देवी ओली
आज नेपालीहरु शिक्षा, सञ्चार स्वास्थ्य, रोजगार, यातायात, व्यापार प्रविधि आदि क्षेत्रमा विश्वव्यपीकरण प्रणालीमा समाहित हुनु परेकै छ । कृषि जन्य उत्पादनमा समेत आत्मानिर्भर नभएको देशका नागरिकले जहाज गाडि, कम्प्युटर मोबाइल, मेशिनगन, एटम बम, औषधि आदि उत्पादन गरेर बिक्री गर्र्ने देशका नागरिकसंग प्रतिस्प्रधा गर्नुपर्ने बाध्यता रहेकै छ । जसका कारण नेपालीहरु बैदेशिक रोजगार, ब्यापार र अध्ययनलाई आफ्नो उज्वल भबिष्यको गन्तव्यको रुपमा लिएका छन् । विकसित राष्ट्रमा पढ्न र कमाउन जान पाउने कानुनी ब्यबस्था भएपछि त्यसतर्फ आकर्षण बढ्नु स्वभाबिक नै हो ।
नेपाली युवाहरु बैदेशिक रोजगार र अध्ययनबाट कोरोना भाइरसको कारणले आफ्नो देशमा फर्किन बाध्य भएका छन् । त्यो पंतिmलाई हातमुख जोड्न सक्ने काम दिनपर्ने र काम गर्न नसक्ने असाहयहरुलाई राहत दिनुपर्ने स्थिति छ । जनताले तीनै तहको सरकारबाट भाषण होइन रासनकै अपेक्षा गरेका छन । भोको पेटले विचारको बहस गर्न कोही सक्दैन भन्ने कुरा सबैमा जगजाहेर छ । गोदामको साँचो लिएर बसेको व्यतिmले सही ढङ्गबाट रासन बितरण गर्न सकेन । मानो मुठी आफ्नो भकारीमा पनि राख्न खोज्यो भने संवैधानिक, कानुनी र वैधानिक बिकल्प खोज्नु कुनै राष्ट्र बिरोधि कार्य होइन । आज स्थानीय तहको सरकारप्रति केही असन्तुष्टिहरु भएपनि पाँच वर्ष पछि ……..? भनेका छन तर प्रदेश र संघीय सरकारको दुई वर्षपछि अश्विासको प्रस्ताव ल्याउन सक्ने संबैधानिक व्यबस्थाले सरकारको बिकल्पको बहस चल्नु समयको माग हो । यो विषम र संकटको घडीमा विचारभन्दा व्यबहार प्रधान भएको छ । व्यबहारमा केही कमी नभएर नेतृत्वको बिकल्प खोज्नु मुर्खता हो तर स्थिति त्यस्तो छैन । जनताले हातमुख जोडने समस्या भइरहेको बेलामा बिरामीको औषधि खरिदमा समेत कमिशनको चर्चा चलेपछि कमिशनलाई बैधानिक बनाउन कानुन बनाई कमिशनमा कर लगाउने कि कमिशन खोरहरुलाई संरक्षण गर्ने ….? कुनै पनि कार्यकारी स्थान तथा भूमिकामा रहेको ब्यतिmले सिद्धान्त र विचार अनुरुप काम ब्यबहार नगर्दा बिकल्पका बहसहरु पनि त्यही कोणबाट सृजना हुने गर्दछन । त्यसकारण नेपाली हावा पानी सबै नेपालीको नशा नशामा सञ्चार भइरहेकै छ । यो प्राकृतिक सत्यतालाई बंग्याएर मातृभूमि प्रति केहीको मात्र चिन्ता भएको जस्तो किन …? यो कोणबाट गरिने आरोप प्रत्यारोपले नेपालको संविधान, कानुन र नेपाली स्वाभिमानमा दाग लाग्नु बाहेक अरु केही हुँदैन । झुपडी र पालमुनि दुई छाक टार्ने समस्यामा तड्पीयका नागरिकहरुका सामु संघीयता गणतन्त्र समाजवाद साम्यवादको बहसको के अर्थ छ ? नेपाली नागरिकले पेट पाल्ने तत्कालिन समस्या छ भने शिक्षा, प्रविधि बिषय बिज्ञता आदिमा विश्व बजारमा प्रतिस्प्रधा गर्नुपर्ने दिर्घकालीन चुनौति छ । यस परिस्थितिमा एकले अर्काको अस्थित्व स्वीकार्दै एकताबद्ध ढङ्गले जनतालाई राहत पुग्ने कार्य पारदर्शि भएर गर्नुपर्छ । तत्कालिन समयमा जनतालाई भाषण र शासन भन्दा रासन चाहिएको छ ।
फेसबुक प्रतिक्रियाहरु