एक्कबहादुर केसी
आफ्नो आमा भनाउदी बुदी द्धारा गरिएका क्रियाकलापको रहस्यमय गाँठि कुरो फुबु भविसराले आज मात्र उजागर बनाईन । शिबुले मनमनले त्यसरी यहसास् ग¥यो । विभिन्न जघन्य अपराधहरु न केवल ठुला शहरबजारमा मात्र हुन्छन, दुरदराजमा समेत हुने गर्दा रहेछन । मेरी फुबु मेरो निम्ति शाश्वात भगवान नै हुन जसले मलाई संसारको रंग मञ्च देखाउनका निम्ति यहाँसम्म जियाइन । सौतेनी आमाले दिएको दुखकष्ट देखेर आफु संगै राखिन र आफ्नै छोराछोरी बरावर माया दिएर हुकाईन । वास्तवमा बुदि मेरी आमा होईन, आमा भएपनि अभिभावक भएपनि मेरो फुबु नै मेरो निम्ति समथोक हुन ।
यसरी शिबु जान्ने बुभ्ने भैसकेपछि उसले अर्को कुरो के सोच्यो त भने अब म आफ्नै खुट्का भरमा उभिनुपर्ने हुन्छ । कति दिन फुबुको परिवारसंगै टाँसिएर रहिराखु ! किनकी मैले पनि त आफ्नो जीवनमा आफ्नो घरगृस्थीको आधार बनाउनु पर्छ । नीति शास्त्रले पनि भन्दछ की हरेक मान्छेले आफ्नो यौवनकालमा सन्तती र सम्पतीको जोह गर्नु पर्छ । जो कुरा बुढेसकालको निम्ति सहारा बन्दछ ।
एक दिन शिबुले भविसरालाई भन्यो,
शिबु ः– फुबु अब म उमेरले जताफालेपनि खुट्टा टेक्ने भैसके अब मैले आफ्नो नीम्ति दुलो सोझ्याउने बलिबुतो गर्न तीर लाग्छु ।
भविसरा ः– के गर्छस त ? कुरो त ठिकै पनि भनिस, यस्तो सहास राख्नु पनि ठुलो कुरा हो । फेरी यति भन्दैमा यो नसोच की फुबु त म देखि आत्तिएकी पो रहिछिन, चाँडै परिवार देखि घटोस त्यो होईन । किनत भने हरेक सांग मान्छे बैशाखी टेकेको सुहाउदैन । बिकलांगले मात्र बैशाखी टेकेको सुहाउछ । त्यसैले कमाउने उमेरको भैसकेको छस, गर केहि खाने बाटो, र देखा जोरीपारीका निम्ति कुनै तरक्की ।
शिबु ः प्रदेश नखाएको छोरो काचो हुन्छ भन्छन, त्यसैले बिदेश तिर लाग्छु ।
भविसरा ः त्यो किन गर्छस र ? आफ्नो भाग अंश बाबुबाट बुझेर लैजा, अनी त्यसैमा पौरख गरेर खाने काम गर ।
शिबु ः अंश जाने कहाँ थियो र ? ‘भाईभाई भागबस, बैरी भए बथानबस’ भन्ने गर्दछन । ढिलोचाँडो त्यो लिई हालुला तर अहिले मेरो निर्णय मुग्लातीर छिर्ने रहेको छ ।
भविसरा ः ठिकै छ आफ्नो ख्याल आफै राख ।
चौतारा गाउँ छोडि शिबु कुनै दिन मुग्लानतीर छि¥यो । उ संग अदम्य सहास थियो, र थियो साँच्ची भन्नुपर्दा इमान्दारीता र विश्वाससिलो चरित्र जो हिरामोती अमुल्य धातु भन्दा झन अमुल्य हुन्छ, त्यसैले त मुग्लान पसेर शिबुले जहाँ टेक्थ्यो अब्बल भेट्दथ्यो र त्यसमा दिगोज्यान दिएर लाग्दथ्यो । यसरी शिबु मुग्लानमा करिब ५÷६ बर्ष नै बेतित ग¥यो र मनग्य पैसा कमाएर घर चौतारा फर्कियो । आँखिर रुख चढेको मान्छे भईमै झर्छ, प्रदेश गएको मान्छे घरमा नै फर्किन्छ ।
खलंगामा एकदिन शिबु र भलाक्चा पाछिबांगकी सुभद्रा पुन यी दुई युृगल जोडि बिच चार आँखा जुधे । त्यो संयोग कुनै अनौठो मान्नुपर्ने कुरो होईन, यो मानेमा की शिबु पनि यतिबेला २५÷२६ बर्ष उमेरको लक्का जावन थियो । त्यस्तै सुभद्रा पनि १८ कि तरुणी युवती भन्नुपर्दा कस्ता हुन्छिन त भने तरुणो केटो हेन्सम हुन चाहिन्छ । छाती चौडो, मोटोघाटो, ठुल्ठुला पौजा भएको, कम्मर रुखको फेदजस्तो उमालो पार्दा पनि भेट्न नसक्ने शरिरको रंग गोरो, अनी बुलबुल कपाल, काक्रिबिया लंग मिलेका दात, जे होस शरिरको बान्कीलो डाँडबाड भयो भने उनीहरुको आँखा प्राय त्यस्ता पुरुषमा टासिन पुगि हाल्दछ । चाहे त्यो गरिब घरको होस चाहे बिद्या लपढेको होस, चाहे आफ्नो जातभात मिल्दो नहोस, जुन माथी उल्लेखित बान्किलोपन शिबुमा बिद्यमान पाईन्थ्यो । सुभद्रालाई शिबुले हाँसेर भन्यो ।
शिबु ः कताकता देखेजस्तो पनि लाग्छ, कता कता घुले बिर्से झै पनि भयो ।
सुभद्रा ः मलाई पनि त्यस्तै त्यस्तै लाग्यो ।
शिबु ः मान्छे भेटियो भने मेल, कुकुर भेटियो भने कल भनेजस्तो घर सोध्दा के बिग्रियो र ? सुभद्रा ः भलाक्चा पाछिबांग । अनी हजुरको नी ?
शिबु ः साँखको चौतारागाउँ ।
सुभद्रा ः खोईत कतै मेलाजात्रा तीर भेट भयौं होला ।
शिबु ः अ…..त्यस्तै हुनुपर्छ, म पनि भेरै बर्ष मुग्दान बसी भर्खर फर्केको हो ।
सुभद्रा ः के जात ?
शिबु ः कुँवरको छोरो हुँ ।
सुभद्रा ः (स्वीकारोक्ति झल्कनेगरि टाउको हल्लाउदै) हो । भर्खर कालीपार देखि फर्कनु भएको रैछ, कालीपारे भाग चाख्न पाए हुथ्यो ।
शिबु ः जाउ त नी कतै होटलमा छिरउ, कहिले काँहि बेला बखतमा त हो । दुई चार रुपैयाँ खर्च गर्न म पनि कुनै कन्जुस्याई गर्दैन ।
अलीछिनपछि
सुभद्रा ः दुबैलाई घर पुग्न केहि समय हिडनै पर्छ त्यसैले आआफ्नो गाउँ जाने बाटो लागौं साँझ पनि पर्न लागिसक्यो ।
शिबु ः ठिकै छ एक झुल्को भेटले कतै सताउने पो हो की !
सुभद्रा ः सम्झना नलिए सताउन्न ।
शिबु ः छोटो समयमको भेटले सम्झना त झन गाँढा पो हुन्छ ।
सुभद्रा ः मिलन र बिछोड दैवले जुराउने कुरा प¥यो ।
शिबु ः चाहाना भए त दैवकै किन भर पर्नु पर्ला र ?
सुभद्रा ः धेरै टाढाको कुरा होईन मौका सञ्जोकमा फेरी पनि भेटहुन सक्छ ।
यति संबाद भैसकेपछि यी दुई जोडि आआफ्ना गाउँ जाने बाटोतिर लागे । पहिलो पहिलो भेट रोचक नै हुने गर्दछ । बाँकी अर्को अंकमा ।