देश विकासको बाधक जात व्यवस्था

Byआहा सञ्चार

२०७७ भाद्र ९, मंगलवार १४:५७ गते

हरि जिज्ञासु
नेपाली समाज मुलतः जात व्यवस्थामा आधारित समाज हो । जात ब्यवस्था भनेको साधारण भाषामा भन्दा धेरै जातीहरुलाई एक ठाउँमा राखेर पेसा बिभाजन गरि उचनीचको नीति निर्माण गरेर बनाएको एउटा संरचना भन्दा फरक नपर्ला ।

हिन्दु बर्ण ब्यवस्थामा अड्डीएको जात ब्यवस्थाले छुवाछूतलाई अंगाल्दा दलितहरुलाई मात्रै घाटा भएको छैन । यसले सिंगो देशलाई घाटा भएको छ । किनकि जंगबहादुर राणाले निर्माण गरेको बि सं १९१० को मुलुकी ऐनले जात ब्यवस्थालाई झन कडा बनाएर लगेको छ । त्यसको असर केही हद बढी दलितलाई परेको देखिएपनि मुलत ः त्यो असर देशलाई नै परेको छ ।
पेसामा आधारित जात ब्यवस्था भएकाले एउटा जातले गरेको पेसा अर्काे जातले गर्न नपाउने, कुनै पनि ब्यक्तिले आफ्नो चाहाना अनुसारको पेसा रोज्न नपाउने । जस्तै अहिले पनि उदाहरणको लागि एउटा ब्राम्हणको छोराले सिलाई पसल खोलेर बस्न हिचकिचाउँछ ।

यदि उसले सिलाउन थाल्यो भने उसलाई उसको समाजले हेर्ने दृष्टिकोन नितान्त फरक हुन्छ । जात ब्यवस्थामा अड्डीएको समाजले ब्यक्तिलाई आफूले चाहेको पेसा अंगाल्न दिएको छैन ।
यहाँ त के छ भने एउटा दमाईले कपाडा सिलायो भने सकभर उसको छोराले पनि कपडा सिलाउनु पर्ने, एउटा कामीले भाँडा बनाउछ भने उसको छोराले पनि भाँडै बनाउनु पर्ने, यस्तो सामाजिक नीति छ अनि हाम्रो समाज स्वतन्त्राको नीति निर्माण गर्ने अबस्थामा कहिले पुग्छ ? सिलाई कटाई पेसा एउटा बाउनले व्यावसाहिक रुपमा थालनी गर्याे भने उसले राम्रो गर्न सक्छ तर उसले सिलाईकटाई पेसा अंगाल्यो भने उसलाई उसको समाजले घृणाको दृष्टिले हेर्छ । किन जात ब्यवस्थाले दिमागमा हाल्देको छ कि यो त दमाईले गर्ने काम हो ।
अहिले नेपालमा जात ब्यवस्थाको असर सबै कुरामा परेको छ । राजनीतिक रुपमा रुपमा दलितहरु नपुग्नु जात ब्यवस्थाको असर, आर्थिक रुपमा दलितहरु सम्पन्नशाली नहुनु जात ब्यवस्थाको असर, शिक्षामा दलित बिद्यार्थीहरुको पहुँच नपुग्नु जात ब्यवस्थाको असर । धेरै ठाउँमा जात ब्यवस्थाले असर पारेको छ ।

ब्यक्ति ब्यक्ति मिलेर समाज बन्छ भन्ने कुरा हामीलाई थाहा भएकै कुरा हो र त्यहि ब्यक्ति सामाजिक रुपमा, पेसागत रुपमा, संस्कृतिक रुपमा स्वतन्त्र भएर आफूले चाहेको पेसा अंगाल्यो भनेमात्रै देशले बिकासको मार्ग पछ्याउछ ।
जात ब्यवस्थामा नभएका देशहरुले विकासको मार्गमा छिट्टै पाइला टेकाका छन् । किनकि उनीहरुमा पेसा छनोटको अधिकार स्वतन्त्र छ । उनीहरुको लागि काम सानो ठूलो छैन । हामी भन्छौं नी बिदेशीहरुले काम ठूलो सानो भन्दैनन् तर हामीले त काम सानो ठूलो सानो भन्छौँ त ? भलै बाहिर नभनौंला तर नेपालमा जुत्ता सिलाउने, सडकमा चटपटे बेच्ने परिचर, मासु काट्ने लगायतका विभिन्न पेसालाई हेर्ने दृष्टिकोण फरक छ । किनकि नेपालका कामलाई सानो ठूलो ठान्ने मनोभाव पनि जात ब्यवस्थाले नै निर्माण गरेको हो ।
अब भन्नुहोस् नेपालको विकासको बाधक के रहेछ ? बिदेशीहरु किन धनी छन् ? किनकि उनीहरुलाई पेसा छनोटको स्वतन्त्रता छ । तर नेपालमा छैन । एउटा ब्राम्हणले राँगाको मासु बेच्न थाल्यो भने उसलाई समाजले अर्कै दृष्टिले हेर्छ । अनि उसले अर्कै पेसा अंगाल्न बाध्य हुन्छ जुन पेसा उसलाई मन परेको हुँदैन अनि कहाबाट हुन्छ देश आर्थिक रुपमा बलियो ? मासु खाने सम्मको नीति पनि जात ब्यवस्थाले बाँधेको छ । एउटा दलित परिवारलाई त्यहि समाजका माथिल्लो बर्गका ब्यक्तिले जातकै कारण थिचोमिचोमा पारेको हुन्छ । त्यो बिभेदको असरले गर्दा दलितहरु शिक्षा र चेतनामा बलियो हुन सकेको छैन । यसले पनि सिंगो बिकासलाई रोकेको छ ।

नेपालको बिकासको लागि दार्सनिक तथा चिन्तक बिश्वभक्त दुलाल आहुती भन्छन् “जात ब्यवस्थाले सिंगो देश बिकासलाई बाधा पुर्याएकोले यसलाई पूर्नरुपमा खारेज गर्नुपर्छ र राजनीतिक, आर्थिक संस्कृतिक रुपमा समानता कायम गर्नुपर्छ ।“
सिंगो देश जात ब्यवस्थामा अड्डिएकोले पहिलो कुरो देश बिकासको लागि पेसागत प्रणालीमा अड्डिएको जात ब्यवस्था ढाल्नु नितान्त आवश्यक छ । झट्ट हेर्दा जात ब्यवस्थाले दलितलाई मात्र असर परेको दिखिएला तर यसले सिंगो देश बिकासको लागि बाधा दिएको छ । नेपाल समृद्धि हुनको लागि पहिलो कुरो समान अधिकार र समान सहभागीता हुनुपर्याे । अर्काे कुरा काम सानो ठूलो सानो देख्ने नजर बन्द गर्नु पर्याे । अनि पो देशले बिकासको मार्गमा पाइला टेक्छ ।
त्यहि जंगबहादुरको बि.स १९१० को मुलुकी ऐन मा अड्डिएको जात ब्यवस्थामा अड्डिएको पेसालाई नै माया गर्ने हो भने हाम्रो देश विकासको मार्गमा अगाडि बढ्न अझै केही दसक लाग्छ । त्यसैले जात ब्यवस्थालाई खारेज गरौं किनकि यसले कुनै न कुनै तवरले राजनीतिक रुपमा, चेतनामा र अन्य विभिन्न कुरामा असर गरेको छ । यसलाई तुरुन्त खारेज गरेर देश निर्माण तर्फ लागौँ । छुवाछुतले दलितलाई मात्र असर गरेको छैन यसले सिंगो देशलाई कम्जोर बनाएको छ ।
पूजिबादलाई समाजबादमा ढाल्नको लागि पहिलो कुरो जात ब्यवस्थाको खारेज गरेर मात्र समानताको सकाजबाद निर्माण हुन्छ । तर जात ब्यवस्थालाई बेवास्थागरी पुँजिबादलाई मात्र जोड दिएमा समाजबाद सहितको देश बिकास कहिले हुँदैन । त्यसैले पहिलो कुरो बिकृतिमय सामाजिक संरचनाको सुधार गरौं यसले गर्दा प्रत्येक मान्छेले आफ्नो चाहानाको पेसा अंगाल्छ । अनि हाम्रो देश आर्थिक र सामाजिक रुपमा अगाडि बढ्न सक्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto