भीमबहादुर वुढाथोकी
मानिसको भित्रि मन विचारको भावलाई प्रकट गरी अरु सम्म बुझ्ने र बुझाउने माध्यम भाषा हो । विचारको यो अभिव्यक्ति कला समाजको भाषिक संस्कारमा आफ्नो मौलिकताको पहिचानलाई कÞायम राख्दै सरल,सहज र सुसंस्कृत सुन्दर ढंगले समाज रूपान्तरण गर्ने काम शिक्षाले गर्दछ । शिक्षाले सामाजिक संरचनाको आफÞनो मौलिक भाषा,परम्परा संस्कार,संस्कृति आदिको विविधतालाई संवोधन गरी सामाजिक गतिविधिहरुलाई एकत्वमा ल्याउने काममा अहंम भूमिका खेल्नु पर्दछ । यसको लागि राज्यको नीति,विधि र प्रक्रियामा भर पर्दछ ।
अहिले सरकारी नीतिमा विद्यालयको शिक्षा संरचनालाई आधारभूत र माध्यमिक शिक्षा गरी दुई तहमा विभाजन गरिएको अवस्थामा मध्यम तथा उच्च स्तरीय जनशक्तिको विकासको लागि बहू व्यावसायिक तथा प्राविधिक शिक्षा र उच्च शिक्षाको व्यवस्था गरिएको सन्दर्भ छ । खÞासगरी उच्च शिक्षाको जग नै आधारभूत तहको शिक्षा भएकाले राज्यले आधारभूत तहमा आफ्नो मातृभाषाबाटै बोलिचाली वा सिकाईमा आफनो विचार वा भाव प्रकट गर्न सकोस भनी मातृभाषामा शिक्षाको व्यवस्था गरिएको छ ।
अहिले उदेक लाग्दो के छ भने हाम्रा संविधान,ऐन नियम कÞानून तथा नियमावलीहरुले एउटा परिभाषा गरिरहदा हाम्रो काम गराईमा विपरीत भएकÞो छ । बालक या सिकारूले कुनै पनि सिकाई सिक्ने कÞुरा प्रथम उसको भाषा हो, भाषा भित्र उसको हर सामाजिक शब्दकोषको बुझाई र गराईमा गÞहिरो धारणा बसेको हुन्छ । उसले जीवनको प्रत्येक खुड़किलामा जे कÞुरा सिक्दछ त्यहि कÞुरा अभिव्यक्ति र क्रियाकलापहरु देखाउदछ । हामीले हाम्रा पारीवारिक सम्बन्धका राम्रा सामाजिकपनहरु देखाउन सक्नु पर्दछ । अहिले हाम्रो बोलिचालीको आफ्नो मातृभाषालाई छोडेर हाम्रा सन्ततिहरूलाई अंग्रेजÞी भाषामा पारखी बनाउने कÞुरामा बढ़ी हौसिएका छौ । हामी आफÞनो मौलिकपनको आफ्नो रीति परम्पराको भाषा, भेषभूषा, रहनसहन, संस्कार, संस्कृति आदिलाई छोडेर अर्कों जवरजस्त लादिएको अंगेजी भाषा सिकाई रहेका छौ । जसले गÞर्दा हाम्रा सन्ततिहरु क्रमश हाम्रो भाषा लिपी, संस्कार, संस्कृतिको अस्तित्व विर्सदै गएर अन्ततः जनजिब्रो र नेपालीपनको शब्दकोष नै संग्रालयमा समेत नरहने अवस्था आउन सक्छ । यहि नै हाम्रो भाषिक सिकाई बुझाईमा गहिरो असंगति हो ।
भाषा एउटा विचार अभिव्यक्त गर्ने सीप वा कला हो । मानिसमा सिक्ने दृढ़ इच्छा भयो भने जसरी पनि सिक्न सक्दछ । अहिले हामी जो सुकैले पनि हिन्दी भाषा बुझ्न र व्यक्त गर्न सक्दछौ । समय काल खण्डको यो व्यापक भूमण्डलीकरणको यूगमा भोलि अंगेजी भाषा पनि त्यति नै सजिलो भएर आउने छ जसरी अहिले हिन्दी भाषा बुझेर बोल्दछौ । तर आफ्नो मौलिक भाषालाई थनक्याएर जवरजस्त अर्कों दोस्रो भाषालाई प्राथमिकतामा राख्नु सामाजिक रुपले न्यायिक हुदैन । भाषा स्वच्छिक तथा अतिरिक्त रूपमा सोचिपनु पर्दछ ।
अहिले हाम्रा बालबालिकाहरूलाई संस्थागत विध्यालयहरुमा शारीरिंक रुपले गह्रौ र मानसिक रुपमा बोझ हुने गरी सुगा रटानको सिकाई (parroting teaching) मा अभ्यस्त बनाईराखेंका छौ । उनिहरुको स्वःमनोविज्ञानमा होईनकी वल्की हामी आफ्नो मनोविज्ञानममा coaching गरिरहेका छौ । एउटा सानो उदाहरण चित्रण गरौकी सानो Class को Nursary,LKG UKG मा पढ़ने बालकलाई अंग्रेजीमा What,s your name ? What class do you read ? What is your father,s name ? जस्ता आदि आदि questions सोध्न पुग्यौ भने उसले फटाफट सर्रर उत्तर दिन सक्दछ । तर हामी उसलाई नेपालीमा “तिमी कसका छोरा रछोरी हौ? तिम्रो घरमा कति जनाको परिवार छ ? तिमीले आज के के खाना खायौ ? तिमीलाई तिम्रो आमा र बाबा मध्ये कसले बढ़ी माया गर्नु हून्छ ? तिम्रो गाउको नाम के हो ? तिम्रो गाऊँपालिकाको नाम भन आदि प्रश्न सोधेर कहिल्यै पनि बालबालिकाहरुलाई जिज्ञासु बनाउने प्रयास गर्न ध्यान गर्दैनौ । लेखाईको ढाँचाको चर्चा पनि त्यहि नै होकि हामी ति बालबालिकाहरुलाई अंगेजीमा ABCD र A for apple,B for ,,,,,,अंगेजीमा वार र महीनाको नाम आदि आदि लेख्न लगाउदा किन नेपालीना तिम्रो परीवारहरूको नाम लेख ? तिम्रो घरमा पाईने चिजविजहरुको नाम लेख ? तिम्रो वरीपरीको वातावरण कस्तो छ ?आदि आदि भनेर हामी उनिहरूलाई किन अभ्यस्त बनाउदैनौ । हो,यहि नै जनजिब्रोमा मातृभाषाको सिकाई र बुझाईमा असंगति हो भन्न खोजिएको हो।
भाषिक शिक्षामा सिकाईमा सिक्ने कÞुराको रस हुन जÞरूरी छ । भाषा शिक्षामा देशको मौलिकता झल्किन सक्नु पर्दछ । भाषा पनि एउटा रास्ट्रियता अंश हो। भाषा सभ्यताको सुन्दर परिचायक हो । अंगेजी बोलेर महान speech speaker हुने पनि होईन । नेपालीना गाऊले ठेठ भाषा बोलर गंवार हुने पनि होईन । आफÞनो मौलिकपनलाई संबृद्द बनाउन सक्नु नै सभ्य नागरिकको कर्तव्य हो । आइन्सटाईन अंग्रेजी भाषा जानेर मात्र ठूला विद्दवान वैज्ञानिक पनि बनेका होईनन । उनि आफÞनो भूमिको माटो हावापानीको भाषिक शिक्षाको आधारबाट आएका हुन । यसो भनिरहदा अंग्रेजÞी भाषालाई विल्कुल अपमान गर्न खोजीएको होईन।आजको ज्ञान विज्ञानको विकासको यूगमा प्रविधिको प्रयोगमा निश्च्य पनि अंग्रेजÞी भाषाको महत्व त छदै छ ।
संसारका दुईसय देशमा करीव ५० वटा देशको आधिकारीक भाषा मात्र अंगÞ्रेजी छ । नर्वे, स्विडेन, डेनमार्क, जर्मनी.फÞ्रान्स, इटाली आदि जस्ता यूरोपका धेरै विकसित देशको प्रमुख भाषा अंग्रेजÞी होईन । यी देशको शिक्षा प्रणालीको माध्यम पनि अंग्रेजÞी होईन । उनिहरुको आफÞंनै भाषा छ । संसारका २० वटा धनी देशहरु आफÞंनै भाषामा पढ़ाउने गर्दछन । संसारको सबै भन्दा innovative देशको सूचिमा माथिल्लो स्थानमा सिंगापुर,कोरिया, स्वीडेन, जर्मनी, जापानआदि देशहरुछन । यी सबै देशको शिक्षा प्रणालीको माध्यम भाषा अंग्रेजÞी होईन। देश विकासको लागि अर्काको भाषा भन्दा आफÞनो भाषा सहितको आत्मविश्वास नै महत्वपूर्ण हुदो रहेछ भन्ने कÞुरा यी देशका दृशटान्त पनि हुन।
हामी अहिले आफÞनो देश र माटोको कÞुरा गरिरहदा संविधानमा उल्लेखित संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यमा सार्वभौमसत्ता सम्पन्न मूलुकले अपनउने शिक्षा प्रणाली देश विकासको लागि अंग्रेजÞी शिक्षाको मोहको असंगति कदापी हुनु शोभनिय हुदैन ।
फेसबुक प्रतिक्रियाहरु