अमर ओली
राप्ती लोकमार्गको वर्तमान अवस्था
नेपालीहरुले महानचाड दशैंलाई आफ्नो घर आगनबाट विदाई गरिसकेका छन् भने शुभ दिपावली अर्थात तिहार, छठ लगाएतका चाडपर्वहरुलाई स्वागत गर्न आतुर भैरहेका छन् । यस्तो चाडपर्वको समयमा नियमित भन्दा धेरै दैनिक सयौं सवारी साधन तथा मालवाहक साधनहरु गुड्ने गर्छन किनकि देश विदेशमा रोजगार इलमको लागि र अध्ययनको लागि जिल्ला छोडेका नागरिकहरु प्रत्येक वर्ष परिवारजन,आफन्तजन,दाजुभाई तथा दिदिबहिनीहरु भेट्न र चाडपर्व मनाउँन सो लाई मध्यनजर गर्दै घर फर्किनुपर्ने बाध्यता छ । तिहार, छठको समय छ सवारी साधनहरुको संचालनमा वृद्धि भैरहेको छ,देशको अन्य थुप्रै राजमार्ग र सड्कहरुको स्तर राम्रो पनि होला,बिग्रीएको पनि हुँनसक्छ तर दाङ्को अमिलिया तुल्सीपुरको बाटो भएर सल्यान हुँदै रुकुम(पश्चिम)को सदरमुकाम मुसिकोट खलंगा र रुकुम(पुर्व)को रुकुमकोट सम्म पुग्ने राप्ती लोकमार्ग सड्कको वर्तमान अवस्थाले भने सबै यात्रुहरुको ध्यान खिचेको छ । राप्ती लोकमार्गको स्वरुप भने दिनानु–दिन खस्कीदो छ,बिग्रदो छ । केहि वर्ष अघि साहित्यकार हिरामणी दुखीले रुकुमको यात्रा यमपुरीको चिठ्ठा भनेर एउटा लेख प्रकाशित गरेका थिए ,हामीलाई पनि जिज्ञासा लागेको थियो सायदै सड्कको यि र यस्तै खराव अवस्थाको कारण हुँनसक्छ अहिले हामीलाई पनि त्यस्तै अनूभुति भएको छ । करिव १६८ कि.मि.दुरी रहेको यो लोकमार्ग साधारणतया रुकुममा सवारी र मालवाहक साधनहरुको आवागमनको लागि प्रयोग हुँने मूल मार्ग हो । सवारी साधनहरको आवागवन र दाङ, सल्यान र रुकुमलाई नेपालको साविकको राप्ती अंचलको दाङको अमिलियादेखि रुकुम मुसिकोटलाई सड्क सञ्जालमा जोड्नको लागि सो सड्क खण्डलाई राप्ती लोकमार्ग भनेर नामाकरण समेत गरिएको छ । सो सड्कखण्ड अन्तर्गत दाङको अमिलिया देखि तुल्सीपुरसम्म सो सड्कको स्तरबृद्धि र सडक चौडाई बनाउने कार्य समेत भइरहेको देखिन्छ । हाल दाङको तुल्सीपुरदेखि सल्यान हुँदै रुकुम(पश्चिम) र रुकुम(पुर्व)को रुकुमकोट सम्म जाने आउँने सयौं सवारीसाधन तथा मालवाहक सवारी साधनहरु पनि यहि लोकमार्ग भएर आवत जावत गर्ने गर्दछन । तर यो सड्क खण्डमा अहिले दाङको तुल्सीपुरदेखि रुकुम(पश्चिम)को सदरमुकाम मुसिकोट खलंगा सम्ममा लाखौ खाल्डाखुल्डी छन् ति मेटाउने र मर्मत गर्ने प्रयत्न खासै कहि कतैबाट गरिएको पाईदैन । सड्कको अवस्था एकदमै नाजुक छ प्राय सड्कको धेरै भागमा खाल्डाखुल्डीले सड्क ग्रस्त भएको छ, अःत सड्कको यो दुराअवस्थाकोे कारण सो सड्क ओटासिल गरिएको पक्की सडक होकी कच्ची सडक हो आम नागरिकलाई छुट्याउँन समेत बडो मुस्कील भएको छ । सडकको खाल्डाखुल्डी केवल अब खाल्डा मात्रै रहेनन् नागरिक र सरकार विचको समबन्धमा खाड्ल कति छ भनेर सड्कलाई हेरे पनि पुग्ने भयो । के खाल्डाखुल्डी मेट्न र सड्क निर्माण गर्न के कुन शक्ति चाहिन्छ ? कि इच्छाशक्ति मात्रै भए पुग्ने हो ? यस्तो अवस्थाको सड्कलाई पुनःटालटुले शैलिको मर्मत संभार मात्रै होईन जगैदेखि नयाँ बनाउँनुपर्ने आवश्यकता भएको छ । यस्तो सन्दर्भमा करिव १६८ कि.मि.दुरी रहेको राप्ती लोकमार्गको स्तरोउन्नती गरी समग्र विकास, right of way बढाउँन,े र भौतिक पुर्वाधार बिज्ञहरुको परामर्श लिएर आवश्यकता अनुसार एलाइनमेन्ट समेत सुधार गर्नुपर्ने र सडकको स्वरुपको सकारात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ ।

राज्यको दायित्व
सडकको अवस्था सुधार गर्ने मूल विषय राज्यको दायीत्व भित्र पर्दछ । यो कुरा सबैलाई थाहा छ तर राज्य किन यो दायीत्वबाट पन्छिदै गईरहेको र ढिलासुस्ती भईरहेको छ । यदि राज्यले यसलाई समयमै मध्यनजर गर्दै यसको स्तरबृद्धि गर्दै कालोपत्रे लगाएतको काम समपन्न गरेको भए सायद अहिले चाडपर्वको समयमा नागरिकले यस्तो सास्ती भोग्नु पर्दैनथ्यो कि ? यस्तो सन्दर्भमा राज्यले जनअपेक्षा अनुसार सरकारी निकायबिच समन्वय गरी राप्ती लोकमार्गको नाजुक अवस्था सुधार गर्नसक्नु पर्दछ । राज्यले मुख्य रुपमा सडकमा विग्रीएर पार्किङ्ग गरिरहेका सवारी साधन हटाउँने,अव्यवस्थित पार्किङ्गका साधनहरुको लागि पार्किङ्ग स्थल निर्माण गर्नुपर्ने,बजार क्षेत्रको सडकबाटोमा लत्रिएका तारलाई व्यवस्थित गर्ने,सडक अतिक्रमित भएको छ त्यो हटाउँने,सडक मिचेर घरहरु बनाईएका छन् ति हटाउँने, लोकमार्गबाट छुट्टीने अन्य सहायक सड्क निर्माणमा विशेष ध्यान दिने,ढल र पानीको उचित निकास,सड्कको क्षमता अनुसारका सवारी तथा मालवाहक साधन प्रवेशको अनुमति,पैदल यात्रुको लागि छुट्टै व्यवस्था,लोकमार्गको right of way बढाई २५/२५ मिटर र थप ६ मिटर समेतको सड्क बनाउँने,सडकको ओटासील पछि छिटो स्तरबृद्धि गरी व्यवस्थित गर्नुपर्ने, त्यसको अलावा मोटरेवेल पुलहरुको निर्माण मुख्य गरी रुकुम(पश्चिम)को पितिवाङ खोलाको पुल निर्माण गरि सबै निर्धक्कसाथ हिड्न सक्ने लोकमार्ग बनाउँनु पर्दछ । नागरिक र सरकार विचको खाड्ल पुर्दै सडकको खाल्डाखुल्डी पुर्ने दायित्व राज्यको नै हो । यस्ता कार्यहरु हुँन नसक्दा हामीले धेरै दुख पायौं त्यसैमा अभ्यस्थ भैसक्यौं । यि सबै पिडा हामीले भोग्यौं अहिले यसले पिडा दिन पनि दिनछोडिसक्यो किनकि हामीले कहिले सुखको अनूभुति गर्यौ र ? तैपनि अलिकति सोच्यौं भने पिडा हुन्छ । हिजो लामो द्धन्दको पिडा भोग्यौं अहिले यात्रा गर्दा कहाँनेर के हुँने हो भन्ने जोखीम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसैले यथाशिघ्र सडकको यो दुराअवस्था सुधार गरी गुणस्तरिय सुधार (improvement ) अर्थात झन राम्रो बनाउँनु वा लोकमार्गलाई समुन्नतिको बाटोमा लैजानु पर्ने दायित्वलाई यथाशिघ्र राज्यले पुरा गर्नु पर्दछ ।

जनअपेक्षा
राप्ती लोकमार्ग भएर दैनिक धेरै जनप्रतिनिधि र सरकारी कर्मचारीहरु अनि सर्वसाधारण नागरिकहरु पनि आवत जावत गर्छन र सो सड्कको अवस्थाको बारेमा जानकार नभएका पनि होईनन् तर किन यो मार्गको अवस्था सुधारले अपेक्षाकृत गति लिन सकेन ? यो प्रश्न नै आम नागरिकहरुको छ । लोकमार्गको सुधार कार्य पूरा भएमा यातायातका साधनहरुको चाप सँगै संभावित जोखीम पनि घट्न सक्छ र प्रभावकारी, सुरक्षित, भरपर्दो सडक कनेक्टिभिटी होस् भन्ने नै हो । राज्यको दायित्व पनि भौतिक पुर्वाधारहरु मार्फत जनताको जीवनका शर्तहरुमा राम्रो योगदान पु¥याउँनु पर्ने हो । अहिलेको राप्ती लोकमार्ग जुन समस्याहरुद्धारा ग्रसित छ त्यसमा रहेका लाखौं खाल्डाखुल्डीहरु मेटाई ओटासिलबाट स्तरोन्नती गरी लागत अनुमान तयार ,त्यसको लागि ठेक्का खोल्ने र कडाईपुर्वक कार्यान्वयनमा राज्यले विशेष जोड् गरोस् भन्ने पनि छ । सडक डिभिजन कार्यालयले स्पष्ट दृष्टिकोण लक्ष्य र उदेश्य बनाई मुख्य प्राथमिकता अनूरुप सड्कको स्तरोन्नती र सुधार कार्य सम्पादन गर्नुका साथै भरपर्दो सड्क सञ्जालको विकास गरि यस क्षेत्रको विकास र नागरिकको गरिबी निवारणलाई सहयोग पु¥याउनु पर्ने हुन्छ । लोकमार्गको यो अवस्था आउँनुमा मूल समस्या पानीको निकास र व्यवस्थापन सहि ढङ्गले नहुँनुलाई नै लिईन्छ यसको लागि ढल र पानीको उचित निकासमा समेत ध्यान दिनुपर्ने अवस्था देखिन्छ । सड्क विकासको मूल उदेश्य लिई समग्र आर्थिक–आर्थिक विकास र एकिकरण अभिवृद्धि गर्न दिगो रुपमा सड्क नेटवर्कको विकास,विस्तार र सुदृढीकरण गर्नु नै हो, यो कार्य राज्यले तत्काल गर्न आवश्यक छ । लोकमार्ग जून–जून स्थानिय तहलाई छिचोलेर अगाडी बढेको छ,सो सडकको संरक्षण र अनुगमन तथा संवद्धर्नको जिम्मा समेत स्थानिय तहलाई दिनुपर्ने अवस्था समेत देखिन्छ । सुरक्षित,भरपर्दो र लागत प्रभावि यात्राका लागि आम नागरिकहरुको पहुँच विस्तार गरी दक्ष र सुधारिएको सडक अवस्थाले मात्र यस क्षेत्रको आर्थिक विकासमा उल्लेखनीय प्रभाव पार्नुपर्ने हो तर त्यो हुँन सकिरहेको छैन ।
अतःनागरिकहरु रोगी चुस्ने अस्पताल,अविभावक चुस्ने विद्यालय र यात्री चुस्ने जस्ता यातायात व्यवसायीको पिडाबाट पनि पुर्ण मुक्त हुँन चाहन्छन् यसमा राज्यले विशेष ध्यान र निगरानी गर्नुपर्ने पनि देखिन्छ । सामाजिक–आर्थिक विकासको लागि सडकहरु प्रबद्धर्न गर्ने सड्कहरुको विकासको दृष्टिकोण पनि हो त्यसैले समग्र रुपमा राज्यले भरपर्दो सडक नेटवर्क प्रणालीको निर्माणको माध्यमबाट सुरक्षित सस्तो सार्वजनिक सडक पुर्वाधार सेवाहरु प्रदान गरी दिगो सामाजिक–आर्थिक विकास प्राप्त गर्न योगदान पु¥याउँनु पर्दछ । यसो गर्दा दिनानूदिन सवारी साधनको आवतजावत तथा मालवाहक साधनहरुको बृद्धि सँगै सडक नेटवर्क प्रबन्ध गनुपर्ने अनि प्रयोगकर्ताको संलग्नता बढेको अवस्थामा स्वायत्त रोड एजेन्सीको स्थापना र वार्षिक प्रयोगकर्ताको सन्तुष्टि सर्वेक्षणमार्फत प्रभावकारी र दक्ष सेवा पु¥याउन अनुगमन प्रणालीको स्थापना कार्य,दुर्घटना दरहरुमा पर्याप्त मात्रामा कटौती होस र सबैले विकास अधिकारको अनूभुति गर्न पाईयोस् अनि राज्यले यि सबै समस्या समाधानमा शिघ्र पहल गरोस भन्ने अपेक्षाको पर्खाइमा आम नागरिकहरु रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto