भीमबहादुर बु्ढाथोकी
नेपालको गौरवमय पूर्व इतिहासको काल खण्ड २००७ साल देखि नेपाली जनताको वलशाली त्यागतपस्या र वलिदानीको साहसिक ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्फत देशमा लोकतन्त्र, शान्ति रअग्रगमनका पक्षमा प्रकट भएको जनादेश संगै जनजीवीकाका तमाम सवाललाई लिएर २०५२ सालदेखि शुरूवात भएको माओवादी जनयुद्द करीवलामों समयान्तर पछि तत्कÞालीन सात राजनीतिक दल र ने.क.पा.(माओवादी) बीच सम्पन्न १२ बुँदेसमझदारी, ८ बुँदे सहमति, नेपाल सरकार र नेकपा (माओवादी) बीच सम्पन्न २५ बुँदे आचारसंहिता, २०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा लगायत नेपाल सरकार र ने.क.पा.(माओवादी) बीच सम्पन्न सबै सम्झौता, सहमतिको आचारसंहितामा पूर्ण प्रतिवद्धताले कोल्टे फेर्यो ।

देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामीपुर्नसंरचना गरेर प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिकअधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य मान्यता प्रतिको पूर्ण प्रतिवद्धतामा मानव अधिकारको विश्वव्यापी मान्यतामा स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा संविधान सभाको निर्वाचनमा सहभागी हुन पाउने नेपालीजनताको आधारभूत अधिकारको प्रत्याभूतिमा लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता,अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राखेर २०६४ साल जेठ २८ गते पहिलो संविधान सभा र पुनः २०७० सालमा दोस्रो संविधान सभाको चुनाव सम्पन्न भई २०७२ साल असोज ३ गते संघीयलोकतान्त्रिक गणतंत्रात्मक संविधान लागु भएको आज ६ वर्ष वितिसकेको छ । नेपाली जनताको सार्वभौमसत्ताको सुनिश्चितता, अग्रगामी राजनीतिक निकास, राज्यकोलोकतान्त्रिक पुनर्संरचना र आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरण गर्न दुवै पक्षबीच भएकोराजनीतिक सहमतिका आधारमा देशमा २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई अन्त्यगरीशान्तिपूर्ण सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको घोषणा गरी शान्तिपूर्ण राजनीतिमा अवतरणगरेको आज १४ वर्ष पुगिसकेको छ । राणाशासन र पंचायत कालको राजतन्त्रको विकल्मा जनताले नयाँ राज्य व्यवस्थाको उद्दघोषमारगतको खोलो बगाएर आफ्नो गौरवपूर्ण इतिहास लेखेको छ।संघीयताको संस्थागत विकासमाजनताको अजय शक्तिले खर्चेको लामों त्याग,तपस्या र समर्पणको भावमा रगतको कण कणमा इतिहासले संघियता जोडेको छ । जसरी एउटी आमाले ९ महीना सम्म बच्चालाई कोखमा राखेर प्रशवपीडा पछि नयाँ सन्तानलाई जन्म दिए पछि माया ममताको सहानुभूतिपूर्ण किसिमको कर्तव्य रहन्छ त्यसरी नै बच्चाको पूर्ण बालअधिकार रहन्छ । यसरी नै आज संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय ,समावेशिता, समानुपातिक प्रणाली आदि कÞुराको प्रत्याभूत रहेको छ ।

आज जनताले दुई तिहाईको मजबूत सरकार गठनको लागि सुनौलो मौका दिदा पनि सरकार देश रजनताको लागि होईनकि सत्ता र पदको लागि सिमित छ । भर्खरै मात्र मन्त्री परिषदको निर्णयले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा कुनै विशेषण झुन्ड्याइ नरहनु पर्ने र अव उप्रान्त नेपाल लेख्न भन्नेकुरामा विचार नगरिनु दुःखद कÞुरा हो । कयन मूलुक जस्तो चीन (जनवादी गणतन्त्र भन्छ,भारत गणतन्त्र भारत भन्छ,अमेरिका (संयूक्त राज्य अमेरिकाको नामले चिनिन्छ । नेपाल एक बेला नेपाल अधिराज्य भनेर पनि लेखिएको इतिहास त ताजै छ नि । नेपाल नामको अगाडि संघिय शब्द थपिनुमादेशको पहिचान हो । संघीय शब्द इतिहासको चिनारी हो । यो कÞुरा सबै नेपालीहरुको मुटुको स्पन्दन हो ।

कुनै पनि स्वतन्त्र मूलुकको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता, रास्ट्र, रास्ट्रियता र स्वाभिमान त्यो देशको सर्वोच्चतम गन्तव्य हो जहाँ भौगोलिक धरातल, सामाजिक सांस्कृतिक पक्षको जात जातिभाषा, धर्म, भाषा आदिको विविधतामा एकताको मूल प्रवाहिकरण भएको हुन्छ । त्यो हर नेपालीको मनमुटु र मस्तिष्कमा हुनुपर्दछ । मानिस आफू हुदा देश छ र देश हुदा आफ्नो अस्तित्व रहेको छ । देशमाकोरोना कहर विचको मौका पारी कालापानी, लिपुलेक, लिम्पिया धुरामा भारतको अतिक्रमण हुदा नेपाली जनताको साहसिक बलियोदवावले आफ्नो भूमीलाई थप नक्साकीकरण गरिए पनि आफ्नो भूगोलमा राज्यको उपस्थिति देखाउनसकेनौ । देशका कयन सीमाहरु विवादित अवस्थामा छन । बरु उल्टो हाम्रा पाठ्यपुस्तकहरुलाई समेत वितरणमा रोक लगाउन पुग्यौ । हामी असंलग्न पररास्ट्र निती र पंचशिलको शिद्दान्तलाई अंगिकारगर्दछौ । हामी हाम्रा वैदेशिक समस्यालाई आपसी समझदारीको भरोसामा कुटनीतिक वातावरणमा समान हैसियतको मर्यादापूर्ण बाटोबाट टूँग्याउने प्रचलनमा विश्वास गर्दछौ । अहिले हामीलाई हाम्रोइतिहासले धिक्कारदै छकि हामी आफ्नो सार्वभौम अधिकारलाई समेत गुमाएर निरीह बनिरहेका छौ ।

वृहत शान्ति सम्झौताका कार्यभारहरु पुरा हुन नसकी तुषारापात भएकाछन । देश संबृद्द बनाउने समाजवादको नारा सिद्दान्तमै सिमित रहन गएको छ । अहिले देश कोरोना महामारीबाट संकट ग्रस्तभएको छ । मानिसहरूको मृत्यु र कोरोना संक्रमण संख्या दिनानु दिन बढिरहेको छ । देशको आर्थिक गतिविधि ठप्प छ भने सामाजिक जीवन डर त्रास र भयले अस्तव्यस्त भएको छ । गरीव तथा दिनदुखिहरुलाई साँझ विहानको छाक टार्न मुस्किल छ । श्रमिक तथा मजदुर वर्गहरु काम विहीन भएरभोकै परेको अवस्था छ । खुल्ला चवरमा खानाको पर्खाईमा चिसा रातहरु विताउनु परेको दर्दनाककहानी एका देशको पौराणिक कथाको अनुभूति भएको छ । यस्तो संगीन घडिमा सरकार आफ्नोसत्ताको बचावटको रस्सा कस्सीमा छ । देशमा नातावाद, कृपाबाद, आफÞंन्तवाद आदिको चरम उत्कर्षले सर्वत रुपमा व्यक्तिवाद, समूहगत गुटउपगुटवाद, भ्रस्टाचार, माफिया, अनिमियता, कमिसन, घुसखोरी, जघन्य अपराध जस्ता गÞैर न्यायिक क्रियाकलापहरुले देश आक्रत भएको छ । जनयुद्दको क्रममा मारिएका र वेपत्ता पारिएका आफन्तहरुअझै पनि वेवारिसे भएका छन । आफन्तहरुको खोजी र पर्खाईमा पिडितहरु न्यालयको ढोका घच्घच्याउदा समेत न्याय निरूपण हुन सकिरहेको छैन । शहीद र शहिद परिवारजनहरुलाई अपमान गरिएको छ । घाइते तथा अपांगहरुलाई जीवन व्यतित गर्न धौ धौ परेको छ । कतिपय मानिसहरु शरीरमा गोलीका छर्राहरु निकाल्न नपाएर अश्रुधारामा सक्त घायल जीवन विताउनु परेको छ भने कतिपय जीवनहरु जीवनयापनका लागि विदेशको तातो तथा शुष्ताकतामा जीवन मरणको दोसाँधमाबाँचिरहनु परेकÞो छ । मृत शरीरहरु काठको वाकसमा ल्याउनु परेको छ ।

संसारकै उत्कृष्ट संविधान भनेर चर्चा गरिदा हामीले गौरवका साथ छाती चौडा पारेर संघीयताको अभ्यासलाई विश्व सामु हामीले गरेका असाध्य राम्रा कामहरुलाई विकासको सूचांकले सूचिकृत गर्नुपर्ने बेला हो । देशको स्रोत साधनलाई सदुपयोग गरी बलियो अर्थतन्त्रको आधार बनाएर सबैनागरिकहरुलाई आत्मनिर्भर बनाउनु वा स्वःरोजÞगार बनाउनु देशकै लागि राम्रो काम हो।तर आजगरीव तथा निमुखा जनताहरु कोरोना कÞहर विच पनि वैदेशिक रोजÞगारीको लागि विदेशी भूमीमा जानुपर्दाको पिडा असाध्य छ । देशमा भित्रिएको रेमिट्यान्स र जनताको श्रम, पसिना र मेहनतले कमाएकोकरबाट राज्य संचालन हुदा राज्य वेखवर हुनु विडम्पना हो । देशका आम नागरिकहरुकोगास, वास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजÞगारीको अवसर प्रदान गर्ने राज्यको दायित्व हो । जुनकर्तव्य दायित्व र जÞिम्मेवारीबाट राज्य पन्छिनु हुदैन । रोम जलिरहदा रोमका सम्राट मस्त निद्रामा परेजस्तो आज देशको शासक वर्गहरु निश्चिन्तित भएको आभाष देखिन्छ । यो कहालि लाग्दोअवस्थाबाट देशले निकास कहिले पाउने हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto