नेपाल र नेपालीहरुको आफ्नो मौलिक परम्परागतगत संस्कार तथा संस्कृतिमा विचलन आउदा सबै आम नेपालीहरुको मान सम्मान, प्रतिस्ठा र ईज्जतमा आँच आएको छ । हामी एकातिर आफ्नो मौलिक जराकोपहिचानलाई संरक्षण तथा संवर्द्दण गर्ने कुरामा हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा लिखित व्यवस्था गरी नीति नियम तथा ऐन कÞानूनमा लिपीवद्द गरेका छौ भने अर्कोंतिर आधुनिकताको नाममानजानिदो तथा घिन लाग्दो विदेशी संस्कार तथा संस्कृतिलाई अन्धभक्तभएर अंगालिरहेका छौ ।
सीता,भृकुटी र शान्तिका अग्रदूत बुद्द जन्मेको देश । वीर, वीरंगनाको रातोंरगतले सिंचित इतिहासको देश । भाषा र भूगोलको एकीकरण गर्ने भानु रपृथ्वीनारायण शाहले आर्जेको देश। कैलाश पर्वतका शिव र पार्वतीकोज्ञान र मोक्ष प्राप्तीको पावन भूमीको देश। कवि कवयित्रीहरुको ज्ञानभूमीको देश।हरेक विकृति र विसंगतिलाई हटाउन जनताको वलिदानीलेसंघियता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रान्त्रिक गणतन्त्र स्थापना गरिएको देश । हाम्रो इतिहास, भूगोल, जनसंख्या, भाषा,साहित्य कला आदिमा आधारित पाठ्यक्रम ,पाठ्यपुस्तकतथा सन्दर्भ सामाग्रीहरु जस्ता पुस्तकहरुमा देशको हावापानी, भूगोल, माटो, सामाजिक जीवन, परम्परा, आधुनिक विज्ञान र प्रविधिलाई समेट्ने गरी रास्टिूय उद्देश्य पुरा गर्ने असल नागरीक तयारपार्ने उद्देश्य राखिएको छ । तदनुरूपको पाठ्यक्रम र पाठ्यसामग्रीहरु तयार गरी सिकारूलाई सिकाईव्यवहारिक बनाउन विध्यालय तहमा पठन पाठनको व्यवस्थागरिएको छ । आधारभूत तह सम्म स्थानीय भाषामा शिक्षा पाउने अधिकारको व्यवस्था गरिएको छ । शहरकाठूल्ठूला फÞ्लाईंटहरुमा विदेशका विभिन्न भाषा कक्षाहरु संचालन गरिदेछन । आज अंग्रेजी भाषालाई सुसंस्कृत, सभ्य तथा संबृद्द भाषा मानेरर ठानेर विध्यालयमा कोमल मन मस्तिष्कको नेपाली जिब्रोमा आफ्नो संस्कार र संस्कृतिको लवजमा हुर्केका बालबालिकाहरुलाई जबर जस्त अंग्रेजी भाषाको गह्रोभारी बोकाएर नेपाल पारीको यात्रा तय गर्दैछौ । हाम्रो भविष्य कहाँ गएर टूँगिने हो । कस्तो अवस्थामाहुने हो।यसको प्रभाव र असर के हुन सक्दछ । भविस्यलाई अनुमान गर्न सकिएको छैन । कसैको पनिदिल दिमागमा छोएको छैन ।
भाषा बन्द कोठामा रटानको राप तापले सिकिने कÞुरा होईन । यो त मानिसहरु विचको आपसीघुलमिलको वातावरण तथा अन्तरक्रियाबाट सिकिंने कÞुरा हो। नजिकको छिमेकी देश भारतमा जानेसबै नेपालीहरु भारतको औपचारिक कक्षा लिएर हिन्दी भाषा सिकेका होईनन।ऊनीहरू हिन्दीभाषाको वातावरणमा भिजेर श्रम गर्दै ,काम गर्दै सिकेका हुन्।यो भन्दै गÞर्दा अन्तरास्टिूय स्तरका कुनैपनि भाषाको विल्कूल अपमान गरिएको होईन । हर मूलुकको आफ्नो भाषामा रास्ट्र राष्ट्रियताको प्रेममय भावना गाँसिएको हुन्छ । जसले आफ्नो मौलिकताको झझल्को दिएरमान,प्रतिस्ठा,गरीमा र इज्जतलाई जोगाएको हुन्छ । जुन इंद्रेणीमय भएर एक अर्कों विचमा अन्तरघुलन भएर सामिप्यता कÞायम भएको हुन्छ । हिजो अमेरीकालाई सर्व शक्ति रास्ट्र ठनिएकोमा आज जापान, कोरीया, चीन आदि मूलुकहरु पनि शक्ति रास्ट्र बन्दै गÞर्दा निश्चय पनि अंग्रेजी भाषाकोकारणले विकास त पक्कै भएको त रहेनछ नि त ! विकास त चेतना र सोचले परिवर्तन हुने र गरिनेकÞुरा हो।ति देशहरुको आफनै मौलिक भाषा छ । यो त प्रमाणिकता हो । ! उसो भा हामी ति राष्ट्रहरुमाजादा अंग्रेजी भाषालाई अनिवार्य बनाउनु पर्ने होईन र ! किन जापान र कोरिया जाँदा ति मूलुकहरुकोभाषा कक्षा उत्तीर्ण गर्नु पर्ने हो त ? किन उनिहरुकै भाषा सिक्नु पर्ने अनि जान्नु पर्ने त । ति देशहरुआफ्नो सम्प्रभूता, भाषा, संस्कार र संस्कृति प्रति समर्पित छन । मान,मुटु र मस्तिष्क भन्दा प्यारो छ।त्यसकारण आफ्नो पहिचानसंग गाढ़ा साइनो गाँसेर रमाउने राष्ट्रहरु स्वनिर्णीत छन् र अबिचलितभाषा संस्कार र संस्कृतिको चिनारी दिएकाछन्।
हाम्रो नेपाली भाषा अव कक्टेल (कृतिम न गधा न घोड़ा) खालको खच्चडि हुदैछ । किनकी हाम्रोपरिदृश्यमा केहि लक्षणहरु देखा परिरहेको अनूभूति हुदैछ । हाम्रो दैनिक जीवनका गतिविधिमा भाषा, साहित्य, कला, संस्कृति जस्ता हर क्षेत्रमा रिमिक्स हुदैछ । हाम्रा परम्परागत मेला पर्व, पूजाआजा, विबाह, भोज भतेर, चाडवाडहरुको रिहर्सल गरिने आँगन, पटाँगींनी, वृक्ष छहारी, मेलापात र रोधिघरहरुमा पाश्चात्य शैलीको बार तथा रेस्टुराँहरुमा विदेशी पहिरन सहितको खानपिनमा डिस्कोडान्समा रमाएर मौलिक गीत संगीत र गुन्जनहरु रिमिक्स भएर आफ्नो पहिचान गुम्दैछन । हामी एकआपसमा चिनिने वा परिचित हुने साइनों वा नातालाई भूल्देछौ । वावा र जेंई भनिने शब्द लोप भए, आमा बुवाको चिनारी मबमथ र mगmmथ मा परिणत हुदैछ । नेपाली भाषाको कÞुरा गÞर्दा पनिसबैजेठाजÞु, वराजुहरु,जेठानहरु दाजÞुको नयाँ नाता भए,आजु,आमाजुहरुको नाता सबै दिदीको साइनोंलाग्ने भए, सासु ससुराको चिनारी नाता आफ्नो जन्म दिने आमा बुवाको साइनोंमा परिणत भए।यसरीसाइनोंले विकृत रूप लिदैछ । भाद्रगोल भयो, कसले कसलाई कसरी चिन्ने । सारै अलमल अलमलभयो ।
बच्चादेखि बूढेउली उमेर सम्म विभिन्न नक्सा आकारका सामान्य देखि लाखौ मूल्यको ऋबपभ काटेरजन्म दिन मनाउदैछौ । जन्म दिन,भात खुवाउने दिन आदि भूलेर Happy birth day to you भनेर balloon फूटाउने र झरझर झिल्काको लप्का बालेर डर लाग्दो वातावरण बनायौ । ठूल्ठूला चारतारेहोटेलमा वर्वर र पिजा order गर्न हौसिन थाल्यौ । हाम्रा मकै भटमासको खाजा,ढिडो आटो,सिन्की रखोलेको झोल खाना विर्सियौ। हामीले प्रयोगमा ल्याउने सबै चिजविजहरुको नाम अरु मूलुककोपरिचयले बुझिने भो ।
पुरुषहरु चुल्ठे ,मुन्द्रे, जुरे, खैरे,जÞैरे कपाले,जूँगे, दाह्रीवाल बने।अझै भन्ने हो भने आँखी भौमा लकेट झुण्डिंएको देखिन पुगे भने कपड़ाकोलगाई वा पहिरनमा प्वाल पारेको, टालेको, च्यातेको,अर्धकाटेको आदि आदि देखिन थाले । त्यसै गरीविवाहित महिलाहरुको सिउदोमाँ सिन्दूर छैन, गलामा पोते छैन,आंग वा जिउमा पूरा ढाक्ने कपड़ा छैन । यी यस्ता खालका सिकाईका गÞलत व्यवहारहरु हाम्रा भावी सन्ततिहरुले अन्ध नक्कलगर्दैछन् । विज्ञान तथा प्रविधिलाई नजानिदो तरीकाले व्यापक दुरुपयोग गरिन थालियो । विध्यालयमा बालबालिकाहरु नराम्ररी प्रभावित बनिरहेकाछन्। माथि बताईए झै बालबालिकहरूरंगीन कपाले ,मुन्द्रे आदि आदि हुदैछन् भने हातमा एक दुईवटा कÞापी किताव बोकर हिड्ने फेशनबनेको छ । पढ़ने, सिक्ने र सिकाउने संस्कार हराउदै छ । कतिपय शिक्षकहरूमा जोश,जाँगर देखिदैंन । शिक्षकहरुलाई राजनीतिक पार्टीको झोले कुम्ले बनाएर पेशाको हैसियतलाई खुईल्याईयो । कतिपयविध्यार्थीहरु विध्यालयको मुखै नदेखेर, एक दिन पाईला नटेकेरै परीक्षामा उत्तीर्ण हुने परिपाटीकोसिकाई भैरहेको छ । हामी कस्तो खालको जनशक्ति निर्माण गर्दैछौ । यो सोचनिय विषय हो।यो कथाव्यथारूपी रोग त विध्यालय तह देखि उच्च शिक्षा सम्म गाँजिएर मौलाउदै गएको छ । हाम्रोविध्यावारीधिको हैसियत भए पनि विदेशी भूमिको मोहले छोड्न सकेको छैन । सबै किसिमकोजनशक्ति विदेश पलाएन भईरहेको छ ।
समाजमा सामाजिकीकरणका व्यवहारहरु हराएर व्यक्तिमा आडम्बरको स्याली र लेउ जमेको छ । खैके देख्नु पर्यो! देखि नसक्नु भो।बाटो हिड्दा आँखÞा छोपी हिड्नु पर्ने भो । आधुनिक ,वैज्ञानिक एवंव्यवहारिक शिक्षाले यो विकृत रूपको परिभाषा गरेको होईन।सरल र सादा जीवन अनि उच्चविचारमा सकारात्मक सोच विकासको मानवताको गाढ़ा सम्बन्ध स्थापित गर्न खोजेको हो । योखोक्रो विकृत आधुनिकता चाहेको होईन । आधुनिकताको नाममा आफ्नो मौलिकपन विर्सनु मूर्खताभएन र ! यसरी आफ्नो संस्कार अनि संस्कृतिको जगेर्ना कसरी हुन सक्छ त? प्रश्नहरुको जबाफअनुत्तरित भएकाछन् । आधुनिकताको नाममा निर्लज्ज किसिमले स्वाँस(प्रश्वास देखि उत्सर्जन सम्म हुबहू सबै सिको रसिकाई गर्नु त्यो नजानिदो,घिन लाग्दो अन्धभक्त,आश्रित ,मौलिकतालाई धूल्याई गर्नु र आफ्नोपहिचानलाई गुमाउनु हो।पूर्खाको इतिहास,परम्पराबाट भावी पिढीलाई अन्धकारको भूमरी र सुरंगमापुर्याउनु हो। हामी आफैमा हराउदैछौ, पानीको थोपा झै फÞुटेर विलाउदैछौ,बालुवाको पानी जस्तो गरिपत्तालिदैछौ। हामी हावा जस्तो ,आँधि जस्तो गरी उड़ाइदैछौ । हिउ झै पग्लिएर विलाउदैछौ।भूकम्पजस्तो हल्लिदैछौ हल्लाइदैछौ। विकार र विकृतिको रंगले रंगाइदैछौ।राजनीति, विचार, दर्शन, अर्थ, व्यापार ,संस्कार सबै आयातित भएकाछन् ।
देशको राष्ट्रिय राजनीति तरंगित भैरहेको छ । रास्ट्रिय राजनीति परिदृश्यमा करीव करीव एकदशकमा सरकार र सत्ताको जोड़ घटाउको समिकरण हुदै आएको देखिन्छ । भिन्न विचार,दर्शन र सिद्दान्त अंगालेका राजनीतिक दलहरु विच सत्ता र सरकारमा जान आतुरीमा अनेक जालझेल, कपटतिकडम, किनबेच, खरीद विक्री, पदीय मोलतोलले अस्वस्थ संस्कारको विजारोपणले जरा गाडेकोइतिहास दोहरिदै आएकाछन । देशि विदेशी शक्ति केंद्रले घरेलु राजनीतिक बृतमा असाध्य गहिरो क्यान्सर बनाएर देशलाई भड्कालोमा राखेर अनिर्णयको बन्दी बनाइदैछ । हामी स्वाधिनतामा होईनकी पराधिन मानसिकतामा आश्रित हुन पुग्यौ। यस खालको अवस्थालाई चिरेर सबै राजनीतिक दलहरु सच्चिएर निस्ठाको भाबले देशलाई निकास दिएर विकास र संबृद्दीमा सदाचार तथासुशासनको बाटोअंगाल्नु पर्दछ । देशमा व्याप्त भ्रस्टाचार ,अनिमियतता, कमिसन,घुसखोरी जस्ता अपराधजन्य गतिविधिलाई निरूपण गर्न सबैएकजुट हुन सक्नु पर्दछ ।
हामी असाध्य ठूलो भूमरीको खाल र आहालबाट माथी उठ्न सक्नु पर्दछ । आफूले आफूलाई चिन्नसक्नु पर्दछ । मन मस्तिष्क र मुटु बाध्न सक्नु पर्दछ।नेपाल र नेपालीको इतिहास र मौलिक धर्तीलाईचिन्न सक्नु पर्दछ ।