भीम बुढाथोकी
अहिलेको ज्ञान विज्ञानमा आएको सामाज विकासको परिवर्तनमा विश्व जगत नै बढ़दो भूमण्डलीकरणको क्षेत्रमा अगाडि बढिरहेको बेला हिजोको समाज विकासको सताप्दीका दर्शन, सिद्दान्त, वाद, विचार र राजनीतिक कार्यदिशाको बाटोले विकसित समाजको रूप वा आकार र सारलाई ग्रहण गर्न सकेन भने निश्चय पनि हालको चरम पूँजीवाद र समाजवादको नार्सिसिज्मको मख्ताको एउटा सोच, विचार र शैलीले समाज रूपान्तर हुन सक्दैन ।
वास्तवमा कुनै पनि काल खण्डको एक दार्शनिक विचारले तत्कालीन समाज परिवर्तनको लागि एउटा महत्वपूर्ण भूमिका अवश्य नै खेलेको हुन्छ । तर शाश्वत विज्ञानको नियमले के खुलासा गर्दछ भने एक दर्शन वा विचार दशकौ वा सताप्दीऔ सम्मका लागि सधै सापेक्ष नै भईरहन्छ भन्नुमा उपयूक्त ठहर्न सक्दैन । यसो भनिरहदा हिजोका दर्शन वा विचारको शाश्वत सार्वभौम मूलभूत मान्यतालाई अंगिकार गरेर परिवर्तित समाजको बाटोमा दर्शन, सिद्दान्त, विचार र राजनीतिक कार्य दिशालाई गुणात्मक परिवर्तन गÞर्न भने आवश्यक छ भन्ने ठान्नु पर्दछ । यो भनेको समाज विज्ञानको नियम समाज विकासको बाटोमा जहिल्यै पनि गतिशिल अवस्थामा छ र त्यसलाई सन्तुलित रुपले अगाडि बढ़ाउनु पर्दछ भन्ने नै हो । स्वभावै रूपले मानिसका ईच्छा, आकाँक्षा, सोच, विचार परिवर्तन भईरहन्छन ।
संसारलाई, हेर्ने, देख्ने, बुझ्ने र पैरवी गर्ने स्पस्ट दार्शनिक विचारले मात्र समाज विकासको गतिलाई नेतृत्व गर्न सक्दछ । अहिले विश्वमा समाज विकासको गतिलाई गतिशिल बनाउने कÞुरामा दार्शनिक विचारको संकटको भूमरीमा राजनीति गहिरिएको छ । त्यो के हो भने अहिले दर्शन, सिद्दान्त, विचार एक धुर्बतिर मोडिहेको छ भने राजनीतिक कार्यदिशाको व्यवहार अर्कों धुर्बतिर गैरहेको छ । वास्तवमा सिद्दान्त र कार्यदिशा एक गुरुत्वीय चुम्बकीय आकर्षणमा हुनु पर्नेमा विकर्षण भईराखेको छ । अहिले पूँजीवादी मूलुकहरु उहि पुरानो रुपमा छैन । पूँजीवादकों विकासको चरण र क्रम ज्ञान विज्ञानको प्रविधिको विकासमा अहिले सारा संसार भूमण्डलीकरणमा आएर एकीकृत भएर पूँजीवादले संसार नै कÞब्जÞा गर्ने रणनीतिमा छ । उनिहरुमा पनि संकट पैदा भएको छकि जहाँ स्रोत र साधनमा कमी आउछ वा अभाव हुन थाल्छ त्यतिबेला पूँजीवादकों सीमाले विकासको चरणमा पनि अनेकन रूप फेदै अगाडि बढ़छ । आज शक्तिशाली रास्ट्रहरुले परोक्ष अपरोक्ष रुपमा नै अविकसित तथा गरिव राष्ट्रहरुमा यो वा त्यो नाममा रणनैतिक योजना बनाएर अगाडी बढ़ीरहेको अवस्था छ । त्यसैगरी बामपन्थी विचारधाराको राज नीतिक दर्शन, सिद्दान्त वा विचार अंगालेका मूलुकहरु पनि समाजवादी धारमा अहिले लोकतान्त्रिक प्रणालीमा बहूलताको राजनीतिक प्रतिस्पर्धामा समाहित भएको अवस्था छ । तर यहाँ पनि ठूलो संकट छकि शास्त्रीय दर्शन, सिद्दान्त र विचारको मार्गदर्शनलाई ब्राण्ड बनाई राखÞ्ने तर राजनीतिक कार्य दिशालाई भने नाम मात्रको प्रतिनिधिमूलक लोकतान्त्रिक पद्दतिको प्रणालीमा लिने तर असली समाजवादको आकार देख्न नसकिने खालको छ । अहिलेको पूँजीवाद र समाजवादको सिद्दान्तमा फÞरक देखिए पनि व्यवहारमा तात्तिक रुपमा केहि भिन्नता जस्तो देखिएको छैन । यहि नै दार्शनिक विचारको संकटले असली राजनीतिक कार्य दिशामा व्यावहारिक रुपमा फÞरक देखिएको यथार्तता हो ।
वास्तवमा अहिले मानिसको चेतनाको द्रुत प्रवाहमा ज्ञान विज्ञानको विकासले विश्व समुदाय नै भूमण्डलीकरणको यूगमा धेरै नजिक आएको छ । अव हिजोको पूँजीवादले विकास गरेको अर्थतन्त्रलाई व्यक्ति वा निजित्वको आर्थिक स्वतंत्रतालाई खुल्ला बजारलाई छोड़ीदिने र राज्य केन्द्रित सामुहिक आर्थिक समानतालाई समाजवादी अर्थव्यवस्थामा सिमितिकरण गरिएको प्रणालीले काम गर्दैन । वास्तवमा व्यक्ति र समूहिकतामा रहने स्वतन्तत्रता र समानता एक अर्कामा रहिरहने अन्तर्य मन र विचारका पक्ष हुन। जुन अभिभज्य छन । अबको समाज विकासको बाटो भनेको व्यक्ति र सामूहिकताको कडिलाई पकड़ने दार्शनिक विचारको विजारोपण गर्नु पर्दछ । जव व्यक्तिलाई सामूहिकताबाट बाहिर निकालियो र सामूहिकताकÞो बाटोलाई खलबल्याएर व्यक्तिलाई बाहिर निकालेर छरपस्ट बनाईयो भने अन्तर्यमा छिन्न भिन्न हुन जान्छ ।

मानिस प्राकृतिक रुपमा स्वभावैले स्वतन्त्र हुने स्वभाव हो।ऊ व्यक्तिगत र सामाजिक प्रेरणामा बाँचेको हुन्छ। निजी स्वतन्त्रतामा उसको निजीपनको पहिचान,आत्म सम्मान,सम्पत्ति,सुरक्षा आदि प्रमुख हो भने सामूहिकतामा समावेशी,सहभागीतामा सामूहिक किसिमको अपनत्त्व, जÞिम्मेवारी,दायित्व,समभाव ,साझपन आदि प्रमुख हुन्छ।तसर्थ अहिलेको दुनियामा निजी र सामूहिकताको विकासमा संघीयता,सुशासन ,सदाचार र संबृद्दीको बाटोबाट व्यक्ति र समुदायको पहिचान र अधिकारलाई सुनिश्चहित गरेर असली प्रत्यक्ष लोकतान्त्रिक प्रणालीको समाजवादको बाटोमा जान सक्नु पर्दछ ।
अहिले हाम्रो देशको सन्दर्भमा राजनीतिक अस्थिरता आउनुमा विचारको संकट नै हो।त्यसकारण हरेक खालका समस्याको निकासको लागि वर्गिय होईनकि आम मानिसको खुसी र सुखी जीवनको लागि एउटा साझा बिचार र असल व्यवहारको राजनीतिको विहानीको बाटोबाट समाजवादमा पुग्ने यात्राको तय गर्न जÞरूरी छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto