रमेश जिएम
चीनको वुहान प्रान्त,एउटा घातक भाईरस देखा पर्यो, विश्व स्वास्थ्य संगठनले पछि यस्लाई कोभिड १९ नामाकरण गर्यो । सुरु सुरुमा बाकी विश्वले खासै महत्व गरेको पाईएन । बिस्तारै बिस्तारै यसरी फैलियो,थाम्न सक्ने अवस्था आएन,युरोप अमेरिकातिर कोरोनाले तिव्र गतिमा लियो।
त्यतिबेलासम्म देशमा समाचारको रुपमा सुन्ने गरिएकोमा अब त खुला सिमा भएको भारततिर पनि यस्ले आफ्नो रुप देखाउन थालिसकेको थियो । कोरोनाले यसरी गति लिदै गर्दा नेपालमा कोरोना आउदैन भन्ने खालका अनेकौ अफवाह फैलिरहेका थिए,यो कुरा २०७६ साल अन्त तिर हो । विश्वमा संक्रमित दर र मृत्युदरले भयकंर रुप लिदै गर्दा पनि उस्तो यस्तो मनगढन्ते कुराहरुले स्थान पाईरहेका थिए । उता बार्षिक क्यालेन्डर अनुसार विद्यालयस्तरको अन्तिम परिक्षामा छिटो सकाएर विद्यालय अनिश्चितकालीनका लागि बन्द गर्ने आदेश सरकारबाट आएको थियो र त्यही अनुसार स्थानिय सरकारले परिक्षा कार्यतालिका चैत ५ गते भित्र सिध्याउने गरि आयो । उता ६ गते एसइइ परीक्षाबारे नि सरकार अन्यौल नै थियो । अन्तिम समयमा बल्ल त्यहिपनी सवै तयारी पूरा भैइसकेपछी,परिक्षार्थिहरु केन्द्रमा पुगिसकेको साझ मन्त्रीपरिशदको निर्णय आयोःपरीक्षा तत्काललाई अर्को सुचना नआउन्जेलाई स्थगित गर्नु । सरकारको अपरिपक्व निर्णय नै थियो तर स्वास्थ्य भन्दा ठूलो अरु केही हुदैन।
सुरु सुरुमा कोभिड १९ रोगप्रतिको धारणा फरक खालको थियो,रोग लागेपछी लाग्नेवित्तिकै मान्छे मर्छन, कोहि बाच्दैनन । यसप्रकारको मानसकिकताले काम गरेको थियो। यहाँ कोरोना भन्दा नि मनोवैज्ञानिक सन्त्रासले मान्छे विक्षिप्त हुनुपरेको थियो । रोग प्रतिरोधात्मक क्षमता बलियो हुनेहरु दिर्घ रोग नहुनेहरु कोरोनासँग लडन सक्छन भन्ने सुदृद मानसिकता,सोच भएको भए अवश्य पनि यस्तो विक्षिप्तता आउने थिएन । कोरोनालाई जित्ने सजिलो उपाय भनेको स्वस्थकर जिवनशैली,सकारात्मक सोच,आर्गनिक खानाहरु रहेछ ।
कोभिड पछिको विद्यालयको अवस्था के ? कहिले खुल्ने? बालबालिकाको भविस्य के हुने ? यावत अन्यौलता हाम्रो देशमा १÷२ जनामा संक्रमितको पुष्टि भएपछी देशमा बल्ल कडा लकडाउन सुरु भयो । जताततै कोरोनाको समाचार, मनोबैज्ञानिक सन्त्रासले विक्षिप्त भएका जनताका वास्तविक दुखहरु थिए । झन साझ विहान छाक टार्न ज्याला मजदुरी गर्नेहरु हालत कस्तो थियो होला । कोरोनाले गर्दा विद्यालयहरु बन्द भएपछी अबको विकल्प के त ? केही निजि विद्यालयहरुले online class Virtual learning संचालन गरेको देखियो तर यस प्रकारको शिक्षण हर क्षेत्र ,वर्गको लागि उपयुक्त देखिएन ।
