मुखले भन्दा काम व्यबहारबाट देखाउ

Byआहा सञ्चार

२०७७ जेष्ठ ५, सोमबार १०:२५ गते

देवी ओली
परिर्वतनशिल समय, विकासशिल सूचना प्रविधि जनतामा आएको राजनीतिक सचेतनाले गर्दा पहुँचमा आधारित केही नितिगत निर्णय, उपलब्धता अनि न्याय सम्पादनका केही कार्यहरुको खुलासा कुनै न कुनै तरिकाबाट भएको कारणले गर्दा आज नीति, नेतृत्व र विधिप्रति केही मात्रामा जनविश्वास घटेको छ ।
अत्यन्तै बलियो रुपमा उदाएको विश्व पुुँजीवादी युगले प्रगतिशिल विचारधारालाई तहसनहस पार्दै छ । आज कुनै पनि क्षेत्रमा कानुन र संविधान देखाएर उन्मुक्तिm पाइने छैन । मिठो वचनले केही आश्वासन दिएर क्षणिक समर्थन प्राप्त गर्न त सकिएला तर विश्वासको अमरत्व कायम गर्न सकिदैन । यसरी संस्थागत उपलब्धि पनि हुदैन । आज नेपाली राजनीति समाजमा जुन आसङंकाहरु, अविश्वासहरु केही आक्रोसहरु अभिव्यतm भएका छन ती सबै पक्षको पुष्टयाँई व्यबहारमै अपेक्षा गरिएको पाइन्छ । व्यबहार र विचारको बीचमा मेल नहुँदा कुनै पनि संस्था त ओझेल पर्छ नै स्वःयम व्यतिmलाई पनि राम्रो गर्दैन र आत्मा सन्तुष्टि पनि मिल्दैन । संविधान र कानुनमा लेखिएका कुराहरु क्रमश.ं व्यबहारमा देखिनै पर्छ र यस्तो काम गरौंला भनी बोलेर बाचा गरिएका कुराहरु सम्पन्न गर्न सकिदैन भने पनि प्रारम्भ भने हुनु नै पर्दछ । आजको जन मानसिकता तथ्यमा मात्र विश्वास गर्ने भएको हुनाले पनि केही कामको शुरुवात गरी विश्वसनियता कायम गर्नु आजको चुनौति हो । संघीय व्यवस्थाको सफलताका लागि तीनै तहका जनप्रतिनिधिहरुले अनगिन्ति चुनौतिहरुको सामना गर्नुपर्ने छ । यी चुनौतिहरुको सामना गर्नका लागि सामुहिक भवनाका साथ पहँुचबाट टाढा रहेको बर्ग समुदायलाई लाभ हुने कार्यक्रम ल्याउनपर्छ । जुन सामुहिक भावना र कार्यक्रमले गर्दा काममा पारदर्शिता ब्यबहारमा इमानदारिता देखिन्छ र जन बिश्वासमा बृद्धि हुन्छ ।

लामो समयसम्म कायम रहेको एकात्मक राज्य व्यबस्था र सामान्तवादी शासन प्रणालीले दबाएर राखेका ती गरिब निमुखा जनताहरुको अधिकार र भावनाको प्रतिबिम्ब भनेको नेपालको संविधान २०७२ हो । यसको कार्यन्वयनमा संविधानका पक्षधर नेपाली राजनीतिक शक्तिहरुको ब्यवहारलाई जनताले नजिकबाट नियालीरहेका छन । त्यसकारण जनताको यो अपार विश्वासलाई बचाइराख्न मुखले बोल्नु भन्दा पनि काम गरेर देखाउनु नै उत्तम बिकल्प हो । २००६ सालदेखि न्याय समानताको पक्षमा बिभिन्न आरोह अबरोह झेल्दै आएका राजनीतिक शक्तिका प्रतिनिधिहरु नै आज कार्य सम्पादन गर्ने स्थानमा पुगेको अबस्था छ । यो स्थानमा पुर्याउने महान जनताहरुलाई एकपटक मात्र होइन सयौं पटक सलाम गर्दै निर्णय गर्नेबेला एउटा गरिबको झुत्रे शरीर दुर्गम पिछडिएको गाउँ स्मरण गर्नुपर्छ । हामीले गर्ने हरेक काम ब्यवहारमा गाँउले किसानको जनजीवनको चित्र देखिनुपर्छ र जनताप्रतिको इमान्दारिता देखाउनु पर्छ । १८ औं शताब्दीको मानव जीवनमा कुनै पनि विषयलाई पुष्टि गर्न सक्ने पर्याप्त वैज्ञानिक आधार थिएन र भन्ने गर्थे पाप गर्नु हुन्न पाप धुरीबाट कुर्लिन्छ ।

