सामाजिक काममा राजनीतिक बाधा किन ?

Byआहा सञ्चार

२०७७ भाद्र २६, शुक्रबार ०८:४३

दिपेशकुमार बाँठामगर
सामाजिक र रचनात्मक कामको नत कुनै राजनीतिक मुद्दा हुन्छ नत कुनै जातीय र लिंगिय वा अन्य कुनै स्वार्थ । स्वार्थ हुन्छ त केवल निस्पक्ष रुपमा समाज रुपान्तरण, शिक्षा स्वास्थ्य सुधार अनी सामाजिक जागरणको । सामाजिक काम गरेर राजनीतिक स्वार्थ र दाउपेच गर्न आवश्यक छैन गर्नु पनि हुदैन । बरु खुल्ला राजनीतिमा आएर राजनीति नै गर्न सकियो ।

२००७ सालमा राना कालको अन्त्य देखि होस या बि.स.२०४६ सालको जनआन्दोलन देखि विभिन्न आन्दोलन क्रान्ति हुदै देश मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य को स्थापना भएको छ । हामी अहिले यहि ब्यबस्थामा छौं । यो व्यवस्था ल्याउनका लागि कतिका सिउदो पुछिए कति ले सन्तान गुमाए कति नारी बिद्युवा भए । कोहि अंगभंग छन त कति घरबार बिहिन छन, कति अझै बेपत्ता छन । यो व्यवस्थाको बिकल्प अब केहि छैन । कहिँ कतै भएका गल्ति लाई सुधारदै जानु नै हो । किनकी जनता लडेर मरेर ल्याइयको व्यवस्था हो यो । यो ब्यबस्थामा एउटा नेपाली नागरिकले स्वतन्त्र रुपमा आफ्ना विचार लेख्न बोल्न पाउँछ । सकारात्मक कार्य र क्रियाकलाप कानुन बमोजिम गर्न पाउने अधिकार नेपालको संबिधानमा सुरक्षित गरिएको छ । त्यो एउटा गरिब निमुखा र असहाय परिवारको होस या धनी पुँजीपति ।
यहि व्यवस्थाका लागि देशमा युद्ध भयो ।

तर पछिल्लो समयमा स्थानीय सरकार र केहि राजनीतिक व्यक्तिहरुबाट फरक विचार, फरक समुदाय, फरक भाषा र आफ्नो अनुकुलता नहुँदा राम्रा कामको पनि विरोध गरिन थालिएको छ । तर क्रान्ति र परिवर्तनका लागि, समाज रुपान्तर र जनताको आधारभूत शिक्षा स्वास्थ्य पाउनको लागि देशमा जनयुद्ध भएको छ । यसमा मेरो परिवार पनि पनि प्रत्यक्ष योगदान भएको छ । तर उतिखेर संगै खाएका, बसेका ब्यक्तिहरुले आजभोली बर्सिएका छन । जीउदो सहिद बनाएका छन । युद्धमा संगै लडेकाहरु कोहि कोहि ठुलो पदमा पुगे होलान । कोहि आफ्नो समस्या, योग्यता क्षमताको कारण सामान्य जीवनयापन मार्फत राजनीतिक बिचारमा लगनशिल होलान त्यो फरक कुरा छ । त्यसको उदाहरण मेरो आफ्नै बुवा हुनुहुन्छ । जसकार कारण बुवा र हाम्रो परिवारले कति समस्याहरु झेल्यो होला युद्ध देखि हालसम्म । तर आज त्यहि एउटा दुख कष्टका साथ राजनीतिक मोर्चामा सक्रिय परिवारलाई पार्टीले चिन्दैन ।

सामाजिक कार्य गर्दा समेत रोकावट हुन्छ । एउटा फरक विचारको मान्छेले सहयोग गरेकै भरमा व्यक्तिगत टिकाटिप्पणी को आधार मा हामीलाई दबाइन्छ । के हामीले बिकट बस्ति समुदाय र गरिब निमुखा असहाय अपांग लाइ लक्षित गरि निशुल्क स्वास्थ्य शिबिर संचालन गर्नु जनचेतना अभिबृद्धि गर्ने उदेश्ले जनचेतनामुलक कार्यक्रम गर्नु कसरी गल्ती भयो । हो म मान्छु स्वास्थ्य शिक्षा जस्ता सम्बेदनशिल कुराको प्रयोग गरेर राजनीति गर्नु गलत हो तर यी कुराको पहुँच सबै सामु पुर्याएर सेवा प्रबाह गर्नु किमार्थ गलत मानिदैन जस्तो लाग्छ मलाई । तर यहि कार्यमा सरकार संग सहकार्य हातेमालो सरकार को बिधि बिधान अनुरुप गर्न खोज्दा पनि किन रोकिन्छ । यो ब्यबस्थामा पनि ब्यक्ति बलियो हुने कुस्सकार देखियो । ब्यवस्था परिवर्तन भएपनि यो परिवर्तन र अन्त्य कहिले अन्त्य होला ?

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto