भीम बुढाथोकी

शाश्वत संसारमा पशुपंक्षीहरुको सृष्टीमा जुन  खालको जैविकीय स्वतन्त्र गुण  थियो आज पनित्यहि छ र भोलि पनि त्यहि नै हुनेछ । उनिहरुको जैविक  क्रियाकलापहरुमा आवश्यकताको जरुरीमा नितान्त प्राकृतिक नियम भन्दा परको नियम छैन । उनिहरूको संसारमा एउटा नियम छ,कि त त्योस्वाभाविक श्रीष्टीकै अदभूत नियम हो ,कि त प्राणीजन्य जैविकीय गुणमा हुने एक यामिक नियम नैहो जुन विशेषतः पशुहरुमा नितान्त अनुशासनको दायरा भित्र हुन्छ।

उनिहरुको चेतनामा अगाधनविर्सने सम्झना, माया र राग पनि जोडिएको हुन्छ त्यो मानिसको उनिहरुसंग गरिने शत्रुवत यामित्रवत व्यवहारमा निर्भर गर्दछ । यति मात्र होईनकी उनिहरुको चेतनामा पनि अदभूत शक्ति पनिछ,जुन श्रवण र स्वासको बासना वा सुघाईको तीक्ष्णतामा अनौठो गुण जोडिएको छ । हिजो हाम्रो साथ संगतमा रहेका जगतका प्राणीहरु  किम्वदन्ति या पौराणिक नैतिक चरित्रको कथनर ग्रन्थका अध्यायहरुमा मानवलाई सुझाउने गरेको पाउदछौ । त्यसै गरी मानव सेवकका रूपमा यासन्देश वाहकको रुपमा रहेर सन्देश पुर्याउने र अर्ती उपदेश दिएका शिलुक शास्त्रहरु ( मौखिक कथन) र पुराना लिखत ग्रन्थहरु पनि साँचीका रुपमा दर्ज भएका छन्। हाम्रो जीवनमा पनि बाआमा,काका काकी र बाजे बजÞ्यैहरु रातको विछ्यौनामा पल्टिएर पुराना सिलुक शास्त्रहरु भन्ने गÞर्रेकÞोआज पनि मस्तिष्कमा ताजै छ।त्यति मात्र कहाँ हो र, भूतप्रेत–पिशाचहरु र मृत आत्माहरु पनि कुनैश्रीष्टीको काल खण्डमा साथ संगत हुदा   सरसल्लाहका साथै शत्रु र मित्र दुवै भएको जनश्रुति पनिसून्दछौ । आज पनि हाम्रो विध्यालयहरुको पाठ्यवस्तुमा नैतिक शिक्षाको लागि मार्ग दर्शकको रूपमापढाउने र सिकाउने शिलशिला कायमै छ ।

प्रकृतिमा पहिले मानिस भन्दा ठूल्ठूला डाइनोसोर जस्ता अजÞिंका विशाल जीव या पशुपंछीकोजीवनको उत्पत्तिको समय थियो।उत्तरार्धको लामों कालखण्ड पछि मात्र चेपे गाँडा र माछाका भूराकोस्वरुपमा देखिने आकृति   विस्तारै भूत्लाको वानर हुदै आजको मानिस मानिसको स्वरुपमा आएकोजीव विज्ञानको विकासको नियमले हामीलाई थाह दिएको छ। मानिसको शारीरिक आकृतिकोविकासको हाड छालाको नाँगो रूपमा हुदा  बसाईको लागि झाडि,वन,ओढार अनि शरीर ढाक्नकालागि स्याउला,झारपात,घाँसपात,रुखÞ विरुवाको बोक्रा र खानाका लागि रुखÞ विरुवाकामुना,कन्दमूल आदिमा निर्भर हुदै कविला जीवनमा प्रवेश गर्यो। जव जीवन भोगाईको कठिनपरिस्थिमा संघर्ष गÞर्दै जाने वातावरण आयो अनि पशुपंछीको शिकारमा ढ़ूँगा काठपात,लहरा आदिकोप्रयोग गर्दै को व्यवहारबाट सिकाईको महशुस र अनुभव प्राप्त हुन गयो। पशुपंछीहरुको दैनिकी क्रियाकलापकोहिड़ाई, घुमाई, खवाई र वास स्थान आदिको व्यवहारबाट कविला यूग भन्दा अघि र पछिको मानिसलेपशुपंछीहरुको सबै कÞुरा सिक्दै गयो र आफूलाई अभ्यस्त बनाउदै गएर विकासको चरण पार गर्दैगयो ।

 

आज हाम्रो  उच्च शिक्षाको कोर्ष ,पाठ्यक्रम तथा पाठ्यवस्तुमा जन्तु जनावर तथा पंछीको व्यवहार रसिकाईबाट सिकाईका शास्त्रीय तथा अन्य विकासवादी शिद्दान्तहरु प्रतिपादन भएका छन् । चाहे तिपरेवाको सिकाई होस् या मूसाको या कुकुर या वानरको क्रियाकलापबाट सिकेको उदाहरणीयसिकाई होस् । आखिर हाम्रा सिकाईहरु पशुपंछीबाट अभिप्रेरित भएका सिकाईका प्रेरणाहरु हुन्। जुनआज आधुनिक समाज विकासको बाटोमा    मार्ग दर्शक बनेका छन्। मानिस आज आधुनिक समाजविकासको गतिमा दौडिरहदा पनि मानिस मानवताको उज्यालो संसारबाट टाढा छ।फÞ्रायडले भने झैमानिस ९५५ खराव मानसिक सोचले व्यग्र वा ग्रस्त हुन्छ ।उसको मन या विचार विकारले भरिएकोहुन्छ।उसको व्यवहार पशुवत हुन्छ । अझ खÞासगरी पशुवत पनि भन्न नमिल्ला किनकी माथि नै चर्चागरियोकि पशु आफ्नो यामिक अनुशासनको दायरा भित्र हुन्छ । उ सधै प्राकृतिक नियमलाई यताउतीया तलमाथी गर्दैन।पशुपतिनाथमा पनि पशुको मूर्तिलाई  मानिसहरु श्रदाका साथ झुक्छन।फÞ्रायडभन्छनकि साहेद मानिसलाई नीति विधि र कÞानूनले बाँधिदैनथ्यो भने ऊ मनोमानी गरेर अपराध मात्रगर्दथ्यो । त्यसैले उसलाई  बन्धनमा राख्न कÞानूनको आवश्यकता भएको हो । विडम्पना भन्नु पर्दछकि आज एक्काईसौ सताप्दीको आधुनिक यूगमा पनि हाम्रो शिक्षा सिकाई रअनुभवहरु धुलिकरण भएकाछन्। मानिसको चेतना शक्तिको अगाडि अवचेतन मन र विचारहरुलेसामाजिक गतिविधिमा रुघ्न किसिमको स्याली र खिया लागेर चौपट्ट भएका छन् । हामीले बनाएकानियम कÞानूनहरु जति लोकतान्त्रिक आचरणकÞो ठानिए पनि व्यवहारमा लागु हुन सक्दैनन भने जतिस्याल हुइया गरेर कराए पनि चिच्याए पनि के नै हुन्छर! हाम्रा शहिदहरूको  रातो रगतको इतिहासकोगौरवमय संघर्षले  लेखिएका दस्तावेजहरु कागÞजÞमा रंगीन बनाएर समावेशी समानुपातिक सामाजिकन्यायको समानताको सिद्दान्तको जति जÞपतप गरे पनि व्यवहारमा लागु हुदैनन भने ति केवल देखाउनेहात्तीका सेता दाँत मात्र हुनेछन।आज हाम्रो सामाजिक संस्कार र सभ्यतामा खरों प्रश्न चिन्ह खड़ाभएको छ।सामाजले सहन गर्न नसक्ने खालको घिर्णित अराजक, असहिष्णु र अपराधको बेलगामघोड़ा सवार भैरहेको छ । हरेक क्षेत्रमा भ्रस्टाचार, अनियमितता, घुसखोरी, कमिसन, कालाबजारी, ठेक्कापट्टा, नातावाद , कृपावाद, परिवारवादव्याप्त छ । शिक्षा, स्वास्थ्य, यातायात, वाणिज्य व्यापार आदिमा माफिया,दलाल पूँजीपति,नोकरशाह,नव सामन्ती र नव धनाढ्यहरुको  नयाँ घरजमको आलिशानमा सौखिन जीवनको महलहुदैछ । महिला अधिकार अध्यारो सुरुंगमा गुपचुप भएकाछन्।सयौ निर्मला र       भागीरथीहरुको जीवन रक्तपिपासुको शिकार हुदैछन। दिन दहाडै चेलीहरु बलत्कृत भएर हत्या गरिएकाछन भने कयौ महिलाहरुकुनै न कुनै रुपमा हिंसा पिडित भएर बेघरवार भएकाछन। न्यायलयको ढोकामा पुगेर पनि न्याय पाउनसकिरहेका छैनन।बालवालिकाहरुको जीवन सड़क पेटीमा सड़क छाप भएर निरीह जीवन विताउनुपरेकÞो छ ।

देश कÞोरोना महामारीले गÞर्दा अस्त व्यस्त छ । मानिसहरु काम माम र रोजÞगारी पाउन नसकीभोकमारीले घाँटी निमोठिएको छ । कÞोरोना महामारी विच हजÞारौ नागरिकहरु वैदेशिक   रोजÞगारकोलागि  लामबद्द भएकाछन्।सूनुवाई कसले गरिदिने।मर्म कसले बुझिदिने । आज सागरमाथा आकाशबाट चियाईरहेको छ।नेपालको त्रिकोण झण्डामा चन्द्र र सूर्य फरफÞराई रहेरवीर विरंगनाको याद झल्काईरहेको छ।अनवरत रुपमा बहने कोशी,गन्डकी कर्णाली, महाकाली अनिकाला पानी,लिपुलेक लिम्पियधुरा सबै सबैले रास्टू          रास्ट्रियता, सार्वभौमिकता, अखण्डता, स्वाधीनतामानेपाल र नेपालीको महानता र अदम्मय साहस र कामलाई पछ्याईरहदा मुटुको ढुकढुकीले छुनु पर्दछ । शहिदको तातो आँत र रातो रगतले लेखिएको संघियता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिताको मूलमर्म हाम्रो मन मुटुको गौरव हो । इतिहास हार्नेहरुको हुनु हुदैन वल्की जित्नेहरुको हुनु पर्दछ । इतिहासलेंन्दुप दोर्जे र      रायमाझीहरुको हुनु हुदैन ।

यो देश देशभक्त भक्ति थापाहरुको सन्तानको देश हुनुपर्दछ।यो नहोसकि रोमका सम्राट रोम जलिरदा मस्त निद्रामा हुदाको जतिबेलाको इतिहास पढियो, त्यो नहोस्। आज हाम्रो देश जलिरहदा सुतेकाहरुलाई चर्को स्वर निकालेर यूझाउन सकौ किलोकतन्त्र भित्रको  अध्यारोमा लुकेको संसारलाई चिरेर नयाँ संसारको  विजारोपण गर्न ठूलो भूकम्प  पैदा गर्नै पर्दछ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto