भीमबहादुर बुढाथोकी
अहिले देश संघिय लोकतान्त्रिक गणतन्त्रत्मक राज्य प्रणालीमा छ । हरेक मूलुकको विकासको गति त्यस देशको शिक्षा नीति कस्तो खालको छ त्यसमा निर्भर गर्दछ । कुनै पनिदेशको भूगोल, हावापानी, सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था र अन्तराष्ट्रिय परिवेशमा आएको नविनतम प्रवर्नात्मक जस्ता कुराले मानिसको चेतना स्तरमा प्रभाव पार्दछ ।
त्यसकारण शिक्षा नीति सबलहुन सक्यो भने साधारण मानिसमा पनि सकारात्मक सोच्ने चेतनाको विकासले देशको विकासको गतिमा राम्रो प्रभाव पार्न सक्दछ । अहिले सम्म वि.स.२०२८ सालको रा.शि.प.यो.लाई आधारबनाएर करीब करीब ५ दशक हुदाँ सम्म पनि उहि पुरानो शिक्षा ऐन नियमावलीमा टेकेर शिक्षाका गतिविधिहरु सञ्चालन गर्दै आईरहेको अवस्था छ । अहिले सम्म सामान्य परिवर्तन वा संसोधनबाहेक अरु गर्न सकिएको छैन । अर्कोतिर स्थानीय तहले बनाएको शिक्षा ऐन नियमहरु केन्द्र बिच बाझिएको छ । उसो त अहिले राशिपयोलाई लागू गर्न सान्दर्भिक नभएको विल्कुल भन्न खोजिएको होईन । केही असाध्यै राम्रा नीति पनि छन जुन पछाडि पनि अक्षरस लिपिबद्ध पनि हुनेछन । तर समय परिवर्तन भएको छ । समयलाई बुझ्न सक्नु नै महान हुन्छ । अहिले सबै नागरिकहरुको सोचाई र काम गराईमा परिवर्तन आवश्यक ठानिरहेका छन् । हरेक ५ वर्षमा पाठ्यक्रममा सामान्य परिमार्जन हुन्छ र १० वर्षमा व्यापक परिवर्तनको गरिनु पर्दछ । तर पनि मानिसको जीवन यापन गर्ने सीपयूक्त उद्धमशिलताको विकासमा सिर्जनशिलताको विकास हुन सकिरहेको छैन । यो धर्तिमासबै संसार छ,सबै चिज फल्छ,मलिलो माटो छ,परिश्रमी हात छ । तर आफूलाई उदाहरणीय बन्नुपर्छ भन्ने कुरा बुझाउन, सिकाउन र गराउन आवश्यक छ । देशको जनशक्ति दिवा सपना बोकेर विदेशिनु बाहेक अरु के नै भएको छ र ! अहिले प्राविधिक तथा व्यवसायिक बिषयहरु हरेक स्थानीय तहमा पनि सञ्चालन गरिएका छन । अहिले विकसित तथा शक्तिशाली राष्ट्रहरुको विकासको गतिलाई हेर्ने हो भने उनीहरुको शिक्षा नीति असाध्य प्राथमिकतामा आधारित भएकोले असल योजनाले नै अग्रगतिमा छलाङ मारेको हो । उनीहरु राष्ट्रको कुल बजेट मध्ये शिक्षा स्वास्थ्यमा अधिक बजेट छुट्याउछ्न्। शिक्षाको पाठ्यक्रम तल्लो तह देखि माथिल्लो तह सम्म ४०% शैद्धान्तिक र ६०% प्रयोगात्मक हुन्छ । यसरी पो उनिहरुको विकास तिब्रत्तर रुपमा अगाडिबढेको छ । राज्यका हरेक क्षेत्रमा उनिहरु प्रयोगात्मक सीप तथा मेहनतलाई जोड दिईन्छ । हाम्रा असाध्य ठूला राष्ट्रिय गौरवका आयोजनाहरुको विकास निर्माणमा श्रमशक्ती बिदेशबाट भित्र्याउनु र निर्भर हुनु बाहेक अरु के नैभएको छ र ! “काम धेरै कुरा थोरै उनिहरुको शिद्धान्त छ । त्यसकारण हाम्रो शिक्षा नीति अत्यन्तै व्यवहारिक, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आवश्यक छ । त्यो सिको आफ्नो देशको सापेक्षतामा आधारित हुन आवश्यक छ । अहिलेको प्रणालीमा हिजोको जस्तै हुबहु बढी शैद्धान्तिक रुपका कक्षा वा सेसनहरु सञ्चालन गरिने गरियो । ज्यादै पट्यार लाग्दा अल्छी, भाषणमुखी, शिक्षक केन्द्रित लामो समयका कक्षाहरु भए । सिकारुहरुमा नयां सिर्जनशिलताको विकास हुन सारै गाह्रो भए ।े । जसले मानिसलाई केवल आदार्शवादी खोक्रो मात्र बनायो । धेरै कुरौटे अझै भन्दा ठकवादी कुरा धेरै काम थोरै गर्ने, सानो ठानिएको काम गर्नु हुन्न भन्ने मानसिकताको बिजारोपन भयो । तर अरुलाई गराउन वा लदाउनतिर मुखरित हुदै कुलिनवाद, सेठवाद, अहंवाद, आफन्तावाद, नातावाद, माफियावाद ,हाकिमवाद जस्ता आचारणको संस्कारमा रुपान्तरण गरायो । जसले गर्दा अन्तत्वगत्व देशमा असल संस्कार होईनकी, काममा अनियमितता, भ्रष्टाचार, कमिशन, घुसखोरी, अधिकारविहिन आदिले जरा गाड्यो । यो नै विकासको लागि वाधक या पराकाष्ठा हो । अहिले सम्म संघिय शिक्षा ऐन आउन नसक्नु विडम्पना हो । शिक्षालयहरु स्थापना गरेर सञ्चालन गर्नु मात्र ठूलो कुरा होईन । त्यसबाट गुणस्तरीय उपलब्धि वा सारमा के प्राप्त हुन सक्यो भन्ने कुरा ठूलो हुन्छ । वास्तवमा शिक्षा बैज्ञानिक, व्यवहारिक प्रविधियूक्त तथा वस्तुनिष्ट हुनुपर्दछ । देशको दिगोविकासको लागि राष्ट्रिय शिक्षा नीतिले प्रभाव पार्दछ ।
अहिले मानिसलाई छिटो छरितो सूचना सञ्चार र प्रविधि हातहातमा चाहिएको छ । देश विकासको लागि भौगोलिक तथा वातावरणीय अवस्थालाई ख्याल गरि छुट्टै शिक्षालयहरु या तालिम केन्दहरु स्थापना गर्न जरुरी छ । राम्रो शिक्षाप्रणालीले नै देश विकासको जग बलियो बनाउन मद्दत गर्दछ । वर्तमान सरकार एवं राज्यको अठोट देशको आर्थिक, सामाजिक सांस्कृतिक, शैक्षिक लागाएत अन्य क्षेत्रमा विकासका पूर्वाधारहरु बलियो रुपमा खडागरि दिगो विकासको लक्ष्य हासिल गर्ने योजनामा अगाडि बढनु पर्दछ । त्यसको लागि उपलब्ध साधन स्रोतको उचित प्रयोगका साथै संरक्षण, संवद्र्धन तथा उपयोगिताको असल नीति तथा कार्यक्रमको आवश्यक छ । साधन स्रोतको उपयोगमा मानवीय स्रोतको झनै भूमिका रहन्छ । अहिले समाजवाद उन्मुख शिक्षाको कुरा चलिरहेको छ । समाजवाद के हो ? समाजवाद सम्म पुग्ने आधारहरु के के हुन् ? समाजवादी शिक्षाको मोडेल कस्तो खालको हुने ? विध्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा लगाएत अन्य अनौपचारिक शिक्षाको लागि शिक्षा ऐन नियमावलीमा के कस्तो प्रावधान राख्ने? राम्रो दक्ष जनशक्ति कसरी उत्पादन हुन सक्छ र समुन्नत राष्ट्र बन्न सक्छ जस्ता कुराहरु प्रमुख सान्दर्भिक विषयहरु हुन् । त्यसको लागि परिकल्पना गरि केन्द्रमा विषयगत विशेषज्ञ तथा बौद्धिक समिति खडा गर्ने र अधिनस्त तह वानिकायहरुमा पनि सोही अनुसार बिषगत बौद्धिक जनशक्ति तयार गर्न जरुरी छ । अहिले देशलाई चाहिएको आर्थिक उत्पादन हो ।
पढाइ र सिकाईलाई उत्पादन संग जोड्नुपर्छ । सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र आजीवन सिकाईको अवसरलाई उत्पान संगजोडि संबृद्धि ल्याउने लक्ष्य हुनुपर्छ । मानिसको मेहनत, परिश्रम र लगानीलाई उत्पादनसंग जोडि उपभोग गर्न सकिएन भने त्यो शैद्धान्तिक कोरा शिक्षाले हामीलाई अल्छी बनाउछ । हाम्रो लगानीलाई भौगोलिक वातावरणीय अवस्था, जनसंख्या, जनशक्तिको यथोचित बितरण, औद्योगिक स्थल, उत्पादित बस्तुको बजारीकरण र अन्तराष्ट्रिय परिवेश जस्ता अवस्थाको मध्यनजर गरी खास खास पकेट क्षेत्र किटान गरि विकासका पूर्वाधारहरुको लागि गुरु योजना बनाउनु जरुरी छ । यसरी व्यवस्थापकिय पक्ष राम्रो भयो भने लक्ष्य हासिल गर्न सजिलो हुन्छ । अहिले संसार भूमण्डलीकरणको अवस्थामा छ । हामी सारा विश्व जगतको निकटतम छौ । हामीले गरेका कार्यसम्पादन एक अर्कोमा नजिकबाट असाध्यै परिचित छौ । हामी समाजवादमा पदार्पन गर्ने परिकल्पनाको लागि सोचिरहेका छौ । हामी हाम्रा आचार विचारमा परिवर्तन गरि हरेक अवयबहरुमा गुणस्तरता ल्याउन जरुरी छ । हामी विज्ञान र प्रविधिसंग साक्षत्कार भएर शिक्षाजगतमा शैक्षिक गुणस्तर कायम गरि मानवीय जीवनमा सुखी र खुसी बन्ने परिकल्पनाले सुसंस्कृत सभ्य समाजको निर्माणमा हाम्रा मस्तिष्क गतिमय हुन जरुरी छ ।
शिक्षाको विकासमा विज्ञान र प्रविधिलाई विशेष जोड दिनु पर्दछ । सूखी नेपाली र संबृद्धनेपालको मार्ग चित्र हाम्रो साझा लक्ष्य छ । दिगो विकासको लागि सहि योजना र कार्यमुखी कार्यन्वयनले मात्र देशको गति अगाडि बढ्न सक्छ । अहिले देशको मूल कानूनमै शिक्षालाई मौलिक हकको रुपमा लिईएको छ । जब सम्म शिक्षामा सहि लगानी र कार्यान्वयन हुन सक्ने वातावरण बन्न सक्दैन तब सम्म त्यसबाट अपेक्षा गरेको प्रतिफल प्राप्त गर्न सकिँदैन । शिक्षा र स्वास्थ्यमा राज्यले पूर्ण लगानी गरी सबैको पहूँचमा निःशुल्क र अनिवार्य बनाउन जरुरी हुन्छ । शिक्षा स्वास्थ जस्तो कुरामा राज्य, एकल व्यक्ति वा कुनै संघ संस्थाले जोड गरेर सकारात्मक परिवर्तन ल्याउने कुरा मुख्य हो । यसको लागि स्वंम राज्यले नै ठूलो पहलकदम लिनुपर्छ । राज्यको पहलमा गैरसरकारी संघ संस्था तथा व्यक्तिको भूमिकाको अर्थपूर्ण किटानी हुनुपर्छ । अहिलेको वर्तमान पाठ्यक्रमको स्वरुप वा ढाँचालाई बदलेर पचास पचास प्रतिशत पूर्णाकंको शैद्धान्तिक र प्रयोगात्मक स्वरुपको स्थानीय तहको विशेषतालाई समेत समेटेर प्राविधिक तथा व्यवसायिक धारलाई अगाडि बढाउनु पर्छ । अहिले विध्यालय तहको २५ प्रतिशत प्रयोगात्मकले विध्यार्थीमा कुनै पनि ज्ञान, सीप, अभ्यासका साथै प्रयोगमा आउन सकिरहेको छैन। केवल औपचारिकतामा विध्यार्थीको मार्कसिटमा सिमित छ । अहिले शैद्धान्तिक परिक्षामा सी ग्रेड प्राप्तगर्ने विध्यार्थीले प्रयोगात्मक मूल्यांकनमा प्लस ए ल्याएको तथ्यांक देखिन्छ । यसरी के सिकाई रमूल्यांकन बिच तादाम्यता मिल्न सक्यो त ? अहिले कक्षा कोठालाई प्रविधिमय र वाहिरी उत्पादनक्षेत्रलाई ब्यवसायिक औद्योगिकीकरण गर्ने नयां आयाम थप्ने हो । नयाँ नेपाल निर्माणको लागिनयां विकल्पको खोजी गरि समाजवाद उन्मुख शिक्षाको जग बसाल्नु आजको आवश्यकता हो । अहिले हामी शिक्षामा प्रविधिको प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्राप्ती गर्ने कुराको सन्दर्भ जोडिरहेका छौ । शिक्षामा प्रविधिको प्रयोग सिद्धान्त,प्रयोग र व्यवहारिक कुराको अत्यन्तै निकटतम सामिप्यता रहेको छ । किनकी शैद्दान्तिक कुराको ज्ञान नहुदा सम्म प्रयोगात्मक सीप विकासमा अभ्यासको बाटो अगाडि बढ्न गाह्रो हुन्छ र त्यो व्यवहारिक रुपमा असफल बन्न जान्छ । प्रविधिभन्नाले उपकरण वा भौतिक सामाग्री संग प्रत्यक्ष सरोकार राख्ने र त्यो संगै कार्यक्रमको रुपमा गांसिएको हुन्छ । त्यसकारण सोचाईमा सरलता देखिए पनि प्रयोगवा गराईमा जटिलता छ । यसकारण शिक्षामा प्रविधिको प्रयोगमा राम्रो यथोचित भौतिक व्यवस्थापनका साथै हाम्रो ज्ञान,सीप र क्षमताको कुरामा एकाकार गराउन सकिएन भने उपलब्धीहात पार्न सकस पर्न सक्छ । अहिले सम्म हाम्रा कक्षा कोठाको भौतिक अवस्थाको वातावरणलाई तोकिएको ल्यचmक अनुसारको मैत्रीपूर्ण बनाउनतिर उन्मुख छैनौ । हामीले थोरै पनि भौतिक संरचनानिर्माणमा नयांपन दिएनौं, गरेनौ । उहीँ पुरानो भौतिक संरचनालाई बारबेर गरेर, टालटुल पारेर आलटालको अवस्थामा राखिरहेका छौ । हामीले प्रयोग गरिरहेको कतिपय प्रविधिहरुमा कमिसनको रुन लाग्यो। ब्राण्डेड चिजले ठाउँ लिन नसक्दा गलत परिणत भोग्दै छौ, हामीलेसिकेको सीपलाई सांघुरो, अधेरो, धुलाम्मे कोठामा बालबालिकाहरुलाई अभ्यास गराउदै गराउदाक्षण भरमा हाम्रो उपकरणहरु धुलाम्मे बन्दै ह्यङ भएर काम नलाग्ने भई थोत्रा बन्न पुग्छन,जसलाईमर्मत गरेर अर्को धनराशी खर्च गर्न नसकी प्रविधी थन्किएर बेकामको हुन्छन्। यसरी हामीलेसपना देखेको गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिँदैन। हामी विचार गरौकिं हामीले पानी खानेगाग्रीमा जति आलो पानी दिनहू थपे पनि गाग्रीलाई सफा गरिएन भने हामीले पिउने पानीकोसुद्दतामा कति सफा होला र ! गाग्री सफा नै गरिएन भने सुद्द पानी थपेको केही अर्थ होला र ?
देशमा प्रविधि भित्रिएको अवस्थामा आम चासो छ कि हाम्रा सन्ततिहरु प्रविधिसंग साक्षत्कार बनेर जीवन सुखमय र सरल बनाऊन्। अहिलेको प्रतिस्प्रधात्मक भूमण्डलीकरणको शैक्षिक जगतमादेश विदेशमा भए गरेका घटनाक्रमहरुमा जो सुकैले पनि छिटो छरितो रुपमा चासो र जानकारीलिन चाहन्छन । यो कुरामा राज्यको लगानी छ, चासो पनि छ तर कार्यान्वयनको तहमा हाम्रो सहियोजनाको अभावमा हाम्रो प्रविधि अलपत्र बन्न गएको छ । अहिले शिक्षालाई स्थानीय तहमास्वायत्त बनाईएको छ । स्थानीय तह अत्यन्तै सबल बन्न सक्नु पर्छ । सहि शिक्षा नीति बनाएर नागरिकहरुलाई आत्मानिर्भर बनाउन जरुरी छ । सहि नीतिले राम्रो योजना निर्माणमा सहयोग पुर्याउदछ । राम्रो योजनाले सहि कार्यदिशा निर्देश गर्न सघाउ गर्दछ । अहिले विकासका सबैपूर्वाधारहरुमा प्रविधिको प्रयोग र व्यवहारको कुरा छ । अहिले हामी मध्यम स्तरको जनशक्तिको उत्पादन गरेर उद्द्यमशिलतामा आधारित जनशक्तिको विकास गरि स्रोत साधनको समुचित प्रयोगर उत्पादन गरी आत्मानिर्भर बन्ने र अर्कोतिर आयातमुखि अर्थतन्त्रलाई बिस्थापित गरिनिर्यातमुखी अर्थतन्त्रमा बाणिज्य व्यापारको रणनैतिक बाटोलाई अबलम्बन गर्नु छ । त्यसकारण शिक्षामा प्रविधिको प्रयोगलाई सहि रुपमा प्रयोग गर्न सकियो भने मात्र उपलब्धी हासिल गर्न सकिन्छ ।