भीम बुढाथोकी

नेपालको राजनीतिक इतिहासमा देश दुनिया तथा मूलुकलाई गतिमय किसिमले बदल्न निकै न्यायिक,साहसिक र वलिदानीपूर्ण कदमहरु चालिएका प्रमाणहरु अभिलिखित छन्।ति सबै ऐतिहासिक काल खण्डहरु सजिलै आफसे आफ भने अवतरण भएका होईंनन।जंगली र पाशविक वर्वरताको पराकास्टमा जनताको असाध्य ठूलो त्याग,तपस्या र वलिदानीबाट मात्र इतिहास रचिएको प्रमाण हो।विज्ञानको क्वान्टम सिद्दान्तको नियमले के भन्दछ भने वस्तु वा चिज भित्र स-साना सूक्ष्म कणहरु पनि अस्तित्वमा हुन्छन।तिनको आफ्नो संघर्षबाट गुज्रिदै विकासको क्रम अगाडि बढ़ने नियम छ।विकासको नियममा सबै खालको दुई प्रवर्ग विच जहिले पनि द्वन्दक़ो अवस्था पैदा भई रहन्छ र त्यो द्वन्द वा संघर्षबाट नयाँ चिजको निर्माण र विकास भएको हुन्छ।त्यसै गरी समाज विकासको जटिल नियम पनि सामाजिक गतिविधिको विज्ञान अनुसार चल्ने गर्दछ।जब सम्म समाज रहन्छ तब सम्म न्याय र अन्याय विचको लड़ाई अनन्त काल सम्म रहिरहन्छ ।ठूल्ठूला वादशाहहरुको लड़ाईमा इतिहास जहिले पनि सत्य र न्यायको पक्षमा विजय भएको छ।चाहे त्यो राजनीतिक रुपमा होस् या संवैधानिक तथा क़ानूनी सवालको आधारमा होस्,ति सबै विश्वका कयौ स्वतन्त्र मूलुकले अंगालेको सामान्य लोकतन्त्रको मूल्य र मान्यताका आधारभूत अधिकार र कर्तव्यहरु सर्व व्यापी रुपमा मूल स्थापित सिद्दान्त हुन्।आफ्नो सत्व वा पूर्ण अधिकारको लागि हिजोको अध्यारो ढ़ूँगे वर्वर यूगको कविला समाज देखि नै संघर्षहरु जन्मि रहे। प्रकारान्तर रूपमा प्राकृतिक समाज विकासको क्रम पछि गएर वर्ग विभाजित भई वर्ग संघर्षमा रूपान्तरित हुन पुग्यो।

आज हामी विज्ञान र प्रविधिको द्रुत्तर विकासको यूगको चरणमा प्रवेश गरेका छौ र पनि अहिले पनि हामी पुरानो कुहेर ग़ली सकेको वर्वर ढ़ूँगे यूग, मध्यकालिन,राणा कालिन तथा निरंकुश तानाशाह सामन्ती यूँगको क़ुरालाई लिएर बहस तथा छलफल गर्नु पर्ने वाध्यता आई लागेको छ।यो सुखद वा खुसीको विषय कदापी होईन। यतिबेला हामी आधुनिक समाजमा विज्ञानले विकास गरेको नवीनतम क़ुराको बारेमा अन्य विकसित रास्ट्रले गरेका प्रविधिको विकासले ल्याएका ठूल्ठूला संभावना र चुनौतिको विषय र असल कामको सिको र अभ्यास गर्ने समय हो नकि पुराना इंतिहासबाटै कटिएको अध्यारो कुनामा थन्किएर अवशेषको रुपमा रहेका रक्त पिपासु खूनखार वादशाहको इतिहासलाई कोट्याउनु पर्ने सन्दर्भ नै होईन।आज मानिस ब्रह्ममण्डको नयाँ अन्वेषण तथा खोज पड़ताल गरिरहदा वा अर्कों ग्रहमा मानव वस्तीको शुरूवाती र विकासका आयामहरु छरिरहदा हामी पनि कल्पना सम्म गर्नु वा रहस्यमा मुखरित हुनु पर्ने बेलामा आज हामी पश्चगमण तथा प्रतिगमण विरुद्दको आन्दोलनमा नारा, जुलुस,धर्ना,र्याली तथा आन्दोलन गर्नु लाज मर्दों विषय हो।तर पनि कहिले काहि इतिहासको कुना कन्तरको ति अध्यारो कुनाबाट छिपछिपे सतहमा नयाँ जब्बर सन्कि वादशाहहरुको अप्रत्यासित किसिमबाट घिन लाग्दो जन्म हुदो रहेछ ।त्यसैले पनि त्यस खालको प्रवृतिसंग लडन जनताको न्यायिक आन्दोलनको जरुरत हुदो रहेछ।अहिले यो वाध्यकारी र विवसतामा जनताको न्यायिक लड़ाई जारी छ।

हिजो हामीले परिभाषा गरेको राजनैतिक लड़ाईको कोर्ष वा अध्याय नै पुरा गरेका रहेनछौ।हामीले जनताको करीव ६०,७० दशकको लामो यूगान्तकारी राजनीतिक लड़ाई सकिए जस्तो ठानेर अवको क्रान्ती नितान्त आर्थिक विकास र संबृद्दीको सपनामा सिमित भएर ज्यादै हौसिन थालेछौ र त्यहि मानसिकताको विज़ारोपन ग़र्यौ।हामीले बुझेनौकी इतिहासको अध्यारो सुरुंगबाट पनि कहिले काहि खराव तानाशाहको अकल्पनिए डढेलोरूपी बादशाहहरु देशमा आगो लगाएर सबैतिर झोस्न पनि सक्दछन् भनेर सामान्य ख़याल गर्न सकेनौ ।आज नेपाली जनताले यो दुःखद परिणाम भोग्दैछन्।हिजो निरंकुश शैलीका राणाहरुले १०४ वर्ष सम्म जनताको खुन पसिना र मेहनतमा रज़ाई ग़रे।वि.सं.२००७ सालमा प्रजातन्त्रको विज़ारोपन भए पनि राणाहरुकै एक छत्र हुकुमी राज तथा मनपरीतन्त्र हुन गयो।वि.सं.२०१५ सालमा जनताबाट निर्वाचित प्रधानमन्त्री वीपी कोईराला पनि २०१७ सालमा राजा महेन्द्रको निरंकुशताको सिकार भएका थिए।प्रजातन्त्रको जग नै भत्किन गयो।यसरी राजतन्त्रको निरंकुशताको चरम सीमाको क्रम करीव ३० वर्ष सम्म रहि रह्यो। वि.सं. २०४५/०४६ सालको जनताको ससक्त आन्दोलनमा अन्तरास्ट्रिय सहयोग समर्थनमा केहि समय सम्म देशमा स्थायी तथा स्थिर समाधानको बाटो लिने खालको वातावरण मिल्यो। सर्वोच्व अदालतका प्रधान न्यायधिस विश्वनाथ उपाध्यायको अध्यक्षतामा वि.स. २०४७ सालमा संवैधानिक राजा रहने गरी नयाँ संविधान जारी हुन गयो।तर यो स्थायी समाधान वा निकास भने हुन सकेन।तर पनि राजनीतिक वृतमा उतार चढाव रहिरह्यो।तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा पूर्व प्रधान मन्त्री डाक्टर बाबुराम भट्टराईले संविधान सभाको चुनाव लगाएत ४० बुंदे माग राख्दा त्यतिबेला सरकारले ध्यान दिन चाहेन।उदेक लाग्दो त के भयो भने सरकार दमन तथा निगरानीमा राज्यको पुरै शक्ति खर्चिन उद्दत भयो।

वि.सं.२०५२ सालमा माओवादीहरु जनयुद्दमा होमिए।सरकारले पनि किलोसेरा तथा रोमियो अपरेशन संचालनमा ल्यायो।सरकार तथा माओवादी विचको सम्बन्ध पानी वारावारको स्थिति आउन थाल्यो र थूल्ठूला सशस्त्र लड़ाईका मोर्चाहरुमा जुट्न थाले।युद्दको निर्ममतामा संख्यौ मानिसहरुको जीवन अस्त व्यस्त भयो।आपसी लड़ाईको विचमा युद्द स्थगन तथा शान्ती वार्ताको लागि समेत पहल भए।वि.सं.२०६२/०६३ सालको अर्कों ठूलो दोस्रो आन्दोलनले झनै राजनीति वृंतमा संगिन राग तापको सिर्जना खड़ा गर्यो।आखिरमा

अन्तरास्ट्रिय स्तरको अनमिनको साक्षी वा रोहवरमा सात राजनीतिक दल र माओवादी विच शान्ती सम्झौतामा १२ बुंदे वृहत शान्ती सम्झौतामा हस्ताक्षर भएर देशले निकास पाएको अनुभूति भयो। वि.सं.२०६३ सालको अन्तरिम संविधानले २०६४ सालमा नेपालकै इतिहासमा पहिलो पटक संविधान सभाको चुनाव सम्पन्न गर्ने तयारीमा रह्यो । विविध कारणवस पुन:२०७० सालमा दोस्रो संविधान सभाको चुनावबाट देशमा वि.सं. २०७२ साल असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्रात्मक आचरणको संविधान जारी हुन पुग्यो।परन्तु देशको शासकीय स्वरूप लगाएत अन्य विषय वस्तुको पूर्णता दिने क़ुराको छलफल तथा बहसको विचमै संविधान जारी हुन पुग्यो।लोकतान्त्रिक मूल्य मान्यताको चरित्रलाई ग्रहन गरेको संविधानको विशेषता चाहि संशोधन हुने प्रावधान भने खुल्ला नै थियो। वर्तमान संविधानमा राज्य शक्तिको स्रोत जनता सर्वोपरी तथा सार्वभौम छ। आखिर वि.सं.२०७४ सालको पार्टी एकताको (तत्कालीन एमाले र माओवादी) चुनावबाट नेपाल कम्यूनिस्ट पार्टीले करीव २/३ को भारी अभिमत पाएर सरकार संचालन गर्ने ऐतिहासिक ज़िम्मेवारी पायो ।

आज नेपाल कम्यूनिस्ट पार्टी वा बामपन्थीहरूको सरकार सत्ता र शक्तिको राज्य रोहण गरिरहदा करीव करीव तीन वर्ष व्यतित हुदैछ। सुखी नेपाली र संवृद्द नेपालको नारा बोकेको सरकार आज नेपाली जनताको अगाडि आफ्नो कागजी घोषणा पत्रमा देखाएका वाचा कसमहरु फगत भईरहेकाछन। गरीवी,भोकमारी,औषधि अभाव र चरम लापर्वाहीका कारण जनताको ढाड सेकिएको छ।सरकार जनताको प्रत्यक्ष सरोकारको विषयमा वेखबर भएको छ।जनताको आशा लाग्दो पार्टीका हर कामहरु लोकप्रिय हुनु पर्ने बेलामा नेता कार्य कर्ताहरु यश-आराम,कमाउ र खाउको सपनामा व्यस्त हुदा देश चौपट्ट हुदैछ।नेता तथा कार्य कर्ताहरु गुट उपगुटको खेलमा हुदा राजनीति कर्कलाको पानी जस्तो भएको छ। विचार,दर्शन,सिद्दान्त एकातिर छ भने व्यवहार कुर्सी,पद,सत्ता र शक्तिमा ध्यान केन्द्रित हुन गएको छ।सर्वत्र क्षेत्रमा कहाली लाग्दो,भ्रस्टाचार,अनिमियतता,घुसखोरी,कमिसन,ठेक्कापट्टा आदिले चरम रूप लिदै छ भने अर्कोंतिर नातावाद,कृपावाद तथा परिवार वादको गोल चक्करको रोगले राज्यका हरेक अंगमा स्वेच्छिक न्यूक्तिले राज्य वा सरकार सिमित व्यक्ति र संस्थाको पहूचमा मात्र छ भन्ने कुरा अनुभूति भएको छ।त्यसै गरी सामाजिक रूपको

लिंगिय,जातीय,भेगिय,भेदभाव,मानवधिकार तथा महिला अधिकार जस्ता पक्षहरु कम्जोर हुदै गएको छ भने बलत्कार,कु-कर्म,अपराध जस्ता कुराहरुलाई न्याय दिने सवालमा ढिलाई भएको छ।दोष वा कपटलाई ढाकछोप ग़र्ने,प्रशय दिने र दोषीलाई संरक्षण गर्ने कामले सरकारका कामहरू जनतामा अलोकप्रिय बन्दैछन्।देशको कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन लगाएत भौतिक पूर्वाधारहरुको विकासको गति अगाडि बढ़न सकेको छैन।कतिपय रास्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाहरुको गति बढ़न सकेको छैन।देशमा बढदो व्यरोजगारी हुदा श्रम शक्ति विदेशिनु पर्ने वाध्यता छ। कयौ नेपालीहरु खाडी मूलुकहरुमा दुःख एवं पिडादायिक जीवन विताउन विवस भएका छन्।जनताले सुख र खुसी महसुश गर्ने बाटो क़तै देखिदैन।

नेपालको वर्तमान संविधानमा संवैधानिक एवं कानूनी पक्षलाई आफ्नो सहजतामा व्याख्या गर्ने विगतका नजिरहरुलाई वकालत गर्ने प्रचलनले देशलाइ झन ठूलो भडखालोमा लैजाने खतरा आई पर्दछ। प्रतिनिधि सभा विघटन गरिएको वर्तमान परिप्रेक्षमा अहिले संविधानको व्याख्या ग़र्ने सवालमा थुप्रै मतहरु बाझिन पुगे।कानूनविद तथा वकीलहरुको बहसले राजनीतिक तथा कानूनी रुपमा एक खालको तरंग नै पैदा गरिदिदा सामान्य जनता पनि अनेकन विषयमा जिज्ञासा पैदा भयो।खास गरी यो विषय संवैधानिक एवं कानूनी भए पनि राजनीतिक विषय बनाएर जोड दिन थालियो।आखिर सम्मानित सर्वोच्व अदालतको फ़ैसलाले विधिको शासन,कानूनी राज्य,संविधान तथा लोकतन्त्रको लागि न्याय दिदा अदालतको गरीमा र महिमा उच्च भएको छ। न्याय मूर्ति सर्वोच्व अदालत प्रतिको आम धारणा अत्यन्तै सम्मानित हुन पुगेको छ।अन्तरास्ट्रिय स्तरमै नेपालको कानूनी राज्यमा सर्वोच्वको फैसला प्रति सकारात्मक धारणा रहेको छ।

आज हामी संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा संघियता,लोकतन्त्र,गणतन्त्र ,धर्म निरपेक्षता, समानुपातिक समावेशितालाई अंगिकार गरेका छौ।संघीयता मार्फ़त समाजवाद उन्मुख राज्य व्यवस्थाको सुन्दर खाका कोरेर देशलाई संबृद्दीकरण गर्ने सवालमा हाम्रा विचारहरु अग्रमनतिर दिशा बोध गर्न जरुरी छ।अहिले देशको आन्तरिक राजनीतिक बृतमा दाउपेचको चलाखीपूर्ण गणितीय जोड घटाउमा सत्ता समिकरणको जुहारी खेल जुट्दै छ।त्यसैगरी देशी विदेशीहरु पनि परोक्ष अपरोक्ष रुपमा क्रियाशिल हुने अवस्थाको सिर्जना हुदैछ।नेपालको अस्थिर राजनीतिक अवस्थाको मौका पारी देशी विदेशी शक्तिहरुबाट अनेकन सत्ताको खेलमा भंयकर डर लाग्दो जालो राखि दिने र अर्कों तिर अस्थिर गतिविधिहरु संचालनको मलजल गरने कुटिल चाल खेलिदैछ।यो कुरामा हाम्रा नेता,कार्य कर्ताहरु र नेपाली जनता सचेत हुनु जरुरी छ।देश भर्खर मात्र प्रतिगमनको ठूलो भडखालोबाट अवतरण भएको छ।अझै अर्कों प्रतिगमनको पुनरावृति हुन सक्ने संभावना पनि दोहरिएर आउन सक्दछ।यतिबेलाको राजनीतिक सरम गरमको स्थितिमा विवेक ,वौद्दिकता र जनताको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको सवालमा अकर्मन्यता र अधैर्यताको बाँधले रोक्न छेक्न सक्ने ठूलो संका छ। यस जटिल घडिमा लोकतान्त्रिक शक्तिहरुको छातीको ढुकढुकी र नाड़ीको चाल कति छ ! त्यो मापन गर्न जरुरी छ।पद,प्रतिस्ठा,मान,सम्मान र पैसाले व्यक्तिको विचारमा विचलन ल्याउने तथा निस्ठा र आस्थाको राजनीतिक मैदानमा कुटिल

रेफ़्रीहरु राजनीतिक खेलाडिहरुको खेलमा षड्यन्त्रको आँधि तूफ़ान ल्याउने खतरा छ। यसर्थ प्रतिगमनको विरुद्दमा सड़कबाट बेजोड़संग जनताको आन्दोलनबाट जसरी प्रतिगमन सच्याईयो त्यसै गरी अव संसदको कुर्सीबाट उठेरै भए पनि अर्कों असाध्य राम्रो श्रीष्टीको विकास र विहानी ल्याउने आँट र शक्ति आर्जन गर्न सक्नु पर्दछ।त्यसको लागि लोकतन्त्रका पक्षधरहरु एकजुट भएर अगाडि बढ़न सक्नुमा नै राजनीतिक दलको असली चरित्र हुनेछ।

देशको रास्ट्रिय राजनीतिको यो संगीन तथा जटिल परिस्थिमा लोकतान्त्रिक पद्दतिमा अटाउने दलिय शक्तिहरुको संगमबाट देशले निकास पाउने वातावरण तयार गर्नु पर्दछ।एक आपसमा विश्वासको वातावरण बनाएर मात्र सहि निर्णय लिन सक्नु पर्दछ।अव देशले राजनीतिक निकासको बाटो पहिल्याउने कदम चाल्नु पर्दछ।

देशको सार्वभौमिकता,स्वाधीनता,अखण्डतामा जनताको दैनिकी जीवनको अवस्थामा परिवर्तन आउने गरी शासकीय व्यवस्थामा सोच्न सक्नु पर्दछ।हिजो संविधान जारी गर्दाको राज्यको शासकीय स्वरूप लगाएतका विषयमा बहस तथा छलफल ग़र्न न्यायिक हुनेछ। कुनै पनि विचार सिद्दान्त वा वाद सर्व कालिन भएर रहन सक्दैन। हिजो मार्क्स तथा लेनिनले तत्कालीन रूसी समाजको इतिहासमा जुन विचार, दर्शन,सिद्दान्त विधि र पद्दतिलाई लागु गरियो त्यहि नै अहिलेको समाजमा हूबहु लागु हुन सक्दैन र सकेन पनि।किनकी समाज विकासको क्रम स्थीर रहदैन। हरेक वस्तुको रूप,सार र गतिमा परिवर्तन भए झै मानवीय संवेग, चाहना र आवश्यकताहरु बदलिदो संसारलाई नियालेर अगाडि चल्ने गर्दछ।हाम्रो देशको क़ुरा ग़र्दा हिजो वीपी क़ोईरालाको प्रजातान्त्रिक समाजवाद र पुष्पलाल श्रेस्ठको वर्ग विहीन राजनीतिक इतिहासको विराट दायरा त्यो काल खण्डको सामाजिक परिवेशमा ठिक हुन सक्यो। तर आज नेपाल र नेपाली जनताको दिल दिमाग़ र हातमा रहेको विज्ञान र प्रविधिको ज़मानामा त्यो दर्शन विचार आधारभूत रुपमा रहन त सक्ला।तर वर्तमान समाजको इच्छा,चाहना र आवश्यकतालाई जोडेर अगाडि गतिमय चालमा बढ़नु पर्दछ।

अव हामी नयाँ नेपालको काँचुली फेर्न नयाँ आधारको एकताको शुत्रमा जोडिन आवश्यक भएको छ।नेपाल र नेपाली जनताको अवस्थामा परिवर्तन ल्याउनका लागी राज्य व्यवस्थामा परिवर्तनको परिकल्पना गर्न जरुरी छ।त्यसको लागि जन निर्वाचित प्रत्यक्ष कार्यकारी रास्ट्रपति प्रणालीमा जाँदा राम्रो हुन्छ।जनताद्वारा निर्वाचित रास्ट्रपति जनताप्रति जिम्मेवारी रहनुका साथै कार्य सम्पादन र विवादास्पद भएमा जनताद्वारा पुन: re-call को व्यवस्था हुनु पर्ने प्रणालीको विकासले देश अस्थिरताबाट जोगिन सक्दछ।त्यसै गरी निर्वाचन प्रक्रियालाई भडकिलो र खर्चिलो नबनाएर मितव्ययी हुने नीतिमा परिवर्तन गरी Vote to reject को पनि व्यवस्था गरिनु पर्दछ।कतिपय मूलुकहरुमा यस्तो खालको व्यवस्था समेत गरिएको छ।देशलाई भ्रस्टाचारको दलदलको गहिरो आहालबाट बचाउन एउटा बलियो बुद्दीजीवी,कानूनवेत्ता सहितको प्रत्यक्ष जन लोकपाल रहने संयन्त्रको निर्माण गर्न आवश्यक छ ताकि त्यो जिम्मेवार निकायले सहि रुपमा सामाजिक न्याय निरूपण गरी शान्ती समाजको आधार तयार गर्ने छ।सामाजिक रूपका देखिएका हरेक खालका भ्रस्टाचारलाई जरै देखि निर्मूल गरी सभ्य तथा सु-संस्कृत समाज विकासमा रूपान्तर हुनेछ।

निश्चय पनि देशको दिगो विकास तथा संवृद्दीको लागि आर्थिक,सामाजिक लगाएत अन्य विकासका पूर्वाधारहरूको नयाँ खाका तयार गरी गतिवान हुनु पर्ने दूरदृष्टी बनाउनु पर्दछ।देश समाजवादक़ो बाटोबाट अगाडि बढ़न समाजवादका चरणहरुमा जनतालाई व्यापक रुपमा सहभागी बनाउने कार्य योजना मा महत्वपूर्ण कार्यनीति तथा रणनैतिक योजनाको लागि विषयगत बौद्दिक टिम बनाउन आवश्यक छ।हाम्रा छिमेकी तथा अन्य समुद्र पारका मित्र रास्ट्रहरुसंगको परस्परको वैदेशिक एवं कुटनीतिक सम्बन्धलाई वैज्ञानिक ढंगबाट अन्तरास्ट्रिय विश्व वन्धुत्वको भावनाको रुपमा विकसित गराउनु पर्दछ।हाम्रो सामाजिक,आर्थिक विकासको सम्बन्धका क्षेत्रलाई पारस्पारिक हित हुने गरी लगानी क्षेत्रको संभावनाहरुलाई किटानीका साथ तय गर्नु पर्दछ।कृषि,व्यापार,पर्यटन,उधोग आदिको प्रवर्धन गरी रोजगारीको सिर्जना गर्न राज्यको ठूलो लगानी हुनु पर्दछ।पूँजीको परिचालनबाट देशको आर्थिक तथा सामाजिक विकास गर्ने नीतिमा सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक छ।राज्यले ऋण तथा अनुदान सेवा प्रवाहलाई खास खास उत्पादन क्षेत्रमा पुर्याएर रोजगार,उत्पादन ,मूल्य र बजार व्यवस्थापन संग जोडेर लिनु पर्दछ।शिक्षा र स्वास्थ्यलाई राज्यको मातहतमा लिएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिने नीति अपनाउनु पर्दछ।मानिसलाई भौतिक साधनको प्राप्तीले सुख मात्र होईनकी आत्मिक रुपमा खुसी हुने शास्त्रको समेत विकास गराउनु पर्दछ।यसरी समुन्नत समाजवादको दिगो विकासको लागि एउटा लोकतान्त्रिक राज्य सफल हुनका लागि अन्तरास्ट्रिय स्तरमा मानव चेतनाको बृहत संसारमा चेतन मन र विचारबाट संसारमा भए गरेका असल अभ्यासहरुलाई आफ्नो सापेक्षतामा देश काल परिस्थिती संग मेल खाने गरी विज्ञान र प्रविधिको संसारलाई भित्र्याउदै देशलाई संवृद्दशाली बनाउने प्रणालीको विकास नै आजको आवश्यकता हो

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto