देवी ओली
आज धर्तीमा प्रकृतिले साम्यवादको उदघोष गरिरहेको छ, कुनै पनि भौगोलिक क्षेत्रीय जातजाती तथा वर्ग नभनी कोरोना भाइरस नामक जीवाणुले सबैलाई आक्रमण गरिरहेको छ । यो कोरोनाको आक्रमणलाई कसैले पराजय गर्न सफल भएका छन त कसैलाई कोरोनाले पराजय गरेको छ । यो बिषम परिस्थिमा कोरोनाबाट आफु बचौं र अर्कालाई पनि बचाउँ भन्ने महा अभियानमा बिश्व मानव जाती लागिरहेकै समयमा अमेरिका जस्तो विकसित राष्ट्र अनि नेपाल जस्तो बिकाशोन्मुख राष्ट्रमा मान्छेद्धारा मान्छे मारिनुपर्ने दु ःखद घटनाहरु कसरी घटेका छन ?
रुकुम पश्चिम चौरजहारी ८ सोतिको घटना मानव सभ्यताको कलंक नै हो । यस्ता बिभत्स घटनाको कारणहरु गम्भीर ढंले खोजि गरिनुपर्छ । नवराज बिक र उनकी प्रेमिका सम्बन्धले ल्याएको तरङ्गहरुलाई इनकार गर्न मिल्दैन । आज हाम्रो संबिधानको धारा १६ मा नागरिकले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको ब्यबस्था गरेको छ र सोही अनुसार मुलुकी फौजदारी कार्यबिधि २०७४ र देवानी कार्यबिधि २०७४ जारी भई धेरै जसो कानुनहरु समेत बनिसकेको अबस्थामा नेपाल राज्य र नेपाली नागरिक कानुन अनुसार चल्नुपर्ने होइन र ? कसुर गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही अनि पिडित पक्षलाई अनुभुति हुनेगरी दोषिलाई कारबाही हुनुपर्छ । सुनेको भरमा मेरो साधारण बुझाइबाट हेर्दा सोतिमा ६ जना युवाहरु एकै चिहान हुनुको कारण जातिय छुवाछुत, अपराधिक मनोभावना, अराजकता, प्रेमलाई विवाहमा परिनण गर्दाको अपरिपक्वता जस्ता पक्षहरु देखिन्छ तर कानुनी र न्यायिक आँखाबाट सत्यको खोजि होस प्राकृतिक न्यायको सिद्धान्तमा आधारित भइ हाम्रो न्याय र्मूिर्तबाट न्याय सम्पादन होस । दोषि उम्किन नपावस निर्दोषले अनावश्यक दुख नपावस ।
आफ्ना पुत्रको यिबोगमा भाव विव्हल भएका बा आमाहरुले मेरो राज्य मेरो कानुनले मलाई न्याय दिन सक्यो भनी गर्व गर्न सकुन । हाम्रो समाजमा मल्ल कालिन शासन ब्यबस्था देखि पेशा र कामका आधारमा गरिएको जातको विभाजन र छुवाछुतको ब्यबस्थालाई कानुनी रुपमा मुलुकी ऐन २०२१ ले उन्मुलन गरेपनि २०४६ पछि भएका जन आन्दोलन र शसस्त्र संघर्षपछिका संबैधानिक र कानुनी ब्यबस्थाहरु बदलिय पनि त्यस अनुसार मानव बयबहार र शैली बदलिन नसकेको केही सामान्तवादी सोचको अवशेषहरु बाँकी रहेको केही सत्यतालाई स्वीकार गरेमा मात्र सामाजिक सदभाव कायम हुन सक्छ । आज समानता मुलक समाज निर्माण गर्नका लागि समता मुलक समावेशी चरित्रको संबैधानिक र कानुनी ब्यवस्था अनरुप आवश्यक सबै संरचनाहरु निर्माण गरेर राज्य ब्यबस्था चलिरहेको परिपेक्षमा राज्य र सबै राजनीतिक दलका नेतृत्वहरु समावेशी सवालमा सकारात्मक सोचका साथ भुमिका खेलिरहेको परिपेक्षमा सोतीको घटनालाई कुनै विचार र नेतृत्वसँग जोडेर बिश्लेषण गरिनु हुदैन । दलित समुदायका मित्रहरु जातका आधारमा लिङ्गका आधारमा मान्छे मारिनु मानवता बिरुद्धको अपराध हो । जातीय छुवाछुतको सवाल ६० लाख दलितहरुको मात्र सवाल होइन अन्यको पनि हो इतिहाँसले यही पुष्टि गरेको छ । रगत सबैको रातै हुन्छ तर छुवाछुत किन ? यो सवालमा निर्माण भएको सामाजिक सदभाव बिग्रन नदिन कानुनी र ब्याबहारिक पक्षको गहिरो बिश्लेषण गरी कुरिती कुसंस्कारको बिरुद्ध साझा बुझाई, साझा धारणा निर्माण गरी साझा अभियानलाई मजभुत बनाउन जरुरी छ । कुनै पनि सवालहरुमा एकपक्षीय भन्दा सर्बपक्षिय समर्थन लिन सक्दा सहज रुपमा बिभेदको अन्त्य गर्न सकिने यथार्थतालाई ख्याल राख्नु जरुरी छ । सवाल संख्याको होइन मानवताको हो भावनाको हो सामाजिक कुप्रथाको हो । नेपालको राजनितिक परिवर्तनपछि अवशेषको रुपमा रहेको सबै प्रकारको छुवाछुत भेदभावको समूल नष्ट गर्नका लागि सम्पूर्ण मानव जातिको एकताको खाँचो छ । यो कोसिशमा हामी निरन्तर लाग्नुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु