रमेश जि.एम.
आजभोली कोभिड १९ को सन्त्रासमा राजा आउ देश बचाउ भन्ने आवाज प्राय गुन्जिरहेका छन। कति उपयुक्त कति नाजायज भन्ने कुरामा सवैका आआफ्ना तर्कहरु होलान तर विगतको इतिहास घोत्लिएर हेर्दा र पढ्दा राजतन्त्र एक जहानिय थियो,परिवारमा सिमित थियो । यस्तो एकतन्त्रीय शासन व्यवस्था फेरि जनतालाई चाहिएको होर ? फेरि राजजतन्त्रलाई चान्स दिने हो ? राजतन्त्रले त २४० वर्षसम्म चान्स पाएको होइन र ? त्यो २४० भनेको कम अवधी होइन । उहीँ पारिवारिक षडयन्त्र, जालझेल, सत्ताको लागि भाईभारदारविच काटमार! प्रश्नहरु धेरै छन ।
राजतन्त्रको इतिहासमा सकारात्मक पक्षहरु पनि छन । त्यसमा सम्मान छदै छ । तर जे जति हुनुपर्ने त्यो भएन । उहीँ चाकरीवाज, गुलामी, टिकाप्रथाले गर्दा जनताको स्वतन्त्रतामा ध्यान नै गएन, गलत नियतमा पारिवारिक शासन जोगाउन जनतालाई थिचोमिचो राखिरहयो । इतिहासमा थुप्रै पापड झेल्दै प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको विकल्पको कुरा हुदैछ । यति लामो शताब्दीसम्म जहानिय शासनले चान्स पायो अनि जनताले के पायो। प्रश्न यहाँनेर उठछ ? गणतन्त्रमा नि केही अवधी चान्स दिम न त, लोकतन्त्रमा धेरै विकल्पहरु खुला हुन्छन,मन मरेन भने अर्को चुनाव छदैछ । इतिहासमा गुलामी र चाकरिवाजमा आद्त परेकाहरु किन धेरै फुरफुर गरिरहेका छन । राजतन्त्रको कर्तुत जान्न धेरै टाढा जानुपर्दैन, यहि ज्ञानेन्द्रको ५८ पछिको शासन हेरे पुग्छ, राजाकोवारे चु बोल्न नै पाईन्थ्यो, राजपरिवारले जे गर्दा नि हुन्छ भन्ने एउटा सनातनी मान्यता थियो ।
प्रेस तथा विधुतिय संचार माध्यममा शाहिसेना पठाएर जनविचारमा अंकुश लगाएको हामी सजिलै विर्सन सकौला र ? यस्ता भन्नुपर्ने,लेख्नुपर्ने इतिवृतान्त धेरै छन। यसरी म अहिले स्वतस्फुर्त रुपमा बोलिराखेको छु,लेखिराखेको छु । यस्तो छुट राजतन्त्रमा हुन्छ। इतिहासमा गुलामी र चाकरीवाज गर्न पल्केकाहरु! उहीँ एकहोरो राजा आउ देश बचाउ रे,देश राजाले बचाउने होकि जनताले। ठिक छ वर्तमान शासकले गलत गरे,जन भावनाअनुरुप कार्य गरेनन।गलत गर्नेहरुलाई अर्को चुनावमा अवश्य नि मेटाईदिनेछन,शासक परिवर्तन गर्न सक्नेछन।के राजतन्त्रमा यस्तो सुविधा हुन्छ ? राजा अनि उसका परिवारहरुले राम्रो काम गरेनन भने के हामी उनिलाई फेर्न सक्छौ,फेरि हामिले चाहेको अर्को राजा ल्याउन सक्छौ ? सायद पहिलेकै राजतन्त्रीय व्यवस्थावाट गयौ भने विल्कुल सक्दैनौ। इतिहासले बिदाई गरिसकेको वंशिय तथा पारिवारिक राजतन्त्र नेपाली जनतालाई कुनै पनि हालतमा चाहिदैन।
इतिहासमा चाकरिवाज र गुलामितन्त्रमा आदत पालेकाहरु रोईकराई गर्दैछन । के साच्चै लोकतान्त्रिक गणतन्त्रको उत्तम विकल्प राजतन्त्रीय व्यवस्था होत ? कदापी हुन सक्दैन। कुनै सम्भ्रान्त वा राजपरिवारमा जन्मिएकै आधारमा देशको शासनसत्ता चलाउन पाउनु यो कुनै पुस्तेनी घरको वारिसनामा त होइन नि। राजतन्त्र भनेको त्यही २४० वर्षसम्म सिमित जहानपरिवारले राज्यको शक्ति दोहन गर्या होईन र? राजतन्त्रका केही सकारात्मक पाटो पक्कै छन,यस पाटोको अवमूल्यन गर्न खोजेको होइन। राम्रा पक्षको सम्मान गर्नुपर्छ। उहीँ जहानिय शासन फर्काउने कुचेस्ठा भईरहेका छन तर लोकतान्त्रीक गणतन्त्रमा आदत परेका हामी जनताहरुमा फेरि अब राजतन्त्रको चाह छैन ।
राज्यसत्तामा कुनै सिमित परिवारको शताब्दीऔ सम्मको हालिमुहालिको परिणाम जनताले भोगिसकेका छन। हामी स्वतन्त्र ढंगले लेख्न पाईरहेका छौ,बोल्न पाईरहेका छौ। कसैको काममा तत्कालै त्यसको आलोचना र समर्थन गर्न सक्छौ। यस व्यवस्थामा एकप्रकारको स्फुर्तता छ । पक्कै पनि पात्रहरुको नियत गलत हुन सक्छन,अर्को पात्रहरु नै फेरिदिउ न त। यसप्रकारको अधिकार राजतन्त्रमा भयो भने केही हदसम्म सकिन्छ तर यस्तो सम्भावना देखिदैन। टिकेप्रथाले उहीँ पन्चायती भुडेभाडेहरु उस्कने न हुन। अन्तत फेरि उहीँ जनता मारमा पर्ने हुन ।
अहिले राजावादीले प्राय लगाउने नारा भनेको “राजा आउ देश बचाउ“ के देश राजाले बचाउने कि जनताले ? बहुल देशमा उहीँ एक भेष ,एक भाशा अनि रास्ट्रीयता भनेको दौरा सुरुवाल नीति अख्तियार गरेपछी देश बच्छ कि विभाजित हुन्छ । बहुजातीय ,बहुभाषिक ,बहुभेष,बहुधार्मिक जस्तो विविधतायुक्त भएको सुन्दर देशमा रास्ट्रीयताको नाममा उहीँ पन्चे पोस्ने टिकेप्रथा फर्काउने प्रपन्च हो यो जो नेपाली जनताले कदापी स्विकार्न सक्दैनन। अब यी सवै असम्भव प्राय छन ।
एकप्रकारले भन्ने हो भने देशले गणतन्त्र धेरै अघिको स्टेप चालिसकेको छ । देशमा संविधान करिव करिव कार्यान्वयनको अवस्था छ,वाधाव्यवधान पक्कै छन। विकास निर्माणले आशातित फड्को मार्न सकेको छैन। शासन गर्ने केही पात्रहरुको नियत खराव भएको छ। जनताको आशाअपेक्षा अनुसार कामहरु हुन सकिरहेका छैनन । त्यसमा आवाज उठिरहेको छ नै। यसरी कामहरु भएन भनेर के राजा नै बोलाउनु पर्ने होत,यो फ्रस्टेसनको नतिजा हो। यसमै हामिले हाम्रा आवाजहरुलाई चर्को बनाउनुपर्छ,फेरि उहीँ जहानिय राजतन्त्रीय परिवारवाद फर्काउने कुरा गर्न हुदैन। राजतन्त्रले देशमा त्यति राम्रो छाप्न छोडन सकेको छैन,राजतन्त भन्ने वितिक्कै उहीँ जहानिय वंशवाद सत्ता पुस्तान्तरण मानसपटलमा झलझली घुम्ने गर्दछ ।
आजभोली दिनहु देखिने मास भनेको २४० वर्ष सम्म राजाले टिकालगाईदिएका पन्चेहरु, चाकरीवालाहरु, हिन्दु अतिवादिहरु र वर्तमान शासनसत्ताका गलत पात्रहरुको गलत कार्यशैलीबाट फ्रस्टेशन हुनेहरु हुन। विश्वमा यतिबेला कोरोनाको महामारी विद्यमान छ । हाम्रो देशमा पनि अवस्था उस्तै छ। स्वास्थ्य मापदण्ड्को ख्याल नै नगरी दिनहु राजतन्त्रको पक्षमा प्रदर्शन भएका छन। लाग्दैछ कोरोना भ्याक्सिन फ्याट्ट राजाले आएर दिन्छन । यस्तो महामारीको रोगको कुनै मतलब नै छैन। आधारभुत स्वास्थ मापदण्ड पूरा नगरी भिडभाडपुर्ण आन्दोलन राम्रो त होइन।झन यस्तो विशेष अवस्थामा कोरोनाको वेवस्था गरि दिनहु भिडभाडपुर्ण कार्यक्रम भईरहेका छन। हरप्रकारका भिडभाडपुर्ण कार्यक्रम आन्दोलन अत्यन्त गलत ट्रेण्ड हुन। तर कसैलाई वेवस्था नै छैन।
अतः हरप्रकारका भिडभाडपुर्ण कार्यक्रम,आन्दोलन इत्यादि स्वास्थ्य मापदण्डका दृष्टिकोणले घातक छ नै,यसमा सचेत हुन जरुरी छ,आज खेलाची गर्यौ भने भोलि यसको नतिजा गम्भीर हुन सक्नेछ। राजावादीहरु पनि यसमा जनताको स्वास्थ्य प्रथम हो भन्ने मानसिकता बनाउनुपर्छ। अब पूरा हुन नसक्ने आन्दोलन गरेर पनि के काम। राजतन्त्र फर्काउने जुन खालका कुप्रयासहरु भैइरहेका छन,जुन ईतिहास भैइसकेको छ त्यसमा वेतुकको मरिहत्ते गरेर के पाईन्छ । अब हामिले ईतिहास मात्र पढ्ने हो।राजतन्त्र फर्काउने कुरा त टाढाको कुरा हो,जहानिय र निरङ्कुश शासन हटाउन यत्रो जनआन्दोलन,सशस्त्र संघर्षहरु भए,ती जनताको संघर्षपुर्ण बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र सितिमिती उल्टने संभावना देखिदैन।
जर्मनीका क्रुर शासकहिटलरका नाजि समर्थकहरु अझै छन र नेपालमा पनि स्वाभाविक ढंगले राजातन्त्रले नुनपानी खुआएकाहरुको अवशेष छन तर मुख्य गुदि कुरो केहो भने राजा आउ देश आउ भन्ने जुन खालको नारा घन्किरहेको छ । वास्तवमा त्यो सुन्दा इरिटेड लाग्ने हुन्छ।यो सत्य होकि इतिहासमा कोहि एकदुई जना शासकहरु रास्ट्रियता र देशका सवालमा गम्भीर थिए तर समग्रतामा भन्दा राजतन्त्र जनताको समृद्धि र विकास पाईला नै चालिएन ।उहीँ राजपरिवार,घरानिया परिवार,आसेपासे र चम्चेपरिवारहरुले मात्र भुँडी बढाए। त्यो जहानिय र क्रुर शासकिय इतिहासलाई हामी जनताले जहिले नि धिकारिरहनेछौ ।
त्यसकारण अहिलेका शासकहरु सच्चिनुपर्छ,बारबार मौका आउदैन। देशमा सुशासन कायम गर्दै देशलाई समृद्धि तर्फ बढाउन दत्तचित्त भएर लाग्नुपर्छ। भ्रष्टाचार,वेथितिलाई जरैदेखी उखेल्नुपर्छ। वास्तविक स्थायी सरकार कर्मचारीहरुको कार्यशैली नि परिवर्तन हुनुपर्छ। नेता भनेको देशको आदर्श हुनुपर्छ। नेता राजनेता भयो भने त्यसको सिको सबैले गर्छन। कर्मचारीबाट नेताको चाकरिवाज,गुलामि अन्त्य गर्नुपर्छ,सेवामा कसरी सुशासन कायम गर्न सकिन्छ यतापट्टि सोच्न्पर्छ। हरेक सरकारी काम गर्दा हुने झन्झटको अन्त्य हुनुपर्छ। अनिमात्र राजावादिहरुले राजतन्त्रको बारे सोच्ने मौका पाउदैनन। यहि व्यवस्था फल्दै फक्रदै समृद्धिको पथतिर लम्किने छ । जय देश जय समृद्धि