भाग्यको बक्ररेखा (नाटक)

Byआहा सञ्चार

२०७७ चैत्र ७, शनिबार १२:५७

एक्कबहादुर केसी
भाग ४ । समयको अनवरत बहाव संगै यो चराचर जगतमा अनेक खाले तमासा देख्न पाईन्छ । जीवन मात्र सक्नु प¥यो । कुनै दिन फट्को छोडिछोडि हाँसेको मान्छेलाई समयले कुनै दिन उसलाई भक्कानिएर रुदै गरेको पनि देख्न सकिन्छ । यसरी रुनु हाँस्नुको कुनै ठेखान रहन्न । लखपति कुनै दिन खगपति भैदिन्छ, खगपति कुनै दिन लखपति भैदिन्छ । यो जीन्दगी नै मानौ क्षितिजको जुन र बादल झै लुकामारी खेलेजस्तो लाग्दछ ।

बुकिडाँडा अगाडि पट्टीको त्यो खरेखपाँखो तेस्रोबाटो अनी त्यहिनेरै रहेको लाखुरी बिसाउनी अर्थात चौतारोमा आज यतिबेला सिबु र उसकी फुबु भविसरा सितल छहारीमा बिश्राम लिईरहेका छन । शिबुको उमेर पनि यतिबेला १५ बर्षमा चल्दै गरेको र भविसरा भने उमेरले बुढ्यौली तर्फ ढल्दै गरेको अवस्था छ । शिबुलाई हेर्छे भविसराले, अनी अतित तीरको त्यो घटना सम्झिन्छे जहाँ १५ औै बसन्त गुज्रिसकेका छन । आजको दिन सम्म लत्रिदै आउँदा त्यो चौतारो, त्यो ढुंगाको कोचेप्रो चाँहि अहिले तक कुनै फेरबदल हुन चाहेको छैन । फेरीएको छ भने बरु आफ्नै कालो कपाल सेतै फुलेर झकाझुर परेको छ । र ढुंगाको कोचेब्रोबाट झिकि उद्धार गरिएको मुसाको चल्लो जस्तो अर्थात त्यो भाई भवते कुँवरको छोरो भदा (शिबु) यतिबेल भर्भरे जवानीको रंग भरिदै आईराखेको पाईन्छ । हो त्यसैले होला भविसरालाई अनायासै हाँसो उठ्दछ अर्थात विना प्रशंग उ हाँस्छे ।
शिबु ः – फुबु ! किन हाँस्नु भाको ?
भविसरा ः –किन हाँसे ! किन हाँसे !!
शिबु ः– भन्नुहोस न फुबु, के मन कुरा खेलाउनु भयो र तपाईलाई हाँसो उठ्यो । म पनि हाँसोमा हाँसो गासि लागुन !

election adv.

शिबु साँख स्कुलमा पर्दथ्यो । आव शुक्रबार परेकोले र फुबुको केहि कुम्लो कथरो समेत बोकि ल्याउनु परेकोले दुई फुबु भदाको आज यो बाटो संगै भएर हिड्ने साइत (संयोग) जुट्न पुगेको थियो । साथै घरमा सौतेनी आमाको रात दिनको टोगोसो सहन नसकी फुबुकै घरमा बस्ने गर्दथ्यो शिबु । अनी कहिलेबाँहि उसको बाबु भगते कुँवरले शिबुको निम्ती खर्चपानी भनेर आफ्नो दिदि भविसरालाई मद्धत पनि गरिराखेको थियो ।
भविसरा ः – शिबु ! त अहिले १५ बर्षको भइस होईन र ?
शिबु ः– हो, फुबु १५ बर्षमा लागेको छु ।
भविसरा ः –तेरो बाबु कोहो ?
शिबु ः –तपाईकै भाई नी भगते कुवँर
भविसरा ः– अनी आमा नी !
शिबु ः बुदी
भविसरा ः त जन्मिएको कहाँ हो ?
शिबु ः मामाघरमा नी बुकिडाँडा । तर आमा पोईल हिडेकीले बाजे बज्यै र मामाहरु संगै बसेर हुर्किए, पछि बाजेले बाबाको घरमा पु¥याए तर सौता आमाको निरन्तरको गालि गल्जौज एबम कुटाईले खपि नसक्नु भए, तपाईको घरमै बस्न थालेको त हो !
भविसरा ः मेहनत गरि पढ, ठुलो मान्छे भइस है ! किनभने बिद्याले नै मान्छेको त्यस्रो आँखा खुल्दछ ।
शिबु ः पढाईमा म कमजोर छैन ।
भविसरा ः ठिक छ, तेरो पढाईले तेरो बाबा लगायत हामी सबै सन्तोष छौं हुने बिरुवाको चिल्लो पात ।
यसरी भविसराले आफुलाई लागेको हाँसोको तात्पर्यतालाई टालटुल पार्ने उदेश्यले कुरोकानी अन्तै तिर मोड्ने हर्कद गर्दै थिई । तर शिबुलाई चाँहि खुल्दुलि लागेको नै थियो की के कारणले फुबु हाँसेकी हुन ?
शिबु ः भन्नुहोस न फुबु किन हाँस्नु भयो मलाई देखि ?
भविसरा ः हेर ! बाबु तलाई म आज सत्य साँचो कुरा सुनाउछु । बिश्वास गर कि त जन्मिएको थलो यहि बिसाउनो हो, जति बेला त जन्मिदै गरिराखेको थिईस् त्यतिखेर म उ त्यो पारीको पाखा जहाँ ऐसेलु बुटो समेत अझै पनि छ त्यहि लुकेर तेरो आमा बुदिको एक एक क्रियाकलाप हेरिराखेको थिए ।
शिबु ः अनी !
भविसरा ः भन्दैछु सुन ! बुदी सुत्केरी ब्यथालो छटपटि राखेको थिई केहि बेरको छटपछि पछि उसले तलाई जन्माई हाली त्यो पनि देखे, बच्चा जन्मेपछि आमाले बच्चाको स्याहार सुहार गर्नुको साटो उ त्यो ढुंगाको कोचेब्रोमा तँलाई घुसारेर बाहिरबाट सुकेका झार कसिंगरले छोपछाप पारेर गोरु लखेट्दै आफ्नो बाबु आमाको घर तिर कुलेलम ठोकी । म फेरी उताबाट दौड्दै आएर त्यो प्वालबाट तलाई निकालि अनी उसैका पछि पछि लागेर आमा बुदीको पोल्टोमा तँलाई सौपिदिए ।
भविसराले यो भन्दै गर्दा शिबुले गहिरिएर फुबु तर्फ हेरि राख्यो । सायद यसलाई लाग्यो होला यीनि नै मेरो भगवान हुन । बाँकी अर्को अंकमा ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto