एमएल ओली
सुन्नलाई असाध्यै जोसिला, रोसिला र चोटिला छन् । कल्ले सुनोस यिनखा कुरा ? खासमा भन्नुपर्दा आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तीका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद भनिन्छ । सहिदहरूले विभिन्न कालखण्डौं परिवर्तन गराउदै आएका छन् । वीर शपुतले गर्दा जहानिया राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र उत्तानो परेको हो । मुलुकमा यत्रो परिवर्तन ल्याउने सहिदहरूको सम्झना गर्दै हरेक साल उनीहरूप्रति श्रद्धाञ्जली प्रकट गरिनेलाई सप्ताव्यापी रुपमा सहिद सप्ताह भनिन्छ । हाम्रो देश नेपालमा प्रत्येक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ । त्यसैगरी सहिदहरूको अमर सम्झनामा स्थापित वा निर्मित चिह्न सालिक, कारञ्ज, द्वार आदि निर्माण गरी सहिदलाई सम्झना गरिन्छ ।
देश र दुनिया बदल्न आफ्नो प्राणको आहुती दिएका व्यक्तिलाई सँधैभरी सम्झन नसकेता पनि सहिद दिवसको अवसरमा ता सम्झनु पर्ने हो । कतिले सम्झन्छौं कतिले सम्झन्नौ सहिदलाई ? सायद औपचारिक कार्यक्रम गर्दा शहिदप्रति मौनधारण गर्न समेत बिर्सिन सक्छ । यदि गर्नै परेछ भने पनि एक मिनेट बिताउन वर्ष बितास्तो हुन सक्छ । त्यसैले गर्दा आधा मिनेटमै भ्याउनुपर्ने बाध्यता हुन सक्छ । दुनियालाई तलदेखि माथि चढ्ने मार्ग बनाउने तीनै सहिदहरू हुन । सहिदको रगतलाई कतिले सम्मान गछौं ? तिनका साकासन्तानले के प्राप्त गरे ? साँवा व्याज खोज्दा हित र कति अहित हुन्छ ? सबै बेलिविस्तार पुरापुर नभएता पनि केही मात्रमा सहिदका नातेदार आफन्तीलाई पनि नहोला र ? सहिदको नाममा फाइदा लग्ने ता को दम्दरो हो ला र ? तैपनि केही शङ्का र उपसङ्का देख्नेहरू पनि अचाक्ली मात्रामा छन गरे । करिब करिब लामै समय भइयो होला सहिद बन्न थालेको । नेपालको परिप्रेक्षामा सहिलाई मान्ने सवालमा पनि बिरोध भ्याउ कुरा जगजाहेरै छ ।
विभिन्न कालखण्डमा आफ्नो प्राणको समेत माया नगरी देश र दुनियाको हितको लागि रगतको भेटी चढाउने व्यक्तिलाई सहिद मान्ने विषयमा ठूल्लै संघर्ष गर्नु परेकै हुन्छ । सहिदको नाममा फाइदा लग्नेहरूले सहिदलाई के दिए ? कसरी उनीहरू खुशी रहन सक्छन् ? सहिदको सपना पुरा गर्ने के गर्नु पर्ने ? लगायतका विषयमा जानकार हुनै पर्ने हो । “आफ्नो स्वार्थ पुरा गर्नेहरूले सहिदलाई बिर्सेल्या । यतिसम्म कि आचेल सहिदको नाउँमा मौनधारण गर्न पनि टन्टा मान्न लाइया ।” आच्कल कताकता सुन्निछन् असन्तुष्टीका यस्तै यस्तै स्वरहरू । वीर सहिदको सम्मान स्वरप अन्ताका दुनियामा कतिको सम्मान र आदर गरिन्छ । “सहिदहरू हाँसीरहेको, नाचिरहेको….” कुनै बेला विभिन्न समारोहमा गुञ्जिने यस्ता गीतसंगीत एका देशको कहानी बन्छ कि भन्ने शंका लाग्नु जायजै ठर्हछ । विभिन्न काल खण्डमा जीवन बलिदान गर्ने सहिदहरूलाई सधैं सम्झिने, उनीहरूको सपना साकर पार्न के गर्नुपर्छ ? भन्ने विषयमा क्रिया, अन्तरक्रिया, छलफल तथा गोष्ठिहरू गर्दा केही उपाय अवश्यनै आउँछ । यहाँ सबै दुनिया व्यस्त छ व्यस्तताको बीचमा सहिदको फोटामा अबिर र माला लगाएर मात्र वीर शहिदका सपना पुरा हुँदैनन् कि ?
विभिन्न काल खण्डको इतिहास कायम गर्न र जनताको शासन स्थापना गर्न त्यत्रो बलिदान गर्ने ज्ञातअज्ञात वीर सहिदहरूलाई सँधै सलाम गर्न आवश्यक छ । न कि सहिद दिवसर र सहिद सप्ताहमा मात्र । नयाँ नेपाल तथा समृद्ध नेपाल बाउन सहिदले देखाएको बाटो अनुशरण गरेमा पटकपटक सहिद बन्नु पर्ने वाध्यता नआउन सक्छ । सँधै भर खुल्ला आत्माले देशको स्वाधिनता र स्वतन्त्रता बचाउने वीर सहिदकालाई सलाम गर्नै पर्दछ । वीर सहिदलाई सलामी दिने, सम्मान गर्ने र आदर गर्ने कुरामा कन्जुस्याँई गरेमा सहिदको आत्माले शान्ति नपाउन सक्छ । अहिलेको अहिल्यै सहिदका कानमा सनेसहरू पुग्न सक्छन् । त्यसैले बुझेर वा नबुझेर, मोमा मानेर वा वाध्यता ठानेर, चित्त मानेर वा चिन्ता मानेर, नाम्रो मानेर वा नाम्रो नमानेर भएता पनि सहिदलाई सलाम गर्नैपर्दछ । ह्याँत्ती गर्ने कुरा, अवसर र ठौनी पर्ने ताक्नु सहिदका सपना साकर हुन्छन् कि सहिद बनाउनेका सुइना साकार हुन्छन् ? भनि जान्नु र सुनिसक्नु छैन । फेरी पनि यस्ता कुरा सुन्नाको साटो अमर सहिदको सम्झना सबैका नसा नसा र रगत रगतमा सँधै आइरहोस् । सहिदहरुका अधुरा सपना पुरा हाउन । वीर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ।
समाप्त