरको नाम इतिहासमा दर्ज छ भन े१४औं राजा स्थूँग र अन्तिम तथा २९औं राजा गस्तिको कÞुरा समेत वंशावलीमा उल्लेख गरिएको छ । त्यसै गरी लिच्छवीकालमा मानदेव तथा अंशुवर्मा जस्ता राजा महाराजाहरुले आफूलाई ठूला सर्वेसर्वाको उपाधि सामन्त तथा महासामन्तको पदवी ग्रहण गÞरे । पछि गएर उक्त पदवी शोषण तथा उत्पीड़न शब्दमा रूपान्तरण हुन पुग्यो । यस काललाई स्वर्णिम काल पनि भनेर चिनिन्छ । त्यस पछिकुस्ती खेलकोअभ्यासमा चल्ल हुदै मल्लकालिन इतिहासको पादूर्भाव हुन गयो । राजा प्रताप मल्लकोनाम अग्रणी इतिहासमा पनि छ । जयस्थिति मल्लले सामाजिक सांस्कृतिक तथा आर्थिक क्षेत्रमा केहि व्यवस्थापकीय सुधार गÞरे । त्यसै गरी सबैले खाए पछि खाना खाने राजा महेन्द्र मल्लको महिमागाएको इतिहास पनि छ । मल्लकाल आफैमा एउटा भव्य शालिन कला संस्कृतिको विकासको यूगमानिन्छ । यद्दपि यो कालमा राज्य विस्तारको लागि आपसी द्वन्द, तनाव र मारकाटको गÞैर राजनीतिक चरित्र मात्र थियो । खÞास गरी स–साना बाइसे चौविसे राज्य,खस राज्य,सेन राज्य आदिको कÞुरा गÞर्दाथुप्रै मल्ल,सेन तथा खस राजाहरुको विचित्रको इतिहास छ।यस कालमा राज्यको प्रलय र विलयकोकÞुरा थियो ।
मल्लकालीन राजाहरुको आपसी शित युद्दको राम्रो ख्याल गरेका राजा पृथ्वीनारायण शाह अत्यन्तैदूरदर्शी तथा चतुर राजनीतिज्ञ थिए । त्यसकारण भक्तपुरका राजा वीरनरसिंह मल्लका छोरा रणजितमल्ल संग मित लगाएका थिए भने अर्का राजा जय प्रकास मल्लसंगको कुटनैतिक सम्बन्धले पनिमल्ल राजाहरुको भित्री तथा बाहिरी शक्तिको आँकलन गरी गोरखा राज्यको विस्तार गर्न पृथ्वीनारायण शाहलाई राम्रो ज्ञान भयो । अन्ततः यिनको चलाखी तथा चातुर्यताको कुटनीतिक दर्शनमाआफना बलिया लड़ाकु दस्ताका साहसले काठमान्डौ उपत्यका हुदै पूर्व पश्चिम सम्म पुगेर विशालआधुनिक नेपालको विस्तार गर्न सफल रहे । यिनका छोरा बहादुर शाहले पूर्वमा टिस्टा काँकड़ा हुदैपश्चिममा कुमाऊँ गढ़वाल सम्मको विशाल नेपालको विस्तार गÞरेका थिए । त्यसै गरी नेपालकोसार्वभौम सताका लागि अमरसिंह थापा,भक्ति थापा,भीमसेन थापा जस्ता वीरहरुले देश र जनताकोलागि असाध्य ठूलो वलिदानी दिएर नेपाललाई विश्वमा चिनाएका थिए। राजा राजेंद्र बहादुर शाहकोराज्य रोहणमा महारानीहरु विचको टकराव र कलहका कारण विभिन्न कोत पर्व तथा भण्डारखालपर्वहरु हुन गए । इतिहासको यो डर लग्दो गर्भबाट विसं १९०३ मा जंगबहादुर राणा शक्तिमा आए।राजाको अकर्मन्यता र रानीहरुको बोलाबोल नै राणाहरुको उदयको एउटा अवसर मिल्यो । १०४ वर्षसम्म राणा परिवारको जहानिया निरंकुस तन्त्र भित्र राजाहरु भूमिका विहीन हुन गए भने जनताकासम्पूर्ण मौलिक हकÞहरु खोसिन्न पुगे।अन्तत; राणा शासनको अध्यारो निरंकुश सुरंगी शासन कÞायम रहन पुग्यो ।
विभिन्न दाउपेचको राजनीतिमा राणा शासन लामो समय सम्म कÞायम रहन गए पनि राणाहरुमै मन्त्रीहुने रोलक्रमको अन्योलतामा आफूमै टूटफूट र विभाजित हुन पुग्यो । राणाहरुको शासन शैलीबाट उकुसमुकुसले आजित भएका जनता र खोपि भित्रको कुज्जिएको उराठ लाग्दो वातावरणबाट राजालाई बाहिर आउन राणाहरूको चरम दबदवा र स्वयं राणाहरु बिच खिचातानी नै प्रतित्पादकबन्यो । प्रजातन्त्र प्रेमी राजा त्रिभूवन र जनताको मन,मुटु र रगतको ढुकढुकीका धर्म भक्त माथेमाविचको निकटता थियो । यसकारण राजाको सहयोग र जनताको सशक्त क्रियाशिलतामा प्रजातन्त्रका लागि लड्दा लड्दै राणाहरुबाट चार शहिदको शाहदत हुन पुग्यो । भारतको सद्भभाव रसहयोगले समेत दिल्ली सम्झौताबाट नेपालमा वि.सं.२००७ सालमा प्रजातन्त्रको स्थापना भयो । यद्दपी दिल्ली सम्झौता धोका हो भनेर डा. के.आई.सिंहले फरक मत दर्ज गरेका थिए । यस खालको त्रिपक्षिय सम्झौताले केहि न केहि रुपमा प्रजातन्त्रको जग भने खडा गर्न सफल रह्यो । विचारको हिसाबमा नेपालमा कम्यूनिस्ट र काँग्रेस पार्टीहरुको जन्म भईसकेको अवस्था थियो । यस घडिमाकेहि मत मतान्तर रहि रहदा व्यक्ति पिच्छेको छोटो फेरबदलको राजनीति अस्थिरता भने कÞायम रहीरह्यो । वि.सं २०१५ सालको आम चुनावमा नेपाली काँग्रेसले भारी बहुमत ल्याउन सफल रहे पनिअस्थिर राजनीतिले सहि बाटो लिन सकेन । अन्ततः राणाहरूकै हाराहारीमा पुगेर वि.सं. २०१७ सालमाराजा महेन्द्रले दल माथि पूर्ण प्रतिबन्ध लगाएर ३० वर्ष सम्म निरंकुश शाहीकालीन दलविहिनपंचायती व्यवस्थाको शुत्रपात गरी प्रजातन्त्रको घाँटी निमोठन पुगे ।
राजा महेन्द्रको यस खालको निरंकुश प्रतिगमन कदम प्रति जनताको पिडाको आक्रोसपुनःवलिदानीपूर्ण राजनीतिमा धकेंलिन पुग्यो । निरंकुश पंचायती व्यवस्था विरुद्द भएको झापाविद्रोह, पिस्कर काण्ड, सुखानी काण्डहरु लगाएत देशमा अरु थुप्रै ठाउहरुमा भएका आन्दोलनमा सर्वसाधारण जनताको फÞौजी रूपका विभत्स हत्याका श्रेंखलाहरु भए।यो अत्यन्तै अमानविय क्रन्दनहत्या थियो । यस खालको ज्याजतिको पराकास्टाले चरम रूप लिए पछि विभिन्न राजनीतिक दलहरुआ–आफ्नो ठाउबाट वि.सं.२०४६ सालमा जन आन्दोलनको नेतृत्व गरेर अगाडि बढनु पर्ने बाध्यताआई लाग्यो । अन्ततः राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको ठूलो सहयोग र सद्भभावमा जनताको असाध्यठूलो त्याग,समर्पण र रगतको वलिदानीले नेपालमा प्रजातन्त्रको पूनर्वहाली भयो । यसरी जनताकोसहासिक रक्तिमपूर्ण बलिदानीले संवैधानिक राजतन्त्रात्मक बहूदलिय व्यवस्था ल्याउन सफल भयो।यसै विच वि.सं.२०५२ सालमा संविधान सभाको माग लगाएत अन्य जन जिवीकाका सवाललाईलिएर माओवादी पार्टीले सशस्त्र जन युद्द जारी राख्यो । जन विद्रोहको युद्द दबाउन तत्कालीन सरकारले व्यापक रुपमा रोमियो, कम्बिंगअप्रेशन लगाएत अरु थुप्रै कारवाहीहरु संचालन गर्यो । यहिविचमा वि.सं.२०५८ जेठमा अकल्पनीय रुपले राजा वीरेन्द्रको वंशनाश हुने गरी नारायणीहिटी दरवारहत्याकाण्ड समेत हुन गयो । तत्पश्चात वि.सं.२०६१ माघमा राजा ज्ञानेन्द्रले राजनीतिक दलमा मुख्यनेताहरुलाई नजर बन्द गरी कार्यकारी अधिकार आफूमा निहित राखे । राजा ज्ञानेन्द्रको यो कदमबाटराजनीतिक दलहरु आक्रोसित हुदै सात राजनीतिक पार्टी र नेकपा(माओवादी)विच राजाको कदमविरुद्ध शान्तिपूर्ण जन आन्दोलनमा जान दिल्लीमा १२ बुंदे सम्झौता हुन गयो । तदनुरूप वि.सं.२०६२चैत्र २४ देखि दोस्रो जन आन्दोलनको वृहत सडक प्रदर्शनले राजतन्त्रलाई घुडा टेक्न वाध्य बनायो।यसरी लोकतन्त्रको पुनःस्थापना पछि वि,सं.२०६३ साल वैशाखमा प्रतिनिधि सभाको वैठक बस्यो।यहि जगमा वि.सं.२०६३ मा राजनीतिक सहमतिको दस्तावेजका रुपमा नेपालको अन्तरिम संविधानजारी भयो । वि.सं.२०६४ सालको संविधान सभाको चुनावमा नेकपा(माओवादी) ले धेरै सिट प्राप्तगर्यो। वि.सं.२०६५ साल जेठ १५ गते बसेको संविधान सभाले नेपाललाई गणतन्त्रात्मक राज्यघोषणा गर्यो । वि.सं.२०७० मांसिरमा दोस्रो संविधान सभाको चुनावमा नेपाली काँग्रेसले धेरै सिट प्राप्तगर्यो । राजनीति दलहरुको सुझबुझ र एकतामा वि.सं.२०७२ असोज ३ गते नेपाललाई संघियलोकतान्त्रिक गणतन्त्रात्मक राज्यको संविधान जारी हुन पुग्यो।यद्दपी संविधानमा तराई मधेशकामुद्दाहरुलाई समेटन नसकेको भनेर अझै पनि तराई मधेश केन्द्रित दलहरु संविधान संशोधनको पक्षमाछन ।
वि.स. २०७४ को आम निर्वाचानमा नेकपा ( एमाले) र नेकपा( माओवादी) विच चुनावी गठबन्धन हुदासंसदमा करीव २÷३ को नजिक पुगेर दुई पार्टी विचको एकताबाट नेपाल कम्यूनिस्ट पार्टीको गठन हुनपुग्यो।वर्तमान संविधानमा केहि महत्वपूर्ण प्रावधान छकि दुई वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउनपाईदैन । जव दुई वर्ष पुग्यो तव वर्तमान सरकार आफैमा टूटफूटको राजनीतिक संस्कारमा होमियो । उसो त पहिले देखि नै भूसको आगो झै आशंकाका विमतिहहरु सलबलाउदै आएका थिए । विश्वव्यापी रुपमा फÞैलिएको कोरोना भाईरसको महामारी विच ११ चैत,२०७६ सालमा देश पूर्ण रुपमा बन्दाबन्दी हुन गयो । मानिसका दैनिकी जीवन यापनका क्रियाकलापहरु प्रभावित हुदासर्वत्र क्षेत्रमा गम्भिर असर पर्न गयो। यसै विच प्रतिनिधि सभाको अन्त्य गर्नुका साथै संवैधानिक परिषदमा हेरफेरका र राजनीतिक दल फूटाउने अध्यादेशहरु समेत आउन थाले। यस विच सांसद अपहरण तथा किंनवेचको मोलमोलाईको गुन्जायस पनि सुनियो भने अर्कोंतिरदेशमा भ्रस्टाचार, कमिसन, घुसखोरी, अनियमितता,औषधी खरिद प्रकरणमा घोटला, प्रिंटिंग मेशिन खरिद, ओमनी तथा यति प्रकरण लगाएर अन्य अपराधजन्य कुराहरु बढ़ी चर्चित बनेर आफै बालुवाकोपानी झै पत्तालिएर हराए । सत्ताधारी पक्षहरु सत्ता र शक्तिमा रहेर पद र कुर्सीको मोहको जुहारीकायमै रहेको छ भने प्रतिपक्षको पनि त्यति बलियो प्रभावकारी भूमिका हुन सकेन । यस विच जनतामूकदर्शक बन्नु बाहेक अरु केहि हुन सकेन । गरिब दुखी जनताका आशा अपेक्षाहरु घुमिरहेकोजाँतोमा पिस्सिएका छन् । जनताहरु कÞोरोना कÞहरमा जिउ ज्यानको बाजÞी थापेर निरीह बाँचिरहनुपरेको छ ।
सार्वभौम मूलुकमा शक्ति पृथकीकरणको सन्तुलित सिद्धान्तको सर्वोच्व अंगमा स्थापित व्यस्थापिका संसद प्रतिनिधि सभालाई गत वर्ष पौष ५,२०७७ सालमा विगतमा राणा र राजाहरुले गÞैर कÞानूनीतरीकाले सत्ता कू’ गÞरे झै वर्तमान सरकारले संसद विघटन गर्नु संविधानतः असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम थियो । एक्काईसौं शताप्दीको चेतनाकोयूगौकारी विज्ञान र प्रविधिको यूगमा यो निकृष्ट कदम आदिम तथा पाशान यूगको चरित्र भने पनि हुन्छ । खासगरी यो कदम सार्वभौम जनताको रगतले लेखिएको लोकतन्त्रको अपहरण नै मान्नु पर्दछ । सार्वभौम जनता कहिल्यै पनि हारेको इतिहास छैन,वरू प्रतिगमनको विरुद्द अर्कों विशाल शक्तिआर्जेर गन्तव्यमा पुगेको स्वर्णिम इतिहास साक्षी छ । आखिर सम्मानित सर्वोच्व अदालतलेलोकतन्त्रलाई जनताको माझमा पूनरस्थापित गराएर सार्वभौम मूलुकलाई प्रतिगमनबाट बचायो।त्यसैले “न्याय नपाय गोरखा जानु “भन्ने राम शाहको उक्तिमा सर्वोच्व अदालतको यो सहि न्यायथियो।
आज फेरी नितान्त नयाँ भेरियन्ट प्रजातिको कोरोना भाईरसको महामारीले जन जीवन झन पछि अर्कोंसमस्या थपिदै छ । मानिसको दिनानु दिन मृत्यु दर बढिरहेको छ । ठूल्ठूला शहर बजार देखि गाऊघरसम्म कोरोना भाईरस महामारी सिघ्र रुपमा फैलिदैछ। अस्पतालका बेडहरु पाउन नसकिने अवस्था छ । त्यसै गरी अक्सिजिन ,सिलिण्डर र भेन्टिलेटरको समेत अभाव खड्किएको छ । मानिसको जीवन बचाउन स्वास्थ्यकर्मीहरुलाई हम्मे हम्मे परेको छ । कतिबेला कसलाई के हुने हो! जीवन अस्त व्यस्तहुने संभावना छ । भारतमा असाध्य ठूलो संख्यामा कोरोना संक्रमण फÞैलिएर दिनहू हजारौको मृत्युभैरहेको छ । हाम्रा सीमा नाकाहरूबाट दिनहू मानिसको लर्को लागिरहदा हाम्रो ध्यान त्यहाँ पुग्नेकिनपुग्ने ? उनिहरुको जीवन रक्षार्थ राज्यको कदम के हुने ? कवारेन्टाईन तथा आइसोलेशन कक्ष कतिनिर्माण गर्ने ? अस्पतालहरुको स्तर उन्नति कति बढाउने ? परीक्षणको दायरा कसरी बढ़ाउने ? कन्ट्र्याकट्रेशनलाई कसरी प्रभाकारी बनाउने ? स्वयंसेवकहरु कसरी परिचालन गर्ने ? शिक्षा क्षेत्रलाईकसरी सहजिकरण गराउने ? आर्थिक तथा सामाजिक गतिविधिलाई कसरी कार्यमूलक बनाउने ? यिसबै विषय भनेको तत्कालका मुख्य साझा सवाल हुन्।यस तर्फ सरकार गम्भिर हुन सकेन भने निकट भविस्यमा देशले ठूलो चुनौतीको सामना गर्नु पर्ने छ । यसर्थ राज्य बेखबर हुनु हुदैन ।
वास्तबमा यहाँ के देखिन्छ भने देशमा जतिबेला आपसी असमझदारी, अस्थिरता, संकट, विपत्ति आईलाग्छ त्यति नै खेर सरकार सत्ता र शक्तिको चरम दूरूपयोग गरेको देखिन्छ । हिजो मध्यकÞालीन यूगदेखि राणा,राजाहरुले तत्कालीन समाजको शिक्षा, चेतना, आर्थिक तथा सामाजिक अवस्था, भौगोलिक अवस्थिति, जन संख्या, संगठन तथा दलहरु विचको असमझदारी, लड़ाई, धार्मिकसंगठन, प्राकृतिक विपत्ति, संकट आदिको विश्लेषण गरी आफू निहित सत्ता र शक्तिको प्रयोग गरेकोदेखिन्छ । आज पनि हाम्रो देशमा इंतिहासकै त्यहि चक्र दोहरिन आएको छ । “काम कुरोएकातिर, कुम्लो बोकी ठिमीतिर “भने झै कोरोना कहरको यस दुःखद घड़ीमा सरकार सत्ता रशक्तिको खेलमा सत्ता जोगाउन अनेक तिकड़म भईरहेको छ। जनताको जनादेश प्राप्त बहूमतकोसरकारको यो लाचारीपन भन्दा अरु के हुन सक्छ र ! देशमा व्यवस्था फेरिए पनि जनताको अवस्थाफेरिएन भने त्यो कहाँको लोकतन्त्र हुन सक्दछ । मनमा शान्तिको रामनाम जपतप भजन गरेरव्यवहारमा देखा पर्देन भने ओठे भजनको के काम ! यसर्थ राज्य आज जनताको घर दैलो र आँगनमाहोईन ,दुःखमा होईन । मात्र सत्ता जालमा नौटंकी देखाउदैछ । अहिले केन्द्र देखि प्रदेश सम्म सत्ता रशक्तिको विकृत रूप देखा परिरहेको छ । हाम्रा जन प्रतिनिधिहरु स्वार्थको राजनीतिमा क्षण भरमै यतार उताको शक्तिमा आउने जाने या दल बदल्ने आनीबानी हुन पुग्यो । यसले कसरी लोकतन्त्रलाईसंस्थागत गरेर अगाडि लैजान सक्छ ! हाम्रो लोकतन्त्र कागजको डुंगा जस्तो भयो।लोकतन्त्रकोधज्जी उड़ाउने कामतिर हाम्रा विचारहरुमा रून लाग्यो।हामी आफैले बनाएको संविधानको घेराबाटबाहिर जाँदैछौ । जन निर्वाचित सांसद तथा मन्त्रीहरुको पद खरीद विक्रीले सत्ता समिकरणमा असाध्यठूलो मूल्य हुन पुगेको छ । जनमतको अवमूल्यन गरिदैछ। यो भन्दा ठूलो अपराध के हुन सक्छ र ! जनताको अभिमतलाई दर्शन या विचारमा होईनकी पैसाले पद र सत्ता कतिन्जेल सम्म टिकीरहनेहो,त्यो प्राथमिकतामा राखेको देखिन्छ । आगामी दिनमा के हुन्छ,हेर्न बाँकी छ ।
हाम्रो व्यवस्थाले सबै जनताको सुख दुःखमा परिवर्तन तथा रूपान्तरणको बाटोलाई चौडा बनाउन उद्दतहुनु पर्ने हो । विडम्पना भन्नु पर्दछ कि राजनीति वृतमा आस्था र निष्ठाको संग्लो सत्य विचारले ठाउलिन सकेको छैन । नेपालको वर्तमान तरलिकृत राजनीति हिजोको निरंकुश राणा तथा शाही कालिन सत्ता र शक्ति झै पूनरावृत्ति हुदै गएको छ । प्रजातन्त्र आएको आज सात दशक हुदा पनि हाम्राविचारमा उहि जड़ले थम्माएर राखि राख्दछ भने के को परिवर्तनको कÞुरा? सार्वभौम जनताको अभिमतलाई बल मिचाई पूर्वक प्रतिगमन कदमलाई व्यक्तिको स्वेच्छाचारी रौनकता र सनकले बढार्नकोशिस गरिन्छ भने अब त्यसको विकल्पमा शासकिय स्वरूपमा परिवर्तन गरी देशलाई अगाडÞिबढ़ाउन जरुरी छ । त्यो भनेको प्रत्यक्ष जननिर्वाचित कार्यकारी रास्ट्रपतिय प्रणाली नै हो। हाम्रो संविधानमा जन अभिमत विपरीत कार्य गरिएको खण्डमा कार्यकारी पदिय आचरण समेत भएन भनेजनताबाटै प्रत्यावहन रिकलको व्यवस्था गरिनु पर्दछ । त्यसै गरी पूर्ण समानुपातिक निर्वाचनप्रणालीलाई अबलम्बन गर्नु पर्दछ ताकी जसले गर्दा अहिले जस्तो खर्चिलो निर्वाचन प्रणालीको अन्तहुनेछ । यसका साथै मत अस्वीकार (vote to reject or no vote) को समेत व्यवस्था गरिनु पर्दछ । यसले गर्दा वर्तमान शासन प्रणालीमा देखा परेको जन प्रतिनिधिहरुको खÞरीद विक्रीको बोला बोलकोअवस्था रहने छैन । आर्थिक रुपले देशले बढी व्यय भार व्यहोर्नु पर्दैन भने सबैमा मितव्ययिताको आचरणको विकास हुनेछ । राज्यका हरेक अंग तथा निकायहरुमा समावेशी,समानुपतिक प्रतिनिधित्वर सहभगिताको अवसर समान रूपमा हुने प्रणालीले अपनत्वको विकास गराउदछ । अहिलेको जस्तोप्रतिनिधिमूलक लोकतन्त्र (Representative democracy) होईनकी प्रत्यक्ष लोकतन्त्र (Direct democracy) मार्फÞत हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित हुनेछ । अहिले देशमा देखिने सबैखालका चरम भ्रस्टाचार तथा अपराधलाई निवारण तथा रोक्दै पूर्ण रुपमा निर्मूलिकरण गर्न जनलोकपालको व्यवस्था गरिनु पर्दछ । त्यो जनलोकपालको व्यवस्था भनेको स्थानीय तह देखि केन्द्रसम्म जनलोकपाल बिभाग खडा गरी सम्बन्धित विषय विज्ञको वौद्दिक समिति बनाएर न्याय निरुपनगर्ने बलियो संयन्त्र बनाउन अपरिहार्य छ ।
यस्तो खालको संयन्त्रको विकास गर्न सकियो भनेसुशासनको प्रत्याभूति हुन सक्दछ । सुशासनले समाजमा सामाजिकीकरणको मैत्री भावमा विकासगराउदछ । मानिसमा एक खालको नैतिक तथा चरित्रवान बनाएर जीवनका यावत क्रियाकलापहरुमामानिस सदाचारी बन्न प्रेरित गर्दछ । यसर्थ शासकीय स्वरूपलाई हाम्रो प्रत्यक्ष जीवन र जगत संगगाँसेर अगाडि बढ़ने साहसमा हाम्रा सबै तन,मन र विचारहरुलाई एकीकृत गर्दै सुन्दर देश बनाउने बाचार कर्मले देश र दुनियालाई बदल्ने एक मात्र शुत्र अबको राजनीतिक निकास भनेको शासकिय व्यवस्थामा परिवर्तन हो । यो हाम्रै पालाको सपना हो। यसको लागि नितान्त नयाँ सोच,विचार, दर्शन रव्यवहारमा परिवर्तन गर्न जरुरी छ । हामी सबैले इतिहासका राम्रा पक्षलाई मार्ग दर्शक र खरावपक्षलाई गहिरो समीक्षा गर्दै आगाडि बढ़नु समयको माग र आवश्यकता हो ।