सिमित इन्टरनेटको पहुँच हुनेहरुको लागि,डिजिटल सामाग्रीहरु सजिलै उपलब्धता हुने घरहरुको लागि मात्र सहि सावित हुन पुग्यो । आर्थिक रुपमा कमजोर हुनेहरु, इन्टरनेटको पहुच नहुनेहरु दुरदराज जहाँ ईन्टरनेटको पहुच छैन जुन घरमा मोबाईल,ट्याव,ल्यापटप कम्प्युटर किन्न सक्ने अवस्था छैन । त्यहाँ अनलाईन कक्षा कसरी प्रभावकारी हुन सक्छ र यसका वैकल्पिक उपायहरु वारे सोचिएन । अनलाईन कक्षा, अनलाइन कक्षा भनेर बारबार रटाईरहदा यो अनलाईन क्क्षाको पहुँच नहुनेहरु विद्यार्थीहरुमा मनोवैज्ञानिक दवाब बढेर स्ट्रेस बढेको नि पाईयो । उसले त अनलाईन कक्षा पढछ, म किन पढन सक्दिन बालबालिकामा यस्ता खालका मानसिक चिन्तनले गर्दा दिमागमा नकारात्मक कुराले डेरा जमाएको यदाकदा देखियो । यावत समस्याहरुकोबारे नत सरकारले सोच्यो,न विद्यालयहरुले जागर चलाए । हुन त सवै क्षेत्र डामाडोल नै भएको समयमा यो त के हो र भन्ने लाग्ला तरपनी संवेदनशील क्षेत्रवारे अझ बढी सोच्नपर्ने हो भन्ने हो ।
२/३ महिनाको अत्यासपुर्ण लकडाउन पछि देशका केही क्षेत्र खुल्ने भए पनि विद्यालय खोल्न गार्हो थियो । अन्य क्षेत्रहरु बिस्तारै खुलेपछी मनमा केही सकारात्मक भाव पैदा भएतापनी त्यति पुर्ण खुसी हुनुपर्ने अवस्था थिएन । दशै तिहार अघि विद्यार्थिको भर्ना मात्र लिने काम भयो। अझैपनी कोभिडको सन्त्रासले सजिलै विद्यालय सजिलै खोल्न सकिने वातावरण थिएन । देशका आर्थिक क्षेत्रहरु बिस्तारै तङ्ग्रीदै थिए । करिव करिव ६/७ महिनापछि स्थानिय सरकारहरुको निर्णयले कोरोनाको परिवेश अनुसार विद्यालय खोल्न भनियो । तर कोरोना भए उस्तै उस्तै थियो । बालबालिकाको मनोबैज्ञानिक भयलाई सकारात्मक उर्जामा बदल्न झन कम सकसपुर्ण थियो र ? भोलि कोरोनाको परिस्थिति के हुने हो ? भोलि तल माथी भयो भने बालबालिकाको जिम्मा को हुने ? यस्तै अनेकौ प्रकारका वैचनी प्रश्नहरुको उत्तर खोज्दै, कोरोनालाई चुनौती दिदै,ती प्रीय विद्यार्थी भाईबहिनिहरुसंग अघि बढनु निकै संघर्षपुर्ण थियो ।
बालबालिकाहरु लकडाउनमा घरमा त्यसै बसेर समय व्यतित गर्नु अभिभावकहरुको लागि एक चुनौती थियो र कोरोना समयमा विद्यालय खोल्नु झन चुनौतीपुर्ण थियो । जताततै कोरोना आतंक अनि त्यसले पारेको मानसिक प्रभाव प्रस्ट देख्न सकिन्थ्यो । शिक्षक कर्मचारिहरुको त केही तल माथी भर कोरोना बिमाको व्यवस्था गरेको थियो तर विद्यार्थी भाईबहिनिहरुलाई कसरी सावधानी गराउने, त्यो संघर्षपुर्ण थियो । अरु गर्न के सकिन्थ्यो र उहीँ 3s -Sanitizer,Social Distance,Soap मा व्याख्या विश्लेषण न हो। कोरोनाबाट मृत्यु भएकाहरुको दुखदपुर्ण समाचार,संक्रमितहरु बढ्दो गति,आममानिसमा एकप्रकारको डेरा जमाईरहेको अवस्था विद्यार्थिहरु पनि कसरी अछुत रहन सक्थे र । झन सामुदायिक विद्यालयहरुको अवस्था त झन दयनिय;न स्वास्थ्य जाछ गर्ने स्वास्थकर्मिको उपलब्धता,न स्वास्थ सामाग्रीहरुको सहज आपुर्ती। त्यहिमा नि भ्रष्टाचारको गन्ध आउने,यो भन्दा लाजको पसारो अरु केही थियो होला र ।
विद्यालय शिक्षा अनि विद्यार्थिहरुको निर्दोष मनमस्तिकहरुमा ज्ञानविज्ञानका नविनतम कुराहरु रस्वदान गराउदै छोटो समयमै पाठ्यक्रमले निर्धारणगरे अनुसार लक्ष्यमा पुग्न त कठिन नै थियो ,कमसेकम सुरुवात त भयो । राज्यले सधै सौतेनी व्यवहार गर्दै आएको सामुदायिक विद्यालयहरुमा खोप वितरणमा नि विभेदकारी नीति लियो । प्रथम चरणको खोप कार्यक्रम ल्यायो तर विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको नाम सुचि नै छैन। यसबाट के प्रस्ट हुन्छ भने सार्वजनिक शिक्षा अनि त्यहाँ काम गर्ने शिक्षक कर्मचारी प्रती राज्यको दृस्टिकोण कस्तो रैछ । जहाँ सवभन्दा भिडभाड हुन्छ,जहाँ बढी भन्दा बढी बालबालिकाहरु संग अन्तकृया हुन्छ,घुलमिल हुन्छ,जहाँ कोरोनाको जोखिम अन्तभन्दा केही बढी नै हुन्छ । त्यस ठाउलाई नै हेलचक्रयाई,हेपाहा प्रवृत्ती देखाउने यसप्रकारको गैरजिम्मएवार,असंवेदनशिल हुनु भनेको अत्यन्त दुखद थियो । शिक्षकहरु खटछ्न,अरुभन्दा अत्यन्तै संवेदनशील क्षेत्र विद्यालय उनिहरुलाई नि फ्रन्टलाईनर मै राख्दा के बिग्रीन्थ्यो र भन्ने हो । अघि पछि लगाएनी स्वास्थमा त के फरक पर्दथ्यो नै तर राज्य बाट नै सार्वजनिक विद्यालयका शिक्षकहरुप्रती हेरिने धारण प्रस्ट भयो । सामुदायिक विद्यालयलाई हेर्ने राज्यको दोशी चश्मा उदाङ्गो भएको छ । यसप्रकारको विभेदपुर्ण हेराईले सार्वजनिक शिक्षा कहाँ पुग्ला,यस्तै खालको प्रवृत्ती दोहोरयो भने शिक्षकहरुमा मनोवैज्ञानिक हताश,हीनताबोध आदिले ठाउँ नल्याउला भन्न सकिन्न। झन कोरोनापछिको अवस्था अन्य दिनहरुभन्दा फरक छ ।
अतः अबका दिनहरुमा यस प्रकारका कुराहरुलाई हृदयगंम गर्दौ राज्यका सवै तहका सरकारहरु जाग्नुपर्छ । कुराहरुलाई मनन गर्नुपर्छ । संवेदनशीलतालाई ख्याल राख्नुपर्छ । विभेदपुर्ण दोषी चश्मालाई हटाउनुपर्छ,पुरातन दृस्टिकोण बदल्नुपर्छ । सवैसंग हातेमालो गर्दै कोभिडजस्तो घातक रोगलाई परास्त गर्नुपर्छ । कोरोनापछी तङ्रीन लगेको समुदायिक विद्यालय शिक्षालाई माथी उठाउनुपर्छ । व्यक्तिगत र पारिवारिक सरसफाईमा ध्यान दिनुपर्छ । व्यवहारिक रुपमा पालना गर्नुपर्छ। यो लडाईमा म होइन हामी सवैले जित्नुपर्छ । २०७७/११/२३