कर्णबहादुर नेपाली
१.पृष्ठभुमी
विश्वमाहाल सम्म देखिएका विभिन्न संक्रामक रोगहरुको ईतिहासलाई उछिन्दै कोरोना अथवा कोभिड–१९ ले संसारभर नै एकप्रकारको तहल्का मच्चाएको छ । यो रोग २०१९ को डिसेम्बरमा चीनको उहानमा देखापरेको थियो तर हाल सम्मयसले संसारका सबै देशहरुमा फैलिसकेको छ र यसले सामाजिक, आर्थिक, साँस्कृतिक, राजनैतिक, वातावरणीय लगायत समग्र क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पारेको छ । तथ्यांकीय दृष्टिले हेर्ने हो भने यो लेख तयार पार्दासम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख७३ हजार ५ सय ६७ छ भने विश्वभरि ४ करोड ६८ लाख ९ हजार २५२ पुगेको छ र विश्वभरि मृत्यु हुनेको संख्या समेत १२ लाख ५ हजार १९४ पुगिसकेको छ । यसरी हेर्दा संसारका मै हुँभन्ने विकसित देशहरु समेत केहि देशहरु बाहेक कोरोनाको उपयुक्त नियन्त्रण, व्यवस्थापन र उपचारमा असफल जस्तै देखिएका छन् । यतिबेला त्यस्तादेशहरु राजनितिक रुपमाकुनै अर्को देशप्रति आफ्नो रीस साँधिरहेका छन् भने, कसैले आफ्नो व्यापारिक उद्देश्य पनि पुरा गर्न तम्सिरहेका छन् । तर नेपालमा अक्सफोर्ड पोलिसी म्यानेजम्यान्टको ःModelling of COVID-19 Strategies in Nepal को अन्तिमप्रतिवेदनअनुसार कोरोनाको संक्रमण झण्डै ८१ प्रतिशत व्यक्तिहरुलाई हुनसक्ने अनुमान समेत गरेको छ ।
कोरोनाको बुझाईहरु पनिविभिन्नप्रकारका रहेका छन् , कसैले यो रोग मानवजातिले गरेको प्राकृतिक श्रोतको दोहन तथा वातावरण परिवर्तनका नकारात्मक असरको फल स्वरुपआएको हो र यस्तो खालको रोग विश्वमा आउँछ भन्ने कुरा पुर्वानुमानथियो भन्ने छ भने विशेष गरि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आरोपितगर्दै यो कोरोना भाईरसलाई चाईनिजभाइरस समेत भनेको छ भने कसैले यसलाई विश्व स्तरका व्यापारिक निकायको व्यापार समेत भनेका छन् र यो संक्रमण केहि होईन भन्ने कुरा समेत प्रचार गरिरहेको पाईन्छ । यतिहुँदाहुँदै पनि संक्रमण तथा यसबाटभएको मृत्युको तथ्यांकियअवस्थालाई हेर्ने हो भने विकराल देखिन्छ । बहुसंख्यक देशहरु यसको सफलव्यवस्थापन गर्न नसकिरहेको प्रष्ट देखिन्छ वास्तवमा विद्यमान अवस्थालाई हेर्दा विश्वस्तरका सरकारहरु समेत कोरोना संक्रमणसँग अनुकुलनहँुदै अगाडी बढ्नु वा herd-immunity निर्माण गर्नुपर्छ भन्ने तिर लागेको देखिन्छ । नेपाल सरकारको स्थिति पनि कोरोनाको व्यवस्थापनमा त्यति बलियो देखिएको छैन किनकी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले विभिन्न समयमाविविधखालका रणनीतिहरु सार्वजनिक गरिरहेको छ , जुनजनमैत्रीवा कोरोनासँग लड्न सक्ने सबल उपाय भन्दा कमजोर खालका र अपरिपक्व प्रकारका देखिन्छन् ।
यस्तो अवस्थामा, यस आलेखमार्फत कोरोना संक्रमणको यस्तो विकराल अवस्थामा, विपन्न दलित समुदायमा परेको प्रभाव तथा ज्वलन्त सवालहरु सम्बन्धमा उठान गर्न खोजिएको छ ।
२. दलित समुदाय र कोभिड–१९ को असर
सदियौं देखि सामाजिक, आर्थिक, राजनितिक, साँस्कृतिकतथा सामाजिक जीवनका हरेक क्षेत्रमा पछाडि पारिएको समुदायहो दलित समुदाय । वि.स. २०६८ को जनगणना अनुसार १३.८ प्रतिशतभने पनिखासमा नेपालको कुल जनसंख्याको झण्डै १५ देखि २० प्रतिशतभागओगट्ने यो समुदाय सधै नै पछाडि परेको छ र नगण्य अवस्थाबाहेक अवसर तथा पहुँचबाट कोशौं दूर रहेको छ । राष्ट्रिय दलितआयोगले परिभाषित गरेको २८ प्रकारका समुदायलाई दलितभित्र राखिएतापनित्यो भन्दाअन्य समुह मापनिदलित समुदायहरु छन् । यो समुदायआर्थिक रुपमा गरिब तथा बेरोजगार, सामाजिक रुपमा छुवाछुत तथा भेदभाव बाट पिडित, राजनितिक रुपमा पछाडि पारिएको र भोट बैंकका रुपमाप्रयोग भएको शैक्षिक रुपमा निरक्षर वा केहि मात्रामा साक्षर साथै साँस्कृतिक रुपमा पछौटे तथाकुरितिबाट जकडिएको अवस्थामा छ । यसरी सामाजिकजीवनका सबै क्षेत्रमापहुँच, अवसर तथाआयआर्जन वा जीविकोपार्जनका सम्भावनाबाट पुर्णतःबन्चित समुदायलाई कोरोनाले कस्तो असर पुरयाएको होलाहामी सहजै अनुमानलगाउन सक्छौं । यो समुदायको अवस्थितिका आधारमा पनि सवालहरु फरक फरक छन् । हिमाल, पहाडमा र तराईमा रहने दलित समुदायका ठाउँ अनुसारका तथाअति पिडादायक तथादुःखदायक सवालहरु छन् ।
पछिल्ला केहि घटनाक्रम, विभिन्न पत्रपत्रिकाका समाचार तथा जानकारी काआधारमा दलित समुदायमा कोरोनाले पारेको नकारात्मक प्रभाव सम्बन्धी संक्षिप्त रुपमा वहस गर्न खोजिएको छ ।
वास्तवमा कोरानावाकोभिड–१९ ले देशको अर्थव्यवस्थामापारेको नकारात्मक असरले सामाजिक जीवनका सबै क्षेत्रमा प्रत्यक्षप्रभाव त पारेको छ नै तर यस कोभिड–१९ को संक्रमणले दलित समुदायलाई पारेको नकारात्मक असर त भनिसाध्य छैन जुन सर्वव्यापक, बहुआयामिक रुपमा रहेको छ । यस समुदायको व्यक्तिहरु दैनिक ज्यालादारी तथा मजदुरीमाकार्य गर्ने संख्या धेरै छ, लकडाउन यता यो समुदायले मजदुरी गर्न नपाईरहेको र कार्यप्रकृतिको आधारमा उनीहरुको आवश्यककता पनिनहुने भएकोले दैनिक खानपानको समेत समस्याले ग्रसितभएको छ । आर्थिक रुपमा गरिब र बेरोजगार हुने भएको र परिवार संख्या समेत बढी हुने भएकोले उनीहरुलाई उपयुक्त पोषणयुक्त खानेकुरा आफु र आफ्ना बालबालिकाहरुलाई खुवाउन सकेका छैनन् । एकातिर पहिले देखि नै नकारात्मक रुपमा यस समुदायलाई फोहोर सँग दाँज्ने र कोरोना सँक्रमणलाई रोक्न सरसफाईमा ध्यानदिनुपर्ने साथै केहि रोकथामका साधनहरु जस्तै मास्क, स्यानिटाईजर, साबुनपानीले हातधुने व्यवस्थाको मागगर्दछ तर दलित समुदायले यस्ता रोकथामका उपायहरु अपनाएको देखिदैन ।पि.सि.आर परिक्षणका लागि शुल्कलाग्ने भएकोले एकातिर पैसाको अभाव र अर्कोतिर परिक्षणमा पहुँच छैन । बेरोजगार हुने संख्यालाई पनिअध्ययन गर्ने हो भने पनिदलित समुदायका व्यक्तिहरु नै बढी बेरोजगार भएको देखिन्छ । यस संक्रमणले सबैलाई नकारात्मक प्रभावपारेको भएपनिदलित समुदाय आर्थिक रुपमाकमजोर, बेरोजगार, वचतको अभावलगायत जोखिम मोल्न सक्ने क्षमताको कमी Lack of Risk Bearing Capacity गर्दा यस्तो विकरालअवस्थाले नराम्रो सँग असर गरेको छ ।
पहिलो कुरा त दलित समुदाय ऐतिहासिक रुपमा नै आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक र राजनैतिक रुपमाकमजोर हो यसमा पनिकोभिड–१९ को महामारीले यस समुदायको अवस्थालाई भयावह नै बनएको छ । लकडाउन पछिको अवस्थालाई हेर्ने हो अन्य समुदाय भन्दा तुलनात्मक रुपमा खाननपाएका, आफ्नो घर फर्कन पैदल नै हिडेका, बेरोजगार भएका, मास्क, स्यानिटाईजर तथाहातधुने जस्ता रोकथामका मापनमा पहुँचनभएका समाचारहरु हाामीले सामाजिक संजालहरु वाअन्यश्रव्य,दृष्य संचार सामग्रीबाट प्रशस्त रुपमा देख्यौं र पढ्यौं । अहिले पनि स्थलगत रुपमाअनुगमन गर्न गईयो भने दलित समुदायका घर तथा बस्तीहरुमा न कोरोना रोकथामका उपायहरु अपनाएका छन् न कोरोनाको बारेका उपयुक्त सचेतना नै छ । यो समुदाय रोग त एक ठाउँमा छ नै भोकले नै ग्रसितभएको अवस्था छ ।
३. उपसंहार
कोभिड–१९ लेदलित समुदायमा पारेको नकारात्मक असर तथा दलित समुदायका गाँस, बास, कपास लगायतका आधारभुत समस्याहरु वा सवालहरुको सम्वोधनको आवश्यकता देखिएको छ । यस्तो समस्याग्रतस्तअवस्थामा सबैले मुख ताक्ने वा आशा गर्ने भनेको सरकार वा सत्तालाई नै हो, यतिबेलाझन् पुर्नसंरचित संघीय प्रणाली अनुसार घर–घरमा सिंहदरबार भन्ने छ, विशेषगरी स्थानीय सरकरले सबै सरोकारवालाहरुको सहकार्यमा यस समुदायको महामारीबाट संरक्षण गर्नु अहिले टड्कारो आवश्यकता छ । यसकालागि स्थानीय सरकार र सरोकारवालाहरुले तत्कालकोभिड–१९ ले पारेको नकारात्मक प्रभावको लेखाजोखा, अनुगमनतथामुल्यांकन गरीतत्कालव्यवहारिक तथानतिजामाआधारित योजनानिर्माण गरी आ–आफ्नो क्षेत्रभित्रकादलिततथा पछाडि पारिएका समुदायको लागि स्थानीय स्तरमै रोजगारी श्रृजना (एक घर एक रोजगारीएवं आयआर्जन र जीविकोपार्जनकामाध्यमहरुमा जोड्ने)े,कोभिड–१९को बारेमा ब्यापकजनचेतना(घरदैलो),यसबाट बच्नअपनाईने रोकथामका साधनहरुको प्रवद्र्धन (नमुनावितरण तथाव्यवस्थापन)का कार्यहरुमा परिणाममुखी तरिकाले कार्यान्वयन गरी यस समुदायलाई कोभिड–१९ को महामारीबाट संरक्षणका साथै दिगो विकासले परिलक्षित गरेका परिकल्पनाहरुसँग मुलप्रवाहीकरण गरी तार्किक रुपमा अगाडी बढाउन सके मात्रयथार्तमा सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा हुन्छ । लेखक नेपाली सुशासन, वकालत, संस्थागतविकास, सामाजिक समावेशीकरण र आयोजनाव्यवस्थापन विज्ञ हुन । सल्लाह र सुझावको लागिः karnanepali777@gmail.com