रुकुम पश्चिमका स्थानीय तहहरु आन्तरिक राजस्व संकलनमा कमजोर देखिएका छन । स्थानीय तहहरु स्थापना भएदेखि चालु आर्थिक बर्षसम्मको राजश्व संकलनको अवस्था देखि अधिकांस स्थानीय तहहरुले आफ्नो लक्ष्य भेटाउन सकेका छैनन् । प्रभावकारी कार्यक्रम विनाका राजस्व लक्ष्य हुँदा कार्यन्वयन हुन नसकेका हुन ।
रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाले बितेका तीन आर्थिक वर्षमा पनि आफ्नो राजश्व लक्ष्य भेटाउन सकेको छैन । आर्थिक बर्ष २०७४÷७५ मा मुसीकोट नगरपालिकाले १ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ५४ लाख मात्र संकलन गर्न सफल भयो । अर्को आर्थिक बर्ष २०७५÷७६ मा २ करोड २५ लाख लक्ष्य राखेकोमा १ करोड ६६ लाख संकलन ग¥यो । आर्थिक बर्ष २०७६÷७७ मा पनि २ करोड २५ लाख लक्ष्य राखेकोमा अघिल्लो आर्थिक बर्षको भन्दा कम १ करोड १९ लाख मात्र राजश्य संकलन ग¥यो । चालु आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको भन्दा आधा लक्ष्य घटाएर १ करोड ५० लाख राखेकोमा हालसम्म ५८ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यी चार वटै आर्थिक बर्षमा मुसीकोट नगरपालिकाले राखेको राजश्व लक्ष्य कहिले पनि भटेको देखिदैन । लक्ष्य अनुसारको राजश्य संकलन नहुनुको पहाडि धेरै कारणहरु रहेको जनप्रतिनिधी तथा कर्मचारीहरु बताउछन । जसमा स्थानीय, जनप्रतिनिधी, कर्मचारीलाई राजस्व दाखिला सम्बन्धी ज्ञान नभएको, राजश्वकोको बाँफटमा कार्यरत कर्मचारीलाई तालिम तथा प्रोत्साहन नभएको र राजश्वको क्षेत्रहरु स्पष्ट रुपमा पहिचान हुन नसकेको जस्ता पर्दछन ।
मुसीकोट नगरपालिका राजश्व शाखा लेखापाल प्रेम खड्का अनुसार संघ, प्रदेश र स्थानीय तहबिच स्पष्ट रुपमा राजश्यको क्षेत्र बाँडफाट हुन नसक्नु, स्थानीय सरकारले सबै कदरदातालाई करको दायरामा ल्याउन नसक्नु र करदाताहरुमा करको महत्वबारे ज्ञान नभएको जस्ता कारण पनि लक्ष्य अनुसारको राजश्व संकलन हुन समस्या रहेको बताउछन । मुसीकोट नगरपालिकाले राजश्व संकलनका लागि आर्थिक ऐन र व्यवसाय दर्ता कार्यबिधी जस्ता ऐनकानुनहरु बनाएको छ ।
त्यस्तै रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा ५० लाख लक्ष्य राखेकोमा ३२ लाख राजस्व उठायो । यस आर्थिक बर्षमा लक्ष्य भन्दा १८ लाख कम राजश्व संकलन भएपनि अर्को आर्थिक बर्षमा भने अघिल्लो आर्थिक बर्षकै लक्ष्यलाई निरन्तरता दिदा ३ लाख बढी राजश्व संकलन भएको देखिन्छ । त्यस्तै आर्थिक बर्ष २०७६÷७७ मा सोहि ५० लाख लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी ६७ लाख राजश्व संकलन भएको छ । चालु आर्थिक बर्षमा ६० लाखको लक्ष्य राखेकोमा हालसम्म १७ लाख रुपैयाँ मात्र संकलन भएको गाउँपालिकामा सूचना अधिकारी धनीप्रसाद खड्काले जानकारी दिए । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले पहिलो आर्थिक बर्षमा राजश्वको लक्ष्य भेटाउन नसकेपनि पछिल्ला आर्थिक बर्षहरुमा भने लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । तर अन्य स्थानीय तहहरुको भन्दा गाउँपालिकाले निकै कम लक्ष्य राखेकोकोले लक्ष्य पुरा गर्नमा सहयोग पुगेको देखिन्छ । अन्य स्थानीय तहहरुले कम्तिमा पनि १ करोड माथी नै लक्ष्य राखेको देखिन्छ ।
त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा ४० लाखको लक्ष्य राखेकोमा ६५ लाख राजस्व संकलन भएको छ । त्यस्तै २०७५÷६६ मा आर्थिक बर्षमा १ करोड ५० लाखको लक्ष्य राखेकोमा ८८ लाख रुपैयाँ मात्र संकलन गरेको छ । त्यस्तै अर्को आर्थिक बर्षमा ४ करोड लक्ष्य राखेकोमा २ करोड १३ लाख रुपैयाँ मात्र संकलन भएको छ । चालु आर्थिक बर्षमा पनि ४ करोड लक्ष्य राखेकोमा हालसम्म १ करोड ३५ लाख रुपैयाँ मात्र राजश्य संकलन भएको छ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले भने प्रत्येक बर्ष नै आफ्नो लक्ष्य अनुसारको राजश्व संकलन गर्न सफल भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा १ करोड लक्ष्य राखेकोमा १ करोड ६ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०७५÷७६ मा १ करोड ५० लाख लक्ष्य राखेकोमा २ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै आर्थिक बर्ष २०७६÷७७ मा ३ करोड ५० लाख राजश्व लक्ष्य राखेकोम लक्ष्य भन्दा बढी नै ३ करोड ६८ लाख राजश्व संकलन भएको छ । चालु आर्थिक बर्षमा ३ करोड ५० लाख राजश्व लक्ष्य राखेकोमा हालसम्म १ करोड ६ लाख रुपैयाँ संकलन भएको नगरपालिकाका सूचना अधिकारी गणेश चन्दले जानकारी दिए ।
बितेका तिन आर्थिक बर्षमा ठुलो रकमको राजस्व लक्ष्य राख्ने र लक्ष्य भन्दा बढी नै राजश्व संकलन गर्ने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह हो । राजश्व लक्ष्य सफल बनाउन ऐन कार्यविधि अनुसार पूर्ण कार्यन्वयन गरिएका कारण राजश्व लक्ष्य भन्दा बढी संकलन भएको आठबिसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले बताईन । ‘लक्ष्य भन्दा बढी नै राजश्व संकलन हुनुका पछाडि जनप्रतिनिधी र कर्मचारी सबैको सक्रिय योगदान छ’ उनले भनिन, ‘नगरपालिकाले उठ्ने सक्ने किटान गरेर नै राजश्व लक्ष्य राखेको छ र उक्त राजश्व सकलन गर्न नीति तथा कार्यक्रम कडाईका साथ लागु गरिएको छ ।’
रुकुम पश्चिमका अन्य दुई स्थानीय तहहरु बाँफिकोट र सानीभेरी गाउँपालिकाको राजश्व विवरण उपलब्ध हुन नसकेपनि लक्ष्य अनुसारको राजश्व संकलन संकलन भने नभएको बताईएको छ ।