पानीको मूलमा दिशा पिशाव गर्नु हुन्न देउराली लाग्छन बिरामी भइन्छ । त्यसो भन्नुको पछाडि अर्कालाई दुख दिनु हुदैन ,कसैको मन दुखाउने काम गर्नु हुदैन र पानीको मूल सफा राख्ने उपायका लागि नै त्यसो गरिएको हुनुपर्छ तर २१ औं शताब्दीमा आएर संचार यत्ति शक्तिशाली भएको छ की शिक्षाको पनि विषयगत रुपमा विकास भएको छ । आज शिक्षा ,संचार अनि प्रविधिको विकासको कारणले गर्दा मानिसले गर्ने कुनै पनि कृयाकलापहरु गोप्य रहन सम्भव छैन । त्यसमा पनि सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले अझैं ख्याल राख्नुपर्छ । कुनै ब्यक्तिले गरेको कार्य सम्पादन सार्वजनिक गर्न खोजिएको भन्दा गोप्य राख्न खोजिएको विषय नै प्रमुख सामाचार भइदिन सक्छ । त्यसकारण सार्वजनिक हुँदा पनि कुनै फरक नपर्ने गरी काम गर्न जिम्मेवारी सम्हालेका ब्यक्तित्वहरुमा यत्ति कुराको हेक्का हुनुपर्ने हुन्छ । यसो नभएकै कारणले गर्दा कसैका ठूला जिम्मेवारीहरु पनि धरापमा परेको देखिन्छ ।
आज हामिले माक्र्सवादी दर्शनलाई आफ्नो जीवन ब्यबहारमा देखाउनजरुरी छ । किनभने यो समयले त्यस्तै जिम्मेवारी प्रदान गरेको छ । कम्युनष्टि आर्दशभन्दा हाम्रो जीवनशैली फरक हुनु भनेको भावि नेतृत्वमा चुनौति थपिदिनु हो । कुनैठुला बिकासे काम गर्न कोशिस मात्र गरे पनि होला तर सर्बहारा श्रमजीवी बर्गको प्रतिनिधि बन्न सुहाँउदो जीवनशैली कायम राख्न सकिएन भने समयले हामिलाई पर्खेर बस्ने छैन । आज हाम्रो बर्गिय सोच सामुहिक भावनामा केही ह्रास आएको छ । लाभको पदमा अजम्बरी हुन खोज्नु ,व्यतिmगत सम्पत्ति आर्जन गर्ने लोभ जाग्नु, सुविधाको अधिकतम प्रयोग गर्ने इच्छा जाग्नु , करोडपति बन्ने कुरा आवश्यकतासंग तुलना गर्नु, आबश्यकताको नाममा विलाशीताको प्रयोगमा मन तानिनु राम्रो लक्षण होइन ।

कम्युनिष्ट आदर्श सेतो कागजमा कालो मसीले साहित्यीक भाषामा लिपिबद्ध गर्नलाई होइन । हाम्रो जीवनशैली भोकानांङ्गा, निमुखा हुँदा खाने जनतासङ्ग तुलना गरी व्यवस्थापन गर्नुपर्दछ । हुनेखाने पुृँजीपतिहरुसंग होइन । आज जनताको सिधानजर र कडा निगरानि पार्टीको नेताभन्द जनप्रतिनिधिहरुप्रति नै सोझिएको छ । त्यसैले जनतालाई बाटो घाटो भवन, पुलपुलेसा, सिंचार्इृ आदि विकास दिएर मात्र चित्त बझाँउने छैनन् । जनप्रतिनिधिहरु जुनकुनै विचारबाट प्रतिनिधित्व गरेता पनि नागरिकहरुले पाउनुपर्ने सेवा सुविधा सहज, समान र सम्मानपूर्वक लिन चाहन्छन । जनतासँग धेरै ठुलो अपेक्षा पनि छैन शिक्षा, स्वास्थ्य, विकास निर्माण, यातायात जस्ता सेवाप्रदायक संस्थाहरुमा कार्यरत ब्यक्तिले विश्वसनियता कायम गरेको देख्न र इमान्दारिताका साथ आफनो समस्यासग सरोकार र चासो लिएको देख्न चाहन्छन । नेतृत्वकर्ताले नाताको र विचारको सामिपप्यताका आधारमा कुनै अवसर र सेवा सुविधा प्रदान गरिने व्यवहारले राम्रो परिणाम आउदैन । यस्ता संकेतहरु पनि नदेखिएका होइनन् । न्याय क्षेत्रमा तीन पूस्ताभित्रको मुद्धा हेर्न र बहस गर्न पाइदैन भन्ने कानुनी व्यबस्था छ भने अन्यक्षेत्रमा यो लागु नहुने ? ।

यस्तै यस्तै सानातिना बिषयमा ध्यान पुर्याउन सक्यौं भने पनि संघीय व्यबस्थाप्रति र कम्युनिष्ट विचारप्रति जनआकर्षण बढ्न सक्छ । सिद्धान्त र विचार एकातिर व्यबहार र जीवनशैली अर्कोतिर हुनसक्ने खतराबाट हामि सजक हुनु नै पर्दछ । जीवनका धेरै वसन्तहरु लगाएर आर्जन गरेको इमानदारिता तथा जिम्मेवारी एकै मिनेटमा जान सक्छ । ब्यक्तिले ऐन मौकामा प्राप्त गरेकोकोे सुविधाहरु र लाभको पदलाई सजकता पूर्वक सम्पादन गर्नुपर्ने कर्तव्य र जिम्मेवारीलाई भुल्न हुदैन । यो बिषय सिद्धान्त र विचारमा सजक हुँदाहुदै पनि ब्यबहारमा ध्यान नपुर्याउँदा कहिलेकहि चिप्लिन सक्ने खतरा रहन्छ । त्यसकारण जति काम गर्न सकिन्छ त्यति मात्र मुखले बोलौं अँझैं सक्छौं भने माछाको तरिका अपनाएर काम गरौं काम सम्पन्न भयो भने कामको परिणाम र चित्रले नै हाम्रो व्यबहार बोल्छ । नेपालको संविधान २०७२ को मूल मर्म र भावना भनेको कोही माग्ने कोही दिने माग्ने पक्ष सानो र दिने पक्ष ठूलो जस्तो देखिने परम्परागत अभ्यासको होइन न्यायोचित र समानुपातिक प्रतिनिधित्वको मर्मलाई ग्यारेन्टि गरेको छ । यो सम्वैधानिक ब्यबस्थालाई इमान्दातिाका साथ कानुन बनाई ब्यबहारमा लागु गर्नुपर्छ ।
आफुले निर्माण गरेको नेता र दर्शनले देशको नेतृत्व गरिरहेको अवस्थामा कार्यकताहर्रुर्ले पदको भिख माग्ने र जनताहरुले विकास र रोजगारीको भिख माग्ने अवस्थाको सृजना भयो भने राजनितिक थिरता कसरी कायम हुन सकला ? हिजो सामान्तवादी राज्यव्यबस्थाले जनतालाई सधै मागिखाने भाग्यको खेल हो भन्ने भ्रममा राख्यो । त्यो भ्रमलाई चिर्न जुन संघर्ष र आन्दोलन गर्यौं त्यसको सफलता हाम्रो ब्याबहारिक पक्ष नै हो । अब हामि कसैलाई दोष लगाएर पार लाग्न सकने अबस्थामा छैनौं । कामले सिद्ध ब्यबहारले पोख्त भएमा नै ब्यबस्थाले सफलता हासिल गर्न सक्छ । लेखक ओली कर्णाली प्रदेश सभा सदस्य हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto