ताराप्रसाद खड्का
मलाई आजकाल यति छिट्टै कुनैपनि विषयमा टिकाटिप्पनी गर्न मन लाग्दैन । पत्रपत्रिका पढ्छु, समाचार हेर्छु ,फेसबुक ,ट्वीटर लगायतका सामाजिक सञ्जाल चलाउछु । त्यहा आएका प्रतिक्रियाहरु पनि केलाउछु र चिन्ता लाग्दछ हाम्रो समाज कता जादैछ भनेर ? किन हामि सकरात्मक भन्दा नकरात्मक कुरामा बढि चासो दिन्छौ भनेर । किन नेपाली समाज यति छिट्टै भावनात्मक बन्छ भनेर । किन नेपालीहरुमा बढि नैरास्यता, बेचैन छ भनेर । यस्तो हुनुमा कस्को दोष बढि होला त ? किन हामि अलिकति पनि धैर्य गर्न सक्दैनौ भनेर तर आज मेरो मनले चितवन घटनाबारे नबोली बस्न दिएन ।
घटना हो केहि दिन अघिको चितवन राष्ट्रिय निकुन्जले राष्ट्रिय निकुन्जभित्र अतिक्रमन गरेर बसेको केही चेपाड. बस्तीलाइ हटायो र केहि गोठहरुमा आगो लगायो भन्ने समाचार आयो । जुन प्रकारबाट बस्ती हटाइयो त्यो फरक कुरा हो तर त्यो यति ठुलो घटना थिएन र मानिदैन पनि तर कानुन,न्याय तथा मानवअधिकार समितिको बैठकमा जव यो बिषयमा प्रश्न उठ्यो तव माननिय मन्त्रीले यस विषयमा दिएको जवाफको विषयले देशभरी एउटा तरगं ल्याइदियो । हामि नेपाली यथार्त भन्दा भावनामा बढि डुब्ने गर्दछौ । धेरैजसोले सत्यतथ्य बुझ्नभन्दा मन्त्रीलाइ तथा कर्मचारीलाइ तथानाम गालि गरिरहे । केही राष्ट्रिय स्तरका पत्रिकाले पनि सत्यतथ्य नबुझी भावनामा डुबेर समाचार बनाइदिए । कतिपय समाचारहरु त झन उत्तेजना भड्काउने प्रकारका थिए । प्राचिन समयमा रोममा आगलागी भएछ आगलागि हुदा रोम कस्तो देखिन्थो भनेर हेर्ने इच्छा त्यहाका शासक निरोलाइ लागेछ र निरोले सारा शहर आगो लगाउन लगाए जव उनका सिपाहीले आगो लगाय तव सारा शहर जलेर खरानि बन्दै गर्दा शासक निरो मुसुमुसु हास्दै त्यो दृष्य हेरीरहे र आनन्द लिए । हो यस्तै देखियो धेरै अनलाइन पत्रिकाको फोटो तथा समाचार, मैले कुनै पनि पत्रिकाको मुलभाव नराम्रो भन्न खोजेको पनि होइन तर जुन प्रकारको हेडलाइनमा समाचार लेखे त्यो चाँही उचित लागेन यसले गर्दा केहि समय पत्रिकाको भ्युज त बढ्ला तर वास्तबिक राष्ट्रिय स्तरका पत्रिकाहरुबाट यस्ता हेडलाइनमा समाचार प्रकाशित हुदा जनतामा कस्तो सन्देश जान्छ होला । कति नकरात्मक सन्देश जान्छ होला, एकपटक गम्भिर भएर सबैले सोच्नैपर्ने देखिन्छ ।
तर चितवनको घटना त त्यस्तो थिएन वन्यजन्तु वनस्पति र प्राकुतिक सम्पदाको संरक्षण र सदुपयोग गर्ने निति त सरकारकै छ । किनकि यो प्रकृतिमा बाँच्न पाउने अधिकार जति मानिसलाइ छ त्यति अन्य जीवजन्तुहरुलाइ पनि त छ । यो पृथ्बी सबैको साझा घर हो । यहा अन्य जिवजन्तुको अस्तित्व विना हाम्रो अस्तित्व पनि त रहदैन । त्यसैले वन्यजन्तु वनस्पतिलाई संरक्षण गर्न लोप हुनबाट बचाउन विश्वमा आइयुसिएन, डब्लु डब्लु एफ, सिआईटिईएस जस्ता संस्थाहरुले विभिन्न देशहरुलाइ सहयोग पनि त गरिरहेका छन्। नेपालले पनि वन्जन्तु , वनस्पतिको संरक्षण गर्ने उदेश्यले वि.स २०२९ सालमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन जारी गर्यो । त्यसपछि वि.स २०३० सालमा चितवन राष्ट्रिय निकुन्जको स्थापना गरिएको हो । हामिले गर्व गर्नुपने विषय यो पन होकी यो राष्ट्रिय निकुन्जलाइ युनेस्कोले विश्व सम्पदा सुचिमा समेत राखेको छ । त्यसलगतै २०३० सालमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण नियमावलि बनेको हा । हाल नेपालभर १२ वटा राष्ट्रिय निकुन्ज १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष र ६ ओटा संरक्षण क्षेत्र रहेका छन् जस्ले नेपालको कुल क्ष्ेत्रफलको २३.३९ प्रतिशत क्ष्ोत्रफल ओगट्छ । निकुन्जले स्थानीयलाइ दुख मात्रै कहा दिएको छ । संरक्षण कार्यमा स्थानीयको अर्थपुर्ण सहभागिता गराउन रा.नि तथा वन्यजन्तु संरक्षनण ऐन २०२९ को चौथो संसोधन २०४९ मार्फत मध्यवर्ति क्षेत्र व्यवस्थापन कार्यत्रम लागु गरिएको छ । मध्यवर्ति क्षेत्रमा स्थानीय बासिन्दालाइ आवश्यक पर्ने वन पैदावरको नियमित आपुर्ति लगायत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखी ५० प्रतिशत सम्म स्थानीय जनताको सामुदायिक विकास, आय आर्जन , संरक्षण शिक्षा लगायतका क्षेत्रमा बजेट खर्च गरिदै आएको छ ।
र हाल राष्ट्रिय निकुज तथा वन्यजन्तु संरक्षण ऐन २०७३ पनि बनेको छ ऐन अनुसार राष्ट्रिय निकुज तथा वन्यजन्तु आरक्षभित्र कुनैपनि घर छाप्रो बनाउनु, खेतिपाति गर्नु, चरिचरण गर्नू प्रतिबन्ध छ । यस्ता गतिविधि हुन नदिनु तथा भएमा कानुनी दायरामा ल्याउनु निकुन्जको काम हो । हामिले कानुनको कार्यान्वयन गर्दा धनि गरिब तथा स्थानीय बासिन्दा भन्दापनि कानुनी प्रावधान अनुसार कानुन कार्यान्वयन गर्नपर्छ । चेपाङ हुन या अन्य कुनै जाति सबैलाइ कानुनको दायरामा ल्याउनै पर्छ । जुन अभ्यास चितवन राष्ट्रिय निकुन्जले गर्यो कानुन बमोजिम जायज पनि छ । यसरी कुनैपनि भेदभाव नगरी संरक्षण कार्यमा खटिने निजामति कर्मचारी , सुरक्षाकर्मी तथा सबै संरक्षणकर्मिलाइ सबैले सहयोग गर्नुपर्दछ । सहयोग गर्न सचेत नागरिको कर्तव्य पनि हो । कानुन कार्यान्वयन गर्दा केही कमजोरी भए छानविन हुन पर्दछ र दोषि देखिए कारबाही पनि हुनुपर्दछ र यो घटनाको पनि छानविन हुदै होला तर घटनालाइ भावनामा डुवेर मन्त्री तथा कर्मचारी प्रती आक्रोसमा उत्रिनु त्यति राम्रो होइन किनकी निकुन्जले आफ्नो अधिकार क्षेत्रको काम गर्दा कुनै कार्यहरुको मन्त्रालयमा पुर्वजानकारी नहुँन पनि सक्छ । अब साँच्चै सबैले आफुलाइ अलिकति परिवर्तन गरौ । अलिकति धैर्य गर्न सिकौ । कागले कान लग्यो भन्दैमा कानै नछामि कागको पछिपछि नकुदौ । नागरिकले सबै प्रकारका घटनाहरुलाइ राम्रोसंग नियाल्ने प्रयास गरौ । मिडियाले पनि थप द्धन्द्ध बढाउने प्रकारका समाचारका नलेखौं । सबै संयमित बनौ सबैले सचेत नागरिकको परिचय दिऔ । धन्यबाद ।