ठानबहादुर केसी

परिचय
आर्युबेद परापूर्वकाल देखि नै चलिआएको सबैभन्दा पुरानो चिकित्सा पद्धति हो । यसको आफ्नै बिशेष मौलिकता हुनका साथै आफैमा पूर्ण स्वच्छ, निर्विकारी एमब बैद्धिक छ । स्थानीय स्तरमा उपलब्ध हुने बिभिन्न प्राकृतिक बनस्पति बोट बिरुवा जडिबुटि खनिज पदार्थ आदिबाट औषधी निर्माण गरि सुरक्षित दीर्घकालसम्म असर नभएको एबम रोगलाई स्थायी रुपमा नष्ठ गर्ने चिकित्सा पद्धति हो ।
आर्युबेदको उदेश्य ः
‘स्वस्थ्यस्य स्वास्थ्य रक्षणम, आनुरस्य विकार प्रद्धमनं. च’
स्वस्थ्य ब्यक्तिको स्वास्थ्य रक्षा गर्नु तथा रोग लाग्नु नदिनु हो । आयुको बृद्धि गर्नु र रोग लागेको अवस्थामा रोगको निवारण गर्नु आर्युबेदको प्रयोजक उदेश्य हो ।
हाम्रो देश नेपालमा आर्युबेदको परापूर्वकाल देखि प्रचलनमा आएपनि तदअनुरुप विकास हुन सकेको छैन । सिंहदरबार बैद्यखाना दक्षिण एसियाको सबैभन्दा पुरानो औषधी उत्पादन गर्ने संस्था हो । हाल नेपाल सरकारको स्वामित्वमा केन्द्रीय नरदेवि आयुर्बेद चिकित्सालय तथा प्रदेशिक स्तरमा प्रादेशिक चिकित्सालय दाङ सञ्चालित छन । प्रत्येक जिल्लामा जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालनमा छन भने स्थानीय स्तरमा आर्युबेद औषधालय ३ सय ६९ वटा स्थापना भैसकेको छन ।
आर्युबेद सेवाको आवश्यकता किन ?
रोगी ब्यक्तिले रोगबाट मुक्त रहन र विरामीले स्वास्थ्य रक्षाको लागि आर्युबेद चिकित्सा पद्धतिको आवश्यकता छ र भविश्यमा ल्याउने विभिन्न समस्याबाट बच्न दिर्घकालसम्म निरोगी र स्वास्थ्य रहन आर्युबेद चिकित्सा आवशयक छ ।
१, बढ्दो आधुनिकिकरणबाट मानव जीवनको शारीरिक मानसिक सामाजिक पक्षमा आईपरेका खराब असरबाट बच्न जीवनलाई आनन्दमय बनाउन प्राकृतिक औषधी, योग र प्रणायामबाट शाररिक मानसिक सामाजिक सन्तुलन कायम गर्न र शरिरमा स्थितरता प्रदान गर्न पनि यसको आवश्यकता छ ।
२, आर्थिक विकासको विशाल स्रोत रहेको जडिबुटि खेती तथा संकलन गरि स्थानीय स्तरमा आयआर्जन बढाउन
३, शाररिक मानसिक तथा सामाजिक सबै पक्षमा सकारात्मक स्वस्थ्य उपलब्धता गर्नका लागि आर्युबेदको विकल्प आजको युगमा छैन ।
४, घरमा नै सामान्य रोगहरुको शुरुमा जडिबुटिबाट घरेलु उपचार गरि स्वस्थ्य रहन ।
५, मानसिक परिवर्तित जीवनशैलीमा आएका खानपिनको तरिका रहन सहन भेषभुषा आचरणबाट आउने खराव प्रभावबाट बची स्वस्थ्य हितकर जीवन जीउन ।
६, के खाने कस्तो खाने, खानपिनको तरिका, भेषभुषा रहन सहनबाट आउने खराव प्रभावबाट बच्न आर्युबेदको टट्कारो आवश्यकता छ ।
७, ज्ञानको अभावमा स्थानीय स्तरमा खेर गैरहेको लाखौं मुख्यको जडिबुटिको संरक्षण, सदुपयोग गरि आर्थिक आम्दानी बढाउन
८, जडिबुटि खेती, संकलन, केन्द्र प्रशोधन केन्द्र औषधी निर्माण उद्योग स्थापना गरि राज्यको आर्थिक स्रोत बृद्धि गर्न सहयोग पु¥याउन ।
नेपालमा पाईने जडिबुटिहरु ।
ज्वानो, लसून, बेल, जिरा, बोझो, खयर, असुरी, अमला, हर्रो बर्रो, कुरिलो, गर्जो, सिलाजित, हल्दी, निम, अदुवा, तुलसी, तेजपात, घिउकुमारी, पारिजात, मेथी, गहत आदी ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto