बसन्त शर्मा ‘कुशल’
अहिले राष्ट्रिय राजनीतिको सर्वाधिक चर्चा र जनसरोकारको विषय वनेको छ नेकपाको अन्तरसंघर्ष । यो अन्तरविरोध, अन्तरसंघर्ष वा वहसको मुख्य अन्तरवस्तु र यसको प्रकट रुपको विचमा अन्तर परेको छ । पार्टी भित्र विशेषतः केन्द्रिय सचिवालय र स्थायी समितिमा जारी वहसको समय सन्दर्भ र त्यसको प्रकट रुप र वहसको खास अन्तरवस्तुको विचमा तादाम्यता नमिल्दा वहस, छलफल र अन्तरसंघर्षको वैचारीक, राजनीतिक पक्ष वा पार्टीको नीति,विधि र विषयको सारतत्वलाई वंग्याउने, न्युनिकरण गर्ने र खास समस्यावाट अनेत्रै मोड्ने वा भगाउने प्रवृति सापेक्षिक रुपले सफल भएको र यसले आम जनतामा पार्टी नेतृत्व र अहिलेको वहुसको खास अन्तरवस्तु वारे काफी हदसम्म भ्रमित गर्ने काम गरेको छ भने अहिले पार्टी र सरकारलाई जनपक्षिय वनाएर कम्युनिष्ट पार्टीलाई सफल वनाउनुको अलावा नीहित स्वार्थ,उद्धेश्य र मिसनमा उद्धत प्रवृतिले जनतामा थप भ्रम सृष्टी गर्न पुगेको छ ।

अहिलेको नेकपाको जारी वैठकको निर्धारीत कार्यसूची र पार्टी भित्र वहसको मूल केन्द्र एम.सी. सी. संझौता वारे पार्टीको धारणा स्पष्ट गर्ने थियो र त्यो संझौता जारी संसद अधिवेशनवाट अनुमोदन गर्ने या नगर्ने कुराको निक्र्योल गर्नु थियो भने अर्को तर्फ राष्ट्रियताको प्रश्नमा तत्काल नक्शा प्रकाशनको प्रकरणवाट भारतसँग वल्झीन पुगेको सीमा विवाद सम्वन्धि वुझाईमा एकरुपता ल्याउनु र त्यस सम्वन्धि भावी रणनीति प्रष्ट गर्नु थियो । यसका साथै नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वको सरकारको काम कार्वाहीको समिक्षा गर्दै दुवैलाई जनताको पक्षमा प्रभाावकारी वनाउन आवश्यक नीति, विधि र योजनाको विकसित गर्नु थियो । अन्ततः र सारतः यि विषय हाम्रो संविधानले नै निर्धारीत गरेको समाजवाद उन्मुख राज्य व्यवस्था वाट समाजवादमा फड्को मार्ने राजनैतिक रणनीति र कार्यनीति अनुरुपको कार्यक्रम र कार्यशैली निर्माणको र त्यसै अनुरुपको सोच वा विचार निर्माणको विषय भएकाले यो स्वतः वैचारीक राजनैतिक विषय वा कार्यनीति रणनीतिको वा कार्यदीशाकै विषय थियो । आखिरमा यो राजनैतिक लाईनकै विषय हो ।

अहिलेको वहसको प्रश्न त संघिय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक वनाउन प्रदेश र स्थानिय तहहरुलाई कसरी अधिकार प्रत्यायोजन र तिनिहरुको कार्यान्वयनको निमित्त सक्षम वनाउने वा यसको विपरीत ?, प्रश्न त वर्तमान सरकारले आम जनतालाई समाजवाद तर्फ उन्मुख हुँदै गरेको अनुभुतीको प्रत्याभुत गर्ने वा त्यसको विपरीत ?,पार्टीको निर्वाचन घोषणा पत्रको कार्यान्वयन सरकारले गर्ने या नगर्ने ?, सरकारले पार्टीको आम नीतिको कार्यान्वयन गर्ने पार्टीद्धारा नेतृत्व र निर्देशित सरकार वनाउने वा स्वेच्छाचारी सरकार त्यही सरकार नियन्त्रीत पार्टी ? स्वयं पार्टीले पार्टीको कार्यदिशा वा राजनैतिक कार्यनीति र रणनीति समाजवादमा पुग्न नेपाली समाजवादी सत्ताको स्वरुप, चरित्र र त्यसको विकासको चरण वारे ठोस कार्यक्रम कसरी वनाउने ? आदी विचार र राजनीतिसँग सम्वन्धित प्रश्नहरुमा वहस केन्द्रित गरी पार्टीले अगाडी सारेको समाजवाद उन्मुख जनताको जनवादको कार्यक्रमलाई समाजवादी कार्यक्रमका रुपमा समृद्ध गर्न र विचारको संष्लेसण गर्न केन्द्रीत हुनुपर्ने र हुँदै गरेको वहसलाई पदको लुछाचँुडी र भागवण्डामा प्रकट गर्नु विषयलाई सहायक मुद्धाहरुले वा निमित्त कारणहरुले विषयान्तर गर्नुले वहसको वैचारीक राजनैतिक सारतत्वलाई अन्यत्रै मोडेर विकृत पार्ने र कम्युनिष्ट पार्टी र आन्दोलनलाई कम्जोर पार्ने गर्नुले अन्ततः प्रतिगामी सोंच,हर्कत र प्रवृतिलाई नै प्रशय दिन्छ । आजको नेकपा भित्रको वहसको मुख्य केन्द्र पार्टीलाई समाजवादी चरित्रको वनाउने र सरकारलाई समाजवादको अभ्यास गर्ने वनाउनु हो । विगतका राजाहरुले हुकुम बक्स गरे जसरी सरकार संचालन गर्ने र पार्टीलाई पञ्चायती व्यवस्थाका जनवर्गीय संगठन जस्तो व्यवहार गर्नुले पार्टी समाजवादी र व्यवस्था समाजवादमा पु¥याउने कुरा असंभव छ ।

कतिपय सन्दर्भमा सहि ,तथ्यपरक र आवश्यकीय विषय पनि उठानको समय सन्दर्भ र विषयको प्रस्तुतीको रुपमा फरक पर्नाले समाजमा विभ्रम पैदा गर्दछ । नेकपाको वहसको अहिलको समय सन्दर्भ र विषय वस्तु प्रस्तुतिको रुप पक्षको विचमा तादाम्यता मिलेको छैन । विषय त पार्टी समाजवादी चरित्र र स्प्रिट सहितको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागी सामुहिक निर्णय र व्यक्तीगत उत्तरदायित्व, छलफलमा स्वतन्त्रता र कामकार्वाहीमा एकरुपता, निर्णयमा जनवाद र कार्यान्वयनमा केन्द्रियता लाई दृढतापुर्वक आत्मसाथ गरेको पार्टी । सामुहिक विचारहंंरुको केन्द्रिकृत अभिव्यक्तिका रुपमा प्राधिकारयुक्त नेतृत्व र कम्युनिष्ट पार्टीको नेतृत्व र निर्देशणमा जनताको पक्षमा समर्पित जनपक्षिय चरित्र,कार्यक्रम र व्यवहार सहितको समाजवाद उन्मुख चरित्रको सरकार निर्माण हो । राष्ट्रियताको सवालमा भारतसँगको सीमा सुरक्षा र विदेश नीतिमा असंलग्न र पञ्चशिलमा आधारीत नीतिूका आधारमा अन्तराष्ट्रिय सम्वन्धको व्यवस्थापन र सोही अनुरुप सन्धि, संझौता र भावी दिशाको निक्र्योल र सोही आधारमा एम सी सी को वारेमा पनि निर्णय आजको पार्टी भित्रको वहसको ज्वलन्त सवाल हो । सारतःःनेपालमा २१औं शताब्दिमा समाजवादी सत्ताको मौलिक मोडलको खाका निर्माण गर्नु आजको सैद्धान्तिक वैचारीक पक्षको चुरो कुरा हो । अतःवैठकमा वहस यतै वैचारीक राजनैतिक विषयमा केन्द्रित हुनुको अलावा प्रधानमन्त्रि र पार्टी अध्यक्षको राजिनामाको मात्र विषयका रुपमा प्रकट हुनुले विषयान्तर हुन पुगेको छ । जे जस्तो परिवेशवाट भएपनि लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्शा सदनवाट अनुमोदन गरेको सन्दर्भमा भारत हाम्रो प्रधानमन्त्रिका विरुद्ध तुच्छ र तल्लो स्तरमा गिरेर विरोधमा उत्रिएको समयमै पार्टी भित्र पनि प्रधानमन्त्रिको राजिनामाको विषय उठ्नुले प्रकारान्तरले भारतसँग जोड्दै दलाल करार गर्ने र विषयलाई राष्ट्रवाद र राष्टूघातका रुपमा चित्रण गर्दै विषयान्तर गरेर वहसको मुख्य विषय नै ओझेलमा पार्ने तथा आम जनतामा नकारात्मक धारणा निर्माण हुने वातावरण वन्न पुगेको छ ।

यो भनेको विषय वस्तुको सार र रुपको तादाम्यता नमिल्नु र विषय उठानको समय सन्दर्भ नमिल्नु हो । कहिलेकाँही सारपक्षले रुपलाई प्रभावित गर्दछ । नकारात्मक सारतत्व पनि रुप पक्षले ढाकिन्छ भने कहिलेकाहीँ सकारात्मक सारतत्व पनि रुपपक्षले विरुप स्वरुपमा प्रस्तुत गर्दछ । अहिलेको वहस एकहदसम्म यस्तै नियतीवाट गुज्रिएको छ । अतःहालको नेकपा भित्रको वहस, छलफल वा विवादको निकास पार्टीलाई संस्थागत परिचालन, विधिवत संचालन, पार्टीको निर्देशनमा सरकारको संचालन, सरकारले समाजवादतिर अग्रसरता लिने खालका कार्यक्रम र सेवा प्रवाह एवं नेकपाको चुनावी घोषणा पत्रको कार्यान्वयनमा पर्तिवद्धता सहित व्यवहारमा कार्यान्वयन गर्नु नै आजको अन्तरविरोधको निकास हो ।
पदहरु भनेका यहि अभिभारा पुरा गर्ने कार्यविभाजन हुन । यो उद्धेश्य पुरा गर्न कसले कुन कार्यवोझ लिनु पर्छ वस्तुसंगत ढंगले जो कसै कम्युनिष्ट पार्टीका नेताहरुले लिन सक्छन । मुख्य कुरा नेपालमा कम्युनिष्ट व्यवस्था त्यो पनि २१औं शताब्दिको नेपाली समाजवादको नमुना निर्माणमा सिंगो पार्टी विशेषतःयसको नेतृत्व केन्द्रित हुनु आजको मुल दायित्व हो । दायाँ वायाँ गरेमा कम्युनिष्ट आन्दोलन धराशायी र कम्युन्ष्टि पार्टी जनताका सामु लज्जीत हुनुपर्ने परिस्थिति आउने छ । सवैलाई चेतना भया । लेखक शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto